Homeबिचारमुक्तिनाथको यात्रा र चितुवा

मुक्तिनाथको यात्रा र चितुवा

राजुराम राउत\नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र धार्मिक महत्वले भरिपूणर् स्थान यात्रा गर्ने चाहना सबैको हुन्छ । झन् नेपाली भएर यस सैन्दर्यको रस्वादन नगर्नु भनेको पुस्तक हातमा बोकेर हिंड्ने तर नपढनेसरि हो । यसै सन्दर्भमा हामी चौधजनाभाईसाथी मिलिजुली सात थान मोटरसाईकलमा यात्रा गर्ने निधो गरियो । भारतले नेपाललाई अघोषित नाकाबन्दी गरेको कारणले असहज पेट्रोल परिपुर्ति गर्न भारतको रक्सौल हिंडियो । नेपाल भारत नाकाकै मितेरी पुलमा केही जत्था भारतीय र तराई मुलका नेपाली बसेर मोटरसाईकलमा भरेर ल्याईएको तेल पोखाउंदै थिए ।

आफू कालो वणर् भएकाले दुई/तीन थान जर्दा पान मुखमा ठुसेर रातो बनाई हल्का देहाती भाषा प्रयोग गर्दै उम्कि हाले तर अन्य साथीहरुको मोटर-साईकल लडाएरै ट्यांकी खालि गरेर मात्र नेपाल पठाए । भाकल गरिहाल्यो जेनतेन तीन/चार दिनमा तेलको ब्यवस्था गरियो र हिंडियो मुक्तिनाथ । हेटौंडादेखि मुक्तिनाथसम्मको यात्रा मेरो जीवनको पहिलो अनुभव अविस्मरणीय रहने छ । यस यात्रामा मैले प्राकृतिक र सांस्कृतिक धरोहरका साथै धार्मिक महत्वको अद्भुत संगम अनुभव गर्ने आशा गरेको छु ।

हेटौंडा, मेरो घरदेखि यात्रा सुरु भयो । हेटौंडा, मकवानपुर जिल्लाको एक सुन्दर शहर हो, जहाँको वातावरण र जीवनशैलीले मलाई संधैं आकर्षित गर्छ । सल्लाहबमोजिम एकाबिहानै यात्रा शुरू गरियो । म र साथीहरू, हामी सबै उत्साह र जिज्ञासासाथ हेटौंडादेखि पश्चिम यात्रामा हानियौं । हेटौंडाबाट पोखरासम्म जाने क्रममा, हामीले अनेकौं प्राकृतिक सौन्दर्यको आनन्द लिदै यात्रा गर्यौं । खोलाको तिरैतिर, कतै दाहिने डांडा त कतै देब्रेभिर छिचोल्दै कालोपत्रे बाटोमा मखमली सपना सजाउँदै कुदियो । पोखरा सम्मको यात्रामा हरिया पहाड अनि कञ्चन मर्याङ्दी र हरियालीले हाम्रो मनमा शान्ति र सुकून ल्यायो । रोकिंदै प्राकृतिक छठाको आनन्द लिदै, कतै लोकल भालेको सुप र ढिंडोको मजा लिंदै हिंडेकाले हामी पोखरा पुगेको बेला साँझको पछ्यौउरीले ढाकिसकेकी थिईन् ।

भोलि पल्ट पोखराको फेवाताल, डेभिड फल अनि प्याराग्या-ईडिङ्को मज्जा पनि लिईयो । प्याराग्याईडिङ गर्दा आकासको आंखाले फेवाको निलो ताल नियाल्दा लाग्यो स्वणर्ीम युगको सुरुवात भो । पानीको छालाहरूले लहराउंदै गर्दा, सूर्यास्तको रंगीनीले फेवाले अद्भुत दृष्य प्रस्तुत गर्‍यो । रातको समयमा, हामीले पोखराको स्वादिष्ट थकाली खाना चाख्ने अवसर नगुमाउदै मःमः र थुक्पा समेतलाई मनप्रिय बनायौं । पोखरामा दुई रात विश्राम गरेपछि, हामी अगाडि बढ्यौं । पोखराबाट यात्रा निकै रोमाञ्चक हुँदै गयो । पहाडी सडक, हरियाली, र हावा एक अद्भुत अनुभव । यस्तै यस्तै मिठास बटुल्दै कतिबेला मोटरसाईकलको हेडलाईट बाल्नु पर्ने भो यादै भएन् ।

