काठमाण्डौ उपत्यकाको प्राचिन राजधानी भक्तपुरमा थियो । राजधानीको सुरक्षाका लागि किल्लाकै रुपमा विकास तथा विस्तार भएको थियो । भक्तपुर राजधानी भएको समयमै यक्ष्ँ मल्लको समय वि.संं. १५३८ सम्म थियो । उनीपछि उनका छोराहरुले प्रशासनमा संलग्नताले गर्दा राजा हुने महत्व त उत्पन्न भैसकेको थियो । जसले गर्दा भक्तपुर राज्य विखण्डन हुने अवस्था आईपरेको थियो । यक्ष मल्लको समय र सोभन्दा अघि भक्तपुर शहरमा चारैतर्फ अग्ला-अग्ला पर्खाल (किल्लाले घेरिएर पर्खालको किल्ला बाहिर खाई-खाडल) खनिएको र त्यसको बाहिर रुख-विरुवा रोप्न लगाइएका थियो । किल्लामा प्रवेश द्वारहरु ८ वटा थिए ।
भक्तपुर दरवारको चारैतर्फ बुर्जाहरु निर्माण गरिएको थियो । यस्तो बुर्जा निर्माण भएपश्चात दरवारलाई चौकबाठ दरवार भनिन्थ्यो । पुरै गढ-गढी र किल्ला निर्माण गरेर यक्ष मल्लले नियम बनाई सबैको जानकारीका लागि दरवार सुनढोकामा टाास्ने व्यवस्था मिलाएका थिए । भक्तपुरको किल्ला गढ-गढी निर्माण गर्न झारा फौज (बिना पारिश्रमिक) श्रम गरेका थिए । भक्तपुरवासी सबैले श्रमदानबाटै किल्ला-गढी-दरवार निर्माण
गरे । बावु यक्ष मल्लको मूत्यूपछि जेठा छोरा राय मल्ल राजा भए । माहिला भाई रत्न मल्ल भक्तपुरको राजा हुने प्रयास गरे तर सफल भएनन्, जेठो छोरा नै राजा हुने परम्परा थियो । रत्न मल्ल टाठाबाठा हु“दा विद्रोही बनेर बावु यक्ष मल्लको समयदेखि नै राज गद्दीमा दावी गरेका थिए । तर भारदाहरुले यक्ष मल्ललाई भने तपाई जीवित हु“दै राय मल्ललाई राजपाठ दिनु भनिरहेकोले यक्ष मल्लको मृत्यूपश्चात राय मल्ल राजा भए । मल्लले पनि दाजुलाई सत्ताच्युत गर्न सकेन्न र खोजि गदै जांदा कान्तिपुरमा गएर महापात्रहरुलाई सताएर छुट्टै राज्य खडा गरेका थिए । भक्तपुरका राजाहरुमा राय मल्लपश्चात सूवणर् मल्ल, प्राण मल्ल, विश्व मल्ल जगज्योति मल्ल, नरेन्द्र मल्ल, जगतप्रकाश मल्ल, जितमित्र मल्ल, भूपतिन्द्र मल्ल र रणजित मल्ल थिए ।
यसअघिका राजाहरुमा राधव देव, शंकर देव, सहदेव, नरेन्द्र देव, बिक्रम देव, गुणकाम देव, उदय देव, नरेन्द्र देव द्वितीय, निर्भय देव, भोज देव, रुद्रदेव, लक्ष्मी कान्त देव, लक्ष्मीकाम देव, भाष्कर देव, दल देब, प्रधुम्नकाम देव, नागार्जुन देव, हर्ष देव, सिंह देव, शिव देव, इन्द्र देव, मात्र देव, नरेन्द्र देव तृतीया, आनन्द देव, रुद्र देव, अमृत देव, सोमेश्वर देव, लक्ष्मीकाम देव द्वितीया, विजयकाम देव, इ.सं ११९२-११९७ सम्म अरि मल्ल थिए । उनका छोरालाई मल्ल युद्ध भैरहेको समयमा जन्मिएकोले मल्ल थपिदिए पनि भनिएको छ । तर, छोराको नाममा मल्ल थपि दिएको सााचो भए बावुको नाममा मल्ल किन लेखिएको भन्ने विषयमा खोज हुन आवश्यक छ ।
अरि मल्ल वि.सं १२५७-१२७३ सम्मका थिए । उनीपछि अभय मल्ल वि.सं १२७३ बाट १३१२ सम्मका राजा थिए । आन्तरिक कलह भैरहेकोमा वि.सं १३०१ मा नान्य देवका पनाति कर्नाटक वंशी डोय ठाकुर राम सिंहको फौज यहाा आएर आक्रमण गरेका थिए । धमासान युद्धमा घेरिएर काटिएका थिए । समय १६ वर्षपछि उदय सिंहले ठुलै विद्रोह गरेका थिए । ठुलो अनिकाल पनि परेको थियो । यसको असर वर्षैभर अनिकाल भयो । कति मानिस खाद्यान्न खान नपाएर अकालमै मृत्यू भएको थियो । वि.सं. १३१२ मा ठुलो भुकम्प गयो, त्यो भूकम्पमा राजा अभय मल्ल पनि परेर घायल भएको र ६ दिनपछि मृत्यु भयो, उनको कार्यकाल मै दुःखदायी अन्त्य भयो ।
जयस्थिति मल्ललाई स्थिति मल्ल पनि भनिएको छ । राजदरवारमा आपसी कलह थियो । तर, पनि उनको कार्यकालमा धेरै कुराको स्थिति बसाले । भक्तपुरका नगरका द्वाराहरु प्रत्येक दिशामा २ दुईवटा प्रवेशद्वारहरु हुन्थे । यक्ष मल्लले भक्तपुरको गढ-किल्ला निर्माण गर्दा स्थानीय बासीले धेरै कष्ट सहनु पर्यो । जात जातीहरु ब्राम्हणलाई काठको भारी, क्षेत्रीहरुले इट्टाको भारी, वैष्यले माटोको भारी र अन्य काममा सुद्रले भारी बोकेर गढ-किल्ला निर्माण गरेका थिए ।
मुख्य राजधानी र वरपरका बस्तीहरु मध्यकालको पूर्वाद्वदेखि किल्लाहरु निर्माण भएको थियो । ति किल्लाका नाम आज पाइदैन । राजा शिव देवले कीर्तिपुरलाई किल्ला कै रुपमा पर्खाल, गढ, खाई, जंगल प्रवेशद्वारहरुको अवशेष आज पनि पाइन्छ । यो कीर्तिपुर नगरलाई चारै तर्फ किल्ला (पर्खाल) प्रवेशद्वाहरु निर्माण गरिएको थियो । भक्तपुर राज्यको पुरै सिमाना सुरक्षाको लागि सुरक्षित गर्न किल्ला निर्माण भएको थियो । राजाहरुको दरवार निर्माण गर्नु पहिले किल्ला निर्माण गरेर सुरक्षा गरिएको हुन्थ्यो । सुरक्षित किल्ला हु“दा शत्रु पक्ष आक्रमण गर्न आउंदा किल्लाबाटै प्रतिकार गर्दथे ।
शाह कालमा आएर राजा पृथ्वीनारायण शाहले पनि किल्लागढी निर्माण गर्न जोड दिएका देखिन्छ । किल्ला पक्की बनाउनु र किल्लापिच्छे तोप बन्दुक राख्न जति भञ्ज्याङ् छन् भञ्ज्याङ पिच्छे एक/एक फलामे ढोका राख्नु भन्ने थियो । लिच्छविकालमा दरवार-किल्ला निर्माण भएको तर, ति दरवारहरु कस्ता थिए, कहाा थिए भन्ने किटान पाइदैन । दरवारको सुरक्षामा कति लम्बाई-चौडाइका किल्लाहरु निर्माण थिए । दरवार पनि लम्बाई-चौडाई र उचाई पाइदैन् । अंशु बर्मा लेखिएको ईट्टाहरु भने प्राप्त भएको थियो । काठमाण्डौतर्फ ज्ञानमणि नेपालले नेपाल निरुक्त काठमाण्डौ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान २०४० पृ.६३-६६ मा लेखेको पाइन्छ ।
