Homeबिचारकाठमाण्डौ जिल्लाको चिनारी

काठमाण्डौ जिल्लाको चिनारी

काठमाण्डौ जिल्लाको पूर्व भक्तपुर र काभ्रे-पलाञ्चोक जिल्ला उत्तर नुवाकोट र सिन्धुपाल्चोका जिल्ला पश्चिम नुवाकोट, धादिङ र मकवानपुर जिल्ला पर्दछ । दक्षिणमा ललितपुर र मकवानपुर जिल्ला सिमानामा पर्दछ । नामाकरणमा ऐतिहासिक तर्फ हेर्दा लिच्छविकालको पूर्वाद्वसम्म काठमाण्डौ नाम पाइदैन । पशुपति क्षेत्र, मञ्जु पतन आदि नामबाट पुकारिन्थ्यो । प्रशिद्ध लिच्छवी राजा गुणकाम देवले वि.सं १०४३ तिर यस स्थानलाई शहरको रुपमा विकास गरेका थिए, सोपछि मात्र काष्ठमण्डप नाम रहन गएको भनिन्छ ।

यहा“ अर्कोतर्फ काठै-काठको सत्तल निर्माण भएको हु“दा यसलाई काष्ठमण्डप भनिएको छ । ॅकाष्ठमण्डप’ शब्द संस्कृत शब्द हो, यसलाई नेपालीमा रुपान्तरण गर्दा काठमाण्डौ हुन गयो । काठमाण्डौ नै भनियो मल्ल राजाहरुको समयमा काठमाण्डौलाई कान्तिपुर भनिन्थ्यो । कान्ति ॅप्रशिद्व-प्रख्यात’ आदि र ॅपुर’ भनेको शहर हो, त्यसकारण कान्तिपुर भन्दै गर्दा पछि काठमाण्डौ हुन आएर प्रख्यात भएको पाइन्छ ।

राजा लक्ष्मीनरसिंह मल्ल, शिवसिंह मल्लका नाति थिए । इं.सं. १६४१-सम्म राजा भए, यिनैको समयमा विशेष भने एक तान्त्रिकका अनुसार काष्ठमाण्डप सत्तल निर्माण भएको भनि देवीप्रसाद शर्माले ॅआधुनिक नेपालको इतिहास’ मा उल्लेख गरिएको पाईन्छ । काठमाण्डौ जिल्लाभित्र प्राचीन सम्पदाहरु प्रशस्तै छन्, पशुपतिनाथ स्यम्भुनाथ, बुढानीलकण्ठ, बौद्धनाथ, गुहेश्वरी, दक्षिणकाली, बज्रयोगिनी, हनुमानढोका, शेष नारायण, ईचंखुनरायण, मच्छेनारायण, मातातीर्थ, गोकणर्ेश्वर, बालाजु, बाइसधारा, क्षेत्र आदेश्वर महादेव, टौदह, रानीपोखरी, नागपोखरी र कमल
पोखरीलगायतका छन् ।

काठमाण्डौ तत्काल मध्यमाञ्चल विकास क्षेत्रअन्तर्गत बागमती अञ्चलमध्येको एक जिल्ला थियो । तर, नेपालको राजधानीसमेत भएको मुख्य जिल्ला हो । यक्ष मल्लको स्वर्गारोहणमा उनका माहिला छोराले कान्तिपुरमा वि.सं. १५४१ मा राजा भएका थिए । उनी आइपरेको परिस्थितिअनुकुल काम गर्न सक्ने चतुर राजा थिए । यसअघि भक्तपुर राजधानी गरेर उनका पिता वि.सं. १५३८ सम्म राजा भएका थिए । दाजु राय मल्लसंग मिलेर
राज्य गर्दा सन्तोष नभएर कान्तिपुरका महाशत्रुरुलाई दवाएर रत्न मल्ल राजा भएका थिए । यस समयमा नुवाकोट पनि भक्तपुर राज्यभित्र पर्दथ्यो । तर, उनले कान्तिपुरमा सामेल गराए । ललितपुर लिन हर्षपाल र तिनका छोरा जगतपाल शक्तिशाली थिए । यिनीहरुलाई मिलाएर आफ्नो पक्षमा लिए ।

