Homeबिचारकाठमाण्डौको विभिन्न धार्मिक क्षेत्रहरु

काठमाण्डौको विभिन्न धार्मिक क्षेत्रहरु

काठमाण्डौ उपत्यकाको काठमाण्डौ जिल्लाको उत्तरतर्फ बुढानिलकण्ठ क्षेत्र पर्दछ । यही नामबाट नामाकरण भएको छ बुढानिलकण्ठ गाउं बिकास समिति । यसको २०६८ को राष्ट्रिय जनगणनामा घरपरिवार संख्या ३७२५ थियो । तत्काल जनसंख्या १५,४२१ मध्ये महिला ७८१७ र पुरुष २०९३ थियो । वि.सं. २०७३ फाल्गुण २७ भएको नगरपालिकाको क्षेत्रफल ३४.८० वर्ग कि.मि. र वडा संख्या १३ भएको छ । यसअघि गाविस हँुदा ९ वडा मात्र थियो ।

बुढानिलकण्ठ नगरपालिकाको पूर्व गोकणर्ेश्वर नगरपालिका, पश्चिमढोका नगरपालिका, उत्तर नुवाकोट जिल्लाको सिमाना दक्षिण काठमाण्डौ महानगरपालिकाको सिमानामा छ । प्रस्तावित केन्द्र भने साविक बुढानिलकण्ठ नगरपालिका कार्यालय नै हो । तत्कालको जनसंख्या १०,७९१८ थियो । साविक नगरपालिकामा १९ वडाहरु थिए । हाल १३ वडा निम्न बमोजिम भएको छ ।

१ नं. बाट १ नं. भएको छ । २ नं. बाट मा साविक २ र ३ वडा ३ नं. १०,७९,१८ थियो । साविक नगरपालिका १९ वडा थियो । हाल
१३ वडा निम्नबमोजिम छः १ नं. बाट १ नं. भएको छ । २ नं. बाटमा साविक २ र ३ वडा ३ नं. वडा साविक ४ नं. वडा
४ नं. वडा साविक ५ नं. वडा ५ नं. वडा साविक ६ नं. वडा ६ नं. साविक ७ नं. वडा, ७ नं. वडा साविक ८ नं. वडा, १०,१८,१९ थियो । साविक नगरपालिका १९ वडा थियो । हाल १३ वडा निम्नबमोजिम छ ।

१ नं. बाट १ नं. भएको छ । २ नं. बाट साविक २ र ३ वडा ३ नं. वडा साविक ४ नं. वडा ४ नं. वडा साविक ५ नं. वडा ५ नं. वडा साविक ६ नं. वडा ६ नं. साविक ७ नं. वडा, ७ नं. वडा साविक ८ नं. वडा, ८ नं. वडामा साविक ९ र १० वडा भएको ९ नं वडा साविक ११ नं. वडा १० नं. वडा साविक १२ नं. वडा ११ नं. वडा साविक १३, १८ र १९ वडा १२ नं. वडा साविक १४ नं. वडा १३ नं. साविक १५ र १७ वडा भएको छ । बुढानिल कण्ठ उत्पत्तिको विषयमा धेरै पुरानो कथासँग जोडिन्छ । प्राचीनकालमा अर्थात् १४ औँ शताब्दी करिव १३८१ वर्ष पहिले यहाँबाट नजिक शिवपुरी डाँडामा सूर्य केतु नामका राजाले राज्य गर्दथे । उनले यहाँ भोगशयन अर्थात् भगवान विष्णुको मूर्ति स्थापना गरेको भन्ने कुरा नेपाल महात्म्यमा उल्लेख गरेको पाइन्छ ।

एक समयमा शिवपुरी डाँडामा ठुलो पहिरो आएर वुढानिलकण्ठको मूर्ति र मन्दिर पुरिएछ । त्यसको केही कालपछि धर्मागत नामका राजा भएछन् । उनलाई एकदिन सपनामा भगवान प्रतिभक्ति भाव गरिरहंदा भगवान विष्णुले दर्शन दिनु भएछ र भन्नुभयो मेरो सेवा गर म अहिले पहिरोले पुरिएको अवस्थामा छु । मलाई बाहिर पहिरो हटाएर निकाल भन्नु भएको रहेछ । ती राजा धर्मागतले भगवानले भनेको स्थानमा गएर ठुलो पहिरो रहेछ । पहिरोमा उदैजांदा भगवान विष्णुको भव्य मूर्ति फेला परेको भन्ने छ ।

