हेटौंडा | हेटौंडामा ८० प्रतिशत् महिलाले बच्चालाई स्तनपान गराउछन् भने २० प्रतिशत् महिलाहरुले विविध कारण (अफिस जानपर्ने स्थिति, बिदा नमिलेर घरबाहिर बस्नुपर्ने) कारण डब्बा वा अन्य दूध खुवाउने गरेका छन् ।
हेटौंडा अस्पतालका बालरोग विशेषज्ञ डा. हरि खड्काले आमाको दूधबाहेक डब्बाका दूध खुवाउनु बच्चाका लागि राम्रो नभएको बताए । उनका अनुसार स्तनपानले बच्चास“गै आमालाई पनि फाइदा हुन्छ जस्तै स्तन क्यान्सरबाट बच्न सकिन्छ ।
बच्चालाई आमाको दूध खुवाउनाले रोगस“ग लड्नसक्ने क्षमता बृद्धि हुने भएकाले आमाले अनिवार्य स्तनपान गराउन जरुरी रहेको डा. खड्काको भनाइ छ । ॅआमाका दूध खाएका बच्चामा निमोनिया, सामान्य डायरिया, क्यान्सर र मोटोपनस“ग लड्नसक्ने क्षमता बढी हुन्छ,’ डा. खड्काले हेटौंडा सन्देशस“ग भने-बच्चाले आमाको दूधसेवन गर्नाले घरपरिवारलाई पनि खर्च कम हुनुका साथै अन्य कुरामा फाइदा पुर्याउन मद्धत गर्छ ।
अगष्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाइन्छ । हरेक आमाले आफ्ना बच्चालाई स्तनपान गराउ“दा ध्यान दिनुपर्ने केही महत्वपूणर् कुरा छन् । जस्तै नया“ आमाको आहार, कुन बानी छाड्नुपर्छ, कस्ता शारीरिक र मानसिक समस्या सामना गर्नु परेको छ भन्ने कुरा निकै महत्वपूणर् हुन्छन् ।
विश्व स्तनपान सप्ताह नेपालमा पनि मनाइ“दैछ । यो एक उत्सव हो । यस उत्सव १ सय २० भन्दा बढी देशमा प्रत्येक वर्ष आयोजना गरिन्छ । उत्सवको उद्धेश्य नया“ आमाबुबाबीच जागरुकता पैदा गर्न र संसारभरमा शिशु स्वास्थ्यमा सुधार गर्नु हो । विश्व स्तनपान हप्ता पहिलो पटक १९९२ मा वल्र्ड अलायन्स फार ब्रेस्टफिडिङ एक्सनद्वारा १ देखि ७ अगष्टसम्म उत्सवका रुपमा मनाइएको थियो । विश्वव्यापी स्तनपान संस्कृतिलाई पुनस्र्थापना गर्ने र जहिले पनि स्तनपानका लागि समर्थन प्रदान गर्ने लक्ष्यसहित युनिसेफ डब्ल्युएचओ, व्यक्ति, संगठनहरु र सरकारलगायत उनीहरुका साझेदार संस्थाहरुले मनाउने गर्छन् ।
आमाको दूधमा ८० प्रतिशत् पानी हुन्छ भने ठोस खानामा १२ प्रतिशत् हुन्छ ।
यसमा दुई प्रतिशत् कार्बोहाइड्रेट र प्रोटिन पनि हुन्छ । यसका साथै यसमा निर्धारित मात्रामा सबै आवश्यक सूक्ष्म पोषक तत्वहरु पनि हुन्छन्, जसले बच्चाको पाचन प्रक्रियामा मद्धत गर्छ । वल्र्ड अलायन्स फार ब्रेस्टफिडिङ एक्सनले साझा नारासहित उत्सव मनाउने एकमात्र कारण स्तनपानको लाभ र यसको महत्वबारेमा सजग बनाउनु रहेको बताएको छ । स्तनपान र अस्तित्व, स्वास्थ्य र महिलाको स्थिति, बच्चाको स्वास्थ्य र राष्ट्रका बीचको सम्बन्धलाई हाइलाइट गर्छ । स्तनपान सुरक्षाको महत्वबारे मानिसलाई सूचित गर्न, स्तनपानलाई एक महत्वपूणर् सार्वजनिक स्वास्थ्य जिम्मेवारीका रुपमा समर्थन र बहस गर्नु र सार्वजनिक जनस्वास्थ्य सुधार गर्न स्तनपानको सुरक्षामा कार्य गर्ने समूह तयार गर्नु दिवसको लक्ष्य हो ।
स्तनपान के हो ?
सामान्यतया शिशुलाई आफ्नै आमाको दूध चुसाउनु स्तनपान हो । स्तनपानको दुई मूलभूत मापदण्ड छन् । प्रारम्भिक स्तनपानले शिशु जन्मेको एक घण्टाभित्र आमाको दूध खुवाउन सुरु गर्नु हो । यसो गर्नाले शिशुले दूध चुस्ने क्षमता प्राप्त गर्छ । शिशुको शरीरमा ग्लुकोजको कमी हुनबाट बचाउ“छ । बच्चा जन्मेदेखि केही दिनसम्म आउने पहेंलो प्रकारको बिगौती दूधमा रोगस“ग लड्नसक्ने प्रतिरक्षा क्षमता ( एन्टिबडी) धेरै हुने भएकाले बच्चालाई रोग लाग्नबाट बचाउने हु“दा यसलाई शिशुको पहिलो प्राकृतिक खोप पनि भनिन्छ ।
शिशु जन्मेदेखि ६ महिनासम्म आमाको दूधमात्र खुवाउनु पूणर् स्तनपान हो । शिशुका लागि आवश्यक पर्ने पानी, मिनरल्स, ग्लुकोज तथा अन्य भिटामिन र रोग प्रतिरक्षात्मक तत्वसमेत आमाको दूधमा नै पर्याप्त हुने भएकाले अन्य कुनै किसिमको थप खाना आवश्यक ह“ुदैन । यसरी ६ महिनासम्म स्तनपान गराउ“दा शिशुहरुको शारीरिक र मानसिक वृद्धि र विकासका लागि सहयोग पुग्छ ।
पूणर् स्तनपान गराएका बच्चाहरुको दिमागी क्षमता अन्य बच्चाभन्दा तीक्ष्ण हुन्छ । संक्रामक रोगबाट बच्ने र आर्थिक भार पनि नपर्ने तथा आमाको स्वास्थ्यमा समेत सकारात्मक फाइदा भएकाले स्तनपान अमृत समान हुन पुगेको छ । दीर्घकालीनरुपमा बच्चाको मृत्युदर घटाउनसमेत स्तनपानको भूमिका छ । शिशु ६ महिना पुग्नासाथ आमाको दूधका साथै पोषिलो थप आहार खुवाउन थाल्नुपर्छ र कम्तिमा २ वर्षसम्म थप आहारसाथ स्तनपानलाई पनि निरन्तरता दिनुपर्छ ।
दूधमा रोगनिरोधक तत्व हुन्छ, जसले नवजात शिशुको रोगस“ग लड्नसक्ने क्षमता विकसित गर्न मद्धत गर्दछ । चिकित्सकका अनुसार शिशुलाई जन्मेको एक घण्टामा स्तनपान गराउनुपर्छ । शिशुलाई छ महिनासम्म स्तनपानमात्र गराउनु पर्दछ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर छ महिनामुनिका ४४ प्रतिशत् शिशुलाई मात्र स्तनपान गराइन्छ । स्तनपानको अभ्यासलाई सुधार गरिएमा वार्षिकरुपमा आठ लाख २० हजार शिशुको ज्यान जोगाउन सकिन्छ । स्तनपान नगराउ“दा वार्षिक झण्डै तीन सय खर्ब रकम खर्च हुने अनुमान गरिन्छ । स्तनपानले शिशु र आमा दुवैको स्वास्थ्यमा फाइदा पुग्ने गर्छ । शिशुको वृद्धि, विकास र रोगप्रतिरोधात्मक क्षमता विकासका लागि स्तनपान महत्वपूणर् हुनेगर्छ । चिकित्सकका अनुसार स्तनपानले शिशुलाई कष्ट र तनावबाट समेत मुक्त गराइ आराम प्रदान गर्दछ ।
स्तनपानसम्बन्धी कानुनी व्यवस्था
सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ को परिच्छेद ३ को दफा १३ मा उल्लेख गरिएको प्रसूति बिदाको अधिकारभित्र नवजात शिशुलाई स्तनपान प्रवद्र्धन र सहजीकरणका लागि ९८ दिन पूणर्तलबी बिदाको व्यवस्था गरेको छ भने आवश्यक परेमा चिकित्सकको राय सल्लाहअनुसार बढीमा एक वर्षसम्म बेतलबी बिदा पाउने अधिकारको व्यवस्था गरेको छ ।
सबै प्रकारका सरकारी, गैरसरकारी वा निजी संघसंस्थाले आफ्नो कार्यालयमा कार्यरत् महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दूध खुवाउनका लागि आवश्यक व्यवस्था मिलाउपर्ने उल्लेख छ । हरेक कार्यालय, स्कुल, बसपार्क र एयरपोर्ट जस्ता स्थानमा छुट्टै स्तनपानकक्ष हुनुपर्ने व्यवस्था गरेको छ । स्तनपान नवजात शिशुका लागि नैसर्गिक अधिकारका रुपमा पारिभाषित गरिएको छ । स्तनपान र आमाको दूधलाई प्रतिस्थापन गर्ने सबै प्रकारका तयारी खाना र वस्तु बिक्रीवितरण नियन्त्रण ऐन, २०४९ र नियमावली २०५१ मा उल्लेख भएको प्रावधान छन् । प्रसूतिगृह वा अस्पतालमा प्रारम्भिक स्तनपानलाई प्रवद्र्धन तथा स्थापित गर्न मातृशिशुमैत्री कक्षको व्यवस्था गर्नुपर्ने हुन्छ ।
तर, नेपाल बहुसूचक सर्वेक्षणअनुसार शिशु जन्मेको १ घण्टाभित्र स्तनपान गराउने आमाको संख्या ४१.७ प्रतिशत्मात्र छ भने पूणर् स्तनपान गराउने आमा ६२.१ प्रतिशत् छन् । शिशुलाई उमेरको मापदण्डअनुरुप स्तनपान गराउने आमा ८१.४ प्रतिशत्मात्र छन् ।
उल्लेखित प्रतिनिधि तथ्यांकले दर्शाएको वर्तमान स्थितिका कारणको खोजी गर्दा अशिक्षा, गरिबी, ऐन, कानुन र नियमावलीको अभावले स्तनपानलाई कुनै असर परेको देखि“दैन । व्यापारिक विज्ञापन, व्यक्तिगत् आम्दानी, बजारमा उपलब्ध फर्मुलायुक्त खाना, कानुनी प्रावधान कार्यान्वयन पक्ष फितलो हुनु, कार्यालय वा अन्य स्थानमा छुट्टै स्तनपानकक्ष व्यवस्था नहुनु वा महिला कर्मचारीलाई स्तनपान गराउने समयको व्यवस्था नगरिनु, प्रसूति बिदा कम दिनु (९८ दिनमात्र) र परम्परागत् धारणा समाजमा रहिरहनुले स्तनपान नवजात शिशुको नैसर्गिक अधिकार हनन् भएको दाबी गरिएको छ ।