– केदार प्रसाद न्यौपाने
नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०७४ श्रावण २९ को निर्णयअनुसार नेपाल भ्रमण बर्ष ई.सं. २०२० मनाउने घोषणा भएको थियो । आ.व. २०७५–०७६ को नेपाल सरकारको नीति तथा कार्यक्रम उक्त भ्रमण बर्षमा बीसलाख पर्यटक भित्र्याउने गरी विशेष कार्यक्रम कै रुपमा अबलम्वन गरेको थियो । यो अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गरेर २०२० मा बीसलाख पर्यटक भित्र्याउने संघीय सरकारका संस्कृति र्पयटन तथा नागरिक उड्डयन मन्त्रीको संयोजकत्वमा प्रदेश सरकारका मुख्यमन्त्री समेत समावेश भएको नेपाल भ्रमण बर्ष २०२० मुल आयोजक समितिका सदस्यहरु रहने गरेर कार्यविधि तयार गरिएको थियो ।
अभियानलाई प्रभावकारी रुपमा अघि बढाउन २०२० मा वीसलाख पर्यटक नेपाल भित्र्याउने प्रदेश सरकारले योजना तर्जुमा गरी कार्यान्वयनका लागि दामन–कुलेखानी क्षेत्र र यस आसपास क्षेत्रको विकास र विस्तारका लागि मकवानपुर जिल्लालगायतका अन्य जिल्लाहरुमा सैलुङ क्षेत्र तथा आसपास क्षेत्र, गोञ्जाला पाख सञ्चालन १० वटा हिल स्टेशन विकास कार्यक्रम, जुगल हिमाल आरोहण, हिमाली पदमार्ग सञ्चालनलाई प्राथमिकतामा राखेर कार्यक्रम तर्जुमा गरिएको थियो ।
विश्व सम्पदा सूचीमा सूचीकृत विश्वभरका ६ सय ३० वटा सम्पदाहरुमध्ये १० वटा सम्पदा नेपालमा छन् । त्यसमध्ये वागमती प्रदेशमा ८ वडा सम्पदाहरु पर्दछन् । साहसिक पर्यटनहरुमा त्रिशुली, सुनकोशी र भोटेकोशी आदि नदीमा र्याफटिङ्ग र भोटेकोशी र त्रिशुली नदीमा कायाकिङ्ग चितवनको जलवीर काठमा त्रिशुली नदीमा कायाकिङ्ग चितवनकै जलवीरे, काठमाण्डौको सुन्दरीजल, ककनी, भुलत्ती, सुनकोशी र भोटेकोशीमा क्यान्यिानिङ्ग, चितवन राष्ट्रिय निकुञ्ज र शिवपुरी राष्ट्रिय निकुञ्जलगयतका जंगल सफारीहरु छन् । भोटेकोशीमा बञ्जीजम्पिङ, काठमाण्डौ र नगरकोट क्षेत्रमा माउन्टेन वाइक टुर्स, लाङटाङ, गणेश हिमालका साथै रोल्वालिङ्ग क्षेत्रमा पर्वतारोहण, नगरकोट, लाकुरीभञ्ज्याङ्ग, शिवपुरी, हेटौंडा, धुलीखेल, दामन तथा चित्लाङ्ग क्षेत्र प्याराग्लाइडिङ्गका लागि उपयुक्त क्षेत्रहरु यस प्रदेशमा छन् ।
बागमती प्रदेश नेपालको सबैभन्दा बढी पर्यटकीय सुबिधाहरु भएको प्रदेश हो । आ.व. ०७४÷०७५ को प्रदेशगत तथ्याङ्गक हेर्दा काठमाण्डौमा २३ हजार ५ सय ३८ बेडसहित ६ सय १८ वटा होटलहरु तत्काल थियो । चितवनमा ११ हजार ४ सय ८० बेडसहित ४ सय १० होटलहरु थिए । मकवानपुरमा २ हजार ५ सय बेडसहित ८९ होटल थिए भने काभ्रेपलाञ्चोकमा ७ सय २ कोठासहित २५ वटा होटलहरु थिए ।
