Homeबिचारसुनकोशी गाउँपालिका र सिन्धुली

सुनकोशी गाउँपालिका र सिन्धुली

  • केदारप्रसाद न्यौपाने

सिन्धुली जिल्लाको सुदुर उत्तरमा पर्ने सुनकोशी गाउँपालिका हो । यो गाउँपालिकाको पश्चिममा काभ्रेपलाञ्चोक जिल्ला, उत्तर सुनकोशी नदीपछि रामेछाप जिल्ला पर्दछ । दक्षिण सिन्धुली कै गाउँ-पालिका पश्चिम मरिण गापा पर्दछ । यो पालिकामा १ः कुशेवर गाविस २ः दुम्जा गाविस ३ः रातामाटा गाविस ४ः झागाझोली गाविसहरु थिए । त्यस्तै पाँचौमा पुरानो झागाझोली गाविस ६ः सितलपाटी र ७ः मा मझुवा गाविसहरु मिलेर ७ नं. वडा सुनकोशी गाउँपालिका भएको छ ।

१ नं. वडा र २ नं. वडा पश्चिम पर्दछ भने पूर्व मझुवा सितलपाटी ६ र ७ नं. वडा छ । २०७४ सालको निर्वाचनमा दिपा मोहरा दाहाल ३,९३४ मत ल्याएर अध्यक्ष निर्वाचित भएकी थिईन भने उपाध्यक्षमा ३४५४ मत ल्याएर दीर्घसिंं मुक्तान विजयी भएका थिए ।

१ नं. वडा अध्यक्ष विमलमान मोक्तान, २ नं. वडा अध्यक्ष भोजकुमार संजाली, ३ नं. वडा अध्यक्ष रामचन्द्र आचार्य, ४ नं वडाअध्यक्ष शंकरबहादुर जर्घा, ५ नं. वडाअध्यक्ष कृष्णराज दाहाल, ६ नं. वडाअध्यक्ष लक्ष्मीप्रसाद तिमल्सिना, ७ नं वडा अध्यक्ष लालबहादुर गोले थिए । यस पालिकामा ७ वटा गाविसहरुबाट ७ नं. वडा भएको भनियो । यस गापामा भएका विद्यालयहरु:

१. देवी एथान मा.वि बालुवा वडा नं. १
२. कुशेश्वर विद्यापीठ वडा नं. १
३. प्रा.वि. क्याम्पाटार सुनकोशी १
४. प्रा.वि. नेपाल थोक वडा १
५. प्रा.वि. सानीगाँउ वडा नं. १
६. पञ्चकन्या मा.वि. हायु गाउँ वडा २
७. जनजागृति प्रा.वि. ओखनी सुनकोशी २
८. सेतीदेवी प्रा.वि. सुनकोशी २
९. हरिसिद्धि प्रा.वि. सुनकोशी २
१०. विश्वज्योती प्रा.वि. दोभानडा“डा सुनकोशी २
११. प्रा.वि. ज्यामिरे सुनकोशी २
१२. मा.वि. गुठ बजार सुनकोशी ३
१३. प्रगतिशिल मा.वि. रातमाटा सुनकोशी ३
१४. विनायक नि.मा.वि. कालिमाटी सुनकोशी ३
१५. सतिदेवी प्रा.वि. ताम्लिङ्क सुनकोशी ३
१६. जनज्योती प्रा.वि. रातमाटा बजार सुनकोशी ३
१७. सिद्धि मा.वि. कोटगाउँ सुनकोशी ४
१८. ज्ञानेन्द्र प्रा.वि. डाँगी सुनकोशी ४
१९. प्रा.वि. चिसापानी पाखा सुनकोशी ४
२०. कपिलेश्वर नि.मा.वि. ढुगेंचौर सुनकोशी ४
२१. कालिका प्रा.वि. लक्ष्मीडा“डा सुनकोशी ४
२२. प्रा.वि धारापानी सुनकोशी ४
२३. गणेश प्रा.वि. थापाथुम्का सुनकोशी ५
२४. सहश्रधारा नि.मा.वि. नागेडाँडा सुनकोशी ५
२५. नि.मा.वि. परेवाडा“डा सुनकोशी ५
२६. कालिका नि.मा.वि. बन्दिरपुर सुनकोशी ५
२७. नि.मा.वि. काशी खक्क सुनकोशी ५
२८. शक्तिपोखरी प्रँ.वि. सातबिसे सुनकोशी ५
२९. जनज्योति प्रा.वि. लिट्टेभञ्ज्याङ सुनकोशी ५
३०. पञ्चकन्या प्रा.वि. सिम्ले ५
३१. पशुपति प्रा.वि. मुलकोट ५
३२. भुमेश्वर प्रा.वि. खनियाखर्क ५
३३. दीर्घप्रदीप मा.वि. खाल्टे सुनकोशी ६
३४. ग्रामकाली आ.वि. अमारे ६
३५. महाकाली आ.वि गौखर्क ६
३६. पञ्चकन्या नि.मा.वि. घुमाउने चैनपुर ६
३७. चण्डेश्वर नि.मा.वि. चैनपुर ६
३८. भीमसने प्रा.वि. खनियाडा“डा ६
३९. गणेश प्रा.वि. मझुवा सुनकोशी ७
४०. पञ्चकन्या प्रा.वि. मतातबास ७
४१. विमला प्रा.वि. गैरीगाउँ ७
४२. जलकन्या प्रा.वि. डाँडागाउँ ७
४३. भुवनेश्वर आ.वि. नागी ७
४४. चन्द्रकन्या प्रा.वि. ७
४५. बालकन्या प्रा.वि. आरुबोटे ७
४६ जाक्नी प्रा.वि. रुपाकोट सुनकोशी ७

