Homeबिचारप्रश्नै प्रश्नको जीवन

प्रश्नै प्रश्नको जीवन

राजुराम राउत

समाज यति अनविश्वासी र स्वार्थी भैसकेको छ कि तपाईले निस्वार्थ केही गर्छुभन्दा हरपल एउटै प्रश्न तेर्सिने गर्छ ॅकिन गर्‍यो त’ ? मेरो सानो ९ बर्षको नातिनीले पनि हालै प्रश्न गरिन् ॅकेही नहुने भए हजुरले किन गरिस्या त ?’ कुरो थियो सामाजिक दायित्वको, तिहारमा सस्तोमा समान उपलब्ध गराउन सकिन्छ भनेर टोल विकास संस्थालाई परिचालन गराएर तिहार मसला, फुल र घर श्रृारका सामान आफ्नै टोलमा उपलब्ध गराउने । बस गाउंलेको तिखो नजर र धारिलो कटाक्ष परिहाल्यो ॅआफुलाई फाईदा नहुने भए किन गरौं भन्थ्यो र ?’ यसरी दिनानुदिन हाम्रो समाजबाट सामाजिक कार्यमा खिया लाग्दैछ ।

फेरि यस्तो सोच जन्मनुको पछाडि तपाईं हाम्रै कारणले पनि हो । अगुवा मानेर सामाजिक कार्य र संस्थामा नेतृत्व दियो उहिनै दलाल भ्रष्ट परेर क्रमशः सोचमा परिवर्तन आईरहेको हो । यसका केही सामाजिक पक्षको प्रश्न र विश्लेषणहरु छन् । समाजका यस्ता यस्ता ब्यक्तित्वले हरसमय उजागर गर्ने बिचारले पनि समाजिक बिश्लेषणमा अमिट छाप छोडिरहेको हुन्छ ।

जस्तो ॅपर सरेकि वा महिनावारी भएकी छोरीलाई गुप्तवास राख्ने’ सल्लाह बिज्ञानका गुरुले दिनु, ॅबैवाहिक दाईजोको वकालत सामाजिक पढाउने शिक्षकले गर्नु’, नैतिक शिक्षाका गुरुले बृद्धअवस्थाका बुवा/आमालाई बृद्धाआश्रम पठाउनु’ जस्ता क्रिया-कलापले हाम्रो सोच र सामथ्र्यमा असर पुर्‍याई रहेको छ । जीवनको शास्वत सत्य भनेको, मानिस वा प्राणी जगतले हरेक क्रियाकलापको कुनै न कुनै रुपमा कारण र कारणबाहेक केही गर्दै नगर्ने हो । मानिसले जे गर्छन्, त्यसको भित्री मर्ममा एक विशेष उद्देश्य, सोच र स्वार्थ निहित हुन्छै हुन्छ भन्ने आम धारणा र सोच पनि हो । ॅजे गर्दा पनि, किन गरिएको त ?’ भन्ने प्रश्न जीवनका विभिन्न आयामहरुमा तेर्सिने क्रियाकलापहरूको मूलस्वरुपलाई थाहा पाउन एक गहिरिएर सोचनुपर्ने कुरो पनि हो ।

यो प्रश्न केवल हरेक क्रियाकलापमा मात्र होइन, हरेक मानिसको चिन्तनमा पनि आवद्ध छ, जसले हाम्रो व्यवहार र निणर्यहरूमा गहिरो प्रभाव पारिरहेको छ । भनिन्छ नि ॅस्वार्थबिनाको समाज निर्माण गर्नु भनेको फलामको चिउरा चपाउनु बराबर हो’ । स्वार्थ र मानव स्वभाव एक आपसमा नङ र मासु जस्तै अभिन्न अंग पनि हुन् । मानव स्वभाव बुझ्नका लागि स्वार्थको भूमिका अध्ययन गर्नु महत्वपूणर् छ । मनुष्य स्वभावतः आफ्नो फाइदाको चिन्तामा एक प्रकारले लिन नै हुन्छ ।

कसैले काम गर्छ भने त्यो केवल जिम्मेवारीका लागि मात्र होइन, भविष्यमा आउने फाइदाको सुनिश्चितता र सफलता प्राप्त गर्नका लागि पनि हो भन्ने भाष्य छ । यसो हुँदा, ॅकिन गरिएको ?’ भन्ने प्रश्न अत्यावश्यक हुन्छ जसले गर्दा सहि विश्लेषण गर्न सजिलो हुन्छ भन्ने धारणाले जरो गाडेको छ । यहाँ, स्वार्थ नै जीवनका अधिकांश क्रियाकलापहरूको सृजनात्मक प्रेरणा हो भन्ने पनि भाष्य निर्माण गर्न खोजिएको छ । आर्थिक समस्याग्रस्त छिमेकी साथीलाई सरसापटी अ‍ैंचो पैंचो दिनु र समयमा फिर्ता नपाई माग्दा ॅछैन, कमाएर दिउला’, ॅतिमीसंग थियो र दियौ नभए काँबाट दिन्थ्यौ’ भन्ने जस्ता जवाफ पाउनु पनि समाज स्वार्थी बाटोमा दौडिएको महशुस हुन्छ ।

