राजुराम राउत
आजकल भनिए झैं, जोरतोरका साथ उठान गरिएका पित्रिले देश सुधार्न सकिंदैन युवा नै चाहिन्छ । हो पक्कै पनि देशका युवाहरु कुनै पनि राष्ट्रको भविष्यको आधारस्तम्भ हुन् । उनीहरूको सोच, क्षमता र क्रियाकलापले समाजको संरचना र विकासमा महत्वपूणर् प्रभाव पार्छ । भ्रामक सूचना, गलत अफवाह र झुट्ठा मुद्दाहरुले समाजलाई
अराजकतामा लैजाने हो, तर हाम्रो जस्तो विका- सोन्मुख देशमा यसले युवाहरुमा छिटो जाँगिरहेको छ ।
जब, युवाहरु अनुशासनहीन र अराजकतामा लिप्त हुन्छन्, त्यसले न केवल उनीहरूको व्यक्तिगत जीवनमा मात्र प्रभाव पार्दैन, बरु सम्पूणर् देशको विकास र समृद्धिमा पनि गम्भीर असर गर्छ । हाल जुनसुकै पार्टीले यहि युवा जोस र जाँगरलाई प्रयोग त गर्छन् तर स्थापित संस्था र राजनीतिमा भने बिरलै मौका दिईरहेका हुन्छन् । युवालाई आफ्नो पक्षमा पार्न गलत सूचना प्रवाह गर्ने, अराजक र अनुसासनहिन कार्य गर्न उक्स्याई हिंसात्मक घटना गराउनसमेत उद्दत गराउने
राजनीतिको पर्यावाच्य भैसकेको छ ।
के यो गतिविधिले राष्ट्रको समुन्नत बिकास गर्ला र ? के युवाहरुको ब्यक्तित्व बिकासमा पृष्ठपोषण गर्ला त ? आउनुहोस् एकै क्षण युवाहरु अराजकता र अनुशासनहीनतामा उद्दत हुने कारण, हुन सक्ने दुष्परिणाम र समाधानहरूको बारेमा चर्चा गरौं ।
कारणहरु ः
१ः शिक्षाको कमी ः विशेषत बहुदल पुनस्र्थापना पश्चात् युवाहरुको बैदेशिक आकर्षण, अभिभावकको बालबच्चाप्रति समय अभाव, रोजगारीमा कमि, उच्च मूल्य अभिबृद्वीलगायतले युवाहरुमा सिक्ने सिकाउने र औपचारिक शिक्षामा समेत नैरास्यताले जरो गाडेको छ । शिक्षा केवल औपचारिक ज्ञानको अर्थमा मात्र लिनु हु“दैन, यो व्यक्तित्वका मुल्य र गुणको विकासका लागि पनि अत्यावश्यक छ । शिक्षा प्रणालीमा कमी, गुणस्तरीय शिक्षाको अभाव र संस्कारको शिक्षा नदिने परिस्थितिले युवाहरूलाई अनुशासनहीन र अराजकतातर्फ क्रमशः धकेलिदै गएको पाउन सकिन्छ ।
२, आर्थिक असमानताको गलत परिभाषाः
आर्थिक असमानताले युवाको सोचमा असर पुर्याउने त छंदैछ तर यसका कारणको बारेमा सहि सूचना पुर्याउन नसक्दा उनीहरुको सोचमा दिनानुदिन गलत भाष्य निर्माण भैरहेको छ । युवाहरू आर्थिक समस्यामा परेर निराशा र असन्तोषको अवस्था हुँदाहँुदै, बेरोजगारी, महँगाइ र जीवनयापनका लागि संघर्ष गर्दा उनीहरू अप-राध, मादक पदार्थको सेवन र अन्य अव्यवस्थित गतिविधिहरुमा संलग्नता बढ्दो छ ।
३, समाज र परिवारको प्रभाव ः
