राजुराम राउत
पुराना झन् स्कुलका साथीहरूसंगको भेटघाट संधैं विशेष हुन्छ । समय बित्दै जाँदा, हामीले जीवनका विभिन्न पाटोमा यात्रा गर्छौं । तर, स्कुलका दिनका सम्झनाहरू संधैं हाम्रो मनमा ताजा रहन्छ । लामो समयपछि भेटघाट गर्दा, ती पुराना सम्झनाहरू पुनःताजा, जीवित र अबिस्मरणिय हुन्छन् । हाँसो, खुसी र कहिलेकाहीं आ“सु पनि ल्याउंछ । यहि क्रममा श्री सिद्धार्थ माविका साथीहरुको गत शनिवार काठमाडौमा भेला गर्यौं ।
कार्यक्रममा सहभागि हुन कुमार, दिलकुमार र म काठमाडौं हिड्यौं । भैंसे- भिमफेदी-चिसापानीगढी-देउराली-कुलेखानीसम्मको अपार प्राकृतिक सुन्दर छटाहरुको अबलोकन गर्दै मिठिदै र चिसिदै अपार सन्तुष्टिको अनुभुति गर्दै पुगियो । प्रकृति पनि गजबकै अपरिवर्तनीय सुन्दारताले भरिएको हुँदो रहेछ । २०४२ सालताका हामी यिनै साथीहरूबिच यहाँ भ्रमणमा आउंदा सुन्दर अनि मनमोहकतामा कुनै कमि छैन्, चाहे घनघोर डा“डालाई काट्दै बनाईएको कालोपत्रे बाटो नै किन नहोस् ।
चिसो सिरेटोलाई छिचोल्दै कुलेखानी पुगेर बिहानको भोजन गरियो । चिसो स्थानले गर्दा खाना सारै नै स्वादिष्ट लाग्यो । अब भने करिब करिब दशामा परिएझैं भो, बिग्रिएको बाटोमा हल्लिंदै, मच्चिदै, तलमाथि उफ्रिदै अगाडि बढियो । हैन राजधानी जोडने यतिबिधिको छोटो बाटोलाई पहिलो प्राथमिकताका साथ सरकारले बनाउनु पर्ने होईन ? भाडाका सुमो, बिजुलि गाडिलगायत नीजि सवारी साधन गरी दैनिक एक हजारको हाराहारीमा चल्दा ७ हजार यात्रुले दैनिक हण्डर खाने बाटो यो, चाँडै बनाउदा सास्ति ब्यहोर्नु पर्ने थिएन होला । हण्डर ठक्कर खांदै अन्ततोगत्वा काठमाडौं नख्खु दोबाटो पुगियो ।
तत्पश्चात् जिपिएसको सहाराले महाराज गञ्ज क्याफे पुगियो । हामीभन्दा अगाबै केही साथीहरु क्याफेमा पुगिसकेका थिए । क्याफेमा प्रवेश गर्दा साथीहरूको अनुहारमा खुशीको चमक देख्न सकिन्थ्यो । अकस्मात छल्केका खुसीहरु एक आपसमा अंकमाल गरेर पुराना यादहरु ताजा गर्दै सम्झना आदान प्रदान गरियो । र, त्यहींबाट हाम्रो रमाइलो यात्रा सुरु भयो । सुरुमा, हामीले एकअर्कासँगको जीवनका बारेमा कुरा गर्न थाल्यौं । २०४४ सालपछिका आफ्ना छोटो जिवनी प्रस्तुत गर्यौ । कसैले भने, ॅतिमीलाई सम्झन्छु, तिमी संधैं कक्षामा पहिलो हुने गथ्यौ !’ र कस्ले कस्लाई मन पराउंथे भन्ने मिठो तर स्निग्ध यादहरु पस्किए ।
उमेरले आईसी ३२ कटेका हामी, एक आपसको कुरा सुनेर केही क्षण हाँसोको फोहोरा नै छुट्यो । सबै हाँस्न थाले, पुराना सम्झनाहरूले हामीलाई एकै ठाउँमा ल्यायो । कक्षामा भएका रमाइला क्षणहरू, खेलकुदका प्रतियोगिताहरू र शिक्षकहरूका अनौंठा पढाउने शैलीका बारेमा कुरा गर्दै हामीले समय बितायौं । क्याफे आफंैमा लाईभ कन्सर्टले गुञ्जिदा हाम्रा आपसी कुराहरुमा केही अबरोध भएता पनि पटक पटक रोकिंदै नाच्दै र गाउंदै कुराहरु सकायौ । मित्र साकार शर्माबाट शुरु गरिएको छोटो बृतान्त, मदन भुजेल, म, शिशिरबिक्रम शाह, कुमार लामा पुगेर महिला मित्र सुर्यलक्ष्मी श्रेष्ठमा पुग्दा लेडिज लाष्टमा भन्दै पालो फड्को मारेर सुमन श्रेष्ठमा पुग्यो ।
