31.9 C
Makwānpur
Homeसमाजएसकी केन्द्रीय सदस्य एमालेमा

एसकी केन्द्रीय सदस्य एमालेमा

हेटौंडा/नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य शान्ता पाख्रिनसहित दर्जन नेता/कार्यकर्ता नेकपा (एमाले) मा समाहित भएका छन् ।

नेकपा (एमाले) सिन्धुलीको तीन महिने ‘पुराना जगाउँ, नयाँ बढाउँ’ अभियानको अभिमुखीकरण कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सदस्य पाख्रिन र बागमती प्रदेश सदस्य गीता कटुवाललगायत नेता/कार्यकर्तालाई नेकपा (एमाले) बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेल र केन्द्रीय सदस्य एवम् जिल्ला इञ्चार्ज मनोजजंग थापाले स्वागत गरे ।

नेकपा (एस) का जिल्ला कमिटी सचिवालय सदस्य एवम् भूतपूर्व सैनिक संगठन केन्द्रीय सचिव भरत कटुवाल, जिल्ला कमिटी सदस्य सम्झनाकुमारी श्रेष्ठ र मायादेवी थापा, विजिता कटुवाल पनि नेकपा (एमाले) मा फर्किएका छन् ।

नवप्रवेशी नेताहरुले नेकपा (एस) को औचित्य सकिएको र देशमा एमालेको विकल्प नरहेको निष्कर्षसहित पुरानो घरमै फर्किएको बताए । कार्यक्रममा केन्द्रीय सदस्य गणेशकुमार पहाडी, विषम्‌लाल अधिकारी, कमलजंग राई, उमा कोइराला, निरु दर्लामी कुँवर, सुबास देबकोटालगायत नेता थिए । नेकपा (एमाले) बागमतीले टोलटोलमा मसिनो योजनासाथ पार्टी कामलाई अगाडि बढाउने बताएको छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here