परिवार र समाजका मान्यताहरू परिवर्तन भइरहेकाले युवाहरूलाई ठिक दिशा दिने संरचना कमजोर पर्दैछ । परिवारमा हुने झगड़ा, अव्यवस्थित जीवनशैली, व्याप्त भ्रष्टाचार लगायतले पनि युवाहरुमा अनुशासनको कमी ल्याईरहेको अवस्था छ ।
४, प्रविधिको दुरुपयोग ः
आजको डिजिटल युगमा, युवाहरूको पहुँच सामाजिक सञ्जाल र अन्य प्रविधिहरूमा प्रशस्तै छ । तर, यसको गलत प्रयोगले उनीहरूलाई नकारात्मक प्रभावमा पारिरहेको छ । तथापि राज्य र समाज अनि परिवार र अगुवाहरुको ध्यान यसतर्फ नहुँदा अवस्था दिनानुदिन बिकराल बन्दै गैरहेको छ । डिजिटलि उत्पादित अस्वस्थ सामग्री र असुरक्षित प्रयोग र वाताव-रणले अनुशासनको कमी ल्याउनमा थप मद्दत पुगिरहेको छ ।
अराजकता र अनुशासनहीनताको परिणाम ः युवाहरूको अराजकता र अनुशासनहिनता को परिणाम गम्भीर र दीर्घकालीन हुन सक्दछ । जस्को कारण उत्पन्न हुने परिणामहरू गम्भीर हुन सक्छ । बुँदागतरुपमा हेर्ने हो भने ः
१ः सामाजिक अस्थिरता र मुल्यमा कमि
जब युवाहरू अराजक गतिविधिहरूमा संलग्न हुन्छन्, तब समाजमा असुरक्षा र अस्थिरता फैलिन्छ । जसले समाजमा तनाव र संघर्षको कारण बन्न सक्छ भने देशको स्थिरतामा खलल् पुर्याउँछ । युवाहरूको अराजकताले समाजका मूल्य र परम्पराहरूसँगको नाता टुटाउन सक्छ । जब युवापीढीमा अनुशासनमा ह्रास आउंछ, तब त्यो परम्परा र सामाजिक मूल्यहरूको क्षति हुन सक्छ ।
२, अपराध र हिंसा ः
हामी देख्न सक्छौं, हाम्रा वरपरका अनुशासन हीन युवाहरू अक्सर आपराधिक गतिविधिहरूमा संलग्न हुन्छन् । यो व्यक्तिगतरूपमा अपराध होइन, बरु समाजमा व्यापक अपराधको वातावरण निर्माण गर्न सक्ने एउटा आधार हो । गुण्डागर्दी, चोरी र अन्य अपराधका घटनाहरू दिनानुदिन वृद्धि हुँदै जानु यसका एउटा कडि पनि हुनसक्छ ।
३ः आर्थिक मन्दी ः
जब युवाहरूको ऊर्जा नकारात्मक गतिविधि— हरूमा बर्बाद हुन्छ, तब त्यसले आर्थिक समृद्विमा असर पार्छ । विशेषत, बेरोजगारी र आर्थिक मन्दीले अझ बढी युवाहरुलाई अराजक गतिविधिमा धकेलिदिन्छ । यो स्थितिले दीर्घकालीनरूपमा देशको आर्थिक वृद्धि र विकासमा बाधा उत्पन्न गर्न सक्दछ ।
४, मानव अधिकारको उल्लंघन ः
सामान्य भाषामा अनुशासनहीनता र अराजकताले मानव अधिकारको उल्लंघनको खतरा ल्याउँछ । युवाहरू, कुनै संगठन वा समूहमा सामिल भएर पाउनुपर्ने स्वतन्त्रताको अभाव अनुभव गर्न सक्छन् । अराजकता र अनुशासनहीनताको समाधान युवाहरूलाई अनुशासनमा राख्न र अराजकता हटाउनका लागि ठोस उपायहरू अपनाउन आवश्यक छ । निम्न केहि सुझावहरू ईमान्दारिताका साथ पूरा गर्नुपर्ने हुन सक्छ ।
१, शिक्षा र जागरूकता ः
