21.7 C
Makwānpur
Homeबिचारसम्झनामा एकादशी पर्व
spot_img

सम्झनामा एकादशी पर्व

spot_img

चेतप्रसाद पौडेल
‘जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी” विश्वमा सबैभन्दा विराट भावमा जन्म दिने आमा र जन्मेको भूगोल स्वर्गभन्दा पनि ठूला हुन भनेर आमा जसोदादेवी पौडेलले मलाई हातमा समातेर यी कुरा मेरो बाल मष्तिस्कमा भन्नुहुन्थ्यो ॅतिमीले असल काम गर्नु, असल कुरा गर्नु । तमाम भुइँका मानिसहरु श्रमिकवर्ग, किसानवर्ग, मजदुरवर्ग यी तमाम वर्गको अहित हुने काम कहिल्यै नगर्नु । उनीहरुका निमित्त गाँस, बास, कपास, शिक्ष्ाँ, स्वास्थ्यका साथमा रोजगारको ब्यवस्था मिलाउन अथक प्रयत्न तिमीले गर्नु पर्दछ । यी सवै कार्य मात्रले गाउँ, शहर, राष्ट्र र विश्वको गरिमा बढाउँछ । तिमीले यी सबैलाई दिमागमा राख्ने प्रयत्न गर्नु पर्दछ ।

दिमाग सदैव सकारात्मक, र उर्जाशील चाहिन्छ । सकारात्मक दिमाग र उर्जाशिल विचार भएमा राष्ट्रको श्रीवृद्धि अवश्य हुनेछ । अंग्रेजीमा भनाइ पनि छ ‘क्रियटिभ माइन्ड, क्रियटिभ थिंक, क्रियटिभ वर्क’ भनेर सकारात्मक कार्यको दिमाग खेत र वारीमा असल वीउ र बीजन लगाउनाले उन्नत फल र फूल उत्पादन हुने भएकोले सदैव यी काम गर्नु । सुझाव उन्नत सल्लाहले दिमाग भर्ने कार्यले मलाई प्रेरणा प्रदान गर्नु भएको सम्झना ताजा बनाई अगाडि लैजाने र पछिल्लो पुस्तामा पुस्तान्तरण गर्नु मेरो प्रथम कर्तव्य हुनेछ । मलाई यी कुराहरुले उत्साह जगाइ रहन्छ ।

- Advertisement - Ad Banner

आमाले मलाई अगाडि भन्नुहुन्थ्यो ॅसंस्कार, संस्कृति र सभ्यता राष्ट्रका अमूल्य सम्पत्ति हुन् । यी नै संस्कार, संस्कृति र सभ्यता विश्वले हेर्दछ । उनीहरुले नक्कल गर्नेछन् । असल काम र कुरा अरुलाई कोसेली (सौगात) स्वरुप प्रदान गर्न पाइयो भने त्यो अत्यन्त उन्नत कार्य हुनेछ । यस्ता असल एवम् उन्नत कार्यतर्फ नै तिमीले ध्यान दिएमा क्रमशः ओज र गरिमा घट्दैन बढेर नै जानेछ ।

आमाले दृष्टान्त यसरी पस्कनु हुन्थ्यो भनेर पाठकमाझ राख्ने जमर्को गर्‍या छु । यी हरफले संस्कार, संस्कृति र सभ्यतालाई ताजा र उन्नत बनाई लैजान हौसला प्रदान गरेको छ ः ब्रत गर्नु एकादशी तीर्थ गर्नु कांसीछोडौं भने माया लाग्छ लैजाऔं भने फांसी सम्पूणर् ब्रतहरुमा विराट व्रत हो एकादशी तिथिको । एक वर्षमा ३ सय ६५ दिनमा दुईवटा यणको उतरायण । दक्षिणायन ।

छ/छ महिना उपयोग गर्दछ बर्षले । १ (एक) वर्षमा १२ महिना (१) बैशाख (२) जेठ (३) असार (४) साउन (५) भदौ (६) असोज (७) कातिक (८) मंसिर (९) पुस (१०) माघ (११) फागुन (१२) चैत । एक वर्षमा पूणर्िमा १२ औंसी २४ नियमित पर्दछन् । ६ ऋतु (१) चैत्र-बैशाखः बसन्त (२) जेठ-असारः गृष्म (३) साउन-भदौः बर्षा (४) असोज-कातिकः शरद (५) मंसिर-पुषः हेमन्त (६) माघ-फागुनः शिशिर भनेर वणर्न गरिन्छ । १२ राशि (१) मेष (२) बृष (३) मिथुन (४) कर्कट (५) सिंह (६) कन्या (७) तुला (८) बृश्चिक (९) धनु
(१०) मकर (११) कुम्भ (१२) मिन ।