लिच्छविकालतर्फ हेर्दा दरवार किल्लाको साथै अतिरिक्त कोट्ट (किल्ला) शब्दहरु यत्र-तत्र पाइन्छ । उपत्यकाको डा“डाको शिरो भागमा किल्ला निर्माण गरि मन्दिर-गुम्वा आदि निर्माण गरिएको थियो । भक्तपुरको चांगु नारायणको अंशु बर्माको चांगुको अभिलेख राखिएको थियो । चांगुनारायण स्थापना गर्न सुरक्षाका लागि दुर्गाकै रुपमा रहेको देखिन्छ ।
मत्स्य पुराणमा ६ प्रकारका किल्लाहरु;
१. चारैतर्फ मरुभूमिले घेरिएकोलाई धनुष दुर्ग भनिन्छ ।
२. माटोले बनाएकोलाई मही दुर्ग भनिन्छ ।
३. सेनाहरुद्वारा रक्षा गरिएकोलाई नर दुर्ग भनिन्छ ।
४. चारैतर्फ रुख-बृक्षहरुले घेरिएकोलाई बृक्ष दुर्ग भनिन्छ ।
५ चारैतर्फ पानीले घेरेकोलाई जल दुर्ग भनिन्छ ।
६. पहाडमाथि भएको गिरि दुर्ग भनिन्छ ।
किल्लाको मुख्य प्रवेशद्वार राम्रे र आकर्षक हुन्छ र फराकिलो गरि निर्माण गरिएको हुन्छ । तत्काल राजाहरु हात्तीमा चढेर झण्डासहित सुविधा साथ प्रवेश गर्ने गरिएको थियो । राय मल्लको समयमा तीन राज्य भक्तपुर, कान्तिपुर र पाटन राज्य बिच सम्बन्ध परस्पर बिग्रेको थियो । कान्तिपुर, पाटनलाई भक्तपुरले आगो पानी बन्द गरेको र देखे राागो लगाएर लखट्नेका कार्य गर्दथे । एक राज्यले अर्को राज्यबासीलाई आफ्नो सिमा भित्र दाहसंस्कार गर्न र अन्य क्रियाकलाप गर्न पनि दिंदैन थिए । राय मल्लको वि.सं १५६६ मंसिरमा मृत्यूपश्चात देउपाटनमा ल्याएर दाह संस्कार गर्न खोज्दा कान्तिपुरभित्र देउपाटन पर्ने हु“दा दाह संस्कार गर्न दिएनन् । अन्त्यमा शंखमूलमा लगेर दाहसंस्कार गरियो ।
मध्यकालीन नेपाल मण्डल भक्तपुरमा २४ हु“दा प्रमाणहरु पनि २४ सै थिए । मन्त्री मण्डल ५ जनाको प्रायः हुन्थ्यो । पञ्च प्रमाण, पञ्च भेला, पञ्च न्याय, पञ्च खत र भला पााच हुन्थे । मध्यकालको उत्तरातिर आएर प्रधान, प्रमाण काजी, अमात्य, चौतारा, भारो, श्रेष्ठ, महरजन, थरघर, पञ्च प्रधान पदहरु पनि थिए । गोर्खालीहरुसंग पराजित कान्तिपुरका राजा जयप्रकाश मल्ल र ललितपुरका पराजित राजा तेजनरसिंह मल्ल दुवै भक्तपुरका राजा रणजित मल्लको शरणमा भागेर गए । रणजित मल्लले पनि आफ्नो राज्यको २४ टोलका मूख्य मूख्यलाई बोलाइ राय-सल्लाह माग्दा यो कुटनीतिक अवस्था आईपर्यो । शरणमा आएकाहरुलाई पहिलेको रिसरागलाई बिर्सेर शरण मागेकाहरुलाई शरण दिने निणर्य भएको थियो ।
तत्पश्चात इपाछेमा जयप्रकाश मल्ललाई परसछे उपाध्यायको घरमा तेज नरसिंह मल्ललाई राख्ने व्यवस्था मिलाइयो । भक्तपुरे राजा रणजितलाई गोर्खाली राजा पृथ्वीनारायण शाहले सुपुर्दगी गर्नु भनी प्यूठानका राजामार्फत् सन्देश पठाए । नगर्ने भए गोर्खाली फौजमाथि आक्रमण तुरुन्तै गर्नु भन्नेसमेत सन्देश दिएर पठाएका थिए । यस्तो अवस्थामा भक्तपुरलाई सहयोग गर्न चौदण्डीका राजा कणर् सेन, दिवान अजित रायले सेना पठाएका थिए । तत्काल चौदण्डीकन सेनाहरुको प्रमुख सरुपासिंह कार्कीको मातहतमा पठाएकोमा सेना प्रमुख गोर्खालीसंग मिल्न गए । भक्तपुर दरवारको चारैतर्फ मजबुत किल्ला थियो ।
नगरकोे किल्ला भने क्षतविक्षत अघिल्लो दिन नै गरिसकेका थिए । गोर्खाली शुरप्रताप शाहको अगुवाइमा गएको फौजले दरवारको सुरक्षाका लागि निर्माण गरिएको किल्लाको पूर्वद्वार ढुंगामुढाले हानेर तोडे, तत्काल राजदरवार भित्र खम्वु सेना चौदण्डीका थिए । उनीहरुसाग खुकुरी प्रायः सबैसंग थियो, त्यो दिन बिजया दशमीका दिन परेको थियो । खम्बुहरुले खुकुरीद्वारा गोर्खालीमाथि आक्रमण गरे । दिनैभर युद्ध भयो ।
सााझपख गोर्खालीहरुले गोली वर्षाए । भक्तपुरमा पहिलेदेखिनै दरवारको सुरक्षाका लागि नगरकोटका सिपाहीहरु बन्दुकले ताकेर हान्न थाले गोर्खालीहरुले दरवारको चारैतर्फ रातभर गोली हानेर असुरक्षा पारिदिए । तीन वटै राजाहरुले उनीहरुको आश्रय स्थल बदल्न खोजे । जयप्रकाश मल्लसाग पेस्तोल थियो, त्यसले गोर्खालीलाई ताकेर हान्न लाग्दा ढिलो भएर चौकोट दरवारको भर्याङ्मा खुट्टाको झ्यालबाट छिरेको गोली लाग्यो, उनी भर्याङबाट कठिन साथमाथि पुग्दा मुर्छा परेर लडेका थिए । तब राजा रणजित मल्लमा पनि अब पराजित हुन्छु भनी आफ्नो श्रीपेज सेतो कपडामा बााधेर दरवारको अगाडि झुड्याउन लगाए । विपक्षी गोर्खाली फौजले गोली हान्न रोके । यो वि.सं. १८२६ कार्तिक २८ को घटना थियो । तत्पश्चात भक्तपुर गोर्खा राज्यमा बिलय भयो ।
भक्तपुरमा मण्डल योजनाबद्व रुप निर्माण गरेको थियो । मठ, बिहार, नगर, गााउ, मन्दिर, दरवार, भक्तपुरमा १३ वटा मठहरु थियो । पुजारी मठ, रक्षाचक्र भनि मण्डललाई भनिन्छ । कुनै पनि दरवार बस्ती नगर निर्माण गर्दा मजबुत किल्ला निर्माण गरेको सुरक्षाको लागि हुन्छ । तर, भक्तपुरमा धेरै समय भैसकेकोले किल्लाको लुम्बाइ-चौडाइ पाइएन । चागु नारायण स्थानमा पाइएको ताम्रपत्रमा बनियध्य विषयको राखिएको छ । भक्तपुर कै भैरव स्थानमा निर्भय देवको ने.सं १२५ को अभिलेख पाईन्छ ।
श्रोत;-
१. श्री दिल्लीराज शर्मा नेपालको किल्ला वास्तु कला पृ.२३ ।
२. प्रा.डा. श्री रामप्रसाद उपाध्याय नेपालको प्राचिन र मध्यकालिन ईतिहास पृ.२२५-२४३
३. धनबज्र बज्राचार्यद्वारा लिखित लिच्छविकालिन अभिलेख काठमाण्डौ पृ. २३३-२३५ ।
४. डिल्लीराज शर्मा ऐ.ऐ.ऐ
५. प्रा.डा श्रीरामप्रसाद उपाध्याय ऐ.ऐ
६. डा राजारसि सुवेदी नेपालको तथ्य इतिहास
७. धनबज्र बज्राचार्य ऐ.ऐ.ऐ ।