मित्र पुष्पराज शाहीले करिबकरिब रुवाईकै शैलीमा भेटघाटप्रति सबैलाई कृतज्ञता दिदै सुरेन्द्र अधिका-रीलाई सुम्पिए, सुमन श्रेष्ठको जरुरी कार्यलाई बिट मार्दै, दिलकुमार, प्रभा रानाभाट, सविता परियार, रणपाल, दिपा पाण्डे थापा, मसिनो स्वरकी धनी स्विटी प्रधान मल्लले कसरी प्रधानबाट मल्ल हुन सफल भए“ भन्दै ओल्लोपल्लो साथीले समेत नसुन्ने स्वरमा कथा सुनाईन् । लामो समयसम्म साथीहरुबाट सम्पर्क बिहीन सुनिल चित्रकारको क्रदन्तमय प्रस्तुतिले सबैलाई एक क्षण पुनः स्कुलतिरै फर्कायो । राजनीतिमा होमिएका मित्र एकलाल श्रेष्ठको प्रस्तुतिलाई तालीले सम्मान गर्दै प्रेमगुरु अनिल पाण्डे र गोकुल थापाले आफ्ना कुरा राखे । ॅखाने, पिउने र रमाउंदै आगामी जीवन जिउने’ भन्दै भेटघाट सामुहिक नृत्यमा अगाडि बढ्यो ।
नृत्यको साथसाथमा सुमधुर स्वरका धनी पुष्प-राजको गितले करिब आधाघण्टा हल गुञ्जियो । पुनःनाचपश्चात् हामीले एक-अर्कालाई बिगत सम्झाउंदै, कक्षामा भएका चुट्किलाहरू र शिक्षकहरूको अनौठा व्यवहारका बारेमा कुरा गर्यौंं । भेटघाटका बीचमा, हामीले पुराना फोटोहरू पनि डिजिटलि हेर्यौं । ती फोटाहरूमा हामीले स्कुलको वार्षिक उत्सव, शैक्षिक भ्रमण, सरस्वती पुजा, सम्झनाका लागि खिचिएको तस्बिर, खेलकुदका प्रतियोगिताहरू र कक्षामा भएका गतिविधिहरूको सम्झना गरायो । हरेक फोटोले एक नयाँ कथा सुनाएता पनि हामीले ती क्षणहरूलाई पुनः जिवित गर्र्यौं र हा“स्न थाल्यौं । समय लम्बिदै थियो, हामी पुराना दिनहरुको फ्ल्यास ब्याक तर्फ पुग्यौं । हामी एक प्रकारले ती सम्पुणर् जिवनको पुनराबृतितर्फ धकेलियौं ।
हामी क्याफेमा थियौं तर हाम्रो आत्मा ४१/४२ बर्षअघि दौडिएको थियो । स्कुलको पुरानो मैदानमा फुटबल खेलिरहेका छौं, कोहि मादल बजाउंदै गित गाईरहेका छौं, कोहि चौरको कुनामा बसेर किताब रट्टान लगाई रहेका छौं, लाग्छ हाम्रो सामु सम्पूणर् बालापन घुमिरहेको छ । एक्कासी तन्द्राबाट बिउतिएर पुनः क्याफेमा फर्कन्छौं । स्कुलका साथीहरूस“गको यो भेटघाटले मलाई सम्झायो कि जीवनका व्यस्थतामा पनि पुराना मित्रता र सम्झनाहरूलाई जोगाउनु आवश्यक छ । यस्ता भेटघाटहरूले हामीलाई जीवनका कठिनाइहरूमा पनि सँगै उभिन मद्दत गर्छ ।
अन्ततः लामो समयपछि भएको यो भेटघाटले हामीलाई एकअर्कासँगको सम्बन्धलाई पुनःजिवित गरायो र भविष्यमा यस्ता धेरै रमाइला क्षणहरूस“गै बिताउने आशा जगायो । हामीले पुनः यस्तैगरी हेटौंडामा बृहतरुपमा भेटघाट गरि एउटा मजबुत एल्मुनाई बनाउने र हामी पढेका स्कुललाई सार्थकपूणर् सहयोग गर्ने योजना बनाई करिब साँझको सात बजे मन मुटु अमिलो बनाई एक आपसबाट छुट्टियौं ।
