Homeबिचारकाठमाण्डौ जिल्लाको चिनारी (२)

काठमाण्डौ जिल्लाको चिनारी (२)

काठमाण्डौ नेपाल अधिराज्यको संघीय राजधानी हो । यहाँ वीर अस्पताल, शिक्षण अस्पताल, सैनिक अस्पताल, निजामती अस्पताल, कान्ति बाल अस्पताल, प्रहरी अस्पताल, शहिद गंगालाल मुटु, अस्पताल, न्युरो अस्पताल, तिलगंगा आँखा अस्पताल, नेपाल आँखा, नेपाल मेडिकल कलेज, काठमाण्डौ मेडिकल कलेज, ग्रयाण्डी अस्पताल, बयोधा अस्पताल काठमाण्डौ मोडल अस्पताल, नेपाल अर्थोपेडिक्स अस्पताल, मनमोहन अस्पताल फर्पिङ, मनमोहन मेमोरियल शिक्षण अस्पताल आदि अस्पतालहरु छन् ।

त्यस्तै खाने-बस्ने होटल-लजहरुमा सोल्टी होटल कालीमाटी, एभरेष्ट होटल नयाँबानेश्वर, अन्नपूणर् होटल दरवारमार्ग, र्‍याडिसन होटल लाजिम्पाट, सांग्रिला होटल लाजिम्पाट, मल्ल होटल लैनचौर, याक एण्ड यती होटल दरवारमार्ग, द्वारिका होटल गौशाला, हायात होटल बौद्ध, गोकणर् रिसोर्ट मुलपानी र हात्तीवन रिसोटहरु छन् ।

निर्वाचन क्षेत्रमा १० सांसद इलाका, १ महानगरपालिका, १० नगरपालिका र क्षेत्रफल ४३३.६ वर्ग कि.मि. छ जसमा वडाहरु १ सय ३८ छ । २०६८ को जनसंख्या २०,४१,५८७, परिवार संख्या ५,४४,८६७, महिला जनसंख्या १०,०५,८६१ र पुरुष १०,३५,७२६ थियो । परिवारको औसत आकार ३.७५, लैङ्गिक अनुपात प्रतिशत महिलामा पुरुषको संख्या १०२.९७ जनघनत्व ५१६९ थियो । २०६८ को जनगणनामा १७,४४,२४० थियो ।

बार्षिक जनसंख्या वृद्धिदर १.५१ परिवार संख्या ९७०९९ विदेशमा बस्ने (जनगणना हु“दा घरमा नभएका) घरमा भएको जनसंख्या १,४४,८८४ मध्ये महिला ५१,९४० र पुरुष ९२,९४४ प्रतिशत ६.६१ जम्मा ३०६८७ अपाङ्गहरु त्यसमध्ये महिला अपाङ्गता भएका १४४८१ र पुरुष अपाङ्गता भएका १६२०६ थियो । ५ वर्ष वा सोभन्दा बढी उमेरका साक्षर जनसंख्या ८९.२३ मध्ये महिला ८४.१६ पुरुष ९४.१९ प्रतिशत थियो ।

काठमाण्डौ जिल्लामध्ये काठमाण्डौ महानगरपालिकामा २०७८ मा ८,६२,४०० परिवार औषत आकार ३.८६, वार्षिक जनसंख्या बृद्धिदर ७.४१ जनघनत्व ४७६४ थियो । काठमाण्डौ जिल्लामा
रानीपोखरी, नागपोखरी, कमलपोखरी, इखापोखरी, गहनापोखरी, टौदह, वागमती नदीको क्ष्ँेत्रफल २०४५.९३ छ । यहाका प्रमुख जात-जातीहरुमा ब्राम्हण २३.५१ प्रतिशत, नेवार २१.९७ प्रतिशत, क्षेत्री १९.९४ प्रतिशत, तामाङ ११.०३ प्रतिशत, मगर ४.०२ प्रतिशत २०६८ सालको जनगणनामा थियो । २०५८ सालको जनगणनानुसार १०८१४ मात्र थियो । प्रतिनिधि सभामा यो जिल्लाबाट १० जना सांसद निर्वाचन हुने गर्दछ । प्रदेश सभामा भने २० जना निर्वाचन हुने गर्दछ ।