धेरै बर्षपछि बाढी पहिरोले गर्दा पुनः शिवपुरीतर्फबाट आएको भगवान बिष्णुको मूर्ति पुरिन गयो । यहाँ वर-पर उर्वर भूमि हुँदा खाद्यान्नको बालि लगाउंदा धेरै फल्ने र अन्य ठाउँमा भन्दा चाडो पाक्ने भएको रहेछ । मानिसहरुले आश्चर्य मान्दै त्यहि गएर अन्नवाली लगाउन थालेछन् । तत्काल त्यहाँका राजा विष्णु गुप्त रहेछन् । उनले मानिस लगाएर पहिरो हटाइ हेर्दा भगवान विष्णुको ठुलो मूर्ति फेला परेको भन्ने पाइन्छ । राजा विष्णु गुप्त गोपाल वंशीय राजा हुन् । गोपाल वंशवलीमा उल्लेख भएअनुसार जलमग्न काठमाण्डौ उपत्यकाको पानी सरोवर नै थियो ।

चोभार डाँडालाई काटेर पानीको निकास भयो । यो कार्य गर्न द्वारकाबाट श्रीकृष्ण यहाँ आएका थिए । उनकासाथमा गोपालहरु पनि थिए । उनीहरुले कीर्तिपुर-पदाकाष्ट गिरीमा बसेर राज्य गरे । गोपालहरुमध्ये आठजना राजाहरुले राज्य गरेको ५०५ वर्ष यो गोपाल वशंको शासनपूर्व २७१ मानिएको छ भनि प्रा.डा. रामप्रसाद उपाध्यायले नेपालको प्राचीन र मध्य-कालीन इतिहासमा उल्लेख गरेको पाइन्छ ।

उनै राजा विष्णु गुप्तले अन्यत्रबाट ठुला पत्थर ल्याएर कलाकारलाई बोलाएर सुन्दर मूर्ति निर्माण गर्न लगाएका थिए । नेपाली कलाको अद्धितीय संगम भएको बुढानिलकण्ठको मूर्ति अति सुन्दर विशाल कलाकारले आफ्नो कला उत्कृष्ठ उत्तम प्रयोग गरेका थिए भन्नु पर्दछ । नेपालकोे इतिहासहरु हेर्दा सर्वप्रथम गोपालहरुले नै पदाकाष्ट गिरिलाई राजधानी अगाडिको इतिहास पाइन्छ । त्यसभन्दा अगाडिको इतिहास पाइएको छैन । लोकोत्ती, मात्र छ । यो बुढानिलकण्ठमा रहेका मन्दिरहरु भएको स्थानमा २ पटक ठुलो पहिरो आएर पुरिएकोमा पछि उत्खनन गरेर मूर्तिलाई व्यवस्थित गरिएको थियो ।

१४ औँ शताब्दीमा मूर्तिलाई र त्यसक्षेत्रका झारपातहरु हटाइ सफा गरि पुनःनिर्माण गरेर प्राण प्रतिष्ठा गरिएको तथ्य छ । भगवान विष्णुलाई नारायण पनि भन्ने गरिएको पाइन्छ । यहां नित्य पुजा हुन्छ । बिहान ९ बजेबाट पुजा गर्ने गरेको र बेलुकी सांझ करिव ७ बजेमा धूपदिप र आरती गर्ने गरेको पाइन्छ ।