यसरी वर्षले उपभोग गरेको ज्योतिष शास्त्रले भन्दछ । यी यस्तै क्रममा आमाले भन्नु भएका एकादशीहरु संस्कार पालना गर्नका लागि पूर्वीय दर्शन भन्दछ, दानव राजा बलिका द्वारमा द्वारपाले भएर पालक रुपमा रहनु भएका विष्णु साउन महिनाको हरिशयनी एकादशीका दिनदेखि कार्तिक महिनाको हरिबोधिनी एकादशीसम्म सालाखाला १२० दिन अर्थात् ४ महिना सुत्नु भएको पाइन्छ ।

जगतका पालक सुतेर विष्णुलोकतर्फको गमन हुँदाका अवस्था समस्त पूर्वीय दर्शक भक्तजनहरुले खुसीयालीस्वरुप विष्णुका प्रतीक तुलसी-पीपल शालीग्राम आदिको पूजार्चना भव्य र सभ्यरुपमा फूल र माला फल आदिको प्रयोग गरेर नदी र देवालय आदिमा फूलको माला बनाई वारिपारि बाजागाजा भजन किर्तनसहित तारिने चलन चलि आएको छ । आफन्त जम्मा भएर गरेका सांस्कृतिजन्य कार्यमा मेलामा उपस्थित हुनुभएका ज्वार्ई/छोरी र भाञ्जा/भाञ्जी आदिलाई टीका टालो लगाई उत्साहस्वरुप दक्षिणा नगद आदि प्रेमपूर्वक प्रदान गरिन्छ । पावन पर्वको एकादशी तिथिमा कसैले यो पावन पर्वलाई ठूलो एकादशी पनि भन्दछन् ।

पिता श्री लालप्रसाद पौडेल रामेछाप जिल्लाको सैपु ओख्रेनीमा जन्म भै श्री चण्डेश्वरी विद्यालयको स्थापना गरेर शिक्षाको ज्योति छर्ने कार्यमा तल्लिन हुनुभो । म त्यही विद्यालयमा कखरा खारेंर ओखलढुङ्गाको रगनीमा आठ कक्षा उत्तीणर् गरें । कक्षा ९ र १० सर्लाहीको हरिपुरस्थित श्री जनता मा.वि. बाट एस.एल.सि. पास गरेर २०३४ माघ १३ गते हेटौडाको ८ नम्बरस्थित प्रस्तावित प्रा.वि बहादुरगञ्ज (हाल श्री चन्द्रोदय मा.वि.) मा शिक्षक भएर शिक्षण पेशाको आरम्भ गरें ।

वि.सं. २०३८ फागुन २१ गतेसम्म काम गर्दाको तलवस्वरुप केही रकम लिन बाँकी छ । त्यो आजसम्म कुनै निकायले भुक्तानी दिने कुरा नै गर्दैन, । सम्झनाको पानामा लिपिवद्ध गरेकोबाहेक केही छैन । त्यसपछि सरुवा भएर आमभञ्ज्याङ स्थित जनक नि.मा.वि.। पुनःबहालीपश्चात २०४९/०१/१५ देखि २०६९-१-३० सम्म श्री नवज्योति मा.वि हेटौडा-७ नागस्वती र २०६९/ ०२/०१ देखि २०७४/०१/२० सम्म श्री पशुपतिनाथ मा.वि हाँडीखोलामा कार्यरत रहे । त्योपछि निवृत शिक्षक जीवन व्यथित गर्दैछु । समाजका धर्म, संस्कृति र संस्कार राष्ट्रका अमुल्य सम्पति हुन् भनेर उन्नत समाज निर्माण कार्यमा तल्लिन छु । मौजुदा समाजले सुशासन कायम नहुने र उज्यालो नेपाल नहुने कुरामा विस्वस्त रहेको छु ।
अस्तु

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि