केदारप्रसाद न्यौपाने
प्राचिनकालमा राज्य (राजा) वा राजाद्वारा शासित प्रदेशहरुमा सुरक्षाको लागि किल्ला,गढी, निर्माण गरिएको हुन्थ्यो । दुर्ग आड सम्बन्धित चर्चा गरिएको अर्थशास्त्रको प्रकरण १९ अध्याय ३ हेर्दा चतुर्देसजन पदान्ते सापरायिक दैवकृत दर्ग कारयेत भनेर सबै राजाहरु र प्रशासकहरु आफ्नो सुरक्षाको दुर्गा किल्ला र गढी अनिवार्य नै निर्माण गर्ने गरिएको भनिएको छ । किल्लासम्बन्धि विस्तृत विवरण शुक्रनीतिमा पनि उल्लेख गरिएको छ । किल्लालाई मजबुत बनाउन काँडा, खाई, चट्टान र मरुभूमिबाट पनि सम्भव थियो । चारैतर्फ किल्लालाई मजबुत बनाउन चारैतर्फ खाई खनिएको हुन्थ्यो भनी शुक्रनीतिमा उल्लेख पाईन्छ । किल्ला निर्माण गर्न चारैतर्फ ढुंङगा इट्टा, माटो, चुन, सुर्कीबाट पर्खाल घेरिएको हुन्थ्यो ।
दुर्ग जल दुर्ग भन्नाले पानीले घेरिएको हुन्थ्यो । गिरि दुर्ग भन्नाले सबै पहाडले घेरिएको हुन्थ्यो । मध्यकालमा पनि स्वयम्भु, गोकणर्, साँखु, चाँगु, वन दुर्ग कै रुपमा थियो । खसराजा जितारी मल्लको फौजले काठमाण्डौ उपत्यका वि.सं. १३५० मा पाटनमा एक महिलासँग चारैतर्फ घेरेर बस्दा पनि पाटनको चारैतर्फ मजबुत किल्ला हुँदा फुटाउन सकेनन् भन्ने गोपाल राजबंशावलीमा उल्लेख छ । काठमाण्डौ उपत्यकाको तीनै शहर बलियो किल्ला बन्दी थियो । जगज्जय मल्लको ताम्रपत्र वि.सं. ८४९ मा र जयप्रकाश मल्लको ताम्रपत्र ने.संंं. ८७२ वि.सं. १८०९ मा पनि गोकणर्गढ चाँगुगड बालाजुगढ स्वयम्भुगढ र बज्रयोगिनीमा पनि गढ किल्ला निर्माण थिए । यो जंगलबाट एक टुक्रा पनि दाउरा काठ चोरी लिन हुँदैन भन्नेछ ।
पृथ्वीनारायण शाहले पनि किल्ला निर्माण गर्नु भनेका थिए किल्लालाई पक्की बनाएर किल्ला पिच्छे तोप लामो गरी राखी दिनु र पहाडमा जति भञ्ज्याङ छन्, भञ्ज्याङ पिच्छे एक/एक फलामको ढोका बनाएर राखिदिनु भन्ने दिव्यो प्रदेशमा उल्लेख छ । जंगबहादुरको समयमा नेपाल भोट युद्धताकाको एउटा पत्रमा किल्लाभित्र शत्रु छ । त्यो शत्रुले हानेको आफु सेनाहरुलाई लाग्छ । आफुले हानेको शत्रु पक्षलाई लाग्दैन भने के गर्ने ? सिपाही किल्ला भित्र नलड्नु कथम कदाचित किल्ला फुट्यो, गोला बारुद हान्यो भने उसको किल्ला मुनी पारेर आफ्नो तोप उच्च स्थानको भञ्ज्याङ्गमा चढाई किल्लाभित्र गोला पश्न्या गरेर हान्नेका म गर्नु प्रतिरक्षाको दृष्टिकोणबाट किल्ला आडगढी दरवारहरु निर्माण गरेर देवी/देवता पनि किल्लाभित्र स्थापना गर्न गरेको रहेछ । कुनै देवी/देवताहरुलाई मन्दिर निर्माण गर्ने गरेको थियो ।