बिहान पञ्चामृत (गाईको एकराते दहि दुध, घिउ, शख्खर, महद्वारा १११ वटा शुद्ध जल पहिले स्नान गराइन्छ । पुजा-आजा हुने परम्परा छ, यो मन्दिरमा हालका महन्त श्री बोधान्दगिरी ब्राहण बटुक पुजारी शिरपुजा १ जनाबाट र पाउपुजा १ जना गरेर २ जना पुजारीहरु छन् । यिनीहरु कुनै कारणबस पुजा गर्न असमर्थ भएको अवस्थामा बैकल्पिक व्यवस्था पनि गरिएको छ । बुढानिलकण्ठ क्षेत्र विकास समिति पनि ५ जनाको रहेको हुन्छ । जसमा अध्यक्ष १ र ३ सदस्य र कार्यकारी निर्देशक १ समेतको व्यवस्था छ । बुढानिलकण्ठ क्षेत्र विकास समितिको गठन २०५३ सालमा भएको थियो । यो समितिले आवश्यक नियम-बिनियम बनाएर यस क्षेत्रको विकास र विस्तार गर्नुका साथै पुजा-आजाको पनि व्यवस्था मिलाउने गरेको छ ।

मुख्य-मुख्य कार्यहरु निम्नबमोजिम भएको पाइन्छ । यस क्ष्ँेत्रको विकासको लागि योजना बनाएर बैठकबाट निणर्य गरि कार्यक्रम स्वीकृत गर्न आर्थिक सुनिश्चितता भएपछि मात्र कार्यान्वय गराउनु पर्दछ । यस क्षेत्रको सामाजिक, धार्मिक, आर्थिक र साँस्कृतिक विकास गर्न प्राचिन धार्मिक र साँस्कृतिक मन्दिर, मठ धर्मशाला, बिहार, पोखरी -सरोवर आदि ऐतिहासिक महत्वका वस्तुहरु विकास गर्नु, अन्वेषण अनुसन्धान गर्नुका साथै त्यसको अभिलेख राख्ने कार्य गर्नुपर्ने र त्यस्तै निकायको पूर्व स्वीकृति लिएर कार्य अगाडि बढाउनु पर्दछ ।

यस क्षेत्रको विकासको योजना र कार्यक्रम कार्यान्वयन गर्नुपुर्व नेपाल सरकार, राष्ट्रिय वा अन्तर्राष्ट्रिय संघ/संस्था वा व्यक्तिसँग सम्पर्क राख्दै समन्वय गर्ने कार्य गर्नु पर्दछ । यस क्षेत्रलाई पर्यटन प्रवद्र्वन वा विकास गर्नु पर्दछ । यस क्षेत्रमा विशेष महत्व भएको स्थानलाई संवेदनशिलताको स्थान भएता पनि उक्त स्थानमा दुवैतर्फ आवत जावत् मार्ग नहुने कार्य जानकारीको सूचना बोर्ड राख्ने र ठूला सवारी साधन प्रवेश निषेध क्षेत्र तोकिने र त्यो क्षेत्रलाई नियन्त्रण गर्ने/गराउनेतर्फ ध्यान दिनु पर्दछ ।

यस क्षेत्रमा भएका प्राकृतिक सम्पदाहरुको सुरक्षा संरक्षण गरि बातावरणीय सन्तुलन राख्ने कार्य कुनै पनि कार्यभन्दा पहिले गुरुयोजना निर्माण गरेर समितिको बैठकमा राखी ब्यापक छलफल गरि पारित गर्नु पर्दछ । तब मात्र नेपाल सरकार सम्वन्धित मन्त्रालय-विभागबाट स्वीकृति प्राप्त भएपश्चात मात्र निर्माण कार्य गर्र्नु पर्दछ ।

यस क्षेत्रभित्र भएका सडकहरु पिउने पानी जनस्वास्थ्य, धार्मिक पुस्तकहरु राखिएको पुस्तकालय आदिको विकास र विस्तार गर्नु पर्दछ । यस क्षेत्रभित्र चाड,पर्व,मेला तथा जात्रा आदिको सुव्यस्था मिलाउने कार्य गर्ने र यस क्षेत्रमा आवश्यक राष्ट्रिय सभा-सम्मेलन, गोष्ठी वा प्रदर्शनीको आयोजना गर्नु पर्दछ जसका कारण यस क्षेत्रको बिकासमा सहयोग मिल्दछ । सभा-सम्मेलनबाट प्राप्त निणर्यअनुसार समिति अगाडि बढ्दा राम्रो हुन्छ ।