यसैगरी होमस्टेतर्फ तत्काल काठमाण्डौंमा ४ सय १२ कोठासहित १ सय १२ दर्ता भएका थिए । त्यस्तै काभ्रपलाञ्चोक जिल्लामा १ सय ३७ कोठा सहित ५४ होमस्टेहरु दर्ता भएका थिए । रामेछाप जिल्लामा १ सय १६ कोठासहित ३१ वटा होमस्टे दर्ता भएका थिए । ललितपुर, नुवाकोट, चितवन, धादिङ र मकवानपुर जिल्लामा पनि दर्ता भएका र दर्ता हुने क्रममा रहेका होमस्टे सञ्चालन भैसकेका थिए । वागमती प्रदेश सरकारले एकअर्वभन्दा बढी रकम विनियोजन गरी पर्यटन विकास आयोजना मार्फत् कार्यान्वयन गरी रहेको देखिन्थ्यो । यो प्रदेश सरकारले पर्यटकीय ब्राण्डनेम तथा लोगो समेत तयार गरिसकेको थियो ।
दामन–चित्लाङ्ग–कुलेखानी (इन्द्रसरोवर) हेलम्बु, पाँचपोखरी, मुढे, जिरी, सोम्दाङ, रुवीभ्याली, ललितपुरको कालेश्वर, रामेछापको शिवालय, सिन्धुलीको सिन्धुलीगढी, खुर्कोट, चिम्टेश्वर र ककनी गरेर १० स्थानलाई हिल स्टेशन घोषणा गरिसकेको थियो । ती क्षेत्रमा भौतिक पूर्वाधार निर्माण गरी कार्यक्रम अगाडि बढी रहेको थियो । १८ वटा नयाँ भ्यूटावरहरु निर्माण गरिदै गरिएको लगत–इष्टमेट हुंदै थियो । १४ वटा पार्कहरु, १३ जिल्लामा १३ वटा कोशेली घरहरु, २६ वटा होमस्टेहरुको विकास, पहाडी तथा हिमाली क्षेत्रमा १४ वटा पदमार्ग स्तरो– न्निति, होमस्टे विकासका लागि हस्पिट्यालिटी व्यवस्थापन तालिम, नेचर गाइड र भरियाहरुको बिमा कार्यक्रम सञ्चालन गर्ने क्रममै थियो ।
कम्यूनिटी लज, जोमिख पदमार्ग, विश्राम, घर, पदमार्गमा सोलार, खानेपानीको ब्यवस्था, गौरीशंकर पदयात्रा, गणेश हिमाल जुगल, शैलुङको विकास कार्यक्रम अघि बढेको थियो । गोञ्जाला पासलाई खुलागरी लामटाङ, गोसाइकुण्ड तथा तातोपानी र गौरी शंकर–रोल्वालिङ्ग लिंक गरी पर्यटकीय पदमार्गको विकास र विस्तार हुने क्रममा थियो । चितवन राष्ट्रिय निकुञ्जमा सफारी मार्गमा ५ वटा पुल तथा मचानहरु निर्माण गरिनुका साथै शिवपुरी निकुञ्जमा मचान, होमस्टे र पदमार्ग विकासका कार्यक्रमहरु थालनी गरिएको थियो ।
मकवानपुर ः
मकवानपुर वागमती प्रदेशको राजधानी रहेको जिल्ला हो । मकजानपुरको परिचय यत्तिकैमा सीमित छैन । यस जिल्लामा प्राचीन तथा ऐतिहासिक क्षेत्रहरु र पुरातात्विक स्थानहरु पर्यटकीय क्षेत्रहरु, धार्मिक क्षेत्रहरु साँस्कृतिक क्षेत्रहरुले गर्दा यस जिल्लाको बिशेष परिचय छ । मकवानपुरको मात्र नभई दक्षिण एशियाकै पहिलो सुरुङमार्ग चुरियामा छ । दोस्रोमा सेन राजाहरुको राजधानी रहेको मकवानपुरगढी पुरानो, ठूलो र राजधानीसमेत भएको किल्ला–गढी–दरवार थियो । दुवै दरवारहरु पुरातत्व विभाग काठमाण्डौंबाट पुनःनिर्माण सम्पन्न हुने क्रममा छ । तेस्रोमा चिसापानीगढी, तराईबाट काठमाण्डौं र काठमाण्डौंबाट तराई जांदा राहदानी लिनै पर्ने अड्डा थियो । यो गढीमा हात–हतियार खर–खजानहरु राखिन्थ्यो । यो गढी राजा मानिक सेनको पालामा इट्टाद्वारा निर्माण भएको थियो । हाल क्षतिग्रस्त भएकोले दोखलाका नरवीर महत र नखीथरका वास्तुकलाकारको अगुवाइमा ढुङ्गा द्वारा पुनर्निमार्ण गरिएको छ ।
