Homeबिचारमहारानी भृकुटी

महारानी भृकुटी

भृकुटी राजकुमारी स्रङचङ्ग गम्पोका प्रथम महारानी हुन् । गम्पो तिब्वतका बादशाह पनि थिए । गम्पो वि.सं. ६१७ देखि ६९८ सम्म तिब्बति सम्राट भएर शासन चलाएका थिए । यिनैले लिच्छवी शासक अंशुवर्माकी छोरी भृकुटीसंग विवाह गरि नेपालसंग राजनैतिक सम्बन्ध प्रगाढ बनाएका थिए । उनका जीवनसाथी भृकुटी थिइन् । उनको मृत्युपश्चात ल्होखा, विभाग चिनको कुनै ठाउँमा शव गाडिएको थियो । र सोही स्थानमै सातौ शताब्दीमा मन्दिर बनाइएको थियो । नेपालकी राजकुमारी भृकुटीलाई हरियो ताराको उपनामले पनि चिनिन्छ । राजकुमारी भृकुटी लिच्छवी राजा अंशुवर्माको छोरी भनिन्छ । शिव देवपछि अंशुवर्मा राजा भएका हुन् । अंशुवर्मा राजा शिवदेवले बनाएको दरवारमा नबसी आफ्नै बाहुबलद्वारा कैलासकुटमा भवन बनाई त्यहीबाट शासन गरेको प्रष्ट हुन्छ । कसैले भृकुटीलाई शिव-देवको पनि छोरी मानेका छन् ।

यद्यपी इतिहासकारहरू निचोडमा पुग्न सकेका छैनन् । कैलासकुट भवन कहाँ थियो ? निश्चित साथ भन्न सकिएको छैन । हाडी गाउँमा थियो भनि अनुमान मात्र गरिएको छ । अंशु शब्द अंकित इट्टा भने पाइएको छ । भृकुटी तिब्वतीहरूका लागि बाल-मो-ब्जको रूपमा चिनिन्छिन् । उनी राजकीय महिला हुन् । उनी चिनिया (तिब्वती) शासक गम्पोका प्रथम रानी पनि हुन् । भृकुटी नेपालको प्रथम राष्ट्रिय विभूति पनि हुन् । बेसाको नामबाट पनि भृकुटीलाई चिनिन्छ । तिब्वतसग राजनैतिक सम्बन्ध राम्रो बनाई नेपालमा शासन गर्नका लागि छोरी भृकुटीको विवाह गम्पोसंग गरिदिएका हुन् । त्यस समयमा वणर् व्यवस्था कठोर थिएन कि भन्ने कुराको बोध हुन जान्छ । उनले भोटेसंग छोरी भृकुटीको विवाह गरिदिए । गम्पोले अंशुवर्मासंग भृकुटीको हात मागेका थिए । गम्पो निकै शतिmशाली बादशाह थिए । भृकुटी बौद्व धर्ममा आस्था राख्दथिन । त्यतिखेर तिब्बतमा बोन्वो धर्म प्रचलित थियो । उनीहरू प्रकृतिको पुजा गर्दथे ।

भृकुटीले विवाहपछि दाइजो स्वरूप अक्षोभ्य र मैत्रेय बुद्वका धातुका मूर्तिहरू तिब्वतमा लिएर गएकी थिइन् । पाटनका नेवार-हरूले बनाएका कलायुतm मूर्तिहरू लिएर गएको अनुमान गरिन्छ । भृकुटीको इरादाअनुसार नेपालबाट गएका कालीगढहरूले तिब्वतमा आकर्षणयुतm रातो महल बनाएका थिए । यस रातो महलको पुनः निर्माण पांचौ दलाइ लामाले गरेका हुन् । रातो महललाई अहिले पोटाला दरवार भनिन्छ । जुन दरवार विश्वको सामु प्रशिद्व छ । साम्य गुम्बामा तबवान्ग तथा राम्रा मूर्तिहरू बनाउन लगाइएको थियो । उनकै इरादा अनुसार थ्रोयोले छेनरेग आकर्षणयुतm मूर्ति
बनाए । यस मूर्तिलाई तिब्वतमा मिक्यो दोर्जे, रामोच्छे जोवाया, रामोच्छे छुन्गा पनि भनिन्छ । यो मूर्तिलाई ल्हासामा राखिएको छ ।

