चेतप्रसाद पौडेल
नेपालीको शान नेपाल राष्ट्रमा ७७ जिल्ला र ७ प्रदेश रहेका छन् । शासन प्रशासन चलाइ विकास निकास दिनका लागि ३ तह संघ, प्रदेश र स्थानीय तह तय गरेको छ । संघीय प्रणालीमा शासन चलाउंदा प्रदेशहरुको विशेष भूमिका रहन्छ । प्रदेशहरु (१) कोशी (२) मधेश (३) बागमती (४) गण्डकी (५) लुम्बिनी (६) कणर्ाली (७) सुदुरपश्चिम प्रदेशहरु छन् ।
प्रदेशको राजधानीहरुमा कोशीको विराटनगर, मधेशको जनकपुर, वागमतीको हेटौडा, गण्डकीको पोखरा, लुम्बिनीको दाङको भालुवाङ, कणर्ालीको सुर्खेत, सुदुरपश्चिमको-धनगढी छन् ।
बागमती प्रदेशमध्येको ३ लाल (क) गंगालाल (ख) पुष्पलाल (ग) कृष्णलाल) को जिल्लामा रहेका स्थानीय निकाय निम्नानुसार
रहेका छन् । (१) सुनापति गापा (२) लिखु तामाकोशी गापा (३) दोरम्वा गापा (४) मन्थली नपा (५) खाँडादेवी गापा (६) उमाकुण्ड गापा
(७) रामेछाप नगरपालिका (८) गोकुलगंगा गाउँपालिका छन् ।
८ स्थानीय निकाय लिएर रामेछाप जिल्लाले अन्य ७६ जिल्लासमक्ष विकास निकास दिएर ७ प्रदेशमध्येको गरिमा बढाएर अगाडि लैजान उत्साह प्रदान गरेको छ । त्यो उत्साह प्रदान गर्ने गाउँपालिकामध्येको लिखुतामा कोशी गाउँपालिकाअन्तर्गतको २ नम्बर वडा सैपुको बारेमा लिपिमा उतार्ने जमर्को गरेको छु, जहाँ पौडेल वंशका अग्रज पुस्ताका रुपमा ऋषिकेश उपाध्याय पौडेल हुनुहुन्छ ।
उहा“को जन्म वि.सं. १७५२ पौष शुक्ल पक्षको नवमी तिथिमा काठमाण्डौको आकाश भैरवमा उदय भएको हो । वि.सं. ५२० देखि सोमनाथ आत्रेयबाट गणना गर्दा ३५ औं पुस्तामा ऋषिकेश उपाध्याय पर्नुहुन्छ भने विश्वामित्र पौडेलका साहिंला सुपुत्र हुनुहुन्छ ।
राजा जय प्रकाश मल्ललाई राज्यको दैनिकी चलाई विकास निकास दिन कठिन परेको हुनाले ने.रु. ८०८/- राज्यलाई सापट दिएको हुनाले राजगुरु ब्राम्हणको रकम त्यसै चलन गर्न हुन्न, त्यसवापत उपयुक्त भूगोल खोज्नुस् भनेर आदेश भएको हुनाले ४९ वर्ष हु“दा वि.सं. १८०१ मा सैपु बिर्ता पाउनु भएको प्रमाण देखिन्छ । सुनुवार भाषामा (पु) को अर्थ बृक्षको फेद जनाउँदछ ।
सयको शब्दार्थ ९९ पछिको आउने अंक हो १०० (सय) सैयौ । सय-पू भन्दाभन्दै अपभ्रंश भएर सैपू भएको पनि किवदन्ति पाइन्छ । सैपूमा आज ११ औं पुस्ताको दैनिकी चल्दै आएको छ । क्रमशः ऋषिकेश-रघुपति-बृहस्पति-लक्ष्मीधर-शक्ति बल्लभ-कृष्णलाल चन्द्रप्रसाद-लालप्रसाद पौडेल ।
लालप्रसाद पौडेल र जसोदादेवीको साहि“लो सुपुत्र म चेतप्रसाद पौडेल । पिताजीले सैपुलाई अ“ध्यारो हटाई उज्याले किरण छर्नलाई श्री चण्डेश्वरी विद्यालयको स्थापना गर्नुभयो । यसै विद्यालयमा कखरा खार्नु भएको माधव पौडेल नेपाल राष्ट्रको कानुन तथा शिक्षामन्त्री बन्नु भएको इतिहास पढ्न सबैले पाउनु सैपुको गौरवको विषय भित्र त्यो पर्दछ ।
