दशैं पर्व सत्ययुगबाट शुरूवात भएको विश्वास गरिएको छ । साहित्यिक श्रोतकाअनुसार द्वापरयुगको समयमा लंकाका राजा रावणले मर्यादा पुरूष रामको अर्धांगिनी सीतालाई हरेर लग्यो । तब भगवान रामचन्द्रले वानरराज सुग्रिवसंग मितेरी सम्बन्ध गँसी ४०० कोषको समुन्द्रमा पुल हाली लंका पुगि रावणसंग युद्वगरी विजय पाई सीता लिएर फर्केको खुशीयालीमा अयोध्यावासीले एउटा उत्सवको आयोजना गरे । त्यही उत्सव नै पछि गएर दशैं नामक चाडमा परिणत भएको जनविश्वास छ । दोश्रो कथन यो पनि छ कि विश्वमा अशुरहरूले अत्याचार गर्न थालेपछि अत्याचार बाट छुटकारा पाउनका लागि ३३ कोटी देवताहरू मिलेर ब्रम्हाजीको अराधना गर्न थाले । आराधना बाट ब्रम्हाजी प्रसन्न हुनुभयो ।
३३ कोटी देवताहरूको संयुक्त शक्तिबाट १८ हातयुक्त देवीको उत्पति गरि शुम्भ निशुम्भको बध गरि देवताहरूको उद्वार गरि धर्म राज्यको स्थापना भएको खुशीयालीमा देवताहरूले जुन उत्सवको आयोजना गरे, त्यही उत्सव नै पछि दशैं नामक चाडमा परिणत हुन गएको विश्वास छ । देवताहरूले पुष्पगुच्छा खसालेर देवीको भव्य स्वागत गरे । रामले युद्व शुरू गरेको १० औ दिनको दिन रावणको बध गरेका थिए । दशमी भन्दाभन्दै अपभ्रम्स भएर दशै नाम रहन गएको हो । दशै शव्दमा २ वटा अक्षर रहेको हुन्छ । यि २ अक्षर देख्नासाथ मनमा शान्ति आईहाल्दछ । रामायणमा यि कुराको उल्लेख गरिएको
छ । देवीको वाहन सिंह हो । रामले रावणमाथि र देवीले दानवमाथि विजय पाएको खुशीयालीमा दशै पर्व मनाइन्छ । दशैलाई असत्यमाथि सत्यको विजय दिनको रुपमा लिईन्छ ।
देवलोकमाथि दानवहरूले अधिकार जमाएर अत्याचार गरेका थिए । देवताहरूको निवासस्थानलाई देवलोक भनिन्छ । दशैलाई दशहरा, दशाहारा, दशेरा, दसारा, वडा दशै, विजयादशमी आयुधप्रजा पनि भनिन्छ । एक आपसमा खुशीयाली साटासाट गरिन्छ । दशै हिन्दुहरूको महान् चाड हो । यो चाड आश्विन महिनाको शुक्ल प्रतिपदाको दिनदेखि नवमीसम्म शक्तिको अराधना गरि दशमीका दिनमा आफुभन्दा मान्यजनको हातबाट रातो टिका, प्रसाद ग्रहण गर्ने चलन छ । यो चाड पूणिमासम्म मनाइन्छ । कसैले टीकाको १ दिन मात्र मनाउंदछन् । आश्विन प्रतिपदाका दिन जमरा राखिन्छ जहां ९ वटा देवीहरूको अलग अलग दिनमा विविध विधिबाट पुजाआजा गरिन्छ ।
घटस्थापनाको पहिलो दिनमा शैलपुत्रीको, दोश्रो दिनमा ब्रम्हचारिणीको, तेश्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डादेवीको पाचौ दिन स्कन्दमाताको, छैटौ दिन कात्यायनीदेवीको, सातौ दिन कालरात्री, आठौ दिन महागौरीको, नवौ दिन सिद्वदात्री देवीसहित नवदुर्गाको पुजा गरि सप्तसती चण्डीको पाठ गरिन्छ । त्यसपछि महालक्ष्मी, महाकाली र महासरस्वतीको विशेष अराधना गर्ने चलन छ । विजयादशमीको दिन देवीलाई चढाएको रातो टिका र जमरा लगाउने चलन छ । रातो टिकालाई सौभाग्य तथा विजय प्रतिकको रूपमा लिने गरिन्छ । दशमीको दिन नै रामले रावणमाथि असत्यमाथि सत्यको विजय पाएको मानिन्छ । विदेशमा गएका आफन्तहरू यस पर्वमा सुख दुःख एक आपसमा बांढ्नका लागि आउने गर्दछन् ।
त्यसैले पूणिमासम्म यस पर्वलाई लम्ब्याइएको हो । दशैको शुरूवात हुनुभन्दा पहिला नै घरलाई सिगार पटार गर्ने, घरको वरिपरि सफा सुग्घर राख्ने, नयाँ कपडाहरू सिउन दिने, ज्वांई छोरी, भाञ्जाभाञ्जी, इष्टमित्रहरू टाढा टाढाबाट टीका लगाउनका लागि आउने भएको हुनाले बाटाघाटा सफा बनाउने, बाटाको दायाँ-बायाँ काडाहरू हटाउने, सिढी बनाउने जस्ता सामाजिक कार्यहरु पनि गरिन्छ । पहिलेको दशैमा घरकै परिकार हुनाले कोही पनि प्रायः बिरामी पर्दैनथे । अहिलेको जस्तो किलिप र काटाले खाने चलन थिएन । फूलपातिका दिन सातपटक, अष्टमीको दिन आठ पटक, नवमीको दिन ९ पटक र दशमीको दिन १० पटक खानु पर्दछ भन्ने भनाई पनि थियो । प्रत्येक मानिस प्रत्येकको घरमा टिका लगाउन जान्थे । अघिपछि झै झगडा भए पनि दशैको अवसरमा सबै कुभावनाहरूलाई हांडीमा लुकाएर खोपामा राख्ने चलन थियो । एक आपसमा सुख, दुःख बाढ्ने काम गर्दथे । दशैबाट स्नेह, आत्मीय भावना बढेर जान्थ्यो ।
प्राचीनकालमा दशै चैत महिनामा मनाउने चलन थियो । त्यस समय भनेको गर्मीको समय भएकोले खानपान पचाउन मुस्किल पर्ने हुन्थ्यो । पछि यस पर्वलाई आश्विन महिनामा सारिएको हो । आश्विन महिना भनेको ठण्डीको समय हो ।
यस पर्वमा शस्त्रको पनि पुजा गरिन्छ । दशमीको दिन भारतमा रामलिलाको आयोजना गरिन्छ । रावणको पुत्ला बनाएर जलाइन्छ । यो पर्व हर्ष तथा विजयको पर्व पनि हो । सहास बढाउन, शतिm प्राप्त गर्नका लागि देवीबाट आर्शीवादको आशा गरिएको हुन्छ । दशै पर्वबाट काम, क्रोध, लोभ मोह, अहंकार, मद, आलस्य, हिंसा, चोरी, त्याग्न प्रेरणा दिन्छ । नेपाली समाजमा दशैको महत्व अधिक रहेको पाईन्छ ।
नेपाली समाजमा दशैको सामाजिक महत्व : दक्षिण एसियाका अधिकांश देश कृषि प्रधान देश हुन् । नयाँ बाली भित्र्याएको खुशीयालीमा नेपाल, भारत, भूटान, बर्मामा यो पर्व मनाइन्छ । नेपाली आश्विन शुक्ल प्रतिपदादेखि १० दिनसम्म जप-तप, शप्तशती चण्डीपाठ गरि दशै मनाइन्छ । दशैको पहिलो दिनलाई घटस्थापना भनिन्छ । सरकारले दशैको घटस्थापनादेखि पूणिमासम्म १५ दिन सरकारी छुट्टि दिएको हुन्छ । यो नियम विशेष गरि शैक्षिक संस्थामा मात्र लागु भएको देखिन्थ्यो । सरकारी कार्यालयहरूमा यो नियम लागु हुदैनथ्यो । घटस्थापनाको पहिलो दिनदेखि दशमी सम्मको ९ दिनलाई नवरात्री र १० औ दिनलाई दशमी वा दशै भनिन्छ । दशमीबाट अपभ्रम्स भएर दशै हुन गएको हो । माता दुर्गा र रामले मानव जातिको कल्याण गरेको देखिन्छ । घटस्थापना (फूलपाती) सप्तमी महाअष्टमी (काल
रात्री) महानवमी, विजया दशमी, कोजाग्रत पूणिमा यस महान पर्वका प्रमुख दिनहरू हुन् ।
नेपाली समाजमा घटस्थापनाको महत्व : भागवत महापुराण अनुसार रामले रावणमाथि विजय पाएका थिए । प्रतिपदादेखि नवरात्र शुरू हुन्छ । नदी किनाराबाट चोखो वालुवा, माटो ल्याई घरमै जमरा राखिन्छ । वर्तमान समयमा पाटी पौवा, सत्तल, धर्मशाला आदिमा जमरा राख्ने काम गरिन्छ । ठाउँ तयार भएपछि जौ, गहुँ, मकै छरिन्छ । जांै हवनको लागि उपयुतm खाद्य वस्तु पनि हो । माता भगवतीलाई जमरा अति मन पर्दछ । जलको घडा पनि राखिन्छ । गाईको गोवरबाट ९ वटा देवीको स्वरूप निर्माण गरिन्छ । घडाको वरपर लेपन पनि गरिन्छ । कलशमा पञ्चपल्लवको पातहरु चढाइन्छ । महाकाली, महालक्ष्मी, महासरस्वतीको पञ्चोपचारले पुजा गरिन्छ । ब्रम्ह-पुराणअनुसार नवदुर्गाहरूमा चण्डिका आग्नेह, भद्रकाली दक्षिण, सर्वमंगला वायत्य, वैष्णवी उत्तर, शिव प्रिया इसान, जगदम्नीका जल, थल र आकाश आदि । षष्ठी तिथिमा बेलको हाँगामा तेल, वेसार, लेपन गरी देवीवोधन गरिन्छ । सप्तमीका दिन भद्रकाली, सरस्वतीको पुजा गरिन्छ । अष्टमीका दिन देवीको वाहन सिंहको पनि पुजा गरिन्छ ।
खस जातिहरूले चराहरूको राजा बाजलाई उडाउने चलन छ । हातहतियारको पनि पुजा गरिन्छ । भतmजनहरूबाट महानवमीको दिन ९ जना कन्याको र दशमीको दिन अपराजिता देवीको पुजा गरिन्छ । घटकलस, अष्टमंगलका शुभचिन्ह हरूबाट मिलाइएको हुन्छ । जमरा लगाउनाले सुख, शान्ति, सम्वृद्वि, स्वास्थ्यमा राम्रो हुने धार्मिक मान्यता रहि आएको छ । टीका समाप्त भएपछि बचेको जुन जमरा छ, त्यसबाट रस निकालेर सेवन गर्नाले शरीरमा भएका विभिन्न रोगहरू निको भएर जाने कुरामा बनसम्वन्धि अध्ययन गर्ने बिज्ञहरूले बताएका छन् । जौको जमरा बिरामीहरूका लागि रामवाणसरह हुन्छ । जमराबाट भिटामिन, प्रोटिन, क्यालसियम आदि प्राप्त हुन्छ । नवरात्रभर मठ, मन्दिर, घरहरूमा चण्डीपाठ हुन्छ । पाठ गरिसकेपछि सबैले बलि दिनुपर्ने मान्यता रहिआएको छ । मांसाहारीले पशुबलि दिन्छन् भने शाहाकारीले नरिवल, उखु, कुभिण्डो आदिको बलि दिन्छन् ।
