Homeबिचारजागिरे जिवन, संस्मरण

जागिरे जिवन, संस्मरण

चेतप्रसाद पौडेल

नेपालको राजधानी काठमाण्डौ हो । काठमाडौं जिल्लासहित १३ जिल्ला मिलेर बागमती प्रदेश बनेको छ । विकास र जनसंख्याको दृष्टिले पनि यो प्रदेश अगाडि छ । १३ जिल्लाहरु (१) दोलखा (२) सिन्धुपाल्चोक (३) रसुवा (४) धादिङ (५) नुवाकोट (६) काठमाण्डौ (७) भक्तपुर (८) ललितपुर (९) काभ्रेपलाञ्चोक (१०) रामेछाप (११) सिन्धुली (१२) मकवानपुर (१३) चितवन ।

उक्त जिल्लाहरुमा म जन्मेको जिल्ला हो, रामेछाप । कर्म थलोको जिल्ला हो मकवानपुर । जन्मथलो भन्दा पनि कर्म थलो अत्यन्त महत्वपूणर् हुने भएकोले अतितलाई वर्तमान अवस्थामा ल्याउने जमर्को गरेको छु । त्यसको केही झलक सम्झनाका पन्नामा लिपिमा उतार्ने यो प्रयास मात्र हो । यस जिल्लाभित्र स्थानीय निकाय यसरी रहेको पाइन्छ । एउटा उपमहानगरपालिका । एउटा नगरपालिका । बाँकी आठ गाउँपालिकाको सिंगो रुप हो, मकवानपुर । स्थानीय निकायहरु (१) हेटौंडा उपमहानगरपालिका (२) थाहा नगरपालिका (३) बागमती (४) बकैया (५) इन्द्रसरोवर (६) मकवानपुरगढी (७) भीमफेदी (८) कैलाश (९) मनहरी र (१०) राक्सिराङ गाउँपालिका रहेर मकवानपुर जिल्ला बनेको छ ।

बागमती प्रदेशको राजधानी रहेको मकवानपुर जिल्लाको वास्तविक नामाकरण सेन वंशीय राजा मुकुन्द सेनको नामबाट राखिएको भनिन्छ । मुकुन्द सेनबाट मुकुन्दपुर हुँदै अपभ्रंश भएर मकवानपुर भएको भन्ने कुरा लख् काटन सकिन्छ वा जनश्रुति पाइन्छ । यस जिल्लाको सदरमुकाम हेटांैडा हो । हेटांैडा प्रदेशको राजधानी पनि दुवै अर्थमा हेटांैडा महत्वपूणर् भाग्यमानी छ भन्दा फरक पर्दैन । हेटौंडा नामाकरण कसरी भयो भन्ने जिज्ञासालाई मेटनका लागि वनवासका क्रममा पाँच पाण्डवहरु (१) युधिष्ठिर (२) भीमसेन (३) अर्जुन (४) नकुल (५) सहदेव पाँचै भाइ अत्यन्त मिलेका भाइका रुपमा लिइन्छ । भाइको मिलन मात्रले चाहेका कार्यको सफलता सहजै चुम्न सकिन्छ ।

एउटा उदाहरण हेरौँ श्रीरामचन्द्रका ४ भाइ (क) श्रीराम (ख) लक्ष्मण (ग) भरत (घ) शत्रुघन थिए । दाजु श्रीराम वनमा रहँदा पनि भाइ भरतले दाजुका खराउ प्रतीक (दाजु) मानेर राज्यको बागडोर सम्हाले । त्यो देखेर रामका शत्रु रावण डाह गर्दथे । मेरा भाइ कुम्भकणर् र विभिषण दुवै शत्रुका साथमा, रामका भाइ सधैँ रामका साथमा ।

शत्रुको नाशका खातिर-शत्रुको भाइको मद्दत लिएर सफलताको शिखर चुमे, त्यसको ज्वलन्त दृष्टान्त श्रीरामचन्द्रले रावणसहित सुनको लंका ध्वस्त पार्नुभो । भनिन्छ भाइ भए भरोस्, गाई भए गोरस् । यी यस्तै कुराले प्रभावित भएर कुन्ती सुपुत्रहरु कौरवहरुको षड्यन्त्रले वनवासमा जानका निमित्त बाध्य हुनुभएको थियो । पाँच पाण्डवहरु हेटांैडा आइपुगेर भीमसेनले हिडम्वा नामको आततायी दानव (राक्षस) बध गर्नु भो । हिजो आतङ्क मच्चाएर जनतालाई यातना दिंदै आएका हिडम्वा नामको राक्षस मारिएका हुनाले सम्झनाका खातिर हेटांैडा नामाकरण भएको पनि भनिन्छ । हेटांैडाको प्रशिद्ध मन्दिर श्री भुटनदेवी ऐतिहासिक मन्दिर हो । भीमसेन र भुटनदेवीको नामले हेटौडाले शक्ति संगालो गरेको आंकलन गर्न सकिन्छ ।