गुठी, दुम्जा कुशेश्वर महादेवको नित्य पर्व पुजा, गुठी दीर्घ ७५९ नं. मा छ । कुशेश्वर महादेव गुठी २०६७ कार्तिक २८ गते गुठी व्यवस्थापन समिति गठन भएको हो । स्थानीय सरकारको तेस्रो वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम स्थानीय सरकार सञ्चालन ऐन २०७४ र स्थानीय श्रोत तथा व्यवस्थापन कार्यविधि २०७४ नेपाल सरकारबाट प्राप्त नीति निर्देशन अधिनमा रहि स्थानीय श्रोत साधनको परिचालन गर्दै विकासको प्रतिफल सन्तुलन राख्नुका साथै समानरुपमा सामाजिक न्याय दिने उद्देश्यले सातौ गाउँ सभा बाट परित नीति, योजना कार्यक्रम र बजेट राजश्व बाँडफाँड रु. २३,७७०,०००/- वित्तीय समानि करण रु. ९९४,९,०००/- कुशेश्वरदेखि सुनकोशी नदी र तामाकोशी नदीको संगमस्थान त्रिवेणीसम्म र्‍याफ्टिङ सञ्चालको व्यवस्था गरिने पिकनिक स्र्पोट फनपार्क, चिल्डेपार्क स्थाल निर्माण र विस्तारको योजना अघि बढाइने ।

विपिपार्क र फापरचुली बोटानी कललाई पर्यटक क्षेत्र घोषणा गरिने, कुशेश्वर महादेवको मध्यभागको ६४ शिवलि·मध्ये पहिलो भएको दावी गरिएको छ । गणेश मन्दिर सोल्थुम मन्दिर शिद्वबाबा मन्दिर संसारीनाथ, अमारे पोखरी बालमी-केश्वरी मन्दिरहरुलाई धार्मिक पर्यटन क्षेत्र घोषणा गरिनेछ । पर्यटन नीतिमा पदमार्गहरु निर्माण गर्दै जाने होमस्टेको प्रबन्ध, अर्गानीक स्थानीय खाना, स्थानीय पाटीपौवा, गुम्बा, मन्दिर, मठ, पोखरी, सुनकोशी मरिण डाइभर्सन आसपासका क्षेत्रहरु, सुनकोशी र्‍याफ्टिङलाई एकिकृति पर्यटनको रुपमा, पर्यटन आर्षकण केन्द्रहरु निर्माण गरिनेछ । सिन्धुली जिल्लामा प्रशिद्व पञ्चकन्या ताल छ । यो जिल्लामा तामाङ २६.८७ प्रतिशत, मगर १४.९० प्रतिशत, क्षेत्री १३.६६ प्रतिशत, पहाडी ब्राम्हण ७.८९ प्रतिशत, नेवार ६.२८ प्रतिशत, भएको २०६८ को जनगणनामा उल्लेख गरेको पाइन्छ ।

भाषा-भाषीहरुमा प्रमुख तीन भाषामा नेपाली ४८.१८ प्रतिशत, तामाङ २६.०२ प्रतिशत, र मगर १०.८४ प्रतिशत थियो । यो जिल्लाको क्षेत्रफल २४९१ वर्ग.मि. २०५८ सालको जनगणनामा २७९,८२१ र २०६८ सालको जम्मा जनसंख्या २,९६,१९२ थियो । सिन्धुलीको परिवार ५७,५८१ औशत परिवार संख्या ५.१५ प्रतिशत थियो । सिन्धुलीको जम्मा स्थानीय तह ९ नगरपालिका र २ गापा छ । सुनकोशी गाउ“पालिको वित्तीय समानिकरण अनुदान ८४९४८, साक्षरता अनुदान १,५१,९०० राजश्व बाडँफाडँको सिलिङ ६२६२८ केन्द्र सरकार वित्तीय समानिकरण अनुदान ७७३३, प्रदेश सरकार २०७५/०७६ मा सिन्धुली खेल मैदान पल्धरी पुरानो झागाझोली कालीदेवी प्रा.वि. खेल मैदान मरिण, कुशेश्वर महादेव, सिन्धुली लेखनाथ दास हाल प्राप्त मत १६५२४ प्रतिशतमा ५७.२५, प्रदिपकुमार कटुवाल क्षेत्री के.सी प्राप्त ५६.६६ प्रतिशत थियो ।