अन्य जानकारी ः

संघीय मामिला, संविधान सभा, संसदीय व्यवस्था र संस्कृति मन्त्रालयको दीर्घकालिन सोचमा नेपालका मूर्त-अमूर्त सम्पदाहरु पुरातात्विक, साँस्कृतिक, धार्मिक र पर्यटकीय सम्पदाहरुका साथै बौद्विक क्षेत्रहरुलाई
संरक्षण संवद्र्धन र प्रवद्र्वन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको साँस्कृतिक जगेर्ना गर्न, गौरव र गरिमाको जगेर्ना गर्ने उद्देश्य थियो । बौद्धिक साँस्कृतिक पुरातात्विका सम्पदाहरुको संरक्षण-संवद्र्वन र व्यवस्थापन यसै मन्त्रालयअन्तर्गत गरिन्छ मन्त्रालय अन्तर्गत पुरातात्विक विभागसमेत गठन गरिएको छ । विकास समितिअन्तर्गत २०१३ मा गठित समितिहरुमा ः
१. हनुमान ढोका विकास समिति २. नारायणहिटी दरवार संग्रहालय विकास समिति ३. बुढानिलकण्ठ क्षेत्र विकास समिति
४. बौद्वनाथ क्षेत्र विकास समिति यस जिल्ला भित्र पर्दछ ।

नारायणहिटी दरवार संग्रहालय ः

यो दरवारमा ५२ कोठाहरुमध्ये १९ वटा कक्षहरु मात्र प्रदर्शनी तथा अवलोकनका लागि खुल्ला राखिएको छ । यो दरवार संग्रहालयको जम्मा ७५३ रोपनी क्षेत्रफल छ । दरवारको संरचनाले ४०८२० वर्ग फुट क्षेत्र ढाकेको छ । वि.सं. १९०३ सालको कोतपर्वपश्चात तत्कालीन प्रधान सेनापति थिए शिवराम सिंह बस्न्यातका कान्छा छोरा काजी धोकल सिंह बस्न्यातको थियो । उनको घर-जग्गा-कम्पाउण्ड परिसरलाई रणोद्विप सिहले आफ्नो निजी आवासका रुपमा लिए । वि.सं. १९४२ सालको घटनामा धोकलसिहं बस्न्यातले निर्माण गरेको भवनहरु पुरै भत्काई भानुमान (जोगलाल स्थापितको नक्सा डिजाइनअनुसार) नयाँ दरवार भवनको निर्माण गरिएको थियो ।

तत्कालीन राजा पृथ्वी वीरविक्रम शाहलाई वीरशमशेरका दुई छोरीहरुको विवाह गरियो । हनुमानढोका दरवारबाट राजाहरुलाई वीरशम्शेर द्वारा निर्माण गरिएको दरवारमा स्थायीरुपमा नै स्थानन्तरण गरेर नारायणहिटीमा बसोवास भयो । राजा र राजपरिवारका सदस्यहरुसमेत त्यहाँ जांदै गर्दा दरवारको पुर्वभागमा नारायणको मन्दिर शिखर शैलीबाट निर्माण गरियो र नजिकै भएको धारालाई हिटि भनियो । तत्पश्चात नारायण र हिटि जोडेर नारायणहिटि भनेको पाइन्छ ।

वीरशमशेर र जंगबहादुर भएर निर्माण गरिएको दरवारका केही भाग वि.सं. १९९० सालको भुकम्पले क्षतिग्रस्त भयो । यस भूकम्पमा परेर राजा त्रिभुवनका दुई छोरीको मूत्यू भएको थियो । त्यसपछि भवन निर्माण गरेर त्रिभुवन सदन नाम भएको हो । यसै स्थानमा २०५० सालमा दरवार हत्याकाण्ड भएको र वीरेन्द्र राजाको वंश नास हुन गएको थियो ।
श्रोत ः काठमाण्डौ जिल्लाका लेखहरु

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here