24.6 C
Makwānpur
Homeबिचारशाकाहारी जीवनबाट स्वास्थ्यको सुरक्षा

शाकाहारी जीवनबाट स्वास्थ्यको सुरक्षा

शाकाहारी जीवन एक यस्तो प्रणाली हो । हिन्दु सभ्यतामा यसको गहिरो सम्बन्ध छ । यसको लागि नैतिक, आर्थिक, अंहिसा प्रकृति, योग पर्याव-रणको आधारबाट भन्न सकिन्छ कि शाकाहारी जीवन उत्तम जीवन हो । पश्चिमा राष्ट्रहरू पनि शाकाहारीप्रति लालयित हुन थालेका छन् । शाकाहा-रीबाट स्वास्थ्यको सुरक्षा हुन्छ । विश्वका विद्वानहरूको सम्मेलनबाट यो पुष्टि भएको छ कि, मासु खानेको भन्दा नखानेको जीवन बढी सुरक्षित हुन्छ । डाक्टरहरूले बिरामीलाई शरीर मोटो बनाउन अण्डा तथा मासु खाने सल्लाह दिन्छन् । जसबाट प्रशस्त मात्रामा प्रोटिन मिल्दछ । स्वास्थ्यको लागि प्रोटिन आवश्यक पर्दछ । शाकाहारीबाट पनि प्रोटिन पाउन सकिन्छ कि सकिदैन ? प्रोटिन, कार्बोहाइडेट क्यालोरीको आधारबाट शाहाकारी जीवनबाट बढी स्वास्थ्यको सुरक्षा गर्न सकिन्छ ।

शाहाकारी उत्तम् आहार हो । अण्डा, माछा शरीरका लागि आवश्यकता पर्दछ । तर, यि चीज शरीरका लागि आवश्यकता पर्दैन । फल शाकाहा-रीको लागि उत्तम् हो । आँप, केरा, अंगुर, स्याऊबाट पनि शतिm मिल्दछ । दाल, गहुँ, चामलबाट कार्वोहाइडेट पाइन्छ । फलफुल र साग-सब्जिबाट विभिन्न किसिमका खनिज वस्तुहरू पाइन्छन् । भनिएको पनि छ कि बच्चाको स्वास्थ्यका लागि अण्डा आवश्यकता पर्दछ । यो एक किसिमको नाटक मात्र हो ।

सन् १९८५ मा नोवेल शान्ति पुरस्कार विजेता डा.माइकल एस ब्राउन तथा डा. जीसेफ एल गोल्ड स्टिन नामक २ अमेरिकन डाक्टरहरूले अनुसन्धान गरेका थिए । हृदय रोगका कारण धेरै मानिसहरू मर्ने गर्दछन् । उनीहरूको विचारअनुसार कोलस्टेरोल नामक तत्व रगतमा जम्नासाथ स्वास बन्द हुन्छ । कोलस्टोरोल अण्डामा सबभन्दा बढी पाइन्छ । १०० ग्राम अण्डामा लगभग ५०० मि.ग्राम पाउन सकिन्छ । साग-सब्जिमा शुन्य हुन्छ । मासु, अण्डा तथा जनावरबाट पाइने बोसोमा प्रशस्त मात्रामा कोलस्टोरोल पाउन सकिन्छ । अण्डालाई पचाउन सकिंदैन । अण्डा उसिनेर बाहिरी बोक्रा निकाली सकेपछि लगभग पन्ध्र हजार सुक्ष्म छिद्रद्वारा किटाणुहरूको प्रवेश हुन्छ । ती किटाणुहरूले मानव स्वास्थ्यलाई खराव गर्दछ । जो अण्डा तथा मासु खान्छन, उनीहरूको शरीरमा टिस्पटरोको सख्यामा कमी आउंदछ । जस्ले कोलस्टोरोलको मात्रा बढन् जान्छ ।

