26.1 C
Makwānpur
Homeबिचारठगी र यसका अभ्यासहरु

ठगी र यसका अभ्यासहरु

राजुराम राउत

अहिले अतिनै हटकेकको रुपमा रहेको ठगी प्रकरणलाई हेरिरहंदा आममानिसमा ठगी शब्दकै अपब्याख्या भनौ वा आ-आफ्नै स्वार्थअनुसार
परिभाषा लगाउदै गरेको हामीले पाईराखेका छौं । यसै सन्दर्भमा विश्व ईतिहास र प्रचलनमा प्रयोग हुँदै आएको केही दृष्टान्तसहित यहाँ ठगी शब्द र यसको परिभाषा चिरफार गर्ने कोशिस गरेको छु । ठगीको परिभाषा गर्दा, यो एक विशेष प्रकारका व्यक्ति वा समूहलाई जनाउने गर्दछ जो धोखाघडी, झुक्याउने, प्रलोभनमा पारि गैरकानुनी कार्य गर्ने र दुषित मनयायसहित गलत योजना लगाएतका अन्य कार्यहरूमा संलग्न हुनुलाई जनाईन्छ ।

ठग व्यक्ति सामान्यतया अन्य व्यक्तिहरूलाई छलकपटमा पारेर आर्थिक लाभ वा समाज तथा ब्यक्तिलाई हानी नोक्सानी गर्ने कार्यमा प्रयासरत रहन्छन् । यिनीहरूको व्यवहार धेरैजसो चलाक र चतुर हुन्छ, जसले गर्दा यिनीहरूले अरूलाई सजिलै विश्वासमा लिन सक्छन् । ठगिको इतिहास प्राचिन युगदेखि नै भएको पाइन्छ र यसका विभिन्न स्वरूपहरू सांस्कृतिक र भौगोलिक विविधताअनुसार फरक रहेको पाईन्छ ।

ठगीको इतिहास ; ठगीको उत्पत्ती भारतमा रहेको मानिन्छ, जहाँ संस्कृत शब्द ठग बाट परि-मार्जित हुँदै आएको छ । जसको अर्थ धोखेबाज वा ठग हुन्छ । ऐतिहासिक रूपमा ठगहरूले यात्रुहरूको सुरक्षामा खलल पुर्‍याउने र डकैती गर्ने कार्यमा संलग्न थिए । यिनीहरूले आफ्नो उद्देश्य पुरा गर्न सामूहिकरूपमा काम गर्थे । एकमात्र लक्ष्य यात्रा गरिरहेको व्यक्तिलाई छलकपट गर्ने हुँन्थ्यो । ठगहरूको गतिविधि १७ औं शताब्दीमा भारतमा विशेषरूपमा फैलिन थाल्यो, जहाँ यिनीहरूले विभिन्न ठग संस्कृतिहरू समेतको विकास गरे ।

ठगीको स्वरूप ; ठगीको स्वरूप विभिन्न प्रकारका हुन्छन् । यो प्रायः योजनाबद्ध विधिहरूमा आधारित हुन्छ भने अलि चतुरहरु एकल र ठुला प्रकृतिमा सांगठनिकरुपमा परिचालित भएका हुन्छन् । यस किसिमका विभिन्न प्रकारका ठगहरुलाई निम्नानुसार व्याख्या गर्न सकिन्छ ः
सामाजिक ठग ; यिनीहरूले सामाजिक सञ्जाल वा समाजिक आवरणलाई आफ्नो पहु“चअनुसारको प्रयोग गरेर मानिसहरूलाई ठगी गर्छन् । यिनीहरू प्रायः आफ्नो शिकारलाई गहिरो विश्वासमा लिएर छलकपटको माध्यमबाट धोका दिन्छन् । बिहेवारी गर्ने, नगरी नहुने सामाजिक कार्यहरुलगाएतका अड्को देखाएर राम्रैसंग फड्को मार्नसमेत खप्पिस हुन्छन् । व्यापारिक ठग ; व्यवसायिक क्षेत्रमा काम गर्ने ठगहरूले अनलाइन ठगी, निक्षेप, बचत वा दैनिक उठ्तिका माध्यमबाट र मालसामानको बिक्रीका माध्यमबाट समेत ठगी गर्छन् । यिनीहरूले प्रायः व्यावसायिक योजनाहरूको रूपमा छलकपट गर्ने गर्छन् ।