सा“च्चिकै यो भेटघाटले हामीलाई एउटा सकारात्मक सन्देश प्रवाह गरेको छ । शिक्षा समाजको एक महत्वपूणर् आधार हो, स्कूलहरुले भविष्यका रचनात्मक र सक्षम व्यक्तिहरूलाई जन्माउने कार्य गरिरहेका छन् । स्कुलका पुराना बिद्यार्थी, जसलाई अक्सर ॅएल्मुनाई’ भनिन्छ, तिनीहरूको स्कुलप्रति एक विशेष नाता र दायित्व हुन्छ । यसले आफ्नो अनुभव, ज्ञान र साधनहरूको माध्यमबाट स्कुललाई सहयोग गर्ने अवसर पाउंछन्, जसले स्कुलको समग्र विकासमा महŒवपूणर् भुमिका खेल्न सक्दछ । प्रथम र प्रमुख उपाय भनेको पुराना बिद्यर्थीले आर्थिक सहयोग प्रदान गर्नु हो । स्कुलका लागि आवश्यक स्रोत साधनको अभावमा अध्ययनमा अवरोध आउन सक्छ ।
एल्मुनाईहरूले चन्दा, छात्रवृत्ति, आफ्नो कार्यक्षेत्रमा रहेको कार्यालयबाट अर्थपुणर् विशेष सहयोग प्रदान गरेर स्कुलको आधारभूत संरचना सुधार्नुका साथै विद्यार्थीको अध्ययनमा गहिरो योगदान पुर्याउन सक्छन् । यसले विद्यार्थीलाई राम्रो शिक्षाको पहु“च बढाउंछ र सकारात्मक वातावरण सृष्टि गर्दछ । दोस्रो, पुराना बिद्यार्थीले आफ्ना ज्ञान र अनुभवहरू साझा गरेर स्कुलका हालका विद्यार्थीलाई मार्गदर्शन र प्रेरणा दिन सक्छन् । विकसित कार्यक्रमहरू, कार्यशाला र सेमिनारहरूमा भाग लिएका पुराना बिद्यर्थीहरूले नया“ धारणा र स्किलहरू प्रस्तुत गर्न सक्छन्, जसले विद्यार्थीको समग्र विकासमा मद्दत गर्दछ । यस्ता क्रियाकलापहरूले विद्यार्थीको आत्मविश्वास वृद्धि गर्छ र पेशागत जीवनमा उनीहरूको तया-
रीलाई दुरुस्त बनाउंछ ।
्तेस्रो एल्मुनाईहरूले स्कुलको सामाजिक र व्यावसायिक नेटवर्कलाई विस्तार गर्न महत्वपूणर् भुमिका खेल्न सक्छन् । उनीहरू विभिन्न क्षेत्रमा सफल भईसकेका व्यक्तिहरूको रूपमा नया“ सम्पर्क र अवसरहरू खुला गर्न सक्छन् । यसले स्कुलका विद्यार्थीलाई इन्टनशिप, प्रोजेक्ट्स र रोजगारीका अवसरहरूमा पहु“च बनाउन मद्दत गर्दछ । विभिन्न क्षेत्रका पेशागत व्यक्तिहरूस“गको सम्वादले विद्यार्थीलाई भविष्यको करियरका विकल्पहरूप्रति सोच्न प्रेरित गर्नेछ । यसबाहेक, पुराना बिद्यार्थीले स्कुलका लागि सकारात्मक सार्वजनिक छवि निर्माण गर्न सहयोग गर्न सक्छन् । जब पुराना बिद्यार्थीहरू आफ्नो सफलताको कहानीहरू बताउंछन् र स्कुलको गुणस्तरको बारेमा कुरा गर्छन् बिद्यार्थीमा स्कुलप्रति आकर्षण पैदा गर्न सक्दछ,। जसले स्कुलको प्रतिष्ठा र प्रवेश प्रक्रियामा सुधार ल्याउंदछ ।
अन्त्यमा, एलुम्नाईले स्कुलको बैठकहरूमा क्रियाशीलता र सहकार्यको वातावरण सिर्जना गर्न महत्वपूणर् भूमिका खेल्न सक्दछ । विभिन्न गतिविधिहरू र फण्डरेजिङ कार्यक्रमहरूको आयोजना गरेर पुराना बिद्यार्थीले स्कुलको सामुदायिक विकासमा योगदान गर्न सक्छन् । स्कुलका पुराना बिद्यार्थीको सहयोगले शिक्षा प्रणालीलाई अझ सुदृढ बनाउन र विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा महत्वपूणर् योगदान पुर्याउंछ । ज्ञानका साथ उनीहरूले सामूहिक
र व्यक्तिगत दुवैस्तरमा सकारात्मक परिवर्तन ल्याउन सक्छन् । यस्ता कार्यहरु गर्न र एक सफल अनि सबल एल्मुनाई निर्माण गर्न यस्ता भेलाहरुबाट सकारात्मक निणर्य र लागू गर्ने होैसलासमेत निर्माण गर्छ । जे होस् लामै समयको अन्तरालमा यो भेलाले हाम्रो आत्मीय स्कुललाई एक सक्षम र सुसम्पन एल्मुम्नाई निर्माण गर्न मद्दत मिल्नेछ भन्ने आशा गरेका छौं ।
; अस्तु ;