Homeबिचारबैगुनि केटो

बैगुनि केटो

राजुराम राउत

हामीले मानव समाजलाई असल, सु-संकृत र समुन्नत समाजमा रुपान्तरण गर्ने र भाई-चारालाई स्थापित गर्न गुन शब्दले अतिनै महत्वपूणर् भुमिका खेलेको हुन्छ । अझ भन्नुपर्दा मानव समाजमा पाईने विविध प्रकारका भिन्नताहरूको निचोडमा एक महत्वपूणर् पक्ष करुणा, दया र सम्मान हो । तर, यहाँ खोजिएको बिषय भनेको एक विशेषवर्गका मानिसका बारेमा चर्चा गर्नु हो, जसले गुनको महत्वलाई मानेनन् र हरेक अवस्थामा कम्तीमा पनि गुनको उपेक्षा गर्दै आफ्नो जीवन बिताइ रहेका छन् ।

जति गुन लगाए पनि गुन नदेख्ने मानिसको कुराकानी गर्दा हामीलाई थाहा हुन्छ कि उनीहरूले संधैं अरूलाई नकारात्मक दृष्टिले हेरि रहेका हुन्छन् । जीवनमा एउटा कुरा छ, आफ्नो गुनको महत्व बुझ्नु र अरूका गुनहरूको कदर गर्न सक्नु । तर, यी मानिसहरू जति गुन देखाउने प्रयास गर्छन्, त्यति कै गुनको माया नगर्ने गर्छन् ।

आजकल भाईरलकै रुपमा रहेको उच्चारण भनौ सम्बोधन ‘बैगुनी केटो’ पनि यही गुन नबुझ्ने सेरोफेरो कै मानिसको दर्जा उजिल्याउन नेकपा एमालेका अध्यक्ष ओलीले योगेश भट्टराईमाथि प्रयोग गरेपछि चर्चाको बिषय रह्यो । हाल आएर रवि लामिछानेलाई पनि यतीउती गुन लगाए तर मेरैपछि लाग्यो भन्ने खालका अभिब्यक्ति आउंदा यो गुनको बिषयमा चर्चा गर्नु सान्दर्भिक लाग्यो ।

जसले गुनको महत्वलाई बुझ्न सकेनन्, तिनीहरू सबैलाई चिर्दै हिडिरहेका हुन्छन् । जहाँ जति गुन लगाएर पनि गुनको प्रभावलाई मान्दैनन्, उनीहरूले अक्सर असहिष्णुता, द्वेष र शत्रुता अंगालेर जिन्दगी बिताइरहेका हुन्छन् । यस्ता मानिसहरूको दुःखको कुरा भनेको, उनीहरू आफ्नो जीवनमा खुसी त रहेको छैनन्, तर समाजको बेथितीमा प्रभावकारी भुमिका खेलिरहेका हुन्छन् ।

गुन छ भने दुःख छैन्, भन्ने भनाइलाई सच्चा मान्ने हो भने, हामीले बुझ्नु पर्दछ कि गुनको महत्व केवल भाषणमा मात्र हुँदैन समष्टी जिवनमा समेत रहेको छ । जीवनमा गुन लगाउने, अरूका गुनको कदर गर्ने र सकारात्रुमक दृष्टिकोणका साथ जीवन व्यतीत गर्नुपर्छ, तर यस्ता व्यक्तिहरूले यो कुरा थाहा पाएको छैन ।

उनीहरूको दृष्टिकोण संधैं नकारात्मक हुन्छ, जसले गर्दा उनीहरूको जीवनमा केवल ग्रहण र अन्धकार मात्रै हुन्छ तर देखावटी भए पनि खुसि दर्साउछन् र आफुलाई पाएक पर्ने कुराहरु उम्काउन हरदम तत्पर हुन्छन् । आँखा खोलेर हेर्नुहोस तपाईं हाम्रै वरिपरि प्रसस्तै भेटिन्छन् । जब कुनै व्यक्ति गुनको उपेक्षा गर्छ, तब उसले न केवल अरूको गुनलाई देख्दैन ।