बहिष्कृत सामाजिक सम्बन्ध र स्वार्थजन्य सामग्रीहरु, सामाजिक सञ्जालमा मानिसले लाभको लागि मात्र प्रयोग भएको हो भन्ने जस्ता क्रियाकलाप प्रस्तुत गर्नु पनि अर्को महत्वपूणर् कडि हो । कुनै कार्य गर्ने क्रममा उनीहरूले सोच्दछन्, ॅयो कार्यले मलाई के फाइदा पुगाउं
छ ?’ अथवा साथीलाई मद्दत गर्दा, व्यक्तिले सोच्छ कि त्यो मन पराउने साथीको नजरमा म कस्तो हुन्छु ? स्वार्थ प्रवृत्तिले मित्रता र समर्पणको सम्बन्धको गुणस्तरता थप्छ र सँगै मानिसलाई सामाजिक सम्बोधनमा सही बाटोमा अघि बढ्न सहयोग गर्छ भन्ने भ्रमपूणर् सोचलेसमेत जिवनलाई एक किसिमले ॅप्रश्नै प्रश्नको जिवन’ निर्माण गरिरहेको छ ।

झन आजकल नपत्याउने तवरले बिकास भैरहेको काम र व्यवसायिक स्वार्थले समेत व्यवसायमा, ॅकिन गरिएको ?’ भन्ने प्रश्नले जिवनलाई थप प्रश्नै प्रश्नको बनाउन मद्दत गरिरहेको छ । जब कुनै ब्यबसायीले नयाँ उत्पादन बजारमा ल्याउंछ, यसले सोच्छ कि यसले मानवको जीवनको आवश्यकतालाई कसरी पूरा गर्छ । यहाँ ब्यबसायीको उद्देश्य केवल मुनाफा कमाउनु हो । यस मर्ममा, व्यवसायिक क्रियाकलापहरूका प्रश्न स्वार्थपूणर् नै बनिनुपर्छ । यसो गर्दा, कम्पनी सफल हुन, प्रतिस्पर्धीलाई पराजित गर्न र बजारमा आफ्नो स्थान सुरक्षित गर्न सफल हुन्छन् । यसले स्पष्ट गर्दछ कि हरेक निणर्य र कार्यले कुनै न कुनै स्वार्थको तर्क राख्दछ जुन प्रश्नबाट सुरु भई अर्को चरणमा प्रवेश गर्दछ । जब हामी व्यक्तिगत विकासको कुरा गर्छौं, ॅकिन गरिएको ?’

भन्ने प्रश्नको महत्वमा पनि ध्यान दिनु पर्दछ । अध्ययन गर्न, परियोजनामा काम गर्न वा कुनै सीप सिक्न जस्ता क्रियाकलापको पिच्छे स्वार्थ हुन्छ । व्यक्ति नयाँ सीपहरू सिक्न खोज्दैछ, ताकी भविष्यमा त्यसको उपयोग गरेर आफ्नो जीवनमा सकारात्मक परिवर्तन ल्याउने सहारा पाउंछ । नतिजा, स्वार्थले व्यक्तिलाई सक्रिय र लक्ष्यमुखी बनाउंछ जुन प्रश्नैबाट शुरु भई अर्को प्रश्न खडा गर्न सफलसमेत हुन्छ । नैतिकतामा स्वार्थका प्रश्नका सन्दर्भमा गम्भीरताको साथ विचार गर्ने हो भने, अनेकौं पारिवारिक र सामाजिक अवधारणामा जब आफूलाई मात्र ध्यान दिन चुनौतीहरू चिर्नुपर्छ, यसले सम्बन्धहरूलाई साह्रै प्रभावित गर्न सक्छ ।

समाजका बिषयमा बढी स्वार्थपूणर् प्रश्न खडा गर्ने व्यक्ति संधैं सकारात्मक बिचारका हुन सक्दैनन् । तर, यसले समाजमा असमानता र द्वेषको वातावरण चिर्दै असल धारणा उत्पन्न गर्न गराउन सक्छ । अर्कोतर्फ शिक्षामा स्वार्थका कुरा गर्ने हो भने, शिक्षा क्षेत्र पनि स्वार्थप्रतिको प्रवृत्तिमा जागरूक गराउन असल प्रश्न नै पहिलोमा आउंछ ।