अंशुवर्मालाई राजा शिवदेव प्रथमको ज्वाईको रूपमा मानिएको छ । यिनले वि.सं.६६२ देखि ६७८ सम्म १६ वर्ष शासन गरेका थिए । ज्यादै साहासी, बुद्विमानी, आंटिला, दुरदर्शी शासक थिए । कलामा उनको अगाध प्रेम थियो । उनले बनाएको दरवारको बयान गर्न सकिंदैनथ्यो । कैलासकुट भवनलाई पृथ्वी तलको टीका भनिएको छ । जसबाट प्रतित हुन्छ कि जसको आँखा उतm भवनमा पर्दछ उसले एकटक साथ आंखा झिम्म नगरि हेरेको हेरै हुन्थ्यो भनिएको छ ।
अंशुबर्मा शैव धर्म मान्दथे । उनले भगवत पशुपति भट्टारक पादानुगृहित बप्पपादानुध्यात् जस्ता उपाधि लिएबाट तथ्य कुरा प्रष्ट हुन्छ । अंशुवर्माले बहिनीको विवाह भारतका सम्राट हर्षवर्धनसंग गराई दिएका थिए । प्रशस्त राम्रा काम गरेको हुनाले उनको समयलाई नेपालको इतिहासमा लिच्छवीकालको स्वणर्युग मानिएको छ । भृकुटीले तिब्वतसंग सम्ब्न्ध राम्रो राख्न सकारात्मक भुमिका निर्वाह गरेकी थिइन । तर, उनको बारेमा खासै प्रभाव पार्ने नाटकहरूको चयन हुन सकेन । सरू भतmबाट नाटक लेखिएको थियो । सबभन्दा पहिले उतm नाटकलाई बत्तिसपुतलीमा रहेको शिल्पी थिएटरबाट देखाइएको थियो ।

पवित्रा खड्काले निर्देशकको रूपमा काम गरेकी थिइन । गम्पोको २ वटा रानीहरू थिए । ती २ रानीहरूको नाम हरित तारा र श्वेत तारा अर्थात् सेतो तारा थियो । श्वेत तारा चिनकी राजकुमारी हुन् भने हरित तारा नोपालको राजकुमारी हुन् । जुन समयमा भृकुटीको विवाह भयो, त्यो समयलाई आधार मान्दा भृकुटी अंशुवर्माको छोरी होइनन् । वि.सं. ६९८ मा भृकुटीको विवाह भएको कुरा भएको कुरा ताङ्वृतान्तमा उल्लेख गरिएको छ । बिवाह हुनुभन्दा २० वर्ष पहिला नै अंशु-बर्माको निधन भैसकेको थियो । जगदीशचन्द्र रेग्मीका अनुसार बरू राजा नरेन्द्र देवको छोरीको रूपमा भृकुटी हुन सक्दछिन् । तिब्वतमा भृकुटीको नाम ठिचुङ लाची राखिएको थियो । पिताको नाम देवल्हा हो । देवल्हाको वास्तविक अर्थ शिवदेव भएको तर्क ज्ञानमणि नेपालको तर्क छ । भृकुटीले तिब्बतमा बौद्व धर्म फैलाउनमा ठूलो सहयोग गरेकी थिइन् । श्वेत तारा, हरित तारा र गम्पोले पनि तिब्बतमा बौद्व धर्मको शुरूवात गर्दा विभिन्न कठिनाईहरू भोग्नु परेको थियो । तत्कालीन समयमा त्यहाँ बोन्बो धर्म प्रचलित थियो ।

तिब्बती भाषामा बोन्पो भनिन्थ्यो । बादशाह गम्पोको भृकुटी पहिली रानी हुन् । भृकुटी बौद्व मार्गी भएकी हुनाले तिब्बतमा बौद्व धर्मको शुरूवात् गरिन् । विद्वानहरूले भृकुटीलाई ताराको अवतार लिएको विश्वास गर्दछन् । उनले धर्म र बुद्विष्ट शिक्षालाई अगाडि बढाइन् । तिब्बत र नेपालको बीच राम्रो सम्बन्ध भएकै कारणबाट नेपालले आफ्नो देशको राजकुमारी भृकुटीको विवाह गम्पोसंग गरि दिएबाट प्रष्ट हुन्छ कि गम्पोले भृकुटीको हात मागेका थिए । हात नदिए युद्व गर्न तयार हुनु भन्ने सन्देश पनि पठाएका थिए ।

उनले शाक्यमुनि वुद्वको प्रतिमा लिएर गएकी थिइन् । तिब्बती मूर्तिहरू साधारण किसिमका थिए । तिब्बतमा वुद्वका ठूला मूर्तिहरू बनाउन सहयोग पुर्‍याएको देखिन्छ । नेवारी वौद्व धर्म र तिब्वतीय बौद्व धर्म बिच राम्रो सम्बन्ध थियो । पोटाला दरवार विश्व प्रशिद्व दरवार हो । पोटाला दरवारलाई पनि २ भागमा बाढिएको छ । सेतो दरवारको भाग र रातो दरवारको भाग । रातो दरवार नेवार कालीगढले भृकुटीको इच्छा
अनुसारको बनाइ दिएका हुन् ।
: समाप्त:

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here