भक्तपुरका दाजु राय मल्लको राज्य पनि लिने क्रम गर्दै थिए । वि.सं. १५६६ मा उनको मृत्यू भयो तत्काल देउपाटन कान्तिपुर राज्यभित्र पर्दथ्यो । दाजुको लासलाई पशुपतिमा दाह संस्कार गर्न दिएनन्, दाजुभाईबिच संघर्ष थियो । रत्न मल्लले कान्तिपुरमा मुसलमानहरु ल्याएर इन्द्रचोकमा बसालेका थिए । उनीहरुलाई चुरौट पनि भन्दथे, हाल चोखाचे गल्ती भनिन्छ । कान्तिपुरेहरुलाई बिलासिताका सामान प्रयोग गर्न सिकाए । उनी ीयखभ या ब्कतक (कला अनुरागी) थिए । उनको पत्नी मालतीदेवीको वि.सं. १५७७ भाद्रमा मृत्यू भयो । दाहसंस्कार गर्दा दशजना
रानीहरु सती गएकी थिइन । उनले ३६ वर्ष राज्य गरेका थिए । उनका छोरा सूर्य मल्ल राजा भए तर, मृत्यू भयो । त्यसपछि अमर मल्ल कान्तिपुरका राजा भए ।

उनका छोरा महेन्द्र मल्ल कान्तिपुरको राजा हुन पुगे । महेन्द्र मल्ली मुद्रा बनाउन सफल भएका थिए । वि.सं. १६३१ मा उनको मृत्यू भयो । सदाशिव मल्लका जेठा छोरा राजा भए । उनी व्यभिचारी कामातुर स्वभावका थिए, तीर्थ गर्न हिडेकी युवतीलाई जवरजस्ती गर्दथे । घर बाहिर कसैको छोरी-बुहारी निस्केमा समातेर आफ्नो इच्छा पुरा गर्ने गर्दथे । यसबाट आफ्नो राज्यको जनता खुसी थिएनन् । मनोहरा खोलातर्फ गएको समयमा धुलो हुने गरि पिटेर राज्यभन्दा बाहिर धपाइयो र भक्तपुर राज्यमा पुग्दा त्यहा“ पनि उनको आनी-बानी थाहा पाएर दरवारको एक चौकमा लगेर थुनियो र एकजनालाई छोडि दिन अनुरोध गर्दा भागेर बेपत्ता भएका थिए ।

शिवसिंह मल्लपछि हरिहर सिंह थिए । उनको पनि छोटो समयमा मृत्यू भयो । उनकी पत्नी लालमती थिइन्, उनका दुई छोरा थिए । एक लक्ष्मीनरसिंह मल्ल कान्तिपुर र सिद्धिनरसिंह मल्ल पाटनका राजा भएकाले दाई लक्ष्मीना-राय सिंह दरवार छोडेर अन्यत्र बस्न थालेकोले फकाएर हजुरबाले कान्तिपुरको राजा बनाए । वि.सं. १६९६ मा उनका छोरा युवराज प्रताप मल्ललाई भारदारहरु मिलेर ललितपुर आक्रमण गर्न लगाए । तत्काल राजा सिद्धिनरसिह मल्ल पाटनको कृष्ण मन्दिर निर्माण सम्पन्न गरेर ४० दिने कोटिहोम गरि रहेको हु“दा ललितपुरका
धेरै रैतीहरु एक जुट भएर कान्तिपुर फौजलाई प्रतिकार गरि धावा बोल्दा ज्यान जोगाउने प्रयासमा भागा-भाग गरेका थिए । लक्ष्मीनरसिह धार्मिक प्रवृत्तिका थिए । चा“गुनारायणको दैनिक पुजा-प्रसादका लागि जग्गा गुठी
राखिदिए । वि.सं. १६९० मा दरवारभित्र त्रिशुल चौकमा अग्निशाला निर्माण गराए ।
कान्तिपुरको मखनको शिवालयमा पुजा प्रसादका लागि जग्गा गुठी राखिदिए ।

हनुमान ढोकाको सामुन्ने जगन्नाथ मन्दिर निर्माण गराए । काष्ठ-मण्डपको पुरा वि.सं. १२०० मा संगिति नामको हस्तलिखित पुस्तकमा लेखिएको प्रमाण छ । लक्ष्मीनरसिहलाई वि.सं. १६९८ मा छोरा प्रताप मल्लले नै कैदी बनाए । वि.सं. १७ १४ मा उनको मूत्यू भयो । प्रताप मल्ल १८ वर्षकै उमेरमा वि.सं. १६९८ मा राजा भएका थिए । प्रताप मल्लले ललितपुरमा आक्रमण गर्दा अपमानजनक पराजय भोगेका थिए । प्रताप मल्लले गोरखा र मकवानपुरसंग सम्बन्ध राखे । गोरखासंग सम्बन्ध राम्रो भएन । काठमाण्डौं उपत्यका सबै कान्तिपुरमा समाबेश गर्न चाहन्थे । इमान्दार काजी भीम मल्लको हत्या गरे । भीममल्लकी रानीले नेपाल दरवारको कहिल्यै भलो नहोस् भनी श्राप दिएर सती गएकी थिइन । प्रताप मल्ल साहित्य संगित प्रति झुकाव थियो ।

