राजुराम राउत
जिवनको ओराली ओर्लिनु ओर्लिएर थकित सुस्ताउंदै बुख्यांचा जस्तो शरीर उकालो तिर सोझाउंदै थिए“ । एकाएक फुर्सदिलो समयलाई उच्चतम सदुपयोग गर्दै साहित्य गोष्ठी कार्यक्रमतर्फ होमिन पुगे“ । समय बित्दै थियो साहित्यकारहरूको संगत र साहित्यिक माहोलले आफुलाई पनि कवि महसुश गर्न थालियो । यसै क्रममा यो ठम्याईलाई कार्यक्षेत्रमा लागु गर्दै दुई/चार थान कविता लेखियो र कार्यक्रममा वाचन पनि गरियो । राम्रा नराम्रा दुबै टिकाटिप्पणीको माहोल बन्दै थियो, आफुलाई भने गज्जबकै कवि ठान्न थालियो । जता जे देख्छु, कविता फुराउन थालियो, खाना खान्छु, खाना मै कविता फुराउंछु
एकमुठि खानाले अड्याएको शरीरलाई
तिम्रा मिष्ठान्न भोजनको के महत्व ?
एक छाके ज्यानलाई सोध
हुन पनि होे ॅनया“-नया“ मुल्लाहा प्याज ज्यादा खाता हैं’ भनेझैं भख्खरको कवि, कविता फुर्ने नै भैहाल्यो । शेर-ओ-शायरीबाट कवि हुन कुदेको यो भावना न शेर थाहा छ, न मत्ता, ननै छन्द, भाषा त कता हो कता, तै पनि नेपाली साहित्यमा कवि बनियो । जापानीज साहित्यबाट आएको हाइकु होस् वा अरबी साहित्यबाट आएको गजल किन नहोस्
रचनाका हरेक विधाका आआफ्नै नियमहरू छन् भन्नेमा अञ्जान, केपी टावर ठडियो, हत्त न पत्त कविता कोरियो ….
भ्यू टावर चुलिदै थियो
आकासले मच्चायो हाहाकार
बिचरो गिद्दलाई पर्यो फसाद
कृष्ण अष्टमी आउंछ, अरु पुजा-आजा गर्छन्
आफू ठहरियो कवि धर्मकै कविता फुर्छ …
धर्म ः
जन्माष्टमी पुजा गर्दै थिएं
अनायासै कृष्णले मुख फोरिहाल्नु भो
नातिलाई उचालेर हजुरबौ बध गर्या
यहि दिनको लागि हो ?
अरु त अरु, बजार हिड्न हु“दैन । गल्लिगल्लिमा भेटिने आजकलका भिजनबिहीन नेता देख्छु, कविता फुरि हाल्छ । म सानो छ“दा मेरो भिनाजुले संधैं ॅआईजो सेते बस्’ भन्नु हुन्थ्यो । हुन त म वणर्ले गहु“गोरो मानिस, भिनाजुलाई सोधे“ ॅह्या भिनाजु मलाई किन संधैं गोरे भन्या’ ? जवाफ आउथ्यो ॅकालेलाई काले भन्यो भने रिसाउलास् भनेर गोरे भन्या नि, मलाई पनि भन्या जस्तो हुने त“ पनि नरिसाउने’ । त्यसैले यहा“ भिजनबिहीन भन्नु भन्दा पनि भिजनमा रिजन दिनुपर्ने गल्लिगल्लिका नेता सम्झ“दै यसरी कविता लेख्छु ।
आजका नेता ः
हात आकासतिर, नारा थियो ईन्कलाब
सहिदहरु कोलाहालमा थिए
ओहो मध्य निन्द्राबाट पो बिंऊतिएछु
अँह यस्ता तालले कविको नाम दर्ता होला जस्तो लागेन्, दुई/चार थान दह्रै कविता लेख्न पर्यो भनेर घोत्लिदै घर पुगें । बुढी लौरो लेर ढोकैमा बसेको रेछे, अब सात्तो कता छ भनेर खोज्न पर्ने भैहाल्यो । आफू परियो श्रीमती पीडित, सानो स्वरले सोधियो के गल्ति भो ? अमिताभ बच्चनको स्वरले बुढी भन्छे ॅबिरालोले दुध खायो’ उडेको सातो त घर सोध्दै फर्कियो । रिस त उठेको थियो नि, देखाउनै भएन, बसे“ बुढीकै कविता लेख्न । ३६ वटा दा“तको बारेमा लेखु“ कि, गिद्दका जस्ता आ“खाको बारेमा लेखु“ ? भए“ म कन्फ्युज । प्रेममा पर्दा तफ्याक्देको थिए, दुई चार वटा लाईन …
तिम्रा दांत क्या मिलेका कस्ता
बलिउड अभिनेत्री मौसमी चटर्जीका जस्ता
