राजुराम राउत
उमेरका विभिन्न चरणहरूमा हामीले धेरै किसिमका अनुभवहरू गर्छौं । जहाँ, हरेक अनुभवले हामीलाई केही न केही सिकाईरहेको हुन्छ । बिदेशमा हो भने हाम्रो जीवनको यात्रा हामीले नै गरिएका निणर्यहरूमा भरपर्ने गर्दछ । तर, हाम्रो जस्तो पूर्वीय सभ्यता अंगिकार गरेको मुलुकमा भने अधिकांशको जिवनको बागडोर हाम्रा अभिभावकको निणर्यमा भर पर्दछ । बालखामा बाबू, आमा, दाई, दिदी, काका, काकीलगायतले यसो गर, उसो नगर, यो खा त्यो नखाको अशंख्य दवाबले आफ्ना चाहना तुहाउनु पर्ने हुन्छ । स्कुल कलेज सकिन्छ, बिवाह हुन्छ र बालबच्चाको थप जिम्मेवारीले आफुले गर्न चाहेको पनि आफ्नै हातबाट सयौं पटक तिलाञ्जली दिँदा दिँदा कुनबेला आफ्ना ईच्छा आफ्ना सन्ततिबाट पूरा गराउन खोजिएको हुन्छ पत्तै हुँदैन् । यसै सन्दर्भमा, म भित्रको मेरो छोरो “म” चिन्ने क्रममा मैले आफ्नो जीवनका ती अनुभवहरूलाई प्रष्ट्याउन जमर्को गरेको छु ।
जसले मलाई मानसिक र भावनात्मकरूपमा आत्मा सन्तुष्टी पनि दिने जिजिबिषा राखेको छु । मेरो जीवनको बाल्यकाल वास्तवमै विशेष थियो । म एक चञ्चल र जिज्ञासु बच्चा थिएँ । मलाई साथीसँग खेल्न, नयाँ कुरा सिक्न र संसारलाई छुट्टै ढंगबाट बुझ्न मन पथ्र्थो । परिवार सामान्य र मध्ययम भएर पनि होला मेरा चाहनाहरु पनि खासै ठुलो हुन्थेनन् । बोल्न नपाउंदै चाहनाहरु घर भित्रिन्थ्यो । यो मामलामा मेरा दौतरीभन्दा म भाग्यमानी ठान्दछु । तर, चाहनाहरु शिक्षासंग सम्बन्धित मात्र पूरा हुन्थ्यो । यो चाहिँ सिक्काको अर्को पाटो जस्तै हो । मेरो आमा भन्नुहुन्थ्यो, ॅजीवनको हरेक क्षणमा रमाउने प्रयास गर, पढदा पनि खेलेरै पढ । भैहाल्यो नि पढाईमा पढाइ खेलाईमा खेलाई ।
त्यो सन्देशले मलाई यति प्रभाव पार्यो कि म संधैं सकारात्मक सोच राख्न सक्ने केटो भएँ । साथीहरूसँग खेल्दा, म संधैं नयाँ कुरा सिक्ने र चुनौतीहरू सामना गर्ने कुरामा विश्वास गर्थें । जुन मभित्रको मेरो छोरो म लाई अनुभव गर्थे । हाँसखेल, पढाइ र हल्का घुमाईमा बाल्यकाल मज्जैले सकियो । किशोर अवस्थामा पुगेपछि, धेरै प्रश्नहरू र संघर्षहरू जन्मिए । अभिभावकको सोच र ईच्छा एकाएक एसएलसी उत्तिणर्पश्चात् थाप्ला, काँध र ढाडमा बजारियो । अबको पढाइ भने आफै कमाउ र पढको सिद्धान्तमा आधारित भो । पढाईमा धेरै अब्बल नभए पनि कक्षामा दोश्रो कहिले हुन सकिन्, रोल नं छ भन्दा मास्तिर चढन पनि परेन् । म आत्मसंकटमा परेँ, तर पनि साथमा लोकसेवाको तयारी गरियो । अन्य गतिबिधिमा सारै रुचि राख्ने भएकोले लोकसेवा सजिलैसंग पाँच वटा पदमा नाम निकालेँ ।