धार्मिक ठग ः यस किसिमका ठग हेर्न र भेट्न आजकल धेरै टाढा जानै पर्दैन । तपाईं हाम्रै वरिपरि धार्मिक आवरणमा लुटी हिंडने प्रशस्तै भेटिन्छन् । यिनीले धार्मिक विश्वासको लाभ उठाएर मानिस- लाई ठगी गर्छन् । यिनीहरूले पवित्रता र विश्वासको नाममा आपूर्ति गर्ने वस्तुहरूको माध्यमबाट ठगी गर्न सक्छन् । यिनीहरुमा एक किसिमको लाज, सरम र घीन केही हुँदैन । धार्मिक आवरणनै यिनीहरुको ब्रम्हास्त्र रहेको हुन्छ । उदाहरणका लागि भारतको ताजमहल बेच्ने नटवरलाल, शेयर हेराफेरि गर्ने हसर्द मेहता, धर्मको नाममा ठगी गर्ने आत्माराम जस्ता ठगहरु माथिका प्रकृतिमा अटाउन सक्ने ब्यक्तिहरु हुन् ।

ठगीको मनोविज्ञान ः ठगीको मनोविज्ञान अत्यन्तै घृणित र चलाक हुन्छ । यिनीहरूले व्यक्तिसंग सम्बन्ध बनाउंदै विश्वास निर्माण गर्छन् र यसै आधारमा उनीहरुकै परिभाषित आम्दानी गर्दछन् । यिनीहरूको धैर्यधारणा गर्ने शक्ति र मनोबल उच्च हुन्छ, जसले गर्दा यिनीहरूले सजिलै ठगी गर्न सक्छन् । यिनीहरूको मानसिकता भनेको ॅअरूलाई हाम्रो भन्दा राम्रो नमान्नु’ हो । यो ठगीका लागि विशेष रूपमा उत्तम काम प्रदर्शन गर्छन्, किनभने यिनीहरू मानव स्वभावको कमजोरी र आकांक्षामा प्रवेश गर्न सक्षम हुन्छन् । ठगीको सामाजिक प्रभाव ः ठगी कार्यले समाजमा गम्भीर प्रभाव पार्ने गर्दछ । यसले व्यक्तिहरूको मनोबल र सामाजिक विश्वासमा कमी ल्याउंछ । ठगीका कारणले मानिसहरू आन्तरिक डर र असुरक्षा महशुस गर्न थाल्छन् । यिनीले ब्यक्ति र सम्पूणर् समुदायका लागि बिकृति र अविश्वासको वातावरण सिर्जना गर्दछ, जसले गर्दा समाजको एकता र सहिष्णुता कमजोर हुन्छ । समाजमा चल्दै आएको ओल्लो पल्लो हेरचाह, अ‍ैंचो पैंचो आदान प्रदान, सरसापट लगाएतका सामाजिक र आर्थिक चलननै धरापमा पारिरहेका छन् ।

ठगीबाट बच्ने उपायहरु; ठगीबाट बच्नका लागि सबै व्यक्तिहरूले सचेत रहनु आवश्यक रहँदा रहँदै यहाँ केही उपायहरू उल्लेख गर्न सान्दर्भिक देखि ख सचेत रहनुहोस् ः यसबाट बच्ने प्रथम अचुक उपाय नै हरेक लोभलाग्दा प्रस्तावहरुमा गरिने शंका नै हो । प्राप्त प्रस्तावहरूमा संधैं शंका राख्नुहोस् र अनायास धम्क्याउने अवसरहरूमा तीन पठकसम्म आफैले जाँच पढताल र बिशेष चासो दिनुहोस् । कम मिहेनत र लगानीमा प्राप्त हुने कमाई आफैले नगरेर तपाईं समक्ष किन आईपुग्यो सूक्ष्म अध्ययन गर्नुहोस् ।