मकवानपुुर जिल्लाको उत्तरतर्फमा महाभारत पर्वत श्रृंखला दक्षिण तर्पmमा चुरे पर्वत (शिवालिक पहाड) को काखमा हैटौडा छ । यो जिल्लाको प्रमुख चिनारी दारको ठेकी हो । यस जिल्लामा आदिवासी जनजातीका रुपमा राइ-दनुवार पूर्वी-भेगमा हजारौं वर्ष पहिलेदेखिका बासिन्दाका रुपमा लिइन्छ । उत्तरी भेगमा तामाङ जातीको बाहुुल्यता रहेको तथ्याङ्क पाइन्छ । झुर-झुरे राजधानी बेतिनी गोल्मा राजाको दरवारले विख्यात छ इतिहास भन्दछ । अशोक कालिन चैत्य शिवालय पालुङ र बज्रबाराहीमा पाइने भएकाले प्राचिनकाललाई आधुनिककालमा ल्याउने अथक प्रयास देखिन्छ ।

यस जिल्लाका महत्वपूणर् विशेषतामा श्री ३ चन्द्रशमशेर राणा प्रधानमन्त्री बनेकै याममा सन् १९१७ डिल्लीजंग थापा इन्जिनियर बनेर निर्मित्त हेटांैडा नगरपालिका वडा नं. १५ मकवानपुर र बारा जिल्लाको सीमानामा अवस्थित एशियाकै पहिलो ऐतिहासिक चुरियामाई मन्दिर छेउमा सुरुङ मार्गको निर्माण कार्यले नेपाल राष्ट्रको गौरव बढाएर लगेको । इन्द्रसरोवर गाँउपालिकामा निर्मित्त इन्द्रसरोवर ताल आदिले उचाइ थपेको छ नेपाल राष्ट्रको । शैक्षिक क्षेत्रमा वन विज्ञान अध्ययन संस्थानका २ वटा विश्व-विद्यालयहरु (१) मदन भण्डारी विश्वविद्यालय (२) बागमती प्रदेश विश्वविद्यालयसहित ४ विश्व-विद्यालय छन् । शिक्षाको उज्यालो घामबाट कोही पनि बालबालिका बञ्चित नहोउन भन्ने भावना यहाँ पाइन्छ ।

भौगोलिक अवस्थिति ः प्राकृतिक स्रोतले सुसम्पन्न मानिन्छ । यो जिल्लाले नेपालको १.६६ प्रतिशत भूभाग ओगट्न सफल भएको छ । पूर्वी भूभागभन्दा पश्चिमी भूभाग फराक छ । पूर्वमा सिन्धुली, ललितपुर, काभे्र जिल्लाको सीमाना भएर बागमती नदी । पश्चिम-चितवन जिल्लाको सीमाना लोथर । उत्तर सीमाना धादिङ र काठमाण्डौ जिल्लाको चन्द्रागिरी पर्वतमाला हो । दक्षिण सीमाना बारा, पर्सा र
रौतहट जिल्लाको सीमानामा चुरे पर्वत रहेको छ । अवस्थिति-उत्तरी अक्षांश-२७ं४०” सम्म छ ।

पूर्वी देशान्तर ८४०-३१” सम्म छ । वि.स. २०३८ फाल्गुण २१ गतेदेखि नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गतको जिल्ला शिक्षा कार्यालय मकवानपुरले शिक्षण पेशाबाट हात धुन बाध्य पारेको हुनाले खाना-नाना-छाना र शिक्षा- स्वास्थ्य रोजगार निमित्त तड्पि रहनु भएका तमाम भुइँका मानिस बुद्धिजीवीसमक्ष उठबस् गरेर नेपाल राष्ट्रको बिग्रंदो अवस्था कसरी सुधार्ने भन्नेबारेमा अहर्निश चिन्तित रहेँ । नेपाल दुईढुंगाको बीचको तरुल भन्ने पृथ्वीनारायण शाहको भनाइ विज्ञको डाइनामिक नेपाल ।

यी दुवै शब्दले चिन्तित तुल्यायो । माथिका यी दुवै भनाइमा सत्यता छैन र होइन भन्दै सहि सत्यताको सन्देश छर्नलाई नेपाल विश्वमै स्वतन्त्र राष्ट्र हो । नेपाल भनेर हेटांैडा १० बसपार्कस्थित नेपाल स्वतन्त्र क्लबको स्थापना गरेर राष्ट्रको ओज अभिवृद्धि खातिर लागिरहेँ । यस मकवानपुर जिल्लाको श्रीवृद्विका निमित्त साहित्यकार पारिजातको प्रतिमा स्थापना कार्यले साहित्य समाजको दर्पण हो भन्ने सम्झना लिपिमा उतार्न प्रयासरत छु ।
“अस्तु”

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here