तर, उसले आफ्नो जीवनलाई पनि असामान्य बनाउंदै जान्छ । गुनलाई बेवास्ता गर्दा, मन नमान्दै जाने र असन्तुष्ट हुने प्रक्रिया शुरु हुन्छ । यदि उनीहरुले अरूका गुनको महत्व बुझ्ने प्रयास गरे भने, यो न केवल उनीहरुलाई, तर समाजसमेतलाई पनि सकारात्मक प्रभाव पार्न सक्दछ ।

गुन नदेख्ने मानिसहरू समाजमा असन्तोष फैलाउंछन् । उनीहरूको जीवनमा चित्तबुझ्दो र आत्मसात गर्ने कुरा हुंदैन् । यस्ता मानिसले विकास, सहिष्णुता र प्रेमको सट्टा द्वेष र आलोचना मात्र हेर्छन् र फैलाउंछन् । यिनका कुराहरु संधैं नकारात्मक र व्यंग्यात्मक हुन्छन् । यदि कुनै मानिसले निकै मेहनत गरेर समाजमा योगदान पुर्‍यायो भने, यी नकारात्मक व्यक्तिहरूले ‘त्यसले त ठूलो काम गरेको छैन’ भन्न थाल्छन् र भएन भने आर्थिक अनि नैतिकताका भ्रम छर्न थाल्छन् ।

यस्ता सोच अनि दृष्टिकोणले उक्त ब्यक्ति मात्र होइन, समुदायलाई समेत नराम्रै असर पार्छ । बर्तमान समयमा, जसले गुनको महत्वलाई बुझेर सकारात्मक दृष्टिकोण अपनाएका छन्, तिनीहरूले जीवनमा सफलता र समृद्धि पाएका छन् । जब मानिसले एकआपसका गुणहरूको कदर गर्न थाल्छ । तब समाजमा नयाँ परिवर्तन र सकारात्मक तरंग उत्पन्न हुन्छ । अपनत्व, भाईचारा र बन्धुत्व अभिव्यक्तिले मनका गहिराईमा लागेको कुराले एकता र सामूहिकता बढाउन मद्दत गर्छ ।

गुनको महत्वलाई स्पष्टसंग प्रस्तुत गर्दा, मानिसमा चेतना र गुनको महत्वको समृद्धि भएको छ भन्ने बुझ्नमा सहायक हुन्छ । जब यस्ता विचारहरुको अक्षरस र सकारात्मकढंगले प्रस्तुत गरिन्छ, तब यो विचार आदान-प्रदानका लागि उत्कृष्ट माध्यम पनि साबित हुन्छ । गुनका बारेमा जतिसुकै बोलेता पनि, जतिसुकै कुरा गरेता पनि हाम्रो जस्तो पुर्बीय सभ्यता भएका मुलुकमा अतिनै महत्वका साथ हेरिन्छ, मानौ गुनबिना समाज र सभ्यता अधुरो रहन्छ । गुनका लागि गुनको महत्व बुझ्न जरुरी हुन्छ ।

गुनको उपेक्षा गर्ने सोचले जीवनलाई नीरस र दुःखपूणर् बनाउंछ । गुन नदेख्ने मानिसले समाजलाई विकासको बाटोमा अघि बढ्न रोक्ने मात्र गर्दैनन्, समाजमा तनाव र दुश्मनीसमेत फैलाउंछन् । जीवनमा एकताबद्धरूपमा गुनहरूको कदर गर्नुपर्छ र संधैं दोष मात्र बढाएर समाजलाई समुन्नत बनाउने कल्पना गर्नु भनेको बालुवाको बा“धले समुन्द्र रोक्नु बराबर हो ।

गुनको महत्वलाई मानेर सकारात्मक सोचसंगै बाँच्नुको साँचो अर्थ हो, सत्य र सत्कर्मको बाटो अंगाली जिवनलाई सत्मार्गमा डोर्‍याउनु । यसैले, गुनको महतवलाई नकार्नू र नकारात्मक सोचलाई बिर्सिनु होस् भुलेर पनि मनमा नल्याउनुहोस् ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here