विद्यार्थी विद्यालयमा शिक्षा लिंदै गर्दा केवल जान्नका लागि मात्र होइन, भविष्यको तयारीको लागि शिक्षा ग्रहण गर्छन् । विद्यार्थीले राम्रो अंक ल्याउंछन् भने, त्यो केवल सराहना प्राप्त गर्ने मात्र नभई भविष्यमा राम्रो कामको खोजीका लागि हुन्छ । जहाँ ॅमैले किन पढने त ? भन्ने प्रश्ननै पहिलो हुन्छ । त्यहाँ ब्यक्तिगत स्वार्थको प्रश्न छ जुन विद्यार्थीको शिक्षा र पेशागत जीवनमा महत्वपूणर् हुन्छ नै देश बनाउने असल जनशक्तिको बिकाससमेत हुन्छ । अब केहीबेर दृष्टिकोणको हिसाबले प्रश्नै प्रश्नको जीवन लाई मुल्याङ्कन गर्ने हो भने हामीले पुनः किन गरियो त भन्ने पहिलो प्रश्न तेर्सिन्छ ।

मनोवैज्ञानिक दृष्टिकोणले मनोविज्ञानमा, किन गरिएको ? भन्ने प्रश्न मनो-वैज्ञानिक यथार्थको खोजी गर्दछ । व्यक्ति कुनै कार्यको लागि केवल मलाई फाइदा छ छैनको जबाफ खोज्छ भने, त्यसको पछि गहिरो मनो-वैज्ञानिक कारण छन् । तिनीहरूको आन्तरिक मनोदशा, सामाजिक र पेशागत अवस्था सबैले प्रश्रय लिरहेका हुन्छन् । मानिसको स्वार्थजन्य विचारहरूका प्रश्नलाई बुझ्न नसक्नाले उसलाई बलियो बनाउंनुको बदलामा कमजोर स्थापित गरिरहेको हुन्छ । तर, हरेक कार्यमा केवल स्वार्थपुणर् दृष्टिकोण रहँदैन । कयौ मानिसहरू स्वस्थ हृदयता वा सहयोगका आधारमा काम गर्छन्, जहाँ प्रश्न त रहन्छ तर अन्तरमनमै । यद्यपि, तिनीहरूको कार्यमा केहि स्वार्थ निहित हुन सक्छ ।

जस्तो कि, स्वयंसेवकहरूले परोपकारी कार्य त गर्छन्, तर तिनीहरूलाई सामाजिक मान्यता र आत्मसन्तोषको पनि फाइदा हुन्छ । यसमा हामिले अर्थशास्त्री रोबर्ट माल्थसको सिमान्त उपयोगिताको सिद्दान्त मान्न सकिन्छ । हामिले विज्ञानमा पनि, किन गरिएको ? भन्ने प्रश्न महत्वपूणर् मान्न सकिन्छ ।

वैज्ञानिक अनुसन्धानको पृष्ठभूमिमा गहिरो स्वार्थ छ । जब अनुसन्धानकर्ता नयाँथरीको ज्ञान प्राप्त गर्न खोज्छन्, त्यो केवल बुद्धिको इच्छामा मात्र हुंदैन । यिनहरुको उद्देश्य ज्ञानको प्रयोग, फाइदाको लागि र सामाजिक समस्याहरूको समाधानमा हुन्छ । यहाँ स्वार्थले ज्ञानको
परिकल्पनामा महत्वपूणर् भूमिका खेल्छ, जुन प्रश्नै प्रश्नबाट मात्र सम्भव भएको मान्न सकिन्छ, मानौ प्रश्न एकमात्र साध्य हो अन्त्य भने होईन् । जे गर्दा पनि, किन गरिएको त ? भन्ने प्रश्नले जीवनका विभिन्न पक्षहरूको गहिराइमा पुर्‍याउं छ । यद्यपि स्वार्थप्रतिको सोचले अनेकौं सकारात्मक प्रभावहरू पार्न सक्छ । यसले प्रायः हामीलाई सुसंस्कृत विचारधारा जान्नको लागि आवश्यक छ ।

यसले सुझाव दिन्छ कि, हरेक कार्यका लागि विचार गरिंदै निश्चित उद्देश्य र स्वार्थको विषयमा सोच्नु पर्छ । जीवनमा हरेक निणर्यलाई बिधिपूणर् दृष्टिकोणबाट सही तरिकाले बुझ्न आवश्यक छ कि प्रश्नले व्यक्तिगत, सामाजिक र दार्शनिक दृष्टिकोणमा कसरी थप गहिराईमा उत्रन थप्छ मद्दत गर्छ भन्ने हामीले बुझ्नुपर्छ । यसरी, किन गरिएको त ? भन्ने प्रश्न एक संकेत हो कि मानिसहरूको स्वभाव, सोच र व्यवहार अत्यधिक गहिराइमा छ । स्वार्थ केवल व्यक्तिगत अन्वेषणको द्योतक हो । तर, यसले समाज, व्यवसाय, शिक्षा र जीवनका अन्य पक्षहरूमा सोच्ने प्रेरणा दिन्छ । जीवनका हरेक क्रियाकलाप हरूको माग हुनु आवश्यक पनि छ, किनकि यसले विकासको आधारलाई परिपक्क बनाउन मद्दत गर्छ । त्यसैले त पुर्खाहरु सार्थक जिवनलाई भन्ने गर्थे प्रश्नै प्रश्नको जीवन ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here