हाइकिङगका गन्तव्यमा शिवपुरी, सुन्दरी जल, दक्षिणकाली, चोभार, चन्द्रागिरी, मालेश्वर महादेव भ्युटावर, गोलढुङेगा, जामाचौक (शिवपुरी नागार्जन राष्ट्रिय निकुञ्ज छन् । बुढानीलकण्ठ, गोसाइकुण्ड पदयात्रा काठमाण्डौ भ्याली पदयात्राका रुटहरु छन् । विश्वभरका विश्व सम्पदा सुचीमा सूचीकृत ६ सय ३० मध्ये नेपालमा १० वटा सम्पदाहरु काठमाण्डौमा मात्रै जसमा स्वयम्भुनाथ, पशुपतिनाथ, हनुमानढोका दरवारहरु पर्दछन् ।

औद्योगिक क्षेत्र बालाजु २०१७ सालमा स्थापना भएको थियो जसको क्षेत्रफल ६७० रोपनीको छ । यहा उद्योगको संख्या १३१ थियो । जसमध्ये ९७ बन्द उद्योग, २६ निर्माणाधिन, १३,५०६ जनाले रोजगारी पाएकोमा मुख्य उत्पादन मेटल, प्लाष्टिक र कपडा छ । काठमाण्डौ प्रमुख पर्यटकीय, ऐतिहासिक, धार्मिक र व्यापारिक शहर हो । काठमाण्डौमा उत्पादनमुलक घरेलु तथा साना उद्योगहरुमा १०९१७ उर्जा, १९३ कृषि तथा वनजन्य ११४५, पर्यटन ११४९४, सेवा क्षेत्र २१२७९, निर्माणसम्बन्धि ३६९, सूचना उद्योग गरी जम्मा ४५,३९९ मध्ये लगतकट्टा गरेको १११ घटाउदा ४५२८० वटा उद्योगहरु २०७५ मा थियो ।

काठमाण्डौ जिल्लाका अस्पतालमा १४ प्राथमिक स्वास्थ्य केन्द्र, ८ स्वास्थ चौकी, ५८ शहरी स्वास्थ्य केन्द्र, ३० स्वास्थ्य प्रदायक संस्था गरी सेवा प्रदायक ११६, गैरसामुदायिक स्वास्थ सेवा प्रदायकहरु ६७३ गरी सामुदायिक र गैर सामुदायिक स्वास्थ सेवा केन्द्रहरु ७८९ थियो ।

काठमाण्डौ जिल्लामा सामुदायिक विद्यालयहरु प्राथमिक बिद्यालय २९७ वटा, निम्न माध्यमिक बिद्यालय २३९ वटा, माध्यमिक बिद्यालय १९७ वटा र उच्च मावि ६४ वटा थिए भने संस्थागत विद्यालयहरुमा ९९२ प्राथमिक, ८५३ निम्नमाध्यमिक ७०१, माध्यमिक र २४९ वटा उच्चमाध्यमिक बिद्यालय थियो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ३०५० मिटर लम्बाई ४६ मिटर चौडाईको धावन मार्ग छ । यो अन्तर्राष्ट्रिय धावन मार्ग हो । काठमाण्डौ जिल्लाका सडकमा राष्ट्रिय सडक २४७.९ कि.मि, ग्रामीण सडक ७१५.७८ कि.मिको थियो । गुुठी अधिनस्थ जग्गा १३९५७ रोपनी, गुठी रैतान नम्वरी १७७८८
रोपनी, गुठी तैनापी ७३० रोपनी गरी जम्मा क्षेत्रफल ३२४७५ रोपनी भएको पाइन्छ । सहकारीको प्रकृति अनुसार ः
१ः बचत तथा ऋण सहकारी, २ बहुउद्देश्यीय
३ कृषि, ४ दुग्ध, ५ उपभोक्ता ६ विद्युत्
७ तरकारी तथा फलफुल ८ चिया ९ कफी
१० जडिवुटी ११ मौरीपालन १२ सञ्चार
१३ स्वास्थ्य १४ उखु १५ जुनार
१६ अन्यसमेत

– श्रोत सहकारी विभाग
काठमाण्डौमा खोटेसल्ला, उत्तिस, भोटो पिपल, बासं र मसला, सल्ला, चिलाउने, कटुस, खसु, बाँझ, फलाट, ओखर, लप्सीहरु पाईन्छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको क्षेत्रफल ५९६१ वर्ग कि.मिको छ । काठमाण्डौले धादिङ्ग नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको भूभाग छुन्छ मध्यवती क्षेत्र शिवपुरी नार्गाजुन राष्ट्रिय निकुञ्ज ११८.६१ वर्ग कि.मिटर, मध्यपहाडी क्षेत्रको वन १५,१२९ र अन्य जमिनहरुमा २६०८२ रुखले ढाकेको ६७, बुट्यान भएको ८३ गरी जम्मा ४१,३६१ हेक्टर वन काठमाण्डौ जिल्लामा छ ।
नेपालको जम्मा क्षेत्रफलको ४४.७४ प्रतिशत वनले ढाकेको छ ।