विनोदकुमार खड्का प्राप्त मत १७,३,६६, प्राप्त मत प्रतिशत, ६०.३३ प्रतिशत छ । बुद्धीमान माझी प्राप्त मत १३७४९ प्रतिशत, प्राप्त मत ५९.८४४ प्रतिशत, समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद प्रदेश सभाका थिए ।
२०६८ सालको जनगणना हुँदा सुनकोशी गाउँपालिका परिवार संख्या ४९८७ मध्ये जम्मा जनसंख्या १८३७५ मध्ये महिला ९५४१ र पुरुष ८८३४ थिए । परिवारको औशत आकार ३.६८ लै·िक अनुपात ९२.५९, बार्षिक जनसंख्या बृद्धिदर -१.५० घटेको थियो । जनघनत्व ११९, ५ बर्ष माथि साक्षरता दर जम्मा ७१.३८ महिला ६४.३३ र पुरुष ६८.८३ थियो । २०६८ सालको जनसंख्या २१४७३ र परिवार संख्या ४५५७ मात्र थियो । २०६८ भन्दा ३०९८ मा जनसंख्या घटेको थियो । परिवार संख्या ४९८७ बढेर ४५५७ थियो ।

कुशेश्वर शिव मन्दिर सुनकोशी गाउँपालिका वडा नं. १ को पूर्वमा तुलसाको मठ र धर्मशालासहित कैलाशेश्वरको मन्दिर छ । पश्चिमतर्फ पविती स्तम्भ, सरस्वती, मन्दिर, पाटी २ पीपल, कमल, आँपहरुका रुखहरु छ । धेरै वृक्षहरुले भरिएको कैलाश भुमि सुवणर् कौशिकी नदीसम्म वन—बाटिकाहरु नदीको पारि विश्वामित्र गुफा पुल तरेर रामेछापतर्फ जानु पर्दछ । नदीको बाँयातर्फ किनारा मै पाइन्छ । दक्षिण रोशी (लीलावती र कौशिकी (कोशी) नदीको संगम छ । पितृतीर्थ, मार्कण्डेयतीर्थ र दुर्गातीर्थ आदि तीर्थहरु छन् ।

काठमाण्डौ काभे्रपलाञ्चोकको पूर्व पुगेपछि सिन्धुली जिल्लाको दुम्जामा यो मन्दिर छ । मन्दिर—गुम्बाज शैलीको छ । मन्दिरको छानाको चारपुर र माझमा गरेर पा“च वटा गजुरमा सुन लेपन गरिएको छ । एक तला मात्र भएको यो मन्दिरमा चारैतर्फ ढोका राखिएको छ । मन्दिर मुल ढोका दक्षिण मोहडाको छ । मन्दिरभित्र तामाको अर्धपात्रको माझमा दुई फुट उचाईको कालो वणर्को शिवलिङ्ग रहेको र यस शिव लिङ्गमा नित्य त्रैकालिक पुजा र आरतीहरु हुने गरेको छ । दक्षिणमा बटुब भैरव, नन्दी, हनुमानको शिलाको स्तम्भ राखिएको छ । स“गै यज्ञशालाको मन्दिर र बाहिर ढोका तथा घण्टाहरु राखिएको छ । यहाँको दुर्गातीर्थ पनि प्रशिद्व छ । यो मन्दिरमा वाला चतुर्दशी, हरितालिका, शिवरात्रि, श्रावण सोमवार आदि पर्व—पर्वमा मेला लाग्दछ ।

सहश्राणी तथा शैच्च तिश्र कोट्यो ९ धर्मको टिभिः चतुः पष्ठि चः लिङ्गनी क्षेत्र-९ स्मिन्सान्ति मे सदा ॥ -स्कन्द पुराण हिमवत् खण्ड नेपाल महात्भ्य ८९ श्लोक ३५ अध्याय । नेपालका पुण्यभुमि परमपावन क्षेत्र नेपालभर ३ करोड ५१ लाख ५ सय तीर्थहरु छन्, तीर्थहरु मध्ये सवश्रेष्ठ तीर्थहरु ६४ ज्योतिर्लिगहरुलाई मानिन्छ ।

यिनीहरुको आ-आप्mनै महत्व र महात्म्य भएर प्रख्यात भएको पाईन्छ । यी ६४ ज्योति लिंर्गहरुमा पुगेर स्नान गरि शरीर चोखो गरि जप—तप योग साधना गर्दै रुद्राक्ष माला धारणा गरी शिवजीलाई स्नान चन्दन फुलहरुले पुजागरी ज्योति लिंगको दर्शन पुजन र सायमकाल दीपदान गर्दा पाप मोजन हुन्छ, अक्षय पुण्य प्राप्त हुन्छ ।
श्रोत:
१. श्री सुनकोशी गाउंपालिका ०७७/०७८ बजेन बगत्व
२. प्रदेश वस्तु स्थिति विवरण २०७५ ।बागमती प्रदेश सरकार ।
३. राष्ट्रिय जनगणना २०७८ सुनकोशी गापा ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here