चेतप्रसाद पौडेल
यो ब्रम्हाण्ड एउटा रथ हो । रथका दुईटा चक्का देखिन्छ । एउटा चक्काले सुज्ञान र अर्को चक्काले विज्ञान । सुज्ञान र विज्ञान यी दुबै मिलेर ब्रम्हाण्ड लक्षित गन्तव्यसम्म पुर्याउने सबल प्रयास गर्दछ सुज्ञान भन्नाले पूर्वीय दर्शनलाई लक्षित गर्दछ । विज्ञान भन्नाले पश्चिममा दर्शन लक्षित गर्दछ । (१) पूर्वीय दर्शन (२) पश्चिमा दर्शन । किन उत्तर दर्शन र दक्षिण दर्शन भनिदैन् त यो बारे प्रकण्ड विद्धान नजन्मेर वा नभएका अनेकन विविध तर्कहरु छन् । पूर्वीय दर्शनको यो सारा विश्व ब्रम्हाण्ड उथल पुथल बारेको सिद्धान्त तय गर्यो भने पश्चिमा दर्शनले व्यवहारमा उतार्यो ।
पूर्वीय दर्शन थ्यौरी हो भने पश्चिमा दर्शन नामले प्राक्टिकलरुपमा आएर पृथ्वी पुरैको खल्र्यापखुर्लुप अध्ययन गरेर ९ अर्व छेउछाउंमा पुग्न लागेको विश्वको जनसंख्या रहने आश्रय स्थलका खातिर चन्द्रमा र मंगल ग्रहको खोजमा जुटेको कुरा यहाँ सम्झना नगरी रहन सकिन्न । यो बारे विज्ञान दिनमा दुईगुणा रातमा चारगुणा प्रगतितर्फ लम्केर खोज र अनुसन्धान अगाडि बढाएको पाइन्छ जुन खुसीको कुरा पनि हो ।
अध्ययनशील विद्यार्थी, बुद्धिजीवी सबैले ३ कुरा त्रिसत्य भनेर कदम र कलम दुबैको मद्दत लिएर बुद्धिको तिखार्ने अब्बल दर्जाको बन्ने अनि मेधावी नामले उर्वर भूमिमा उर्जाको फसल फुलाउन/फलाउनु सान्दर्भिक पक्कै पनि हुनेछ होला ।
पूर्वीय दर्शनलाई उत्साह प्रदान गरेर ४ वेदहरु (क) सामवेद (ख) ऋग्वेद (ग) यजुर्वेद (घ) अथर्ववेद लिखितरुपमा आएको मानिएको छ । श्रीमद्भागवत् वेदका उपवेद् शुक्ल यजुर्वेद (तितरी वेद) पुराण उपपुराण आदिले खुराक पनि दिएका छन् । १८ पुराणका निर्माता सर्जकले दिनु भएका केही हरफपनहरु उल्लेख नगरी रहन सकिन्न तिनीहरु यस्ता छन् ः
अब्टादश पुराणेषु व्यासस्य
वचन दोयम् ।
परोपकार पुण्याय पापाय
परपीडनम् ॥
१८ पुराण उपपुराण वेदलगायत सम्पूणर् दर्शन आदिले प्रबन्ध गर्नु भएर पनि व्यासलाई चिन्ताले सताइ रह्यो अन्त्यमा २ (दुई) कुरामा सार देखिन्छ । पहिलो ः परउपकार । अरुको उद्धार गर्नु, अरुको हितमा जीवन अर्पण गर्नु हो जसरी हिमाल आफुचाही पग्लिएर समस्त प्राणीको हितमा लागेको पाइन्छ । घाम झुल्कने । पृथ्वीले घुमेर दिन, रात, वर्ष युगको सिर्जना गरेर सृष्टिको आरम्भ गरेको पाइन्छ । सृष्टिमा आदि-मध्य र अन्त्य भनिन्छ । अजर अमर कोही पनि रहन सक्दैन यो विज्ञान नै भनेको छ ।
दोश्रोः अरुलाई दुःख र यातना नदिनु । दुःख र यातना भन्नाले प्रहार गर्नु । हरेक प्राणीमा दया, माया, आदर, सत्कार, आंशिक र ममता यी आदि कार्यले मानव जीवन चलेको छ । प्रशन्न प्रफुल्ल, हर्ष आदिमा रहेर विष्मत् कार्यको छनक हुनै नदिनु मानव सेवाका आधारहरु मानिन्छन् । पश्चिमाहरुले यी माथि भनिएका कुरालाई ब्यापकरुपमा खोज र अनुसन्धान गरेर व्यवहारमा उतारेको प्रष्ट छ ।