तिम्रा आंखा के भन्नू खै कस्ता कस्ता
नामाकरणनै गर्दिएं मृृग नयनी जस्ता
वा क्या तिम्रो बोली
छङछङ खस्ने झरानाका ध्वनी
बिहे गरेकै ४/५ बर्षमै थाहा पाईया थियो …
तिनका बंगारा अमेरिकनले रोपाई गर्या जस्ता
॥
आंखा भट्टिमा पोलिएको झमा ईट्टा जस्ता
तिनका स्वर चैतमा च्यातिएको जुटको बोरा जस्ता
तर भन्न भएन्, आफू परियो स्वास्नी पीडित । फुराएर लेखे कविता यस प्रकार …
॥
म घरमा जिवजन्तु मन नपराउने
एकदिन जुत्ता र्याकबाट झिक्दै थिएं
ल्यामर्र्याङ्गै निस्क्यो र्याकको दुलोबाट
बाघको फोटोदेखि खासै नडराउने म
त्यो दिन बिरालोले सात्तो खायो
॥
मेरी बुढी हैरान मुसादेखि
बिरालोदेखि खुब खुसी
बिरालोले मुसा खायो, मुसा छुमन्तर
बिरालोदेखि दंग बुढी
।
एकदिन बुढीले
जालि झ्यालसंगै दूध राखिछे
मुसा हराएर भोकै परेको बिरालो
च्यातिगो जालि भो दूध स्वाहा
॥
दूध त गैगो गैगो जालिसमेत स्वाहा
त्यो दिनदेखि बुढी लौरो बोकेर बस्छे
घरमा पाहुना आउन बन्द
लेख्न त मुटु नै कच्याक कुचुक्क पारेर निचोरेर निकालिएको भावनाबाट लेखिएका कविता कस्ता भए खै कुनि ? म कविबाट हाम्रा कवि बनाउने हुन् कि होईनन् दुबिधामै थिए । फ्याट्ट दुरभाषा यन्त्रबाट ध्वनि गुन्जियो ….
म बोले ः हेलो
जवाफ फर्कियो ः म साहित्य संगम मकवानपुरबाट भोलि साहित्य सन्ध्या छ, ११ बजे साहित्य संगम मकवानपुर र सिस्नुपानी नेपालको संयुक्त कार्यालयमा आउनु होला । सचिवज्यु संधैं अफिसियल कलमा राष्ट्रिय जनसा“स्कृतिक महासंघ नेपाल, मकवानपुरका अध्यक्ष राजु राम राउत भन्नुहुन्छ । जनसा“स्कृतिक महासंघ कै कुरो आएपछि संस्कृतिलाई त कोट्याउंनै पर्यो भनेर यसपालिको सन्ध्यामा धर्म निभाईयो । धर्मको नाममा ॅपर्म’ कविता फुराउन थाले, जुन हाम्रो संस्कृतिबाट लोप प्रायःभसकेको छ । कविता वाचन हुने, संस्कृतिको कुरा पनि आउने …..
पर्म ः
शब्द पनि ईतिहास हुने रहेछ
नयां पुस्तालाई पढाउन
छुट्टै बिषय बनाउन पर्नि भएछ
॥
पर्म आज ईतिहास भएछ
अस्तिसम्म पर्म चल्थ्यो
अैंचो पैंचोले गाउंघर धान्थ्यो
भकारी भरिभरि धान हुन्थ्यो
॥
अस्तिसम्म पर्म चल्थ्यो ।
झन् अलि अस्तिसम्म त
घ्यू साटी तेल आउथ्यो
तेल साटी चामल पाईथ्यो
॥
अस्तिसम्म पर्म चल्थ्यो ॥
गाईने बा आउंदा, सारंगी बज्थ्यो
सारंगीले पीडा बोल्थ्यो
त्यो पीडामा मेघालय सुस्ता जल्थ्यो
अस्तिसम्म पर्म चल्थ्यो
॥
जन्ती जांदा जन्ती बाख्रो आउथ्यो
खोला किनार सुस्केरा हाल्थ्यो
सुस्केरामा जन्ती बाख्रो ढल्थ्यो
अस्तिसम्म पर्म चल्थ्यो
॥
ॅवा क्या काईदा सबैलाई फाईदा’, पुरानै बाक्या“स हो, समयअनुसारै लोप हुने तरखर गर्दै रैछ । बाटैमा भेटेर ल्याएको थिए“, यहा“ चिप्काउन सान्दर्भिक देखे । यसरी साहित्यिक कार्यक्रममा वाचन गर्दा कवित्वपना आउन सक्ने प्रचुर सम्भावना लाई नकार्न नमिल्ला । यहा“ संगमको कार्यक्रममा उपस्थित भैरहदा, बर्षभरिकै फुर्सदिलो ब्यक्तित्वको सम्मान पनि पाईने । सम्मान पनि नामैले काफी छ ॅसन्ध्या सम्मान’, बर्षभरिमै सबैभन्दा बढी उपस्थितिको सम्मान ॥