काठमाण्डौ जिल्लामा माछा पाल्ने पोखरी ६४ वटा पोखरी छ । पानीको सतहको क्षेत्रफल २.७ हो उत्पादन माछा १८ मे.टन. उत्पादन मूल्य हजारमा ५९२७ उत्पादन दर ६६६६ केजी छ । काठमाण्डौ जिल्लामा उत्पादन हुने खाद्यान्नको लागि जनसंख्या २२,४५८५१ लाई चामल १६,११४ मे.टन, मकै २९,९६३ मे.टन, कोदो ५३५ मे.टन, फापर ४ मे.टन, गहुँ १११९१, मे.टन जौ मे.टन १ खाद्यान्न उपलब्धता मे.टन ५७,८०८ खाद्यान्न आवश्यक मे.टन ४५१४१६ मध्ये नपुग ३९३६ मे.टन थियो ।

अण्डा पारिरहेको कुखुराको संख्या १०५०५० थियो भने अण्डा पारेको २१८६ कुखु
राको अण्डा हजारमा ११,०३० हाँसको अण्डा हजारमा ८ मा थियो । दुधालु गाइको संख्या ६५११ मध्ये दुधालु भैंसीको संख्या ८७,७५ गाईको दुध ४२६१ मे.टन भैसीको दुध १०९८७ मे.ट जम्मा १५२४८ मे.ट थियो ।

काठमाण्डौको जम्मा क्षेत्रफल ४१३२८ हो । कृषि योग्य जमिनको क्षेत्रफल १७१०४ हो सिर्चाइयोग्य जमिन १४०६९ हो, सिचाइ पूर्वाधार विकास भएको जम्मा क्षेत्रफल ३१२१ हो हालको सिचित क्षेत्रफल ३१२१ हो ।
-श्रोतः प्रदेश नीति तथा योजना आयोग प्रदेश वस्तु स्थिति विवरण २०७५
काठमाण्डौबाट अन्य जिल्लामा जाने प्रमुख सडकहरु ः
१ः बल्खु-फर्पिङग-कुलेखानी-हेटौडा
२ः थानकोट-त्रिभुवन राजपथ-हेटौडा-वीरगञ्ज
३ः काठमाण्डौ-पोखरा १९८ कि.मी
४ः बालाजु-मनमैजु, धर्मस्थली जीतपुरफेदी नुवाकोट
५ः सामाखुसी-टोखा, झोर जीतपुरफेदी नुवाकोट
६ः बालाजु, मनमैजु, फुटुङेग साङ्गला गुर्जे भञ्ज्याङ नुवाकोट
७ः साखु जहरासिंह पौवा फड्केश्वर मेलम्ची
८ः सीतापाइला, रामकोट, भिमढुङ्गा, धादिङ

९ः सुन्दरीजल, चिसापानी गोसाईकुण्ड
१०ः काठमाण्डौ-भद्रपुर ४७१ कि.मी
११ः काठमाण्डौबाट विराटनगर ३९१ कि.मि
१२ः काठमाण्डौ (काकडभिट्टा ४७५ कि.मी
१३ः काठमाण्डौ-धनकुटा ४५१ कि.मी.
१४ः काठमाण्डौ-हेटौडा ८० कि.मी.
फर्पिङग भएर

१५ः काठमाण्डौ-चितवन १४३ मलेखु भएर
१६ः काठमाण्डौ-बुटवल २५५ कि.मी मलेखु भएर
१७ः काठमाण्डौ-नेपालगञ्ज-५०६ कि.मी
१८ः काठमाण्डौ-धनगढी ६६१ कि.मी
१९ः काठमाण्डौ-कोदारी १०९ कि.मी दोलालघाट
२०ः काठमाण्डौ-धुञ्चे १२५ कि.मी बालाजु भएर
२१ः काठमाण्डौ-चरिकोट १२७ कि.मी दोलालघाट
बांकी अर्को अंकमा ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here