खसूचना छलफल गर्नुहोस् ः कुनै पनि व्यवसाय या प्रस्तावमा लगानी गर्दा त्यसको वास्तविकता प्रमाणित गर्नुहोस् । मित्रहरूसंग र परिवारसंग सूचनाहरू छलफल र सल्लाह गर्नुहोस् ।

खवैधता जांच गर्नुहोस् ः अनलाइन वा विद्यमान व्यवसायका बारेमा समीक्षा र प्रमाणित स्रोतहरू जाँच गर्नुहोस् साथै बैधताको बारेमा सम्बन्धित सरकारी कार्यालयमा बिस्तृतरुपमा बुझ्नुहोस् ।
खध्यान दिनुहोस् ः ठगहरूले प्रायः तात्कालिन र अवसरको लाभ लिन आग्रह गर्छन्, यस्तो अवस्थामा प्रचुर ध्यान दिनुहोस् ।
खशिक्षा प्राप्त गर्नुहोस् ः ठगीका नयाँ र विधिहरूको बारेमा शिक्षित हुनुहोस् । यसले व्यक्तिलाई सजग बनाउंछ र दिमागीरुपमै तयारी गर्दछ । सकेसम्म बेला बखतमा भैरहने सजगता तथा अभिमुखिकरण तालिमहरुमा सहभागिता जनाउनुहोस् ।
निष्कर्ष ः

ठगीको विषय अत्यन्त जटिल तर महत्वपूणर् छ । ठगी एउटा सामाजिक र आर्थिक समस्या हो जसले सम्पूणर् संसारको ध्यान तान्नुपर्छ । ठगी कार्य घटाउनमा व्यक्तिको सचेतता र एकता महत्वपूणर् हुन्छ । यसका साथसाथै, सरकारले र संघ/संस्थाहरूले पनि ठगी विरुद्ध कडा कदम चाल्नुपर्छ । यसका लागि मानिसले एक अर्कालाई सहयोग पुर्‍याएर सामाजिक चेतना फैलाउने प्रयासमा लाग्नुपर्छ । ठगिका बारेमा ज्ञान र सचेतता लिई हामी सबै मिलेर ठगीको विरुद्ध संघर्ष गर्न सक्छौं र आफ्नो समाजलाई सुरक्षित र समृद्ध बनाउन मद्दत गर्न सक्छौं ।

यस्ता मानिस र समूहले साँच्चिकै घटित घटनाको सेरोफेरोमा रहेर अतिरञ्जितपूणर्ढंगले प्रस्तुत गरेर हो जस्तै बनाउछन् र ठग्न सफल हुन्छन् । उनीहरु सैद्धान्तिक बहस र विद्वतामा निपुणर् हुन्छन् र झुठमुटका तर्कहरु दिएर बिपक्षीको दिमागलाई बसमा सजिलै बनाउंछन् र ठगीलाई मन्दगतिमा संस्थागत गर्दै सजिलै उम्कने रणनीति बनाउंछन् । अन्त्यमा, हामीले बुझ्नुपर्ने हुन्छ कि ठगीमा स्वयंले कुनै कागजपत्र पेश गर्दैनन् । अन्यलाई खेताला बनाएर आफुलाई कागजीरुपमा चोखै राख्ने भएर फसिहालेमा खेताला नै अग्रपंक्तिमा देखिन्छन् । त्यसैले त हामीले ठगीलाई सिंग पुच्छर नभएको कारोवारको रुपमा हेर्ने गर्छौं । तपाईको कमजोरीलाई आफ्नो बसमा बनाएर ठगिने भएर हत्तपत्त बिश्वास गर्न मुस्किलै हुन्छ ।
;अस्तु;

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here