एकनास जंगली बाटो हेडलाईटले देखाएको बाटोभन्दा दायाँ बायाँ कतै उज्यालो थिएन । खाँदै पिउंदै रमाईलो गर्दै हिंडदा साथीहरुको अगाडि को पछाडि निधै भएन । बस सल्लाह थियो बेनी पुगेर होटल याकमा बास बस्ने । पुस महिनाको चिसो सिरेटोको थप्पड गालामा महशुस गर्दै छोरा र म अगाडि दौडदै थियौं । एक्कासी अन्धकारलाई चिर्दै अगाडि बढेको हेडलाईटको उज्यालोमा चितुवाको आँखा टल्कँदा भने पुस महिनाको कठ्याङग्रिदो जाडोमा पनि तातो अनुभूति भयो । स्वास फुलेर फोक्सो र मुटुले स्थान छोड्ला झैं भो केही बेर चुपचाप नबोलि रोकिएर दायाँबायाँ भाग्ने ठाउँ खोजु भने अन्धकारले केही देखिएन । बिरालोको चालले स्वासै नफेरी पाँच मिनेट बस्दा पाँच बर्षको कुराईको अनुभुति गरायो ।

धन्न चितुवा दायाँबायाँ हेर्दै खतराको आभाष नपाएर बाटोदेखि तलतिर लस्क्यो । हामी बाउ-छोरो एकै स्वासमा बाईक हुईक्याउंदै मालढुंगा पुगेर स्वास फेर्ने काम भो । सबै साथीहरुलाई सतर्क रहन फोन गरियो, कोहीलाई सम्पर्क भो कोहीलाई भएन् । भाग्यलाई छोडदै, बेनी पुगेर तेश्रो दिनको भारी बिसाईयो । एक पटक ईष्ट-देवलाई मज्जैले प्रणाम पनि गरियो ।
चौथो दिनको यात्रा चितुवाको नाममा अर्पित गर्दै अगाडि बढियो । जुम्ला र मुस्ताङको बीचको यात्रा विशेष थियो । यात्र अवधिमा, तातोपानी, चिसापानी, लेते, ताल हुँदै यात्रा गर्दा, विभिन्न गाउँ र समुदायको जीवनशैली देख्न पाईयो । मुस्ताङ जाने क्रममा, हामीले त्यहाँका विविध जातिहरूको संस्कृतिलाई पनि अनुभव गर्‍यौं ।

खोला किनार, कोसेली घर, मार्फाको स्याउको ब्राण्डि, जोमसोमको याकको सिकुटी चाख्दै चखाउंदै यात्रा जोमसोममा अडियो । विभिन्न स्थानमा रोकी, स्थानीयहरूको संस्कृति र परम्परासंग परिचित भईयो । मस्तिष्कमा बसी रहेका यी कुराहरूले सोच्न बाध्य बनायो, यहाँको जीवनशैली, परम्परा, र धर्मको महत्व यथार्थमा अद्भुत छ । अखिरकार, हामी मुक्तिनाथ पुग्यौं । मुक्तिनाथ, हिन्दू र बौद्ध धर्मका अनुयायिहरूको लागि एक पवित्र तीर्थस्थल हो  यहाँको वातावरण र प्राकृतिक सौन्दर्यले मेरो मनमा विशेष छाप छोड्यो । मुक्तिनाथको मन्दिरमा पुग्नका लागि भनेको धेरै चढाइ गर्नुपर्छ । तर, मानव निर्मित भर्‍याङका सिढीहरुले यात्रा सहज बनायो । मन्दिर दर्शन गरियो, हाम्रो नेत्र बिस्फारित भो । हामीले सोचेका थियौं, मुक्तिनाथ शिव मन्दिर हो । तर, यहाँ त साक्षात बिष्णु भगवान बिराजमान हुन हुन्छ । अर्को आश्चर्यले हामीलाई साक्षतकार गरायो महिला पुजारीले । यहाँ महिला पुजारी हुने ब्यवस्था पनि रहेछ ।

उहाँकाअनुसार आदिमकालमा महादेवको रोष पराकाष्ठा हुँदा लिड्ड उत्पन्न भई सारा ब्रमाण्ड ढाक्यो । जताततै महादेबको लिड्डै लिड्ड, समस्याको मुक्तिका लागि सारा भगवानले बिष्णु भगवानलाई अनुनय बिनय गरे । भगवान बिष्णुले एकै अंगालोमा सारा लिड्ड उखालेर संसारलाई लिड्डदेखि मुक्ति गराएकोले यस स्थानमा मुक्तिनाथको मन्दिर स्थापना गरि पुजिने गरिन्छ रे । मन्दिरको दर्शन गर्दा, मैले आफ्नो मनलाई शान्ति र सुकूनको अनुभूति गरें । मन्दिरमा रहेका विभिन्न मूर्तिहरू र पूजाका विधिहरूले मलाई आन्तरिक शान्ति प्रदान गर्‍यो भने एकसय आठ धारा स्नानले मन झनै पुलकित भो । धर्मकुण्ड र मुक्तिकुण्डको चिसो जलमा स्नान गर्दा शरीर चिसो होईन् हजारौ शेषनागले एकैपटक टोकेको अनुभूति गरायो । मुक्तिनाथ वरपरको क्षेत्र, जलपात र हरियाली, प्राकृतिक सौन्दर्यको अभिव्यक्ति थियो । मैले यहाँको ताप र शीतको अनौठो अनुभव गरें ।

मुक्तिनाथमा बिताएको समय साँच्चै अविस्मरणीय थियो । स्वर्गीय अनुभव गर्दै, मैले यहाँको स्थानीय संस्कृतिसँग पनि परिचित हुन पाएँ । यहाँका स्थानीय मानिसहरूको सरलता, कृपा, स्नेह र आतिथ्यताले मलाई निकै प्रभावित गर्‍यो । मुक्तिनाथमा रहेका विभिन्न जातिहरू र तिनका परम्पराहरूको अद्भुत संगम छ । यहाँको परम्परागत चाडपर्व र उत्सवहरूले मलाई साँस्कृतिक विविधता र एकताको साक्षातकार गरायो । मुक्तिनाथको यात्राले मलाई न केवल भौतिकरूपमा, तथा मानशिक रूपमा पनि समृद्ध बनायो । यहाँको वातावरण र संस्कृतिले मलाई जीवनका वास्तविकता र महत्वको गहिराइमा जान्न मद्दत गर्‍यो । यात्रा गर्दा मैले सिके की वास्तविक यात्रा भनेको केवल भौतिक स्थानहरूको भ्रमण मात्र होइन, तर आत्मा र मनको यात्रा पनि रहेछ ।

हेटौंडादेखि मुक्तिनाथसम्मको यात्रा मेरो लागि केवल धार्मिक स्थलको भ्रमण मात्र थिएन् । यो एक अद्भुत अनुभव थियो, जसले मलाई जीवनको अर्थ र विविधता बुझ्न मद्दत गर्‍यो । नेपालको प्राकृतिक सौन्दर्य, संस्कृतिको धरोहर र धार्मिक महत्वले भरिएको यो यात्रा संधैं मेरो हृदयमा बसी रहनेछ । यात्रा केवल गन्तव्यमा पुग्नका लागि मात्र होइन, तर त्यस यात्रामा भएका अनुभव र महत्वपूणर् क्षणहरूलाई पनि सम्झिनु पर्ने कुरा हो ।

हेटौंडादेखि मुक्तिनाथसम्मको यात्रा मेरो जीवनको एक महत्वपूणर् अध्याय हो, जसले मलाई जीवनमा सकारात्मक परिवर्तन ल्याउन प्रेरित गर्ने छ । र, एकै स्वासमा भन्नू पर्दा चितुवाको जम्का भेटले, बन्य जन्तुलाई हानि नोक्सानी नपुर्‍याउने हो भने हामीलाई कुनै पनि बन्यजन्तुले नोक्सानी गर्दैन भन्ने पाठ सिकायो । सारतत्व भनेको हामीले आन्तरिक पर्यटनमा प्रशस्तै सम्भावना भएको स्थानलाई बढावा दिनु नै हो, जुन आजकल हाम्रो देशमा बढ्दो क्रममा पनि देखिन्छ ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here