19 C
Makwānpur
Homeसमाजदुई गाडी ठोक्किँदा तीनको मृत्यु

दुई गाडी ठोक्किँदा तीनको मृत्यु

काठमाडौं÷काठमाडौंको तारकेश्वर नगरपालिका–८, लामबगरमा दुई गाडी ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । शनिबार विहान करिब ८ बजे काभ्रेस्थलीबाट रत्नपार्कतर्फ गइरहेको वा. ४ ख ७१११ नम्बर गाडीलाई आइचर गाडीले ठक्कर दिँदा बसको ढोकामा झुन्डिएर यात्रा गरिरहेका दुई जनाको घटनास्थलमा मृत्यु भएको हो ।

अर्की एक महिलाको टिचिङ अस्पतालमा मृत्यु भएको स्थानीयले बताएका छन् । गाडी स्पिडमा भएको र बसमा यात्रुहरु खचाखच भएको प्रत्यक्षदर्शीले बताएका छन् । तीनै जना मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले बताएको छ । घटनास्थलमा नाराबाजी भएको थियो र अवस्था तनावपूर्ण रह्यो ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here