तत्काल दक्षिणी छिमेकी देश भारतमा अंग्रेजहरुको शासन भएको र तिनीहरु नेपालभित्र पसेर तिब्बतसम्म पुगेर व्यापार÷व्यवसाय गर्ने भनि प्रयास गरिरहेता पनि प्रधानमन्त्री भीमसेन थापाले अंग्रेजहरुले संसारलाई नै आफ्नो प्रभावमा ल्याउने नीतिलाई असफल पार्न राहदानीको प्रथा लागु गरेर कुनै पनि विदेशी नेपाल प्रदेश गर्न र राहदानी नभए प्रवेश गर्न नदिने नीति लागु गरेका थिए । राहदानी विभाग स्थापना गरेर सर्वप्रथम चिसापानीगढी–वीरगञ्ज गोश्वारा, सिन्धुलीगढी, हरिहरपुरगढी, उपरदाङगढी आदि गढीहरुमा राहदानी चौकीको अड्डा स्थापना गरेका थिए । तेस्रोमा ७ कि.मी. लम्बाइको इन्द्रसरोवर पनि हो आजसम्म यति लामो मानव निर्मित पोखरी छैन । हिउँदमा यहाँको पानी खर्चेर विद्युत उत्पादन भैरहेको छ । चौंथो पर्यटकीय स्थल सहिद स्मारक हो । यहाँ एकै शिलामा सहिदहरुको आकृति कुदेर राखिएको छ । यो स्थानलाई सहिदहरुको तीर्थ स्थल पनि भनिन्छ । यहाँको सहिद स्तम्भमा नेपालको नक्सा राखेर ज्ञान–अज्ञात सहिदहरुको आकृतिको मुर्ति राखिएको छ । एक तन्त्रीय राणा शासन हटाउन अग्रणी नेताहरुको पनि पूर्णकदको प्रतिमा राखिएको छ । सहिद ग्यालरी, सहिद बगैंचा, वनभोज स्थल र कलात्मक मूख्य द्वार निर्माण भैसकेको छ ।
यहाँ बार्षिक करिव ६ लाख पर्यटकहरु आउने गर्दछन् । पाँचौंमा त्रिभुवन राजपथ जसलाई वाईरोड भनिन्छ । २००९ सालबाट प्रारम्भ भएर २०१३ देखि सञ्चालन हुँदा तराईबाट राजधानी पुग्ने सर्वप्रथम पहिलो मार्ग हो । यसअघि काठमाण्डौं उत्पयकामा पुग्न भीमफेदी हुंदै घोडा–डोली–ताम्नाम र पैदल हिंडेर मात्र काठमाण्डौं पुगिन्थ्यो । सडकको पुल–पुलेसा र पिच सम्पन्न गरि नेपाल सरकारलाई २०१७ सालमा हस्तान्तरण भएको थियो । यो बाटो निर्माण गर्दा भारतीय सरकारले राजधानी पुग्ने ५० बर्षसम्म अर्को बाटो निर्माण गर्न नपाउने करार गरेकोले कान्तिराजपथ नेपाली सेनाहरुद्वारा तयार गरी राजा महेन्द्र आफैंले सवारी चलाई हेटौंडा आएका थिए । तर, त्यही कारणले भारत सरकारले कान्तिराज सञ्चालन गर्न रोकेको थियो । तत्काल नेपालका नेताहरुलाई भारतीय नेताहरुले दवाव दिएको पाइन्छ ।
त्रिभुवन राजपथमा भैंसेबाट थानकोट पुग्दा २ सय ८१ पटक पूर्व फकर्नु पर्दछ । २ सय ३५ पटक पश्चिम फर्कनु पर्दछ । २ सय ७२ पटक उत्तर फर्कन पर्ने मोडहरु छन् । २ सय ४२ पटक दक्षिण फर्कन पर्ने मोड छ । १२ घुम्ती कालिकाटार र ७ घुम्ती फटपुरमा छ । यो सडक निर्माण अवधिमा २२ जना नेपाली मजदूर र ९ जना भारतीय सेनाका जवानले ज्यान गुमाएका थिए ।
नेपालकै पहिलो २००१ सालमा स्थापना भएको भेडीगोठ चित्लाङ्मा छ । बाख्राको दूधबाट चीज बनाउने उद्योग पनि यही छ । वातावरण विनासका कारण २०५४ सालदेखि भेडा नफष्टाएकोले हाल बाख्रापालन गरिएको छ । भेडा बाख्रा चरणका लागि ठूलो जग्गा सुरक्षित राखिएको छ । सर्वप्रथम राणाहरुले भेडाको मासुको लागि भेडी गोठ स्थापना गरेका थिए ।