साहित्य फाँटमा कलम चलाएर प्लेटो-अरस्तु, शुक्रात, शेक्सपियर, दाँते आदिले विश्वमा आआफ्नो दर्शन पेश गरेका छन् । न्युटन, डार्विन-आइन्स्टाइन आदिले विविध प्रकारका प्रयोग गरेर बम, बारुद, आणविक हतियारलगायतका नयां आयामहरु निर्माण कार्यमा प्रचुर लाभ र योगदान दिएको झलक पाइन्छ । उदाहरणका रुपमा । लक्ष्मीप्रसाद देवकोटाले लिपिमा भन्नु भएको छ ।
यो यौटा सिद्धान्त हो, उद्देश्य के लिनु उडी छुनु चन्द्र एक । हामीले कल्पना गर्दथ्यौं कसरी चन्द्रमा छोइन्छ ? मानिस उड्न सक्छ र ? आइन्स्टाइनले यि र यस्तै प्रकारका विविध प्रयोग र साधना गरेर उड्ने यान र विमान यन्त्रको परिकल्पनाका साथै विभिन्न प्रयोग निर्माण कार्यले चन्द्रमामा पुग्ने र मंगल ग्रहमा पुगेर मानव वस्तीलाई कसरी पृथ्वीबाट यहाँ उतार्ने भनेर अहोरात्र मात्र नभई अहर्निश खटेर/डटेर विज्ञ बैज्ञानिक अगाडि सार्ने ती साहसी शक्तिशाली राष्ट्रहरु अमेरिका, रुस, चाइना भारत यी सवै धन्यवादका पात्र हुन् भन्नुपर्दछ । पृथ्वी, चन्द्र ग्रह र मंगल ग्रहमा डुलेर यथार्थ अध्ययन गर्नु ब्रम्हाण्ड नायकको गरिमा बढाउनु हो ।
विश्व ब्रम्हाण्डको ओज र अस्मितामा शितलता थप्नु पनि हो । यि र यस्ता प्रकारका अथक कसरतबाट ठोस निष्कर्ष निकाल्न सफल भएको प्रमाण पाइन्छ र सफल पनि हुंदै गएको प्रत्यक्षरुपमा अनुभूति पनि पाईन्छ । थोपाले सागर महासागर बनेर सेवामा तल्लिन रहेको पाइन्छ । यदाकदा सुनिन्छ पूर्वीय दर्शन विज्ञान सम्मत पाइन्न । पूर्वीय दर्शन वैज्ञानिक तर्कमा अडिग रहेको भेटिन्न भनिन्छ । पूर्वीय दर्शन अन्ध विश्वासमा रुमाल्लिएको छ । यसरी चित्रित गरेको पाइन्छ ।
पश्चिमी दर्शन भौतिकवादमा आधारित र विज्ञान सम्मत र सत्य एवम् तथ्यमा निहित छ भनिन्छ । पश्चिमा दर्शन प्रगतिशिल भएर विकास निकास आदिको शिखर चुमेको छ । एउटा दृष्टान्त यहाँ पस्कने प्रयास गर्दछु । पांचौं शताब्दीमा आर्य -भट्टले गुरुत्वाकर्षण बारे कस्सिएर वणर्न गर्नु भएको छ । यो कुरा न्युटनले पछाडि पुष्टि गर्नु भएको पनि पाईन्छ ।
माथितिर फ्याकेको त्यो कुनै वस्तु पृथ्वीको गुरुत्वाकर्षणले तलतिर झार्दछ आदि । गणितका बारेमा उहांले मिहिन पाराले अध्ययन गर्नु भएको छ, अग्रज पुस्ताले । ९ ग्रहका बारेमा १२ राशि र २७ नक्षत्र बारेमा । विज्ञानलेपछि यसैलाई पछ्यायो । ग्रहण लाग्ने कुरा गणितले धुलौटो कोरेर अनुसन्धान गरेकोलाई विज्ञानले स्वीकृति प्रदान गरेको छ ।
सम्पूणर् दृष्टिले पूर्वीय दर्शन अगाडि छ । पूर्वीय दर्शनलाई काल्पनिक आध्यात्मिक भनेर भन्नु हँुदैन, यो अत्यन्त दार्शनिक छ । मानव जीवन निरोगी भएर बाँच्न सिकाउंछ । गाउँघरमा रहनुहुने आमा, बुबा, दिदी र भाईबहिनी ओराली उकाली हिड्नु हुन्छ, दौडनु हुन्छ, उफ्रनु हुन्छ ।
