21.7 C
Makwānpur
Homeसमाजखानेपानीमा धुलिखेल र पनौतीबीच सहमति
spot_img

खानेपानीमा धुलिखेल र पनौतीबीच सहमति

spot_img

धुलिखेल÷धुलिखेल र पनौतीमा देखिएको खानेपानीको अभाव तत्कालका लागि समाधान गर्ने गरी धुलिखेल र पनौती नगरपालिकाबीच सहमति भएको छ ।

धुलिखेलबासीले प्रयोग गर्दै आएको पनौती नगरपालिका वडा–१२ स्थित पानीको मुहानमा क्षतिग्रस्त संरचना पुनर्निर्माण गरी खानेपानी खुवाउने गरी दुई नगरपालिकाका जनप्रतिनिधि र उपभोक्ता समितिबीच सहमति भएको हो । जिल्ला प्रशासन कार्यालय धुलिखेलमा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालसहित सुरक्षा समितिका पदाधिकारीको उपस्थितिमा धुलिखेल नगर प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठ, पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, धुुलिखेल नगर उपप्रमुख निराजन जंगम, पनौती नगर उपप्रमुख गीता बञ्जारा, पनौती नगरपालिका वडा–१२ कलाती, भूमिडाँडाका वडा अध्यक्ष जयराम केसी, धुलिखेल खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष कृष्णभूषण खोंजु श्रेष्ठबीच क्षतिग्रस्त संरचना तत्काल पुनर्निर्माण थाल्ने विषयमा सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

- Advertisement - Ad Banner

सहमतिअनुसार पनौती नगरपालिका देखिएको खानेपानीको अभावसमेत टर्ने गरी धुलिखेल खानेपानी उपभोक्ता समितिले प्रयोग गर्दै आएको सप्तकन्या मुलको स्रोत प्रयोग गर्नेछ । पनौतीमा देखिएको खानेपानीको अभाव टार्न तत्कालका लागि एकीकृत खानेपानीले प्रयोग गर्दै आएको बैरा महादेव मुलको स्रोत प्रयोग गरिनेछ ।

तत्काल पनौती नगरपालिकाको बजार क्षेत्रमा खानेपानीको आपूर्तिलाई ध्यानमा राखी खानेपानीको स्रोत अर्को व्यवस्थापन नहुञ्जेलसम्मका लागि पनौती नगरपालिका वडा–१२ को बैर महादेव मुलडोलको स्रोतबाट पनौती बजारलाई खानेपानीको स्रोतको व्यवस्था गर्ने सहमतिपत्रमा उल्लेख छ । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको स्रोत पनौती नगरपालिका वडा–१२, बैर महादेवको स्रोत एकीकृत खानेपानी आयोजना सम्पन्न हुँदा बैर महादेव मुलडोलको स्रोत एकीकृतमै समाहित गर्ने पनि सहमतिपत्रमा उल्लेख छ ।

सहमतिपत्रमा धुलिखेल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिबाट तत्काल स्रोत क्षेत्रमा क्षति भएकोमा उक्त खानेपानीको निर्माण कार्य थालनी गर्ने र धुलिखेलबासीलाई दीर्घकालिन खानेपानी व्यवस्था मिलाउन पूर्वाधार निर्माण गर्ने र हाललाई अस्थायी संरचना निर्माण गरी तत्कालीन खानेपानीको समस्या समाधान गर्न कार्य गर्ने उल्लेख छ ।

पनौती नगरपालिकाको भौतिक संरचना अधिक क्षति भएको सन्दर्भमा खानेपानीको पुनर्निर्माणका लागि धुलिखेल नगरपालिका, पनौती नगरपालिका तथा धुलिखेल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको संयुक्त प्रयासमा आवश्यक आर्थिक तथा भौतिक साझेदारी गरी तत्कालका लागि पनौतीको खानेपानीको समस्या समाधान गर्न पहल गर्ने सहमति भएको छ ।

पनौती नगरपालिका वडा–१२ को कलाती भूमिडाँडा एकीकृत खानेपानी उपभोक्ता समितिको ‘एक घर–एक धारा’ अभियानलाई धुलिखेल खानेपानी उपभोक्ता समितिबाट निर्माण गरिदिने र खानेपानीको कार्यसम्पादनमा अन्य समस्या आए वा सम्झौतामा गरिएको कुनै विषयमा थप छलफल आवश्यक भएमा संयुक्त बैठक बसी समाधान खोज्ने र आगामी दिनमा खानेपानी आयोजनाको सफलता र समस्या समाधान गर्न सदैंव लाग्ने र दुई नगरको साझा सवालमा समेत संयुक्त प्रयासमा समस्या हल गर्दै जाने प्रतिवद्धतामा धुलिखेल पनौतीका जनप्रतिनिधि र उपभोक्ता समितिले हस्ताक्षर गरेका छन् ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि