चेतप्रसाद पौडेल
(सैपुले साहिंलो)
सारथि (नेताले) राष्ट्रको समृद्धि विकास निकासमा ध्यान दिनु प्रथम दायित्वभित्रमा पर्दछ । विशेष गरेर राष्ट्र, जनता र संविधान यी तीन कुरा जसले बिस्र्यो, उसले आफूले आफैलाई नै बिस्र्योभन्दा फरक नपर्ला भन्ने लाग्दछ । शासकीय स्वरुप फरक अनि व्यवस्था फरक विचार, नीति र सिद्वान्त दर्शन यी सबै फरक फरक हुनु स्वभाविक मान्निछ । मुलुकमा १० जिल्ला, ३१ जिल्ला, ३२ जिल्ला हुंदै २०१९ सालमा ४ विकास क्षेत्र (१) पूर्वाञ्चल विकास क्षेत्र (२) मध्यमाञ्चल बिकास क्षेत्र (३) पश्चिमाञ्चल बिकास क्षेत्र (४) सुदुर पश्चिमाञ्चल बिकास क्षेत्र र ७५ जिल्ला कायम गरेको सम्झना छ ।
२०३७ सालमा जनतालाई सरल सहजढंगले सेवा दिने उद्धेश्यबाट पश्चिमाञ्चल बिकास क्षेत्रलाई थपेर ५ विकास क्षेत्र निर्धारण गरेको पाईन्छ । म शिक्षण पेशामा प्रवेश गर्दा ४ बिकास क्षेत्रको ढलीमली थियो भने स्थायी हुँदाका अवस्थामा ५ बिकास क्षेत्र भएर राज्यको स्वरुप अगाडि बढ्यो । २०३६ सालमा सार्क राष्ट्र पाकिस्तानका शासक जुल्फिकार अलि भुट्टोलाई फाँसीको सजाय दिएको सन्देश सर्वत्र फैलियो । त्यसको बाछिट्टा नेपालमा पनि पर्यो फलतः विद्यार्थीवर्गले आवाज उठाए । पञ्चायत इतर समर्थक बीचमा वाक युद्ध भयो । देशमा निर्दल अथवा बहुदल भनेर निर्वाचन गर्न सरकार बाध्य भयो । निर्दलको निर्वाचन चिन्ह पहेलो बहुदलको चिन्ह थियो निलो । स्वतन्त्ररुपमा निर्वाचन हुन सकेन । धाँधली गरेर पञ्चायती शासकले जितेको देखाइयो । येनकेन प्रकारेण २०४६ सालमा कम्युनिष्ट का“ग्रेसलागायतका दलको अगुवाइमा सडक र सदन संघर्ष “३ स” को सुन्दलर नतिजा हात लाग्यो । अन्ततः २०४७ सालको संविधान जनताले पाए । श्रमिक किसान, मजदुर, विद्यार्थी, बुद्धिजीवी कानून व्यवसायी सबैको सक्रियता रह्यो ।
म पनि अञ्चल बार एशोसियसनको कोषाध्यक्ष भएर राजनैतिक बन्दीका हक र हितमा उठेर लागेँ । नेपाल राष्ट्रको भविष्य र नेपाली जनताको उज्यालो मुहार ल्याउने अपेक्षासहित । विकास क्षेत्रमा रहेका अञ्चल जिल्लाको संस्मरण साथसाथै नलगे भोलिका पुस्ताले इतिहास र राज्यको व्यवस्था नीति र विचार सिद्धान्त दर्शन आदिको सम्झना नहुने हुनाले ताजगी निमित उल्लेख गर्नु र आधार संग्रह र पठन कार्य पनि जरुरी देखेर उल्लेख गर्ने जमर्को गरेको छु ।
विकास क्षेत्र अञ्चल र जिल्लाको नामावली :
(१) पूर्वाञ्चल बिकास क्षेत्र (क) मेची (ख) कोशी
(ग) सगरमाथाः सदरमुकाम धनकुटा ।
(२) मध्यमाञ्चल बिकास क्षेत्र (क) जनकपुर (ख) नारायणी (ग) बागमतीः सदरमुकाम-काठमाण्डौ ।
(३) पश्चिमँञ्चल बिकास क्षेत्र (क) गण्डकी (ख) लुम्विनी (ग) धौलागिरी सदरमुकामः पोखरा ।
(४) मध्यपश्चिमाञ्चल बिकास क्षेत्र (क) राप्ती
(ख) भेरी (ग) कणर्ाली, सदरमुकामः सुर्खेत ।
(५) सुदुुर पश्चिमाञ्चल बिकास क्षेत्र (क) सेती
(ख) महाकाली सदरमुकामः दिपायल ।
१४ अञ्चल र ७५ जिल्लाका नामावली :
(१) मेची अञ्चलभित्रका चार जिल्लाका नामावली :
(क) ताप्लेजुङ (ख) पाँचथर (ग) इलाम (घ) झापा
(२) कोशी अञ्चलभित्रका ६ जिल्लाका नामावली :
(क) संखुवासभा (ख) धनकुटा (ग) तेह्रथुम (घ) भोजपुर (ङ) मोरङ (च) सुनसरी ।
(३) सगरमाथा अञ्चलभित्रका ६ जिल्लाका नामावलीः
(क) सोलुखुम्बु (ख) ओखलढुंगा (ग) खोटाङ
(घ) उदयपुर (ङ) सिराहा (च) सप्तरी ।
(४) जनकपुर अञ्चलभित्रका ६ जिल्लाका नामावली
(क) दोलखा (ख) रामेछाप (ग) सिन्धुली (घ) महोत्तरी (ङ) धनुषा (च) सर्लाही ।
(५) नारायणी अञ्चलभित्रका ५ जिल्लाका नामावलीः
(क) मकवानपुर (ख) चितवन (ग) बारा (घ) पर्सा (ङ) रौतहट ।
(६) बागमती अञ्चलभित्रका ८ जिल्लाका नामावली:
(क) काठमाण्डौ (ख) ललितपुर (ग) भक्तपुर
(घ) नुवाकोट (ङ) रसुवा (च) धादिङ (छ) काभ्रेपलाञ्चोक (ज) सिन्धुपाल्चोक ।
(७) गण्डकी अञ्चलभित्रका ६ जिल्लाका नामावलीः
(क) मनाङ (ख) कास्की (ग) स्याङजा (घ) लमजुङ (ङ) तनहू“ (च) गोर्खा ।
(८) लुम्विनी अञ्चलभित्रका ६ जिल्लाका नामावली
(क) गुल्मी (ख) अर्घाखाँची (ग) कपिलवस्तु (घ) पाल्पा (ङ) रुपन्देही (च) नवलपरासी ।
(९) धवलागिरी अञ्चलभित्रका ४ जिल्लाका नामावली
(क) मुस्ताङ (ख) पर्वत (ग) म्याग्दी (घ) बाग्लुङ ।
(१०) राप्ती अञ्चलभित्रका ५ जिल्लाका नामावली
(क) रुकुम (ख) रोल्पा (ग) सल्यान (घ) प्युठान (ङ) दाङ ।
(११) कणर्ाली अञ्चलभित्रका ५ जिल्लाका नामावली
(क) हुम्ला (ख) मुगु (ग) कालीकोट (घ) जुम्ला (ङ) डोल्पा ।
(१२) भेरी अञ्चलभित्रका ५ जिल्लाको नामावली
(क) दैलेख (ख) जाजरकोट (ग) बाँके (घ) बर्दिया (ङ) सुर्खेत ।
(१३) सेती अञ्चलभित्रका ५ जिल्लाका नामावली
(क) बझाङ (ख) बाजुरा (ग) डोटी (घ) अछाम (ङ) कैलाली ।
(१४) महाकाली अञ्चलभित्रका ४ जिल्लाका नामावली
(क) दार्चुला (ख) बैतडी (ग) डडेलधुरा (घ) कञ्चनपुर ।
नेपाल राष्ट्रमा ५ विकास क्षेत्र र ७५ जिल्ला निर्धारण गरेर २०७२ आश्विन ३ गते ९८/प्रतिशत सांसदको प्रयासमा गणतान्त्रिक संविधान लागू भएपश्चात २ जिल्ला थपेर नवलप-रासी पूर्व र नवलपरासी पश्चिमसमेत ७७ जिल्ला शासकीय प्रणालीमा पाइन्छ । ती जिल्लामध्येको बागमती प्रदेशको राजधानी हेटांैडा काखमा लिएको जिल्ला हो मकवानपुर । नेपालको राजधानी काठमाण्डौ र काठमाण्डौको राजधानी हेटौडा । हेटौडा उपमहानगरपालिका राजधानी लिएर पनि अन्य प्रदेशभन्दा तहगतरुपमा एक तह तलै छ ।
