10.9 C
Makwānpur
Homeसमाजस्थानीय सरोकारमा नियमित बहस अघि बढाउँदै स्वतन्त्र पत्रकार संघ मकवानपुर
spot_img

स्थानीय सरोकारमा नियमित बहस अघि बढाउँदै स्वतन्त्र पत्रकार संघ मकवानपुर

spot_img

हेटौँडा | स्थानीय मुद्दामा सरोकारवालाबीचको संवाद र बहसलाई नियमित बनाउने उद्देश्यसहित स्वतन्त्र पत्रकार संघ मकवानपुरले आफ्नो छलफल श्रृंखला अघि बढाउने भएको छ।

संघले यसअघि चैत १४ गते ‘मकवानपुरे पत्रकारितामा नयाँ पुस्ता : चुनौती, अवसर र तयारी’ विषयमा पहिलो बहस आयोजना गरेको थियो, जसले सरोकारवाला पक्षबाट उल्लेख्य चासो र सकारात्मक प्रतिक्रिया प्राप्त भएको संघले जनाएको छ। अब संघले प्रत्येक महिनामा यस्तै बहस आयोजना गर्ने निर्णय गरेको छ।

- Advertisement - Ad Banner

नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम राख्दै संघले आगामी योजनाहरूको खाका कोरेको छ । संघका अध्यक्ष राजन घिमिरेको अध्यक्षतामा बसेको बैठकले वैशाख महिनामा स्थानीय विद्यालयहरूको नयाँ शैक्षिक सत्रलाई केन्द्रमा राखी सार्वजनिक शिक्षाको विषयमा छलफल गर्ने निर्णय गरेको हो।

संघका अध्यक्ष राजन घिमिरेका अनुसार सार्वजनिक चासोका विषयमा सरोकारवालाबीच बहस गराई समाधानका उपाय खोज्ने उद्देश्य लिएको छ। “यसले सरोकारवालालाई जिम्मेवार बनाउने र सकारात्मक निष्कर्ष निकाल्न सहयोग पुर्‍याउने विश्वास लिएका छौं,” अध्यक्ष घिमिरेले बताए।

कार्यक्रममा स्वतन्त्र पत्रकार संघ केन्द्रीय उपमहासचिव तथा मकवानपुर शाखाका संस्थापक अध्यक्ष सुरेश श्रेष्ठ, संघका निवर्तमान अध्यक्ष गोकुल अधिकारी लगायतको उपस्थिति थियो।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि