26.1 C
Makwānpur
Homeबिचारआयुर्वेद तथा आयुर्वेदिक उपचार पद्धति

आयुर्वेद तथा आयुर्वेदिक उपचार पद्धति

राजुराम राउत\नेपालमा सुप्त प्रायःरहेको आयुर्वेद बिज्ञान पछिल्ला केही बर्षदेखि आमपुराना पिंढी र उनीहरुका समर्पित परिवारजनमा उत्साहजनकरुपमा बिकसित हुँदै गैरहेको छ । स्थानीय निकाय तथा प्रदेश अनि संघीय निर्वाचन पश्चात गठित सरकारहरुले यसको बिकासका लागि महत्वपूणर् कार्य गरेको पाईन्छ । हेटौंडामा आयुर्वेद अस्पतालको स्तरउन्नति र शैया सहितको नयाँ अस्पताल निर्माणको चरणमा यस लेखक स्वयमको घर नजिकै आयुर्वेद अस्पतालको स्थानान्तरण भएका दिनदेखि नै बढ्दो सेवाग्राहीको उपस्थितिले आयुवदको बिषयमा केही लेख्न उक्सायो । दिनानुदिन सयको हाराहारीमा विभिन्न सेवा उपयोग गर्न अस्पताल सफल भैरहेको सन्दर्भ र लेखक पनि बिगतको समयमा मिसिनरी अस्पतालमा प्रशासकको भूमिका निर्वाह गरिसकेको अनुभवले गर्दा नेपालमा प्रचलनमा आएको र गर्न सकिने आयुर्वेदिक उपचार पद्धतिलाई प्रकाश पार्न खोजिएको छ ।

आयुर्वेद, जसको अर्थ जीवनको विज्ञान हो । यो प्राचीन भारतीय चिकित्सा प्रणाली हुँदाहुँदै नेपालमा समेत यसको उत्थान र विकास हजारौं वर्षदेखि भएको छ । आयुर्वेदले धनवन्तरीलाई प्रणेताको रुपमा हेरिन्छ भने भारतीय ज्ञानी बोधि धर्मनले आयुर्वेदको बिकास तथा प्रचारमा आफ्नो जीवन समर्पण गरेको ईतिहास छ । नेपालमा आयुर्वेदले विशेष महत्व पाएको छ र यो परम्परागत चिकित्सा अभ्यासको एक महत्वपूणर् हिस्सासमेत हो । नेपालको सांस्कृतिक र ऐतिहासिक पृष्ठभूमिमा आयुर्वेदको महत्वको चर्चा गर्नु पर्दा यसको प्रभाव र प्रयोगका विभिन्न पद्धतिहरूको अन्वेषण गर्नु आवश्यक हुन्छ ।
बिशेषत आयुर्वेद, बाथ, पित्त, कफ भनेर चिनिने त्रिदोश सिद्धान्तको सन्तुलनमा आधारित छ । सिद्धान्तत्, प्रत्येक मानिसमा यी तीन दोषहरूको विशिष्ट सन्तुलन हुन्छ । जसको आधारमा मानव जिवनले विभिन्न रोगहरू भोग्न सक्दछ ।

उपचार प्रक्रियामा, चिकित्सकहरुले व्यक्तिको शरीरको प्राकृतिक सन्तुलन र स्वास्थ्यलाई पुनस्थापित गर्नका लागि विभिन्न उपचारका उपायहरू प्रयोग गर्छन् । आयुर्वेदमा द्रब्य चिकित्सा महत्वपूणर् स्थान राख्छ । शरिरको दुष्प्रभाव कम गर्न विभिन्न वनस्पति र खनिजहरूको प्रयोग गर्दै आयुर्वेदिक औषधिहरू प्रायः प्राकृतिक तत्वहरूबाट बनाइन्छ । नेपालमा आयुवे दिक औषधि निर्माणका लागि विभिन्न स्थानीय जडीबुटीहरूको प्रयोग गरिन्छ । तुलसी, घ्यू कुमारी, जीरा, बेसार, हर्रो, बर्रो, अमला, पाँच औले, क्यामुनालगायतका सैयौं प्रकारका बनस्पति र जडिबुटी प्रयोग गरि उत्पादित औषधिले स्वास्थ्यसंग सम्बन्धित विभिन्न समस्या समाधान गर्न मद्दत गर्दछ । आयुर्वेदमा पञ्चकर्म एक विशेष आयुर्वेदिक उपचार प्रक्रिया हो, जसले शरीरको विषालु पदार्थहरूको निकासी गर्दछ । यसमा पा“च प्रमुख उपचार विधिहरू समावेश हुन्छन् ;
१) उपचारात्मक वमन प्रणाली । २) आवश्यकताअनुसार मल सफा गर्ने प्रक्रिया । ३) नाकमार्फत् औषधि प्रदान गर्ने प्रक्रिया । ४) पेटमा औषधि प्रविष्ट गराउने । र ५) रक्त परिक्षण तथा रक्थमोथन प्रक्रिया ।

आयुर्वेदमा उचित आहार र जीवन शैलीलाई ठूलो महत्वको रुपमा हेरिन्छ । स्वास्थ्यको स्थायित्व र रोगको अनुपस्थितिका लागि सही आहार र दिनचर्या अनुशरण गर्ने सल्लाह दिइन्छ । आयुर्वेदिक चिकित्सकले व्यक्तिको दोष र प्रकृतिका आधारमा आहार तथा उपचार पद्धति अबलम्बन गर्दछन् । जसलाई हामीले हालको समयमा आयुर्वेदिक उपचार व्यवस्थामा आधुनिक प्रविधिको समावेश गरिएको भन्न सकिन्छ । विभिन्न आयुर्वेद अस्पतालहरूले आधुनिक स्वास्थ्य सेवा प्रविधिहरूलाई समाहित गर्दै पुरातन विधिहरूलाई एकीकृत गरिरहेका छन् । यो प्रक्रियाले उपचारको गुणस्तरमा सुधार ल्याएको छ र उच्चस्तरको सेवा सुनिश्चित गरेको छ, जुन हामीले हेटौंडाको आयुर्वेद अस्पतालमा देख्न सक्छौं । संघीयता स्थापनापश्चात् परिवर्तित नामाकरणसहित आयुर्वेद तथा बैकल्पिक चिकित्सालय मकवानपुरबाट आफ्नै जनशक्ति र प्रबिधिमार्फत् विभिन्न परिक्षण- हरुपश्चात् गरिने शिरधारा, अकुपञ्चर, फिजियो थेरापि, हर्बल मसाज, प्राकृतिक चिकित्सालगायतका उपचार पद्धतिले आमसेवाग्राहीको विश्वाससमेत जितिरहेको अवस्था चिकित्सालयमा उपचारार्थ उपस्थित भिडमा स्पष्ट देख्न सकिन्छ ।

हाल यस चिकित्सालयमा निम्न सेवामार्फत् सेवाग्राहीहरुलाई सेवा पुर्‍याईदै आईरहेको छ : ओपिडि सेवा बिशेषज्ञ ओपिडि सेवा निःशुल्क औषधि बितरण पूर्वकर्म पञ्चकर्म सेवा फिजियो थेरापि सेवा अक्युपञ्चर सेवा योग परामर्श सेवा क्षारसुत्र सेवा क्रियाकल्प सेवा, जलौका सेवा अग्रिकर्म सेवा, पथ्य आहार सेवा परामर्श सेवा, प्रयोगशाला सेवा सःशुल्क फार्मेसी सेवा (हाल अवरोध छ) मुख्यमन्त्री जनता स्वास्थ्य सेवा यद्यपि यस चिकित्सालयका कर्मचारीसंगको अनौपचारिक छलफल र अध्ययनले विभिन्न सेवा लगायत बिषेशत फिजियोथेरापिमा जम्मा एकजना मात्र प्राबिधिक रहेकाले दैनिक सयको हाराहारीमा आउने बिरामी उपचारमा सकस भएको पाईन्छ । विभिन्न चुनौतीहरूका वाबजुत विभिन्न आयुर्वेदिक औषधिहरूको गुणस्तर र उपलब्धता, प्रशिक्षित चिकित्सकको अभाव, र जनचेतनाको कमीले चुनौतीसमेत थपेको छ । तसर्थ, यसलाई सम्बोधन गर्न विभिन्न उपायहरू अपनाउनु आवश्यक छ ।

झन् निर्माणाधिन ६० सैया क्षमताको अस्पतालमा थप दक्ष जनशक्ति प्रबिधिको कमि समाधान गर्नु हेटौंडालाई अर्को थप चुनौति रहेको छ । नेपालमा आयुर्वेदिक उपचारको भविष्य उज्यालो देखिन्छ । जनसमुदाय बिच सामान्य स्वास्थ्य र प्राकृतिक उपचारको बिकासमा वृद्धि भइरहेको छ । नेपालका शहरी र ग्रामीण क्षेत्रमा आयुर्वेदिक अस्पतालहरूको संख्या बढ्दै गएको छ, जसले जनताको चासो र आवश्यकताअनुसार सेवा दिने प्रचलन विकसित गरेको छ, जुन राज्यको प्रथम दायित्वसमेत हो । संविधान र कानूनी संरचनाद्वारा उत्प्रेरित गरिएका विभिन्न प्रवृत्तिहरूले आयुर्वेदको विकास र प्रवद्र्वनमा मद्दत गर्नेछन् । नेपाल सरकारले पनि आयुर्वेदिक चिकित्सा प्रणालीका लागि विशेष कार्यक्रम र नीतिहरू तयार गर्दै त्यसलाई समर्थन गरिरहेको पनि छ । यसले जडिबुटीको खेती र आयुर्वेदिक औषधि निर्माणमा सामूहिक प्रयासलाई प्रोत्साहितसमेत गर्दछ, जसले गर्दा हामीले बेरोजगार र बिदेशिएका युवाहरुलाई नेपालमै राम्रो कमाई गर्ने थलोको रुपमा बिकास गर्न गराउन सकिन्छ ।

निचोडमा नेपालमा आयुर्वेदिक उपचार प्रणालीको महत्व केवल ऐतिहासिक र सांस्कृतिक हिसाबले मात्रै होइन, स्वास्थ्य सेवाको सन्दर्भमा पनि अत्याधिक छ । यसको प्राकृतिक र समग्र दृष्टिकोणले मानिसको जीवनस्तर सुधार गर्न सजिलो बनाउंछ । आयुर्वेदले वर्तमान र भविष्यमा स्वास्थ्य क्षेत्रका चूनौतिहरूसंग जुझ्नका लागि एक अवसर प्रदान गर्नेछ, जसले न केवल स्वास्थ्य सेवा प्रणालीको विविधता प्रदान गर्नेछ, तर जनताको स्वास्थ्यमा सुधार ल्याउनेछ । यसैले, नेपालमा आयुर्वेदको विकास र प्रवद्र्वनमा विविध दृष्टिकोण अपनाउन महत्वपूणर् छ, जसले समग्र स्वास्थ्य र कल्याणमा योगदान पुर्‍याउनेछ । झन्, हेटौंडा बागमती प्रदेशकै राजधानी भएकाले यहाँको बिकास र आमजनताको स्वास्थ्यमा सरल पहुँचले नमूनाको काम गर्ने भएकोले विशेष महत्व राख्दछ ।

:अस्तु :

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here