राजुराम राउत \संसारले विभिन्न प्रकारका प्राकृतिक बिपदहरु भुगोल, मौसम र प्रकृतिका आधारमा दिनानुदिन बिपद् भोगिरहनु परेको छ । भूकम्प, बाढी, आगलागी, सरुवा रोगको महामारी र अन्य प्राकृतिक र मानव निर्मित विपद्हरूले हरेक वर्ष हजारौं मानिसको जिवन र सम्पत्तिमा क्षति पुर्याएको छ । यस्तो अवस्थामा, आपत्कालीन उद्धार कार्य एक महत्वपूणर् प्रक्रिया हो, जसले प्रभावित व्यक्तिहरूको जीवन र स्वास्थ्यको रक्षा गर्न मद्दत गर्दछ । यद्यपि, आपत्कालीन उद्धारको प्रक्रिया व्यवस्थित र सोचेअनुसार हुनु आवश्यक छ ।
हाल संसारमै अत्यन्त चलिआएको आपत्कालीन उद्धारको सैद्धान्तिक विषयमा केही छलफल उठान गर्न खोजिएको छ, जुन स्थानीय निकायलाई सहयोगी हुन सक्दछ । नेपाल जस्तो बिकट भौगोलिक अबस्थाको मुलुक र अर्थ ब्यवस्थामा केन्द्रीय सरकारको सहयोगी भुमिकालाई हालसम्मकै क्रियाकलापको आधारले मुल्याङ्कन गर्ने हो भने त्यो नगन्न्य हुन आउँछ । यस्तो अवस्थामा स्थानीय निकायले आफ्ना पालिका बासीलाई पर्नसक्ने असुबिधा तुरुन्त समाधान गरि आपत्कालीन उद्धारमा आफ्ना जनशक्तिलाई तयार गरिराख्दा बिपद् ब्यवस्थापन प्रभाकारी हुने देखिन्छ ।
आपत्कालीन उद्धार भन्नाले ती कार्यहरूलाई जनाउंछ, जुन आपत्कालीन स्थितिमा प्रभावित व्यक्तिहरूको जिवन, स्वास्थ्य, र सम्पत्ति बचाउन र पुनःस्र्थापन गर्न गरिन्छ । यसमा तत्काल चिकित्सा सहायता, खाना र पानीको वितरण, शरणस्थलको व्यवस्था र अन्य आवश्यक सेवाहरू समावेश हुन्छन् जुन यस प्रकारका छन् । १. अल्पकालीन र दीर्घकालीन : स्थानीय निकायले आफ्ना साधन श्रोत र बलबुताले भ्याएसम्म घटनाहरु हुने बित्तिकै गरिनु लाई अल्कालिन हो भने तत्पश्चात् साधन श्रोत सम्पन्न संघीय सरकारलाई दीर्घकालिन ब्यबस्थापनको लागि सुपुर्दगी गर्न सकिन्छ ।
२. आपत्कालीन उद्धारका चरणहरू :
२.१. तयारी : आपत्कालीन उद्धारको प्रक्रियाः घटना हुनु पुर्बतयारी सुरु गरि निम्न कामहरु गर्न सकिन्छ ।
सर्वसाधारणलाई सचेत गर्नुः आपत्कालीन अवस्थामा के गरिने हो भन्ने बारेमा जनतालाई जानकारी दिनु महत्वपूणर् हुन्छ । स्थानीय प्रशासन, विद्यालय र समुदायका अन्य सरोकारवाला संघ /संस्थाहरूले महत्वपूणर् भूमिका खेल्न सक्नेछन् । २.१.१ आपत्कालीन योजना बनाउनु : प्रत्येक परिवार र समुदायले आपत्कालीन योजनाहरू बनाई आ-आफ्नो वडा कार्यालयमा पेश गर्न सकिन्छ । जहाँ, सुरक्षित स्थानको पहिचान, सम्पर्क नम्बरहरू, र प्राथमिक उपचारका सामाग्रीको सूची समावेश हुनुपर्छ ।
२.१.२ प्रशिक्षण : स्थानीय पालिकाले उद्धार कार्यमा संलग्न गराउन सकिने व्यक्तिलाई बिषयगत जानकारमार्फत् प्राथमिक चिकित्सा, खोज, उद्धार र सञ्चारमा प्रशिक्षण गरिनुपर्छ । २.२. स्थानीयबासीलाई सुसुचित गर्नु ; आपत्- कालीन स्थितिमा आमपालिकाबासीलाई तत्काल सूचना प्रवाह गरिनु आवश्यक छ । यसमा निम्न लिखित कार्यहरू समावेश गर्न सकिन्छ । २.२.१ स्थिति मूल्याङ्कन : पहिलो चरणमा, स्थानीय निकाय, सुरक्षा निकाय र उद्धार टोलीले घटनाको गम्भीरता र प्रभावित क्षेत्रको मूल्याङ्कन गरिरहनु पर्दछ ।
२.२.२ उद्धार टोलीको गठन : प्रभावकारी उद्धार कार्यका लागि व्यक्तिगत र सामूहिक दृष्टिकोण अपनाउनु महत्वपूणर् छ, साथै उद्धार टोलिमा स्थानीय जानकार ब्यक्तिसहितको बिशेषज्ञहरू सम्मिलित स्थायी र अस्थायी दुवै संरचना निर्माण गर्दा थप प्रभावकारिता ल्याउन सकिन्छ । २.२.३ स्रोतहरूको व्यवस्थापनः खाना, पानी, प्राथमिक उपचारका सामग्री र आश्रय प्रदान गर्ने सामग्रीलगायत अत्यावश्यक सामग्री र स्रोतहरू अनिवार्य समावेस गरिनु पर्दछ । २.३. उद्धार: अपरिहार्य उद्धार कार्यको क्रममा निम्नलिखित कुराहरूमा ध्यान दिनु पर्दछ ।
२.३.१ चिकित्सा सहायता ः प्रभावित व्यक्तिलाई प्राथमिक चिकित्सा र अन्य चिकित्सा सेवाहरू प्रदान गर्नुपर्दछ । घाइतेहरूको उपचार गर्न र आवश्यक परेमा अस्पतालमा पठाउनु पर्दछ । २.३.२ खाना र पानीको प्रबन्ध ः सकेसम्म स्थानीय उत्पादनको प्रयोगसहितको प्रभावित क्षेत्रका मानिसलाई खाना र पानीको उचित ब्यबस्थापन वा वितरण गरिनु पर्दछ । २.३.३ सुरक्षित स्थानमा सार्नु : प्रभावित व्यक्तिलाई सुरक्षित स्थानहरूमा सार्नुहोस् । मिलेजति सुरक्षित विद्यालय, सामुदायिक केन्द्र र अन्य सुरक्षित स्थानहरूमा समावेश गरिंदा समूहमा सहयोग पुर्याउन सहज हुनेछ ।
२.४. पुनःस्थापना : उद्धार कार्यपछि पुनःस्र्थापना प्रक्रिया आरम्भ गरि निम्नलिखित कार्यहरू गर्नुपर्छ ।
२.४.१ मनोबैज्ञानिक परामर्श : प्रभावित व्यक्तिसंग मनोवैज्ञानिक परामर्श गर्दा तिनीहरूको मानसिक स्वास्थ्यमा प्रभावकारी कदम रहनेछ । २.४.२ पुनःनिर्माणः प्रभावित क्षेत्रको पुनः निर्माणमा ध्यान दिई आवास, विद्यालय र स्वास्थ्य केन्द्रहरूको पुनर्निर्माण समावेश गरिनु पर्दछ । २.४.३ धार्मिक र सांस्कृतिक गतिविधिहरू ः प्रभावित व्यक्तिलाई पुनःस्थापना गर्दा हुनसक्ने मनोबैज्ञानिक असर कम गराउन र मनोबल बढाउनका लागि धार्मिक र सांस्कृतिक गतिविधिहरू आयोजना गरि सकारात्मक कुराहरुको सन्देश प्रवाह गरिनुपर्छ ।
३. प्राथमिक चिकित्सा: आपतकालीन उद्धारको क्रममा प्राथमिक चिकित्सा महत्वपूणर् हुन्छ । घाइते व्यक्तिलाई तुरुन्त प्राथमिक उपचार गरि घाईतेको अवस्था मूल्याङ्कनअनुसार आवश्यक थप उपचारका लागि डाक्टरलाई सम्पर्क गराईदा कम नोक्सानी हुन आउने हुन्छ । ४. सञ्चार र समन्वय : उद्धार कार्यको महत्वपुणर् कार्यनै प्रभावकारी सञ्चार र समन्वय हो । यसमा निम्नलिखित कुराहरू समावेश गर्न सकिनेछ । ४.१ स्थानीय प्रशासनसंग समन्वय गर्नु : स्थानीय प्रशासन र सुरक्षा निकायसंग समन्वय गरेर उद्धार कार्यलाई प्रभावकारी बनाउन महत्वपूणर् हुन्छ ।
४.२ सञ्चार उपकरणको प्रयोग ः उद्धार कार्यमा सञ्चार उपकरणहरूको प्रयोग गरेर सूचना प्रवाहलाई सुनिश्चित
गर्नुहोस् । मोबाइल, रेडियो र अन्य प्रभावकारी सञ्चारका उपकरणहरूले यसमा बिषेश मद्दत पुर्याउन सक्नेछन् ।
४.३ सामुदायिक संलग्नता ः समुदायका सदस्यहरूलाई उद्धार कार्यमा संलग्न गराउनु महत्वपूणर् हुन्छ । यसले स्थानीय स्रोतहरूको उपयोग गर्दै जनसमुदायलाई सशक्त बनाउन मद्दत गर्दछ ।
उद्धार कार्यमा स्थानीय निकायले समन्वयकारी भुमिका निर्बाहका साथ छिटोछरितो प्रभावित समुदायका, व्यक्तिहरूको जीवन र स्वास्थ्यलाई सुरक्षा प्रदान गर्न महत्वपूणर् भूमिका खेल्नु पर्दछ । उक्त स्थानीय उद्धार टोलिले तयारी, प्रतिक्रिया, उद्धार र पुनःस्थापनाका चरणहरूमा ध्यान दिनु आवश्यक छ । प्रत्येक व्यक्तिले आपत्कालीन उद्धारका प्रक्रिया र प्राथमिक चिकित्सा उपायहरूमा जानकारी राख्न महत्वपूणर्छ । एकजुट भएर हामीले आपत्कालीन उद्धारको प्रक्रियालाई प्रभावकारी बनाउन सक्छौं र मानवता र समुदायको लागि योगदान पुर्याउन सक्छौं ।
(लेखकः सहभागितमुलक ईमर्जेन्सी रिह्याबलिटेशन टिओटिका प्रशिक्षकसमेत हुन् ।)