यसरी सैपुले लिखु तामाकोशी गाउँपालिकाको मुहार उज्यालो पार्नमा सघाएको छ । सैपुमा ऋषिकेश उपाध्याय पौडेलले कुल देवतालाई पवित्र जलअर्पण गर्नका खातिर विशाल पहरो अक्कर काटेर ‘कुवा’ खन्नुभयो । आज त्यो कुवाले निश्चल पानी दिएर सेवा पुर्याइ रहेको छ ।
वि.सं. १८०१ मा सैपु बिर्ता पाएपछि ऋषिकेश उपाध्यायले बिहान बेलुका पिउने पानीको प्रबन्ध गर्र्न विशाल पहरो अक्कर, खन्ती, बञ्चरो, छिनो र हथौडाको मद्दत लिएर कैयौ दिन लगाइ तयार गरे कुवा अहिले पनि समस्त मानव सेवामा सर्मपित छ ।
जतासुकै बगेको पानीले रोग निम्त्याउने हुनाले पिउन नहुने सम्झंदै पहरो रसाएर आएको पानी पोषिलो र पोषणयुक्त हुने बैज्ञानिक दृष्टिले पनि उपयुक्त छ । कुवाको पानी अहिलेसम्म पनि पिईने गरिन्छ ।
यसरी झण्डै ३०० वर्षको नजिक हामीलाई एउटा कुवा नासोका रुपमा छोडेर अग्रज अस्ताउनु भयो । पुर्खाले बाल्नु भएको तेजश्वी दीयोमा तेल थपेर उज्यालो पार्नु पर्नेमा बत्ती मुनिको भूभाग अँध्यारो भनेझै भएको छ ।
हामीले पढेका हरफहरु ः
भरजन्म घांसतिर मनदिइ धन कमायो
नाम केही रहोस् पछि भनेर कुवा खनायो
मेरा इनार न त सतल पाटी क्यै छन्
जे धन र चीजहरु छन् घरभित्र नै छन् ।
यसरी घांसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन आज यस्तो ।
यी माथिका हरफले रौ-रौ-जुरुक्क उठाको छ । समाजमा केही न केही त गर्नु नै पर्छ भनेर भानुभक्त आचार्यले साहित्य फाँटमा मलजल गर्नु भए झै ऋषिकेश पौडेलले सैपूमा बिर्ता पाएर गएपछि सन्तान दरसन्तानलाई हिड्ने राजमार्ग तयारी गर्नुभयो । आज हामीमाझ उहा हुनुहुन्न । उहाँ लम्बेयात्रामा ब्रहमलिन हुनु भए पनि तमाम मानिसले समाज हितमा सुकर्म गर्नु नै पर्दछ भनेर प्रेरणा छाडेर जानु भएको झझल्को लाग्दछ ।
संघीय सरकार सिंहदरवार नेपालको राजधानी काठमाण्डौमा सिमित हुदैन । घर-घर-पाखा पखेरा कुना र कन्दरा आदिमा पुगेर जनताका दुःख पिर मर्का मेटाउँछ भनेकोमा सिंह चैं घर-घरमा पुगेर यातना दिदैछ, दरवार
राजधानीमै बस्या छ ।
प्रदेशले-स्थानीय निकायले हाम्रा अग्रज पुर्खाले खनेको गोरेटो बाटोलाई
राजमार्ग बनाउने कार्यमा आत्मानुभूति प्रदान गर्नुपन ‘मा सहानुभूति समेत प्रदान गर्ने खालका योजना नहँुदा तनहुँ जिल्लाको भानुभक्तले खनाएको त्यो घाँसी कुवा झै ऋषिकेश पौडेलले सैपुको बिर्तामा ४ घरे नजिक पहरोमा खनाएको त्यो कुवा बत्तीमुनिको अँध्यारोमा बागमती प्रदेश सरकार र स्थानीय निकाय लिखु तामाकोशी गाउँपालिकाको गम्भीर ध्यानाकर्षण
गराउन चाहन्छु र यो योजनामा योजना आयोगको समेत आंखा पुगोस् ।
(अस्तु)