त्यसमा कालिका मालिका भैरव पश्चिमतर्फ प्रमुख थिए भनेमध्ये भागमा त्रिपुरा सुन्दरी महाङ्काल राजदेवी महादेव भीमसेन आदि थिए । त्यस्तै दोलखामा त्रिपुरा सुन्दरी एक हो । दोलखा बजारको उत्तर पूर्वमा र कालिञ्चोकको काली बालकुमारी र त्रिपुरासुन्दरी ३. दिदी/बहिनी भएको पाईन्छ । बालकुमारी र त्रिपुरा सुन्दरी उत्पत्तिका विषयमा यस्तो कथन छ । यहा सिन्धु र बन्धु आचार्य तान्त्रिक विधामा निपुण भएका दाजु/भाई थिए । तामाकोशीमा स्थान गर्न जांदा दुई राम्री बालिका देखे । यी बालिका त्रिपुरा र बालकुमारीको रहेछन् भनी तन्त्र विधाद्वारा बुझ्न खोजे र दोलखा मा ल्याएर राखे । बालकुमारीलाई बन्धनमा पारे । यो इतिहास १४ औं शताब्दीको भनिन्छ ।
तत्काल त्रिपुरा सुन्दरीलाई स्थापना गरेको हुन सक्छ । त्यो मन्दिरका साम्रगीहरु मध्यकालका जस्ता छन् । मन्दिरको गर्भ गृहमा बेताल कोठा छ । पहिलो तल्लामा त्रिपुरा सुन्दरी स्थापना गरिएको छ । यो मूर्तिलाई पुजारीबाहेक अरुले हेर्न हुँदैन भनिन्छ । प्रतीक कलश मात्र छ । यहाँ बलि दिंदा बोका मात्र दिइन्छ । अरुबलि मन्दिरको बाहिर राँगा दिइन्छ । पुजारीको स्वर्गारोहण हुँदा तन्त्र विधामा चाख राख्नेमध्येबाट गोला प्रथा द्वारा नयाँ पुजारी नियुक्ति गरिन्छ । यहाँको गुठियार आचाजुहरु छन् । विशेष पुजाका सामाग्रीहरु पालैपालो जुटाउंछन् । उनलाई भक्तको मनकामना पुश गर्ने देवी मानिन्छ । पुजारी भएपछि जुठो सुतक बार्न पर्दैन भन्ने मान्यता छ । यो मन्दिरभित्र पार्ने गरिव १४ औं शताब्दीमा किल्ला निर्माण गरेको हुन सक्छ ।
त्यस्तै दोलखा बजार मै राज कुलेश्वर नामको कोटक्षे टोलका एक घर छ । दोलखा स्वतन्त्र राज्य हुँदा राजाको कुल देवता घररहेछ । त्यसैले राजकुलेश्वर भनिन्छ । यो घरमा तलेजु भवानी, वैष्णव शाक्य बुद्धको मूर्तिहरु छन् । तत्काल राजा र प्रशासकहरुको सुरक्षाका लागि किल्ला दरवार गढी समेत थियो । त्यहाँ आश्विन शुक्ल नवरथामा जमरा राखिन्छ मान्यजन पुजारीको हातबाट टिका जमरा लगाइने चलन अद्यावदी छ । यहाँ जमरा भए पश्चात ब्यक्तिगत घर/घरमा लगाइन्छ । यहाँको साँस्कृतिक रीतिरिवाज धानिएको छ । नवरात्रमा अष्टमीमा कालरात्रि पनि गरिन्छ । विजया दशमीका दिन यहाँको जमरा भीमेश्वरलाई अर्पण गरिन्छ । भीमेश्वर र राजकुलेश्वरका गुठियाहरु एकै हुन् ।
यहि नजिक भीमेश्वर पुग्न काठमाण्डौबाट १३५ कि.मी पूर्वतर्फ पर्दछ । यहाका पुजारीका अनुसार प्रत्येक दिन भीमेश्वर तीनरुपमा हुन्छन् । एक शिवको रुपमा महादेवकै अर्को रुप भैरव र पाँच पाण्डवका माइला भीमसेन हुन्छन्, यहाँ तीनैरुपमा हनान् आराधना प्रार्थना र पुजा गर्ने गरिएको छ । यहि भीमसेन कुन्ती र द्रोपदीका शिलाका मूर्ति छन् । भीमसेनको मूर्ति कालो र चिल्लो छ । यो मूर्तिहरु खोजि गर्नेहरुले किराँतकाल कै मानिन्छ । दुर्गा पक्षमा त्रिपुरा सुन्दरी र भैरव स्थानमा पुजा गर्दा यहांको थामी जातिको एकादशीको खड्ग जात्राको भुमिका हेर्दा किराँतकालीन हो भन्ने धेरैको ठम्याई छ । तत्काल किंराती छाप किरातीहरुको राजधानी मानिन्छ । भीमेश्वरको महिमा अपरम्पार छ । हिमवत् खण्डमा उल्लेख छ । भीमेश्वरमा पञ्चवलि दिइन्छ । नित्य पुजा पाठको ब्यवस्था छ, यहाँ नुनिलो प्रसादी चढाईदैन ।
दही, रोटी, दुध घिउ, चिउरा, चिनी चाकु अर्पण गरिन्छ । महादेवलाई सम्झेर शुद्धजल दही, दुध, मह, घिउ शुद्ध पानी जलधारा गराएर रुद्री पाठ गरिन्छ । यहाँ पुजारीबाट नित्य पुजापछि अरुबाट पुजा र रुद्री गरिदैन । अनौठो भविष्य सूचकको रुपमा पनि भीमेश्वलाई लिईने गरिन्छ । देशमा कुनै राजनीतिक उथल,पुथल वा प्राकृतिक प्रकोप हुने समयमा भीमेश्वर को मूर्तिमा पसिना आउने गर्दछ । पसिना आउंदा कपासले पुजिन्छ र तत्काल राजदवार पठाइन्थ्यो । गणतन्त्र प्राप्तपछि प्रमुख जिल्ला अधिकारीमार्फत् राष्ट्रपतिलाई पठाइन्छ र क्षमा पुजा गरिन्छ । सातौ शताब्दीबाट दोलखा हुँदै हिमाली क्षेत्र पार गरी तिब्वततिर दक्षिण रामेछाप-सिन्धुलीतामा कोशी किनार हुँदै उत्तर भारतसंग ब्यापार गर्ने सम्र्पक दोलखा नै थियो । काठमाण्डौ उपत्यकाको व्यापार गर्ने मार्ग पनि दोलखाबाट नै हुने गरेको थियो, दोलखा जिल्लाको क्षेत्रफल २१९१ वर्ग कि.मिटर जिल्लाको सदरमुकाम चरिकोटमा छ ।
यो जिल्ला हिमाली जिल्ला लेक, बेँसी, पाखा, टार, र भिराल भुभाग छ । यहाँ प्राकृतिक वनस्पतिहरु प्रशस्तै छन् । यो जिल्ला खनिज पदार्थ तामा, फलाम र नुन आदि को खानीहरु छ । पशुपालन साना उद्योग कुटीर उद्योगहरु छन् । यहाँ गलैचा, राडी, मान्द्रो, डोका, थुन्से डाला, नाम्ला, दाम्ला नेपाली कागज चमर छाला उन खुर्सानी आदि उत्पादन गरिन्छ ।