दरवारमा शैव तान्त्रिक स्वामी ज्ञानन्द, बौद्ध तान्त्रिक जमुना गुभाजु र दक्षिण भारतबाट आएका लक्ष्वकणर् भट्टलाई सम्मानका साथ राखेका थिए । उनले नै रानीपोखरी निर्माणर् गराए । उनमा अतभुत कामुकता थियो र बिलासिता पनि थिए । उनले तीनसय रानीहरु राखेका थिए । नौजना त देखिनैरुपमै थिए । उनले रजस्वला नभएकी एक कन्यासंग यौन सम्पर्क राख्दा कन्याको मृत्यू भएको थियो । त्यसैको प्रायश्चितका लागि तीन महिना पशुपतिमा गएर तपश्यारत बसे ।

पत्नीहरु धेरै भएकोले छोरा/छोरीहरु प्रसस्तै थिए । त्यसपछि नृपेन्द्र मल्ल राजा भए । मकवानपुरे राजा शुभसेनलाई
राजकीय सम्मान दिंदा हात्ती उपहार पाएका थिए । वि.सं. १७३७ मा नृपेन्द्रको मृत्युभयो । त्यसपछि पार्थिबेन्द्र मल्ल
राजा भए । वि.सं. १७४४ मा खानेकुरामा विष हालेर लक्ष्मी नारायण जोशीले राजा पार्थिबेन्द्र मल्ललँई मारिदिए । वि.सं. १७४९ मा पार्थिबेन्द्र मल्लको मृत्यू भयो । आठ वर्षका भुपतेन्द्र मल्ललाई राजा बनाएका थिए । यहि मल्ल राजा भए । उनका मैही पतेन्द्र मल्लका रानीहरुसहित उनलाई कैद गरियो । वि.सं. १७५७ मा तीर्थाटन गर्न अयोध्या नज्दिक मृत्युभयो । भास्कर मल्ल चार बर्षमा राजा भएका थिए । भास्कार मल्लले वि.सं. १७५८ मा भक्तपुरमाथि आक्रमण गर्न ललितपुरलाई मिलाउन खोजे ।

तर, सन्धी भएर टर्‍यो । भास्कार मल्ल कान्तिपुरको मात्र हैन ललितपुरको पनि राजा ५ बर्ष भए । वि.सं. १७७९ मा राजा भास्कर मल्लको मृत्यू भयो । त्यसपछि जगजय मल्ल कान्तिपुरका राजा भए । भास्कर मल्ल राजा भएता पनि भारदर र मन्त्रीहरुले मञ्जुर नगरी रहंदा वि.सं. १७९२ मा उनको मृत्यु भयो, त्यसपछि जयप्रकाश मल्ल
राजा भए । ईतिहासमा उनको विबादस्पद चरित्र भयो । वि.सं. १७९६ मा नुवाकोटमा गोरखाका
राजा नरभुपाल शाहले आक्रमण गरिदिए तर, गोर्खाली कै हार भयो । उनका छोरा पृथ्वीना-
रायण शाहले पुन नुवाकोटमाथि १७९९ मा आक्रमण गरे । तर, गोर्खाली कै हार भयो । पुनः १८०१ मा गोरखाली फौजले कान्तिपुरे फौजलाई हराइ विजय हासिल गर्‍यो ।

वि.सं. १८२५ असोज १३ गते गोर्खालीले कान्तिपुरमाथि आक्रमण गरी विजय भएकोले जयप्रकाश मल्लको शरणमा ललितपुर पुगे । मुख्य नदी नालाहरुमा मूख्य नदी वागमती हो । अन्यमा विष्णुमती, शाली नदी, मनमती, धोवीखोला, टुकुचा, पोखरे-खोला, नाङले भारेखोला, नारायण खोला, घट्टेखोला, काभ्रे खोला, महादेवखोला, साङ्ला-खोला, बोसनखोला, सामाखुशी खोला, बल्खुखोला, मनोहराखोला र दक्षिणकाली आदि छन् । रानी पोखरी, कमल पोखरी, सात मुले, नैमुले, तौथली, टौदह, मातातीर्थ, मच्छेनारायण शेषनारायण आदी कुण्डहरु छन् ।

