हेटौंडा/वागमती प्रदेशका काठमाडौं, ललितपुर र भक्तपुरबाहेक १० जिल्लामा दश प्रतिशत्ले अपराधका घटना बढेका छन् । वागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले सार्वजनिक गरेको तीन आर्थिक वर्षको तथ्यांकअनुसार गत आवमा मुद्धा दर्ता र अपराधका घटना बढेको हो ।
आव २०७८/०७९ मा चार हजार ४ सय ५ र आव २०७९/०८० मा चार हजार ६ सय ७९ अपराधका घटना भएकोमा गत आव २०८०/०८१ मा पा“च हजार १ सय ९७ मुद्धा दर्ता र अपराधका घटना भएका छन् । प्रहरीले दिएको तथ्यांकअनुसार अघिल्ला आवको तुलनामा गत आवमा ९ दशमलव ९६ प्रतिशत्ले अपराध बढेको देखिन्छ ।
गत आवमा संगठित तथा आर्थिक अपराध सम्बन्धित घटना बढेको वागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको तथ्यांकले देखाएको छ । प्रदेशको तीन वर्षको तथ्यांकले बैंकिङ कसुर र वित्तीय अपराधका घटना उल्लेख्यरुपमा वृद्धि भएको देखाएको हो । संगठित तथा आर्थिक अपराधसम्बन्धित घटना आर्थिक वर्ष २०७८/०७९ मा ५ सय ६३ भएकोमा आव २०७९/०८० मा बृद्धि भइ ९ सय ४ पुगेको थियो भने गत आव २०८०/०८१ साउनदेखि असार मसान्तसम्म एक हजार ३ सय ३४ पुगेको छ । पछिल्लो तीन आवको तथ्यांक हेर्दा गत आवमा आपराधिक घटना बढेको तथ्यांकले देखाउ“छ ।
वागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवमा ज्यानसम्बन्धित ९ सय ९१, आत्महत्यासम्बन्धित ९ सय ९७, चोरीसम्बन्धित २ सय ६५, सामाजिक अपराधसम्बन्धित ८ सय ४९, सवारीसम्बन्धित ३ सय १० र अन्य ४ सय ७१ अपराधस“ग सम्बन्धित घटना घटेका छन् ।
गत आवमा ३ सय ५२ लागुऔषध, ४८ कर्तव्यज्यान, २ सय ८६ जबर्जस्ती करणी, ८ मानव बेचबिखन तथा ओसारपसार, ५ अपहरण तथा शरीर बन्धक, २ डा“का र अन्य २७ अपराधका घटना भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । महिला तथा बालबालिकाविरुद्ध अपराध पनि बढ्दै गएको छ । गत आवमा २ सय ८६ वटा जबर्जस्ती करणी, ४६ बहुविवाह, ५१ जबर्जस्ती करणी उद्योग, ८ वटा मानव बेचबिखन तथा ओसारपसार र २ वटा बालविवाहस“ग सम्बन्धित अपराधका घटना भएका छन् । अघिल्ला आवको तुलनामा गत आवमा क्रमश अपराधका घटना बाहिर आएको तथ्यांकले देखाउ“छ ।