Homeबिचारसंस्मरण संगालो

संस्मरण संगालो

चेतप्रसाद पौडेल (सैपुले साहिंलो) \नेपाल विश्वमा एउटा स्वतन्त्र राष्ट्रका रुपमा चिनिन्छ । यो राष्ट्रको उदय भएदेखि कसैको अधिनमा रहेन । त्यसैले भनिन्छ यो राष्ट्रमा बसोबास गर्ने सम्पूणर् अत्यन्त भाग्यमानी र गौर-वशाली पनि छौं । प्रकृति र मन्दिर दुबैको मिलन भएको हुनाले विदेशीहरुले पवित्र तीर्थस्थलको संज्ञा दिएको पाइन्छ । यस अर्थमा हामीहरु समस्त नेपाली गर्वको अनुभूति गर्दछौं । नेपालीहरु शौभाग्यशाली पनि छौं । श्रीलंकाका पूर्वराष्ट्रपति नेपाल आउंदा नेपालको लुम्बिनी पवित्र तीर्थस्थल हो, लुम्विनीले महामानव बुद्धको जन्म दिएको छ, बुद्धको दर्शनार्थ लुम्विनीमा पाइला राख्न पाउनु स्वर्गमा पुगेको अनुभव गर्दछु । उहाँका यी अत्यन्त उच्चकोटीका उद्गार शब्दले नेपाल राष्ट्र र नेपालीसमेतको उचाइ बढेको छ ।

उत्तरतर्फको छिमेकी राष्ट्र हो चाइना । दक्षिणतर्फको छिमेकी राष्ट्र हो भारत । यी दुबै राष्ट्रसंग नेपाल सुमधुर सम्बन्ध कायम गरेर विकासलाई निकास दिन चाहन्छ । भूगोल र जनसंख्या दुईटै राष्ट्रमा बढी र ठूला छन् । राष्ट्रिय हैसियत एवम सम्प्रभूत्वको दृष्टिमा समान छौं । नेपाल यी दुबै राष्ट्रसहित विश्वका सम्पूणर् राष्ट्रहरुसंग बसुधैव कुटुम्वकम्को सिद्धान्त अपनाउंदै युगको सापेक्ष विज्ञान प्रविधितर्फ लम्कदै अगाडि बढेको छ । १०४ वर्षे राणाशासनको अन्त्य भएर क्रमशः विभिन्न कालखण्ड पार गरेर बहुदलीय ब्यवस्था लोकतन्त्र र गणतान्त्रिक शासकीय प्रणाली सम्ममा आइपुग्दा २००७, २०१७, २०४७ र २०७२ सम्म आईपुग्दा संवैधानिक गतिविधिमा सारथी (शासक) सम्माननीय प्रधानमन्त्रीज्यू को-को रहनुभयो ? कसरी राष्ट्रको बागडोर सम्हाल्नु भयो त्यसको फेहरिस्त स्मृतिका पानामा क्रमशः पल्टाउने जमर्को गरेको छु ।
मोहनशमशेर जबरा-२००५ देखि २००८/०७ सम्म ।

मातृकाप्रसाद कोइराला-२००८/०८ देखि २००९/०४ सम्म ।
राजा श्री ५ त्रिभुवन- २००९/०९/५ देखि ३०५ दिन प्रत्यक्ष शासन ।
सूर्यबहादुर थापा- २०११/१२/२९ देखि २०१२/०१/०१ सम्म ।
टंकप्रसाद आचार्य-२०१२/१०/१३ देखि २०१४/०४/११ सम्म ।
राजा श्री ५ महेन्द्र-२०१२/०१/०१/देखि २०१२/१०/१३ सम्म ।
डा. के.आइ.सिं-२०१४/०४/११ देखि २०१५/०२/०२ सम्म ।
सूवणर् शमशेर ज.व.रा-२०१५/०२/०२/देखि २०१६/०२/१३ सम्म ।
वी.पी कोईराला-२०१६/०२/१३ देखि २०१७/०९/०१ सम्म ।
राजा श्री ५ महेन्द्र-२०१७/०९/१२ देखि २०१९/१२/२० सम्म ।
तुलसी गिरी-२०१९/१२/२०द देखि २०२०/०९/०८ सम्म ।
सूर्यबहादुर थापा- २०२०/०९/०८ देखि २०२०/११/०१४ सम्म ।
तुलसी गिरी- २०२०/११/१४ देखि २०२१/१०/१३ सम्म ।