प्रसिद्ध स्थानहरुमाः पशुतिनाथ, हनुमान ढोका, रानीपोखरी, सुन्धारा, स्वयम्भू, सुन्दरीदल, सेतीदेवी, टल्कु डुडेचौर, बुढानिलकण्ठ, दक्षिणकाली । रत्नपार्क पार्कहरुमा, रत्नपार्क बालाजुपार्क, फर्पिङ विद्युत्गृह पार्क, शिवपुरी, गणेशमान शान्ति बाटिका, चोभार क्षेत्र, किनायक पार्क, जरसिंह पांैवा, त्रिभुवनपार्क, शंखपार्कसहित निजामती पार्क, सुन्दरीजल, दक्षिणकाली, टोख बलम्वु वन, कार्तिक भञ्ज्याङ, हात्तीवन डा“डा, स्विजरल्याण्ड पार्क, ईचखुनारायण भ्युटावर, गोलढुङगा, भ्युटावर, विश्वसम्पदामा सूचिकृत, पशुपतिनाथ, हनुमान ढोका, स्वयम्भुनाथ, बौद्धनाथ आदी छन् ।

तत्कालमा उपत्यकाको नगरपालिका काठमाण्डौ नगरपालिका र कीर्तिपुर नगरपालिका र बा“की गाविसहरुमा आलापोट, वाडभञ्ज्याङग, बज्रयोगिनी, बलम्वु, बालुवा, भद्रवास, भिमढुङ्गा, बिष्णु बुढानिलकण्ठ, चाल्नाखेल, चपली भद्रकाली, छैमले, दहचौक, चुनीखेल, डा“छी, दक्षिणकाली, धापासी, धर्मस्थली, कुटुङ, गागल फेदी, गोकणर्ेश्वर, गोगबु, गोठाटार, इचंखुनारायण, इन्द्रायणी, जोर महाङ्काल, जीतपुर फेदी, जोरपाटी, काभ्रेस्थली, कपन, खड्का भद्रकाली, लप्सेफदी, मच्छेगाउ“, महादेव स्थान, महाकाल, मनमैजु, मातातीर्थ, मूलपानी, नाङगा भारे, नैकाप नया“-भञ्ज्याङ, नया“पाटी, पुखुलाक्षी, रामकोट, साङगला, सेतिदेवी, सतुङगल, स्थुचाटार, शेषनारायण, सितापाइला,
सुन्दरीजल, सुनटोल, टल्कु डुडेचौर, थानकोट तीनथाना, टोखा चण्डेश्वरी, टोखा सरस्वतीलगायत ५९ वटा गाविसहरु थिए ।

हाल काठमाण्डौ महानगरपालिका वडा ३२ क्षेत्रफल ४९.४५ वर्ग कि.मि., काभेश्वरी मनोहरा नगरपालिका वडा १२ क्षेत्रफल २७.३८ वर्ग कि.मी, कीर्तिपुर नगरपालिका १० वडा क्षेत्रफल १४.७६ वर्ग कि.मी, गोकणर्ेश्वर नगरपालिका वडा नं. ९ क्षेत्रफल ५८.५० वर्ग कि.मी, चन्द्रागिरी नगरपालिका वडा १५ क्षेत्रफल ४३.९२ वर्ग कि.मी, टोखा नगरपालिका वडा ११ क्षेत्रफल १७.११ वर्ग कि.मी, तारकेश्वर नगरपालिका वडा नं. ११ क्षेत्रफल ५४.९५ वर्ग कि.मी., दक्षिणकाली नगरपालिका वडा ९ क्षेत्रफल ४२.६८ वर्ग कि.मी, नागार्जुन नगरपालिका वडा १० क्षेत्रफल २९.८५ वर्ग कि.मी, बुढानिलकण्ठ नगरपालिका वडा १३ क्षेत्रफल ३४.८० वर्ग कि.मी र शङ्खरापुर
नगरपालिका वडा ९ क्षेत्रफल ६०.२१ वर्ग कि.मी. रहेको छ ।
श्रोतहरु ः
१. सूचना विभाग नेपालका सम्पदाहरु २०५६
२. प्रा.डा.रामप्रसाद उपाध्याय नेपालको प्राचीन र मध्यकालीन इतिहास
३. नेपाल राजपत्र भाग-४ मिति २०७३ फाल्गुण २७ गते

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here