कालिञ्चोक भाई प्रख्यात देवी हुन सदरमुकाम चरिकोटबाट उत्तरतर्फ करिव १० कि.मी एक कुण्ड छ । लबाई ६९ मिटर र चौडाई करिव २५ को पाइन्छ । यो कुण्डमा श्रीगणेश शिव र सरस्वतीका मूर्तिहरु छन । यहाँ घण्टहरु त्रिशुलहरु प्रसस्तै पाईन्छ । यो कुण्डमा वलि चढाइदै कालिन्चोक देवी भनि कुण्डबाहिर वलि पनि दिने गरेको छ । यो कुण्डमा बाहै महिना पानी हुन्छ । यहि कुण्डबाट वगेको पानीले उत्तर तामाकोशी पूर्व इन्द्रावती पश्चिम सुनकोशी दक्षिण चरणा वती नदीहरुको उत्पति स्थान हो उत्तर बाहिनी नदी भनी हिन्दु तथा बौद्ध माणीहरु स्थान गर्दछन ।
यहाँ श्रावण शूक्ल पूणर्िमा कार्तिक पूणर्िमा मा विशेष मेला लाग्दछ । प्राचीन कालमा यहाँका बासिन्दाहरुलाई राक्षसहरुले आक्रमण गरि सताएकोमा यहि कुण्डबाट उत्पति भएकी देवीले राक्षसहरुको दमन गरि मानिसहरुलाई बचाएकी थिईन भन्ने मान्यता छ । मंसिर महिनाको बाला चतुर्दशीमा भगवतीको विशेष पुजा गर्दै मेला लाग्ने गरेको छ ।
देवीको महिना अदभूत र रोचक कथा छ । महिषासुर दानवले देवताहरुलाई सताइ रहेकोले प्रथना विष्णु महाश्वरको तेजले नारी रुप देवीको उत्पति भएको भन्ने पाइन्छ । देवीले शुम्भ निशुम्भ रकवीज आदि दानवहरुलाई मोहित पारेर विनाश गरेकी कालिञ्चोक भगवतीले देवताहरुलाई राज्य फिर्ता गराइन्, स्कन्द पुराणको अम्बिका खण्डमा यसस्थान र शक्तिको वणर्न गरेको पाइन्छ । यहाँ पनि देवी स्थापना गर्नु पूर्व किल्ला निर्माण गरि सुरक्षा गरिएको हुन सक्छ ।
यसका लागि उत्खनन् आवश्यक छ । कालिकेती सता हिमाञ्चल कृता श्रया भनिएको छ । रमणीय स्थान छ, पर्यटन प्रवद्र्वन र धार्मिक पर्यटन विशेषरुपकै छ । चरीकोट सदरमुकामबाट उत्तरतर्फ ४ कि.मीमा प्राचीन दोलखाको राजधानी भएको स्थान छ । भीमेश्वर कलियुग लाग्नु पूर्व नै स्थापना भएको मानिन्छ । ने.सं ६६८ को पशुपतिको सन्धि भयो, त्यो सन्धिले गर्दा ललितपुर दोलखा आदी प्रदेश मल्ल राजाको अधिनबाट मूक्त भएर स्वतन्त्र राज्य भयो ।
१. श्रोत अर्थशास्त्र १९-३
२. धन वज्र वज्राचार्य र कमल प्रकाश मल्ल गोपाल राज बंशावली काठमाण्डौ १८८५ पृ. ९६
३. डिल्ली राज शर्मा नेपालका किल्ला बास्तुकला पृ.२६
४. योगी नरहरिनाथ दिव्योप्रदेश कोशी गोरक्षा किल्ला २०१६
५. साफन्य अमात्य सं. प्रधान मन्त्री जङबहादुर नेपाल भोटयुद्ध को ऐतिहासिक सम्वन्ध प्राचीन नेपाल सं. १२६
६. डा. भगवान खड्का नेपाल उधोग बाणिज्य संधहरुको स्थापना पृ २५२
७. घटराज भट्टराई नेपालका धार्मिक स्थलहरु २०६१