अन्यत्र सर्वत्र महानगरका गाँदीमा प्रदेशका राजधानी पाइन्छ । पालो कुर्दैछ हेटौडा । उमहानगर नाम मात्र के पाएको थियो, २९ वडामा हेटौडा चल्न थाल्यो । पछि १० वटा वडालाई हटाएर हाल १९ वटा वडा कायम रहेको छ । १९ वटा वडाको सदरमुकाम यस प्रकारका छन् :
१ नम्वर वडाः सदरमुकाम चाइना क्वार्टर आफ्नै भवनमा कार्यालय ।
२ नम्वर वडाः सदरमुकाम मानसचोक निजी भवनमा कार्यालय ।
३ नम्वर वडाः सदरमुकाम बसामाडी आफ्नै भवनमा कार्यालय ।
४ नम्वर वडाः सदरमुकाम नगर विकासको भवनमा कार्यालय ।
५ नम्वर वडाः सदरमुकाम पिप्ले निजी भवनमा कार्यालय ।
६ नम्वर वडाः सदरमुकाम चौंघडा आफ्नै भवनमा कार्यालय ।
७ नम्वर वडाः सदरमुकाम नागस्वती आफ्नै भवनमा कार्यालय ।
८ नम्वर वडाः सदरमुकाम कमाने आफ्नै भवनमा कार्यालय ।
९ नम्वर वडाः सदरमुकाम पशुपतिनगर आफ्नै भवनमा कार्यालय ।
१० नम्वर वडाः सदरमुकाम बसपार्क आफ्नै भवनमा कार्यालय ।
११ नम्वर वडाः सदरमुकाम नवलपुर आफ्नै भवनमा कार्यालय ।
१२ नम्वर वडाः सदरमुकाम हात्तीगौ“डा आफ्नै भवनमा कार्यालय ।
१३ नम्वर वडाः सदरमुकाम पदमपोखरी आफ्नै भवनमा कार्यालय ।
१४ नम्वर वडाः सदरमुकाम मयुरधाप आफ्नै भवनमा कार्यालय ।
१५ नम्वर वडाः सदरमुकाम रातोमाटे आफ्नै भवनमा कार्यालय ।
१६ नम्वर वडाः सदरमुकाम चिसापानी निजी भवनमा कार्यालय ।
१७ नम्वर वडाः सदरमुकाम हटिया आफ्नै भवनमा कार्यालय ।
१८ नम्वर वडाः सदरमुकाम हर्नामाडी आफ्नै भवनमा कार्यालय ।
१९ नम्वर वडाः सदरमुकाम वस्तीपुर आफ्नै भवनमा कार्यालय ।
यसरी हेटौंडा नगरलाई चुरेपर्वत मालाले अगाध स्नेहले कांखमा लिएका वडाहरुमध्ये ८ नम्वर वडा कमानेस्थित श्री चन्द्रोदय मा.वि. नगरका प्रख्यात विद्यालयहरुमा पर्दछ । त्यस विद्यालयबाट २०३८/११/२१ मा राजनीति गरेको आरोपलगाई मलाई हटाईएको थियो । जागिरे जिवनमा विद्यालयको समयभन्दा बाहिरको समय समाजमा आउने विविध समस्या समाधान गर्नमा दत्तचित रहेँ । २०३७ सालमा ८ नम्वर वडाबासी श्रीकृष्ण राउतको घर आगजनी हँुदाका बखत जनजागृति क्लवको सचिवको हैसियतले राहत अनुदान संकलन कार्यमा अगुवाई गरी नगद जिन्सी संकलन गरेर पीडितको घाउमा मल्हम लगाउने कार्यमा सक्रियता पूर्वक लागियो, वडावासी सबैको साथ सहयोगमा राजनैतिक चेतना छरेर औद्योगिक श्रमिक जगाइयो । किसान उठाइयो ।
संस्कृति संस्कार कायम गरेर नेपाल राष्ट्रको इज्जत प्रतिष्ठा बढाउने उद्देश्यले मनकामना मन्दिर बुद्ध मन्दिरको स्थापनामा पहल गरियो । विविध आरोपमा जेलमा रहनु भएका उज्यालो किरण छर्ने राष्ट्रका होनाहार राजबन्दी सम्पूणर्लाई तन-मन-धन बुद्धि र विवेकले भ्याएसम्म हरतरले सहयोग गरेर ल्याएको गणतन्त्र अहिले मुठ्ठीभरका माथिल्लो तहमा रहनु हुने सीमित ब्यक्तिलाई भोज र मोज भयो । ग्रा“सरुटमा रहने भुइँका मानिसहरु ग्राँसकटर भएर रहँदा २०३८ र २०८१ मा फरक देखिएको छैन ।
“अस्तु”