हात्तीसार ः
नेपालमै पहिलो पटक जंगबहादुर प्रधानमन्त्री भएपश्चात जंगलका हात्ती समातेर रगताम्य अवस्थामा हेटौंडाबाट भीमफेदी लगेर ठूलोरुखमा हात्तीलाई बाँधेका थिए । हात्ती राख्ने घर भने प्रधानमन्त्री चन्द्रशमशेरले निर्माण गराएका थिए । त्यसलाई नेपालको पहिलो हात्तीसार भनिन्छ । राजा त्रिभुवन, बेलायती महारानी त्यहिका राजकुमारहरु चढेको हौदा–कांटी आदि आज पनि संग्रहालयको रुपमा देख्न सकिन्छ ।
पहिलो दामन भ्यूटावर ः
२०१० सालमा थाहा प्रणेता रुपचन्द्र विष्टले गोठालो र घाँसीहरु साथ लिएर निर्माण प्रारम्भ गरेका थिए । भारतीय सेनाका इञ्जिनियरहरुले वाइरोड निर्माणका क्रममा पनि सहयोग गरेका थिए । पर्यटन मन्त्रालयले रिर्सोट–चमेनागृह आदि निर्माण गरिदिएर पछि सञ्चालनका लागि जिल्ला विकास समितिलाई हस्तान्तरण गरेपश्चात ठेक्का लगाएर सञ्चालन गरियो । हाल यो थाहानगरपालिकाअन्तर्गत छ । यहाँबाट धेरै हिमालहरु देखिन्छ, मौसम सफा भएको समयमा पर्यटकहरु दृष्यावलोकनका लागि आउने गरेका छन् । नेपालमै पहिलो जैतुनखेती चित्लाङ्ग–९ विसिङ्खेलमा लगाइएको थियो ।
नेपालकै पहिलो रोपवे धोर्सिङ र २०१९ सालदेखि हेटौंडाबाट काठमाण्डौं मातातीर्थ नज्दिक पुग्दथ्यो । राजधानी बाहिर प्रहरी चौकी सर्ब प्रथम चित्ताङ्गमा थियो । सेनकालीन चौकी–गुम्वाडाँडा अन्तर्राष्ट्रिय मूर्तिकला केन्द्र हेटौंडा–१८ मा छ । वनस्खण्डीदेवी हेटौंडा–२, मा, रुद्रेश्वर महादेव मन्दिर हेटौंडा–५ पिप्लेमा, मत्स्य विकास केन्द्र ५० हेक्टरको हेटौंडा–५, मनकामना मन्दिर हेटौंडा–५ र मकवानपुरगढी गाउपालिका–४ को सिमाना, पुण्यक्षेत्र हेटौंडा–११, मनकामना मन्दिर मनहरी महरिह सेनको पालामा स्थापना भएको भूटनदेवी मन्दिर हेटौंडा–१०, कुस्माण्ड सरोवर त्रिवेणीधाम हेटौंडा–९, वन विज्ञान अध्ययन संस्थानको जैंविक संग्राहलय, जुरेथुममा ४२ फूटको अग्लो श्रीकृष्णको मूर्ति, वनभोज र राधेराधे जगतपुरको प्रमुख नेपाल शाखा हेटौंडा–१७ नं. वडा झुरझुरे ऐतिहासिक स्थल, गोल्मेहरराजाको भग्नाबशेष वागमती गाउपालिकापा जलपरि झर्ना र चमेरोगुफा राक्सिराङ्ग, मनह–रीको मचान क्षेत्र आरक्ष । हेटौंडा औद्योगिक क्षेत्र, सहिद रुद्र स्मृति बाटिका, सेन राजाहरुको इष्टदेवी राजदेवी, गोरक्षेश्वर पाञ्चायन मन्दिर, ५२ फिटको हनुमान मुर्ति, स्यार्से कालिका टिष्टुग बज्रबाराही, पालुङ इन्द्रेणी, पाण्डुकेश्वर, त्रिखण्डी महादेव आदि ऐतिहासिक धार्मिक स्थलहरु छन् ।
श्रोत ः–
१) वागमती प्रदेश २०२० भीजिट नेपाल पर्यटन बर्ष
२) केदारप्रसाद न्यौपाने, मकवानपुर पर्यटकीय पथ प्रदर्शक पुस्तक ।
३) केदारप्रसाद न्यौपाने मकवानपुर परिचय भाग–२,