गुणस्तरीय शिक्षा प्रणालीको विकास र स्वस्थ मानवीय मूल्यहरूको शिक्षामा जोड दिनु अत्यावश्यक छ । शिक्षामा ईमान्दारिताका साथ अनुशासन, जिम्मेवारी र सहिष्णुताको महत्वपूणर्ता समावेश गर्नु पर्दछ र जागरुकता फैलाउनु
अपरिहार्यता छ ।
२ः आर्थिक अवसरको श्रृजना ः
युवाहरूलाई रोजगार उपलब्ध गराउने र अर्थतन्त्रमा योगदान गर्ने अवसरहरू प्रदान गर्न आवश्यक छ, जसले उनीहरुलाई ब्यस्त राख्नका साथमा उद्यमी बन्न अभिप्रेरित गर्छ । स्वरोजगार र सीप विकासका कार्यक्रमहरू लागू गर्नाले उनीहरूलाई अराजकताको बाटोबाट टाढा राख्न समेत मद्दत गरि एक असल नागरिक हुन सहयात्री हुनेछ ।
३ः परिवार र समाजको भूमिकाः
लामो नभनिकन् एकै वाक्यमा भन्ने हो भने, परिवार र समाजले युवाहरूलाई सही मार्गनिर्देशन र समर्थन प्रदान गर्ने गर्छ । जसले उनीहरूको धारणामा सकारात्मक बनाउंछ ।
४ः सकारात्मक चासो र गतिविधिहरूको प्रवद्वर््न
साधारणतया युवाहरूलाई खेल, सांस्कृतिक उत्सव, सामाजिक काममा संलग्न गराउने लगायतका कार्यक्रमहरू आयोजना गर्न महत्वपूणर् छ । यसले उनीहरूको ऊर्जा सही दिशामा प्रयोग भएको हुनेछ ।
५ः मानव अधिकार र संवेदनशीलता शिक्षाः
युवाहरूलाई मानव अधिकार र सामाजिक न्यायको बारेमा जानकारी गराउन आवश्यक छ । यसले उनीहरूलाई सहिष्णुता र सहकार्यको महत्वलाई बुझ्नमा मद्दत गर्नेछ । र, यस्ता बिषयहरु स्कुलको शिक्षामा अनिवार्यरुपमा समावेश गरिनु पर्दछ । युवाहरूको अराजकता र अनुशासन— हीनता, केवल उनीहरूको भविष्यको कुरा मात्र नभएर सम्पूणर् समाजको भविष्यसंग जोडिएको हुन्छ, जस्ले समाजमा र देशको बिकासमा गम्भीर असर पार्दछ ।
यसले सामाजिक, आर्थिक र राजनीतिक अस्थिरता निम्त्याउने सम्भावना बढाउँछ । यसका कारण र प्रभावहरूको गहिरो अध्ययन गर्दै, युवाहरूको विकास र उज्ज्वल भविष्यका लागि सही उपायहरू अपनाउनु अत्यावश्यक छ । सामाजिक, आर्थिक र शैक्षिक दृष्टिबाट उनीहरूको सशक्तिकरणले भविष्यका पीढीलाई एक स्वस्थ, समृद्ध र अनुशासनमा आधारित समाजको निर्माण गर्नमा मद्दत गर्नेछ । यसैले, युवाहरूलाई सही दिशा दिँदा मात्र हामी सबल र स्थायी विकास तर्फ अगाडि बढ्न सक्छौं ।
यो सुरुवात स्थानीय निकायबाटै हुनुपर्ने देखिन्छ । हाल देखिदै आएको बिकासका अब—धारणामा भौतिक पुर्बाधार र छिट्पुट तालिमले स्थानीय निकायलाई समुन्नत बनाउन सक्दैन । समग्र नेपाली युवाहरुको देश बनाउने अठोट र कार्य कौशलताले मात्र देश बन्ने भएकोले स्थानीय निकायले आफ्नो क्षेत्रका युवाहरुलार्ई सहि बाटोमा डोर्याउनुको बिकल्प देखिदैन् ।