हेटौंडा/वागमती प्रदेशका नवनियुक्त प्रदेश प्रमुख दीपकप्रसाद देबकोटाले पदभारग्रहण गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले देबकोटालाई वागमती प्रदेशको प्रमुख नियुक्त गरेका थिए । बिहिवार शीतलनिवासमा पद तथा गोपनियताको सपथ खाएका प्रदेश प्रमुख देबकोटाले प्रदेश प्रमुखको कार्यालयमा पदभारग्रहण गरेका हुन् ।
कार्यक्रममा निवर्तमान प्रदेश प्रमुख यादबचन्द्र शर्मालाई बिदाइ गरिएको छ । नवनियुक्त प्रदेश प्रमुख देबकोटाले शर्मालाई माला र खादा लगाएर बिदाइ गरे । देबकोटालाई साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको थियो । कार्यक्रममा वागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा तामाङ, प्रदेशसभाका सभामुख भुवनकुमार पाठक, प्रदेशका मन्त्रीहरु, सरकारी सचिवहरु र सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो ।
पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा प्रदेश प्रमुख देबकोटाले नेपालको संविधान र कानुनको अधीनमा रही विधि र प्रक्रिया अपनाएर आफूले कामकाज गर्ने बताए । उनले आफ्नो अनुभव, दृष्टिकोणलाई वागमती प्रदेशको उन्नति र समृद्धिका लागि सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
को हुन् देबकोटा ?
देबकोटा २०१५ साउन २ गते पाल्पाको तत्कालीन देवीनगर गाउ“पञ्चायत-२ मा जन्मिएका हुन् । उनी २०३१ सालदेखि पाल्पामै शिक्षण पेसामा आवद्ध थिए । २०३४ सम्म अध्यापन गरेका देबकोटालाई त्यसबेला एमाले संस्थापक अध्यक्ष मनमोहन अधिकारीले क्रान्तिकारी बुद्धिजीवी संघको सदस्यता दिए । तर, उनले सदस्यता भूमिगत् नै राखे ।
पाल्पामा हुँदा देबकोटाले तत्कालीन तानसेन नगर पञ्चायतमा लेखापालको काम गरे । त्यतिमात्र होइन, त्यहा“ उनले लेखापढी व्यवसायीको काम पनि गरे । २०३८ सालमा पाल्पाबाट देबकोटा कञ्चनपुरको महेन्द्रनगर गए । तत्कालीन महाकाली अञ्चल अदालतमा उनी २०३९ माघसम्म विचारी काम गर्थे । त्यसपछि लोकसेवा आयोगबाट मुखिया बनेका उनको बैतडी हुलाकमा सरुवा भएको थियो ।
२०४२ मा कैलालीमा हुँदा उनी बढुवा भएर खरिदार बने । २०४८ सालमा निजामती कर्मचारी आन्दोलनमा देबकोटा सहभागी भए । काठमाडौंको भद्रकालीमा २२ दिन अनसन बसेको भन्दै उनलाई खरिदारको जागिरबाट अवकास दिइयो । त्यसपछि उनी एमालेको सक्रिय राजनीतिमा आएका आएका हुन् । २०४९ मा देबकोटा धनगढी नगर उपप्रमुखमा एमालेको तर्फबाट चुनावी प्रतिस्पर्धा गरे । तर, त्यसबेला उनी पराजित भए । एमालेको नगर, जिल्ला कमिटी सदस्य हु“दै देबकोटा २०५९ मा नेकपा एमाले कैलाली अध्यक्ष बने । दुई कार्यकाल एमाले कैलालीलाई हा“केका उनले २०६५ सालमा राजीनामा दिए ।
देबकोटा २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा कैलाली-५ बाट चुनाव लडे पनि सफल हुन सकेनन् । कैलालीका देबकोटा लामो समय नेकपा एमालेमा राजनीति गरेका व्यक्ति हुन् । उनीस“ग एमालेका विभिन्न कमिटीमा काम गरेको अनुभव छ । केही वर्षअघि भूमि आयोग कैलालीको अध्यक्ष बनेर ५ महिना काम गरेका थिए । पछिल्लो समय एमाले अनुशासन आयोगको सदस्य रहेका देबकोटा प्रदेश प्रमुखको नियुक्तिस“गै पार्टी राजनीतिबाट अलग बनेका छन् ।
वागमती प्रदेशका हालसम्मका प्रदेश प्रमुखमा अनुराधा कोइराला (२०७८ बैशाख २० देखि २०७८ साउन १२ सम्म), विष्णुप्रसाद प्रसाईं (२०७६ कात्तिक १८ देखि २०७८ भदौ ३ सम्म), यादबचन्द्र शर्मा (२०७८ भदौ ३ देखि पदमुक्त गर्ने साउन १४ को मन्त्रिपरिषद् निणर्यसम्म) र देबकोटा (नियुक्त गर्ने साउन १४ को मन्त्रिपरिषद् निणर्य) छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कणर्ाली, लुम्बिनी र वागमती प्रदेशका बहालवाला प्रमुख बर्खास्त गरेर नयाँ प्रदेश प्रमुखहरु नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निणर्य गरेको हो । मन्त्रिपरिषद्ले गरेको निणर्य र सिफारिसका आधारमा राष्ट्रपति पौडेलले तीन वटै प्रदेशका लागि नया“ प्रदेश प्रमुखहरु नियुक्त गरेका हुन् । सरकारले कणर्ालीमा यज्ञराज जोशी, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र वागमतीमा देबकोटा नियुक्त भएका छन् ।
संघीय सरकारमा प्रतिनिधित्व गर्ने ठूला दलहरु आफूनिकटका व्यक्तिहरुलाई प्रदेश प्रमुखमा नियुक्त गर्दै सत्ताबाहिर रहेका दलनिकटका व्यक्तिलाई जिम्मेवारीमुक्त गर्दै आएका छन् । सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकबाट बर्खास्त गरिएका कणर्ालीका प्रदेश प्रमुख तिलक परियार र लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन प्रतिपक्षमा रहेको नेकपा माओवादी केन्द्रका तर्फबाट सिफारिसमा परेका व्यक्ति थिए ।
वागमतीमा बर्खास्त गरिएका शर्मा प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी) को सिफारिसमा प्रदेश प्रमुखमा नियुक्त गरिएका व्यक्ति हुन् । शर्माको स्थानमा सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले कैलालीको धनगढीका देबकोटालाई प्रदेश प्रमुख बनाइएको हो ।