नेपाली समाजमा महासप्तमीको महत्व : नौरथाको सातौ दिनलाई फूलपाती भनिन्छ । सप्तमीका दिन बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, कच्चु, उखु, केरा ९ प्रकारका वस्तुहरू दशै घरमा भित्र्याउने कार्यलाई फूलपाति भित्र्याउने कार्य भनिन्छ । बर्षा ऋतुको अन्त्य र शरद ऋतुको आगमन हुने भएको हुनाले नयाँ पातहरू घरमा ल्याउनाले किटाणुहरू नष्ट भएर जाने पनि विश्वास छ । टुंडिखेलमा बढाई, सरकारी तवरबाट भएपछि केरा, दारीम, धानको गाभा, बेसारको पात, माने, कर्चर, बेल, अशोक र जयन्ती ९ प्रकारका पातलाई पुजी दुर्गापुजा गरेको घरमा भित्र्याइन्छ । ९ वटा पातमा आएर बस्न ९ दुर्गाहरूलाई अनुरोध गरिन्छ । इन्द्र, शिव, विष्णु श्रीरामले वृत्तासुर मधुकैटभ दानवहरूको बधका लागि नवरात्र ब्रत बसेका थिए । चन्दन, अक्षता, फूलले धानमा पुजा गर्दछन् । त्यसपछि धानको बोट काटेर घरमा ल्याउछन् । गोर्खा दरवारबाट फूलपाती ल्याई जमलमा राखिन्छ । सिपाहीहरूले बढाइ गरि जमलमा राखिएको जमरा हनुमानढोका दरवारमा लगिन्छ ।
नेपाली समाजमा महाअष्टमी पर्वको महत्व : नवरात्रीको आठौ दिनमा महाकालीको पुजा गरिन्छ । दक्षप्रजापतिको यज्ञ नास गर्नमा भद्र-कालीको भूमिका महत्वपूणर् रहेको देखिन्छ । पुजापश्चात महाकालीलाई बोका, हाँस, रांगोको बलि दिने चलन छ । मांसाशनं ये कुर्वन्ति तैः कार्य पशुहिंसंनम् । महिषा जवराहाणां वलिर्दानं विशिष्यते -देवीभागवत नवरात्र प्रकरण) मा उल्लेख गरिएको छ । शाहाकारीहरूले विशेष गरि कुभिण्डो, केरा, घिरौला चढाउंदछन् । मनुष्मृतिअनुसार अभ्यच्र्च पितृदेवानां खादन्मांसन दोषभाक भनिएको छ । महाअष्टमी र महानवमी बिचको रातलाई कालरात्री भनिन्छ । उतm रात गुप्तरूपले पुजा गरिन्छ । काठमाडौको तलेजु भवानीको मन्दिरको लागि ७४ रांगा र ७४ नै बोकाको बलि दिइन्छ । महाअष्टमीको दिन ठूला हतियारको पनि पुजा गरिन्छ । भगवतीको १८ वटा हातमा १८ वटा आयुध लिएको देखाइएको छ । जौं, हिन्दु धर्म ग्रहण गर्नेहरूका लागि महत्वपूणर् हुने गर्दछ ।
उनीहरू अहिंसावादी हुन्छन् । राष्ट्रमा कसैले आघात पार्न खोजेमा संरक्षणको रूपमा औजार पनि उठाउंदछन् । सुदूर पश्चिमको निङ्गलाशैनी मन्दिरमा १३०० राँगा र ४०० बोकाको बलि चढाइन्छ । नेपाली समाजमा महानवमीको महत्व: महानवमीका दिन सिद्विदात्री देवीको पुजा आजा गरिन्छ । नवमीका दिन सवारी साधनहरूको पुजाआजा गरिन्छ । जसलाई विश्वकर्मा पुजा भनिन्छ । ९ वटा कन्याहरूको पनि पुजा गरिन्छ । उनीहरूको उमेर बढीमा १० वर्षसम्मको हुन्छ । बलिको अर्थ त्याग्नु वा दिनु हो । काम, क्रोध, लोभ, मोह, अहंकार, मद, मात्सय, ईष्र्या, द्वेष, छल, कपट गरि १० अवगुण छोड्नु पर्दछ । नवदुर्गाको प्रभावबाट खराव कामबाट टाढा रहन प्रेरणा दिन्छ । कामको प्रतिक बोको हो, क्रोधको प्रतिक रांगो हो, लोभको प्रतिक भेडो हो, मद्, मात्सर्यको प्रतिक कुखुरा र हाँसलाई मानिन्छ ।
यि कारणहरूबाट नै कामुकता, क्रोधिपन, लोभीपन, मोह र अहंकारी जस्ता नराम्रा भावनाहरू जागृत भएर जान्छन् । माथिका १० अवगुण- हरूलाई देवीको मन्दिरमा लगेर अर्पण गर भन्ने हो । तर, मानिसहरूले पशुलाई नै लगेर वलि चढाउंदछन् । सुदूर पश्चिमको उदयदेव मन्दिरमा १०० राँगा र ५० वटा बोका बलि चढाउने परम्परा अझै कायम छ । टीका लगाउने समयमा आफूभन्दा ठूला मान्यजनबाट एक किसिमको श्लोक वाचन गरिन्छ जस्तै, आयु द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे । ऐश्वर्यनहुषे गतिश्च पवन मानञ्च दुर्योधने ॥ दानं सुर्यसुते वलं हलधरे सत्यञ्च कुन्तिसुते । विज्ञानं विदुरे भवन्तु भवतां र्कीतिञ्च नारायणे ॥ द्रोण पुत्र अश्वथामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो ऐश्वर्य, हनुमानको जस्तो गतिशिलता, दुर्योधनको जस्तो मान, सुर्यपुत्र कणर्को जस्तो दानवीरता, बलरामको जस्तो बल, कुन्तिपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र नारायणको जस्तो र्कीति तपाईले प्राप्त गर्न सक्नुहोस् ।
कुभावना हटाउन नै टीका लगाइएको हो । सेतो शान्ति र रातो सम्वृद्विकोे प्रतिक हो । टीका लगाउनाले आनन्दको अनुभूति हुन्छ । टीकाको दिन रातो टिका, नयाँ कपडा लगाई पिङ खेल्ने चलन छ । फूलपातिको दिनदेखि लिंगे पिङ, रोटे पिङ, जाते पिङ खेल्ने चलन छ । पुराण पनि लगाइन्छ । विश्वको हरेक कुनामा यो पर्व मनाइन्छ । जसरी नेपालमा दशै पर्व मनाइन्छ । त्यसैगरी सिक्किममा पनि दशै पर्व सम्पन्न गरिन्छ । भूटान, म्यान्मार, मेघालय, आसाम, अरुणाञ्चल प्रदेश, नागाल्याण्ड, मणिपुर, त्रिपुरा, उत्तराखण्डको देह-रादुनमा पनि यो पर्व मनाइन्छ । ती ठाउँहरूमा प्रायः नेपालीहरूको बसोबास छ । पश्चिम बंगालमा दशैलाई नवदुर्गाको रूपमा मनाइन्छ । यो नेपालीहरूको महत्वपूणर् पर्व हो । ५ दिनसम्म यो पर्व मनाइन्छ । सप्तमी अष्टमी र नवमी भव्यरूपले मनाइन्छ । दशमीको दिन पुरूषहरू एक अर्कामा आलिंगन गर्दछन्, जसलाई कोलाकुली भनिन्छ । महिलाले देवीलाई सिन्दुर अर्पण गर्दछन् ।
तामिलनाडु, आन्ध्र प्रदेश, कर्नाटकमा ९ दिनसम्म लक्ष्मी, सरस्वती र दुर्गाको पुजा गरिन्छ । नव-रात्रको पहिलो ३ दिन, सरस्वतीको अन्तिम दिन दुर्गा देवीबाट शतिmका लागि अराधना गरिन्छ । लंकापति रावणलाई दशानन् भनिन्छ । दशैमा विवाह, गृह प्रवेश कार्य गरिन्छ । विराट राजाको दरवारमा अर्जुनले नोकरी गरेका थिए । दशै पर्व लामो समयसम्म मनाउंदा आर्थिक अवस्था कमजोर भएकाहरूका लागि आयो दशै ढोल बजाई गयो दशै ऋण बोकाई भन्ने नेपाली कहावत छ । जुन सत्य सावित भएको छ । सबैको समान आर्थिक ह्रैसियत हुँदैन । बाध्य भएर आर्थिक कमजोर हुनेहरूले पनि छिमेकीको देखासिकी गरि ऋण काढेर यो पर्व मनाउने हुनाले बाहुन बिग्रियो मोजले, नेवार बिग्रियो भोजले, भोटे लड्छ चोक्टामा, बाहुन लड्छ फोक्टामा, नेवारको लेखाई भोटेको काल जस्ता भनाईहरु सनिन्छ । पूर्वतिर भन्ने हो भने कैयाको एलेखाई राई लिम्वुको काल भन्ने उखान प्रचलित छ ।