ढिकीमा रमेर ढिकी कुट्न हुन्छ । सातु र सामल पिध्नका-निमित्त जाँतो घुमाउनु हुन्छ । योगलाई सबै कार्यले सघाएको हुन्छ । बिहान सखारै उठेर नुहाउनु हुन्छ । पूजा र अर्चना सर्जक बनेर साधना गर्नुले पूर्वीय दर्शनको पुष्टि गर्दछ । ठूलालाई आदर गर्नलाई सिकाउँछ । सानालाई माया गर्न सिकाको यी सबै राष्ट्रका अमूल्य सम्पति (निधि) भनिन्छ । पूर्वीय दर्शन हामी नेपालीको मूलबाटो भएको हुनाले ज्ञानको भण्डार हो । यसलाई हामीले कम आंक्नलाई कपादी मिल्दैन । यो बाटोमा पछिल्लो पुस्तालाई हिंडाउनु पर्दछ । पछिल्लो पुस्तालाई हामीले यो बिषयलाई नासोका रुपमा पुस्तान्तरण गर्न र स्वीकार्न हामीले सका-रात्मक संस्कार र ब्यवहार सिकाउनु पर्दछ । संस्कार-संस्कृति-सभ्यता बारे संक्षिप्तमा बुझनु पर्दछ ।
संस्कार-संस्कृति-सभ्यता-त्यो आज ।
यीनैले-सुधार्ने-मानव-समाज ॥
त्रिसत्य महाकाव्यबाट ।
संस्कार-हामीले स-साना बालक बालिका लाई उठ,बस गर्नलाई सिकाउंछौं । ठूलालाई आदर गर्नलाई सिकाउंछौं, पढनलाई सिकाउंछौं । लेख्नलाई सिकाउछौं, संस्कृत पढेर अर्थलाई बुझ्न र त्यसलाई ग्रहण गर्न सिकाउंछौं । जस्तैः अतिथि देवो भवः पाहुनालाई देवता समान मान्नु । आचार्य देवो भवः गुरुलाई देवता समान मान्नु । मातृ देवो भवः आमालाई देवता समान मान्नु । पितृ देवो भवः पितालाई देवता समान मान्नु । राष्ट्र देवो भवः राष्ट्रलाई देवता समान मानेर शिक्षित बन्ने कार्यमा सदैव लाग्नु “विद्या धनम्, सर्वधनम्, प्रधानम्”
विद्या सबै धनमा प्रमुख धन हो, बुझ्न अध्ययनशील सम्पूणर् विद्यार्थीवर्गले । विद्यालाई गहना सम्झनु ।
संस्कृतिः दशै र तिहार नेपाल राष्ट्रका विराट पर्व हुन । अन्य चाडपर्वहरुमा छठ पर्व, तीज पर्व, जनैपूणर्िमा, साउने संक्रान्ति, माघे सक्रान्ति, नयाँ वर्ष यी आदि पर्वलाई तड्क-भड्क होइन समाजलाई इज्जतिलो बनाइ मान्न सिकाउनु । यी सबै बीउँ पूँजी हुन । उर्वर भूमिमा उर्जाको छरेर मल र जलको दिएर फुलाउने फलाउने कार्य पश्चात पोषणयुक्त भनेर सबैलाइ प्रसादस्वरुप प्रदान गर्नु गराउनु उन्नत कला हो । यो कला बाहिर बिदेश जाने हरेक युवाले कोसेलीका स्वरुपमा लैजानु हुनेछ ।
यो हाम्रो देशको कोसेली गहना हो । यसको ग्रहण गर्नाले मान र शानको उचाई बढ्दछ भन्नुस् यसैमा गर्व छ । गर्व गर्नुस् तपाइँको पनि मौलिक सम्पति हो । संस्कृति, संस्कार, सभ्यता भनेर । बीट मार्नु पहिले बालकृष्ण समले लेख्नु भएका हरफहरु सम्झना आएको हुनाले यहाँ उतार्न चाहन्छु । भाषा हो सभ्यता हाम्रो सारा उदय उन्नति । जित बैभव भाषामा टिक्दछन् पछिसम्म यि । सुज्ञान पूर्वीय दर्शन । विज्ञान पश्चिमा दर्शन । अनन्य दर्शन यीनैका वरिपरि घुमेर व्याख्या र वणर्न गर्नु भएको विज्ञको भनाइ छ ।
(अस्तु)