सूर्यबहादुर थापा- २०२१/१०/१३ देखि २०२५/१२/२५ सम्म ।
कीर्तिनिधि विष्ट- २०२५/१२/२५ देखि २०२६/१२/३१ सम्म ।
गेहेन्द्रराज भण्डारी- २०२६/१२/३१ देखि २०२८/०१/०१ सम्म ।
कीर्तिनिधि विष्ट- २०२८/०१/०१ देखि २०३०/०४/०१ सम्म ।
नगेन्द्रप्रसाद रिजाल- २०३०/०४/०१ देखि २०३२/०८/१५ सम्म ।
तुलसी गिरी-२०३२/०८/१५ देखि २०३४/ ०५/२७ सम्म ।
कीर्तिनिधि विष्ट- २०३४/०५/२७ देखि २०३६/०२/१६ सम्म ।
सूर्यबहादुर थापा- २०३६/०२/१६ देखि २०४०/०३/२९ सम्म ।
लोकेन्द्रबहादुर चन्द- २०४०/०३/२९ देखि २०४२/१२/०७ सम्म ।
नगेन्द्रप्रसाद रिजाल- २०४२/१२/०८ देखि २०४३/०३/०२ सम्म ।
मरिचमान सिं श्रेष्ठ- २०४३/०३/०२ देखि २०४६/१२/२४ सम्म ।
लोकेन्द्रबहादुर चन्द- २०४६/१२/२४ देखि २०४७/०१/०६ सम्म ।
कृष्णप्रसाद भट्टराई- २०४७/०१/०६ देखि २०४८/०२/१२ सम्म ।

गिरीजाप्रसाद कोईराला- २०४८/०२/१२ देखि २०५१/०८/१४ सम्म ।
मनमोहन अधिकारी- २०५१/०८/१४ देखि २०५२/०५/२७ सम्म ।
शेरबहादुर देउवा-२०५२/०५/२७ देखि २०५३/११/२९ सम्म ।
लोकेन्द्रबहादुर चन्द- २०५३/११/२९ देखि २०५४/०६/२१ सम्म ।
सूर्यबहादुर थापा- २०५४/०६/२१ देखि २०५५/०१/०२ सम्म ।
गिरीजाप्रसाद कोईराला- २०५५/०१/०२-२०५६/०२/१७ सम्म ।
कृष्णप्रसाद भट्टराई- २०५६/०२/१७ देखि २०५६/१२/०९ सम्म ।
गिरीजाप्रसाद कोईराला- २०५६/१२/०९ देखि २०५८-०४-११ सम्म ।
शेरबहादुर देउवा- २०५८/०४/११ देखि २०५९/०६/१८ सम्म ।
राजा श्री ५ ज्ञानेन्द्र शाह- २०५९/०६/१८ देखि २०५९/०६/२५ सम्म ।
लोकेन्द्रबहादुर चन्द- २०५९/०६/२५ देखि २०६०/०२/२२ सम्म ।
सूर्यबहादुर थापा-२०६०/०२/२२ देखि २०६१/ ०२/२१ सम्म ।
शेरबहादुर देउवा- २०६१/०२/२१ देखि २०६१/१०/१९ सम्म ।
राजा श्री ५ ज्ञानेन्द्र शाह- २०६१/१०/१९ देखि २०६३/०१/१२ सम्म ।
गिरीजाप्रसाद कोईराला-२०६३/०१/१२ देखि २०६५/०२/१४ सम्म ।

गिरीजाप्रसाद कोईराला- २०६५/०२/१५ देखि २०६५/०५/०२ सम्म ।
पुष्पकमल दाहाल-२०६५/०५/०२ देखि २०६६ /०२/११ सम्म ।
माधवकुमार नेपालः २०६६/०२/११ देखि २०६७/१०/२३ सम्म ।
झलनाथ खनाल- २०६७/१०/२३ देखि २०६८/०५/१२ सम्म ।
डा.बावुराम भट्टराई-२०६८/०५/१२ देखि २०६९/१२/०१ सम्म ।
खिलराज रेग्मी-२०६९/१२/०१ देखि २०७०/ १०/२८ सम्म ।
सुशिल कोईराला-२०७०/१०/२८ देखि २०७२ /०६/२५ सम्म ।

खड्गप्रसाद ओली- २०७२/०६/२५ देखि २०७३/०४/२० सम्म । पुष्पकमल दाहाल- २०७३/०४/२० देखि २०७४/०२/२० सम्म । शेरबहादुर देउवा- २०७४/०२/२१ देखि २०७४/११/०३ सम्म । खड्गप्रसाद ओली- २०७४/११/०३ देखि २०७८/०१/२९ सम्म । खडगप्रसाद ओली- २०७८/०१/३० देखि २०७८/०३/३१ सम्म । शेरबहादुर देउवा- २०७८/०३/३२ देखि २०७९/१०/२९ सम्म । पुष्पकमल दाहाल- २०७९/०९/१० देखि २०८१/०३/३० सम्म । खडगप्रसाद ओली- २०८१/०३/३० देखि निरन्तर ।

मित्रराष्ट्र भारतका प्रशिद्ध नायकले भन्नु भएको थियो, प्रकृतिको अनुपम दृष्य नेपाल जसले हेरेन उसले जन्मेको रहेनछु भनेर महशुस गर्नेछ । तमाम मानिसको मनको प्रकृतिले जितेको छ । यस्तो भाग्याशाली राष्ट्रको प्रधानमन्त्री बन्न पाउनु उहाँहरुको सौभाग्य नै मान्नु पर्दछ । तमाम जनताको हृदय छुने खालका अत्यन्त उच्च कोटीका कार्यक्रमहरु ल्याएर राष्ट्रको सुकृति बढाउनु उहा“हरुको सुनाम कालजयी भइरहनेछ ।

म शिक्षण पेशामा २०३४ सालमा प्रवेश गर्दै २०३७ सालमा स्थायी र २०३८ सालमा सेवाबाट बञ्चित भएको थिए । बहुदलीय ब्यवस्थाको उदयपश्चात २०४९ सालमा पुनःबहाली भएर हेटौडा ७ स्थित श्रीनवज्योति प्रा.वि.मा कार्यरत भएँ । विद्यालयको स्तर नि.मा.वि.हुँदै मा.वि.मा बृद्धि भो । २०५२ सालमा प्रँ.वि. द्वितीय श्रेणीमा स्तरोन्नति र २०६२ मा प्रा.शि. प्रथम श्रेणीमा बढुवा भएर कक्षा १० सम्मको नेपाली विषय पढाउने सूवणर् मौका मिलेकोमा म हर्षित थिएँ । जुन, जुन कक्षामा पढाएँ एस.एल.सी. सम्मको समस्त विद्यार्थी उत्तीणर् उत्कृष्ट अंक ल्याएको हुनाले वि.व्य.स.ले नगद सहित प्रमाणपत्र दिनु भएको हुनाले म हर्षित नै भएँ । दुःखचैँ लाग्यो २०६९ सालको शै.स.शुरुमै सरुवाको क्रममा प्र.अ. एवम् वि.व्य.स.परिवारले सरुवा भएर जाने जोसुकैलाई हार्दिक स्वागत भन्ने जस्ता शब्दले मर्माहत तुल्यायो ।

जेजे आइपर्छ समस्या समक्ष लड्नु मानव कर्तब्य सम्झेर हिम्मत साथ कम्मर कसेँ । सरुवा रमाना पत्र बुझी लिएँ । हाँडीखोलास्थित श्री पशुपतिनाथ मा.वि. मसिनेमा सरुवा भइ गएँ । शिक्षक परिवार वि.व्य.स.परिवार तमाम विद्यार्थी बाट भब्य स्वागत पाएँ । त्यो क्षण स्मृतिका पानामा ढुंगामा कुँदेर सुनौला अक्षरका रुपमा सजाइ राख्नेछु । बर्षायाममा राप्ती नदी सप्तकोशीसरह हुँदोहरेछ हातेमालो गरेर टायर ट्युवको मद्दतले नदी तरेर आवतजावत् गरिन्थ्यो ।

पछि २०७२-०७३ आ.व.मा. राप्ती नदीमा झोलुंगे पुलको प्रबन्धले सहज बनायो त्यो यात्रा । विद्यालय नजिक रहेका ठाडो खहरे उर्लेर आउंदा एकदिन विद्यालय नजिक बास बसेर रात कटाइयो । बाँकी रहेका अन्य दिन रहर उत्साह उमंग हौसला आदिमा समय ब्यतित हुँदै थियो । विधिको विधान २०७४ बैशाख २० गते निवृत जीवन ब्यतित गर्नका निमित्त जिल्ला शिक्षा कार्यालय मकवानपुरको प्रस्तुत पत्र प्राप्त भयो । निवृत जीवन अक्षर साथीका रुपमा लिएर खुसीले बिताउने अपेक्षा लिएको छु ।
“अस्तु”

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here