नेवार र मारवाडीहरू पहिलेदेखि व्यापार गरि आएका छन् । जहां व्यापार त्यहां धनको अपार । सोझो औलाले हपे बाट घिऊ आउंदैन । घिऊ निकाल्न औला बांगो नै बनाउनु पर्दछ । हाम्रो देश नेपालमा पहिलेदेखि नै बाहुन क्षेत्रीहरू चंख जाति हुन् । उनीहरूले सोझो जातिबाट फाइदाहरू लिईरहेका छन् । यसोभन्दा कतिपयलाई मन नपर्न सक्दछ । रू. १००/- सापट लिंदा व्याज तिर्न सकेको हुँदैन । १०० मा सुन्न थपिदीऊ भन्दा साधारण मानिसलाई स्थानीय मान तालिका अनुसार १०० मा सुन्न थप्दा रू. १०००/- हुन जान्छ भन्ने कुरा । त्यसकारण गरिवहरूको उठीवास लाग्नमा धेरै कारणहरू छन् । मेचिदेखि महाकालीसम्मा छरिएर रहेका नेपाली दाजु भाई, दिदी, बहिनी, आमा तथा बुवाहरूमा गच्छे अनुसारको खर्च गरि महान चाड दशै पर्व मनाउन बिनम्र अनुरोध गर्दछु ।
विश्वमा अहिले भौतिकवादी धारणाले गर्दा नै हत्या, हिंसा नोक्सानीको बाटोतर्फ समाज अगाडि बढिरहेको छ । नेपालको गढीमाई मन्दिरमा ५ वर्षपछि मेला लाग्दछ । त्यस अवसरमा १० औ हजार सोझा निमुखा जनावरको वलि दिने काम हुन्छ । महाअष्टमीका दिनमा तलेजु मन्दिरमा ७४ राँगा, ७४ बोकाको बलि दिइन्छ । सुदूर पश्चिमको निङ्गलाशैनी मन्दिरमा १३०० वटाराँगा तथा ४०० वोकाको वलि दिने संस्कार जुन छ, सुदूर पश्चिमको नै उदयदेव मन्दिरमा १०० वटा रा“गा र ५० वटा बोकाको वलि दिने जुन संस्कारको विकास भएको छ । यसले नेपाल अहिले पनि ढुंगे युगमा नै रहेको बोध हुन्छ । अब हामीले पशुवलि रोक्नपट्टि लाग्नु पर्दछ । सरकारले कानून बनाएर नै रोक्नु पर्दछ । कानून बनेपछि सबै जना डराउंछन् । मिति २०८१ आश्विन १२-१३ गते भएको अविरल वर्षाका कारणले गर्दा नेपालमा जे-जति नोक्सान भएको छ ।
त्यसको लेखा जोखा नै गर्न सकिंदैन । यस्तो घडिमा सबैले धैर्यधारण गरि एक आपसमा सहयोगको भावना जगाउनु पर्दछ । जतिसुकै सम्पति भए पनि एक दिन खाली हात लिएर नै जाने हो । प्रत्येक वर्ष हामीले दशै पर्व मनाएकै छौ । यस वर्ष नमनाउंदा के नै फरक पर्दछ र ? मौसम्विदहरूले अझै पानी पर्ने सम्भावना रहेको भन्दै छन्, र सर्तक रहन आव्हान्समेत गरेका छन् । बाटोको अवस्था दयनीय अवस्थामा रहेको पाउछौं । २०८१ सालको वडा दशैको अवसरमा नव दुर्गा माताले तपाईहरूको दुःख, कष्ट हटाई एक अर्कामा रहेको कलुषित भावना हटाई सुमधुर सम्बन्धलाई कायम राख्नमा बल पुगोस् भन्ने कामना गर्दछु ।
जय दुर्गा माता ।
जय दुर्गा माता ।
जय दुर्गा माता ॥