न्याय सेवालाई चुनेर सरकारी जागिरमा हाजिर भैयो । अब जागिरको ब्यस्ततामा उच्च शिक्षालाई पनि साथसाथै हिडाईयो र सफल पनि भए“ । साथीहरू बीचको प्रतिस्पर्धा, कलेज र जागिरको दबाब, र भविष्यको चिन्ताले मलाई थकित बनायो । एकाएक बिवाह गर्न पुगियो र बच्चाको थप जिम्मेवारी काँधमा आईपर्दा मभित्रको छोरो हराउन थाले । एकपटक, मैले मेरो बनाउने सपना र इच्छाहरूलाई छोड्दै, अरूको अपेक्षाअनुसार बाँच्न थालें । तर, चाँडै महसुस गरें कि यो मेरो लागि उपयुक्त छैन ।
मैले सोचें, के म वास्तवमै मेरो जीवनलाई यसरी बाँच्न चाहन्छु ? नजानिदो पारामा मेरा सुषुप्त ईच्छा मेरो छोराबाट पूरा भएको आँखाले देख्न थाल्यो । अर्थात “मभित्रको मेरो छोरो “म” ले घर गर्न थाल्यो । किशोरा वस्थाका संघर्षहरूले मलाई मेरो भित्री छोरोलाई पहिचान गर्न मद्दत गर्र्यो । मैले आफूलाई खोज्न थालेँ । म लेख्नमा रुचि राख्न थाले । मेरो जर्नलमा मेरो भावनाहरूलाई व्यक्त गर्न थालें । हर दिनको अनुभव, गल्ती र सफलता सबै लेख्न थालें । यसले मलाई आत्मविवेक र स्वीकृतिका लागि एउटा प्लेटफर्म प्रदान गर्र्यो । तर, यो लेखाइ, मेरो मनभित्र र डायरीमा मात्र सीमित भो । मभित्रको छोरोलाई जागृत गर्दै, मैले आफ्नो यथार्थता र भावनाहरूलाई स्वीकार गर्न थालें ।
वयस्क जीवनमा कदम राख्दा म चाहिँ जिम्मेवारी र सोचले वयस्क भैसकेको थिएँ । जिम्मेवारीहरू थपिएका थिए । पढाइ, करियर, र थोरै पारिवारिक जिम्मेवारीहरूले मलाई संधैं व्यस्त राख्दथ्यो । तर, मैले मेरोभित्रको छोरोलाई हराउन दिईन् । मैले विभिन्न गतिविधिहरूमा संलग्न हुने प्रयास गरें । म स्वयंसेवामा सामेल भएँ, जसले मलाई समाजका लागि केही गर्न प्रेरित गर्र्यो । मैले थाहा पाएँ कि मेरोभित्रको छोरोलाई मात्र चाँडै सन्तुष्ट पार्नु छैन, बरु अन्यका लागि पनि केही गर्नुपर्छ र क्रमशः क्रमशः पाक्दै गएको उमेरले नआटेका मेरा चाहना मेरो छोरोबाट पूरा गराउने कुचेष्टा गर्न थाल्यो । के थाहा सन्नततिको २५ औं बसन्तको फरक सोचले नयाँ सन्ततीबाट हुनै नसक्ने मृगतृष्णालाई पूरा भएको सपना पो देख्न थाले । मभित्रको मेरो छोरो म पुनःएक पटक पराजित भएको महशुस गरें ।
लाख लगानी गरेर केही समयको अन्तरालपछि करोडमा बदलेको योजना क्षणभरमै तुहियो । असफल बैवाहिक सम्बन्धलाई सफल बनाएर हाँसी खुसी बिताएको देख्ने कल्पना दिवास्वप्नमा पुग्यो । अब भने म थकित भएँ, तर पनि मनको कुनै कन्तराबाट म भित्रको मेरो छोरो म जिबितै भएको देख्न टाडा जान नपर्ने देखेँ । आज आधा सतक कटिसकेपछि अझै म यो भन्छु कि, मभित्रको मेरो छोरो म चिन्न र बुझ्न पाउनु ठूलो उपहार हो । जीवनका चुनौतीहरू र संघर्षहरूले मेरा सपनालाई दुगुणा बृद्धि गरिदिन्छ । भोगेका अनुभवहरूलाई मूल्यांकन गर्न र जीवनलाई नयाँ दृष्टिकोणबाट हेर्न मद्दत गर्छ । मभित्रको मेरो छोरो म संधैं सक्रिय राख्न चाहन्छु । यसले मलाई मेरो सपना र आकांक्षाहरूको खोजीमा निरन्तर लागि रहेका मेरा मन, मष्तिष्क, आँखा र अबचेतन मनलाई न्यानो अंगालो प्रदान गर्दछ । जीवनको यो यात्रा एकदमै अविस्मरणीय छ, र मभित्रको मेरो छोरो “म” लाई म कहिल्यै हराउन दिन्न । संधैं उत्सुकता र जोशका साथ, म जीवनका नयाँ अध्यायहरूमा अघि बढ्दै गर्छु र मभित्रको मेरो छोरो “म” अब नातिमा देख्न थालेको छु ।
यो साईकल यो समाजमा चलिनै रहन्छ चाहे हामी जतिसुकै भावनामा हुन्न भनौ । उपरोक्त भावना हामी सबैले जिवनमा भोगेका देखेका र महशुस गरेका नै छौं । जिवनमा बामे सर्ने, हिडने, दौडिने र फेरि बामे सर्दासम्म आईपुग्दा छुटेका धेरै कुराहरु, जुन संधैं मेरा स्मृतिमा रहिरहेका थिए र छन् पनि । छोरा वा छोरी वा दुबै भएका बाबुहरूको रूपमा जिम्मेवारीको पालन गर्नु पनि अत्यन्त महत्वपूणर् रहेछ । कोहि सफल भए होलान्, कोही असफल । मुलत मभित्रको मेरो छोरो “म” ले मलाई संधैं यसरी नै डोराई रह्यो भनेर बिस्मात गर्नुभन्दा यसो पो गर्ने कि ? शिक्षा र विकास : हामी हाम्रा सन्ततिका सामु फलानाले यति कमायो प्रगति गर्यो भनी जिवनको प्रगतिलाई पैसामा तौलिरहेका हुन्छौं । तर, भनाईमा चाहिँ पढपढ मात्र भनिरहेका हुन्छौं भनाई र गराईको तारतम्य नमिल्दा मभित्रको मेरो छोरो “म” ले शिक्षामा प्राथमिकता दिन भुल्दो रहेछ । उचित शिक्षा र ज्ञानको विकासले भविष्यमा सफल बनाउँछ । उनीहरूको अध्ययनमा सहयोग र मार्गदर्शन गर्नु कर्तव्य हो ।
आदर र सम्मान : परिवारका सबै सदस्यलाई सम्मान गर्नु आवश्यक छ । परिवारमा विशेषगरी भन्दै हामी आमाबाबुलाई बढी आदर गर्नु उनीहरूको अनुशासन हो पनि भन्न भ्याउँछौं । सबै सदस्यहरुको आफ्नो मर्यादाअनुसारको आदर पाउनुपर्छ भन्दा मभित्रको मेरो छोरो “म” ले मनोबल बढाउन र सकारात्मक सोच्ने वातावरण श्रृर्जना गर्न मद्दत गर्छ । सकारात्मक उदाहरण : मभित्रको मेरो छोरो “म” भित्र हुर्किन नदिन हाम्रै समाजमा टड्कारै देखिने सकारात्मक उदाहरण प्रस्तुत गर्नु महत्वपूणर् छ । आफ्नो आचरण, व्यवहार र निणर्यमार्फत् उनीहरूलाई राम्रो सिकाउन सकिन्छ ।
भावनात्मक समर्थन, सहयोग र सहकार्य : पारिवारिक काममा सहयोग गर्ने र जिम्मेवारीहरू बाँढ्न महत्वपूणर् छ । यसले टीमवर्क र सहकार्यको भावना विकास गर्न मद्दत गर्छ । छोराछोरीलाई भावनात्मकरूपमा समर्थन गर्नु अत्यावश्यक छ । उनीहरूको समस्याहरू सुन्नु र संगै बस्नाले तिनीहरूको मानशिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ ।
सकारात्मक र सामाजिक ब्यबहार : सकारात्मक मूल्य र नैतिकता विकास गर्न मद्दत गर्नु पर्दछ । कर्तव्य, दया, र सहिष्णुताका मूल्यहरूलाई महत्वका साथ सामाजिक व्यवहार र मित्रतामा उतार्नसमेत सिकाउनु पर्दछ । मित्रतापूर्वक समाजसँग कसरी राम्रो व्यवहार गर्नुपर्छ भन्ने कुरा जानकार गराउनु र कर्तव्यहरूको पालन गर्दा जीवनमा सफल र जिम्मेवार व्यक्तित्व बनाउन मद्दत पुग्छ भन्ने दर्साउनु नै मभित्रको मेरो छोरो “म” लाई परास्त गर्नु पनि हो ।
: समाप्त :