कोलस्टोरोज बढेपछि ह्रदयसम्बन्धि रोग लाग्दछ । पत्थरी पनि बढेर जान्छ । विदेशमा अहिले शाकाहारीलाई खुव मान्यता दिन थालेका छन् । सन् १९८५ मा ६० लाख अमेरिकन नागरिक शाकाहारी थिए । अधिकांश अमेरिकन शाहाकारी भोजन खान मन पराउंछन् । भनिएको पनि छ कि बच्चाको शारीरिक बृद्वि गराउनका लागि मांसाहार गर्नु पर्दछ । तर, वास्तवमा यो तरिका ठीक नहुन सक्दछ । प्रोटिन, क्यालोरी, कार्वोहाइडेटको आधारबाट पनि मांसाहारीभन्दा शाहाकारी नै ठीक हो । जनावरहरूमा पनि मांसहारीभन्दा शाकाहारी नै शतिmशाली हुन्छन् । उदाहरणका लागि हात्ती, घोडा, गैडालाई लिन सकिन्छ । विश्वका धेरै पहलवानहरू पनि शाहाकारी नै थिए ।

मांसाहा- रीका रोगीहरूलाई भन्दा शाहाकारीका रोगीहरू बढी सुरक्षित हुन्छन् । सुगुरको मासुबाट झन् विभिन्न किसिमका रोगहरू देखा पर्दछ । मासु खानाले मानव शरीरमा कोलोस्टर बढ्दछ । हनुमान पनि शाहाकारी नै थिए । जस्ले बढी मासु खान्छ, उसको हृदयको क्रियाकलाप बढेर जान्छ । मासु खानाले उच्च रतmचाप बढेर जान्छ । मासु खाने मानिसहरूमा विषातm जिवाणुको प्रवेश हुन्छ । केही त्यस्ता कडा जीवहरू पनि मर्दैनन् । मासु खानाले उत्तेजनाको तत्व बढेर जान्छ । मरेको पशुमा बांचेको भन्दा बढी उत्तेजित पार्ने तत्व रहेको हुन्छ । मांसहारी सबैका लागि खतरनाक हुन्छ, त्यसैले हामीले स्वास्थ्य राम्रो बनाउने हो भने कहिले पनि अण्डा र मासु खान हुंदैन ।

नारंगीको उपयोगिता : नारंगी फलको राजा भनिन्छ । फलको रानी भनेर नारंगीलाई भनिन्छ । नारंगीमा रानी बन्न लायक विशेषताहरु पाइन्छ । त्यसकारण नारंगीलाई फलको रानी पनि भनिएको हो । आयुर्वेद शास्त्रमा नारंगीको उल्लेख भएको छ । नारंगी हृदयका लागि प्रिय, खाना पचाउनका लागि सहयोगी, बाथको रोग निको पार्नमा सहयोगी भएको पाइन्छ । नारंगीमा खनिज पदार्थ, भिटामिन ए, खानासाथ शतिm प्रदान गर्दछ । यसको रस पचाउन समय लाग्दछ । भिटामिन सी पनि नारंगीमा पाइन्छ । पोटासियम र फलाम तत्व पनि पाइन्छ । नारंगी खानाले हृदय, स्नायु,मस्तिष्कमा नयाँ शतिm प्राप्त हुन्छ । बच्चा, बृद्व, दुव्लो, पातलो मानिसहरू नारंगी खाएर लाभ उठाउंदछन् । ज्यादै ज्वरो आएको समयमा यसलाई खानाले तापमान कम हुन्छ । पिसावसम्बन्धि रोग र किड्नी सम्बन्धि रोगलाई हटाउंदछ ।

बच्चाको शरीरलाई यथास्थानमा राख्नका लागि दुधमा नारंगीको रस मिलाएर खाएमा लाभ हुन जान्छ । यसरी खुवाउनाले बालकमा नयाँ उर्जा आएको अनुभव हुन जान्छ । दाँत निस्कने समयमा बालकमा उल्टी हुन सक्दछ । नारंगीको रस खुवाएमा उल्टी कम हुन जान्छ । यसले पाचन शतिm बढाउंदछ । दा“तसम्बन्धि रोग पनि हटेर जान्छ । कमजोर शरीर भएका, गर्भवती महिला, कब्जियत, अपच, पेटमा ग्यांस भरिएमा, जोर्नी दुखेमा, व्लडप्रेसर, चर्मरोग अर्थात् छाला सम्वन्धि रोग देखा परेमा नारंगीको रसबाट लाभ पुग्न जाने हुन्छ ।

जसलाई दुध पच्दैन । तर, ऊ दुधमा नै निर्भर हुने गर्दछ । उसले अवश्य पनि नारंगीको रस पिउनु पर्दछ । भिटामिन बीको कमी भएमा नारंगीको रस सेवन गर्नु पर्दछ । आवरण नराम्रो भएमा नारंगीको चुणर् गुलाव जलमा मिलाएर लगाउनाले चेहरा राम्रो देखिन्छ । नारंगीले सबै रोग हटाउंदछ । शरीरको लागि एकदम हितकारी मानिएको छ । नारंगीको अमिलो रस बच्चा, बुढा, गर्भवती महिला कसैले पनि सेवन गर्न हुँदैन ।

विभिन्न फल तथा कन्दमूलको उपयोगिताः
केराको उपयोगिता : केरा एक किसिमको बहुउपयोगी फल हो । काँचो केराले शीतलता, भारी, कफ, पित्त,
रतmविकार, वायु नाशक हुन्छ । पाकेको केराले शीतल, मधुर, बीर्यबर्धक, फाइदाजनक, खाना रूचाउने, मांसपेशी बढाउने, नेत्ररोग हटाउने, रतपित्त, हृदयशुल, गर्मीबाट हुने रोग बचाउंदछ । खाना खानुभन्दा पहिला केरा खान हुंदैन । पाकेको केरा खानु राम्रो मानिन्छ । केराको बीज, पत्ता, फुल सबै रोगमा लाभदायक नै हुन्छ ।

आँपको उपयोगिता : आँप प्रशिद्व तथा उपयोगी फल हो । काँचो आँप पित्तबर्धक हुन्छ । पाकेको आँप मीठो हुन्छ । जसले बल, सुखदायक, गुरू, बाथनासक, शितलता तथा बिर्यबर्धक हुन्छ । यसले शतिm प्रदान गर्दछ । आ“पको रस दुधमा मिलाएर खानाले शतिmबर्धक तथा बिर्य उत्पादन गर्ने किसिमको हुन्छ । कलमी गरेर तयार पारिएको आँप जसले पित्त हटाउन मद्दत गर्दछ । आप धेरै खानु हुंदैन । पाकेको आँपमा भिटामिन सी तथा ए दुबै पाइन्छ ।

जामुनको उपयोगिता : जामुनो एक किसिमको फल हो । रोग लागेमा एकदम लाभदायक फल हो । जामुनो पनि विभिन्न प्रकारका हुन्छन् । जामुनो स्वादिष्ट रूचि -कारक हुन्छ । सानाखाले जामुनाले कफ तथा
रतmबिकार हटाउंदछ । मधुमेहका रोगी, उदरशुल भएकाहरूका लागि, योनी दोष भएकाहरूका लागि, मुखदोष, खाना-खान मन नलागेकाहरूको लागि वरदान सावित हुन जान्छ ।

अनारको उपयोगिता : अनार अमिलो रसयुतm किसिमको हुन्छ । सामान्यरूपको आधारमा अनारको रस खानाले हृदयको रोग, कण्ठरोग, मुख गन्हाउनबाट पनि बचाउंदछ । अनारमा भिटामिन सी, बी दुबै पाइन्छ । राती अनार खान हुंदैन । अनारको रसले आमासय तथा कण्ठरोगका लागि फाइदाजनक नै हुन्छ । ज्वरो तथा टाएफाएडको समयमा पनि अनार खान सकिन्छ ।

मेवाको उपयोगिता : पाकेको मेवा खादा शीतल हुन्छ । पचाउन पनि सजिलो हुन्छ । पिसावसम्बन्धि समस्या देखा परेमा मेवा खादा धेरै राम्रो हुन्छ । कागतीको उपयोगिता : कागती धेरै प्रकारका हुन्छन् । कागतीबाट अल्सर हुन सक्दछ । बाथको रोगीलाई फाइदाजनक नै हुन्छ । मीठो कागतीबाट बल प्राप्त हुन्छ । बिजौरा कागतीले रतmपित्त हटाउंदछ । चकोतरा कागती स्वादिष्ट, रूचिकारक, शीतल दिने गर्दछ । ज्यामिर कागतीले हृदयको पीडालाई हटाउंदछ । विभिन्न रोगमा यसको प्रयोग गर्न सकिन्छ । कागतीको पात, डाठ, फल हरेक कामका लागि उपयोगी हुन्छ ।
ः समाप्त ः

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here