31.9 C
Makwānpur
Homeसमाजलात्तीले हान्ने प्रहरी निलम्बित

लात्तीले हान्ने प्रहरी निलम्बित

काठमाडौं/चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवालाई कुटपिट गर्ने प्रहरी निलम्बित भएका छन् । कुटपिट गर्ने प्रहरीलाई निलम्बन गरी थप कारबाही प्रक्रिया अघि बढाइएको हो ।

‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा खटिएका प्रहरीले युवालाई लात्तीले हानेर कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । त्यसपश्चात् प्रहरीले उनलाई कारबाहीका लागि छानबिन समिति बनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रका अनुसार ती असई गणेशस्थान बिटमा कार्यरत् बुद्धिबहादुर घर्तीभुजेल हुन् । उनले प्रहरी आचरणविपरीत काम गरेकाले निलम्बन गरिएको मिश्रले जानकारी दिए । उनका अनुसार घटना गत पुस १५ गतेको हो ।

कुटाइ खाने व्यक्ति भरतपुरकै भोजाडतिरका भएको प्रारम्भिक सूचना छ । ती व्यक्तिलाई खोज्ने काम भइरहेको चितवन प्रहरी प्रमुख मिश्रले बताए ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here