Homeसमाजअभिभावकले निकाले खुशीयाली जुलुस

अभिभावकले निकाले खुशीयाली जुलुस

काठमाडौं/अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकाले सामाजिकसञ्जाल चलाउन नपाउने भएका छन् । अस्ट्रेलियाको संसद्ले १६ वर्षमुनिका बालबालिकालाई सामाजिकसञ्जाल प्रयोग गर्नबाट प्रतिवन्ध लगाउने कानुन पारित गरेसँगै उक्त नियम लागु भएको हो ।

विश्वमा ठूला सामाजिकसञ्जाल प्लेटफर्महरुलाई लक्षित गर्ने सबभन्दा कडा नियममध्ये एक मानिएको छ । बिहीबार सिनेटले पारित गरेको कानुनले १६ वर्षमुनिका व्यक्तिलाई सामाजिकसञ्जालमा खाता खोल्नबाट रोक लगाएलगत्तै इन्स्टाग्राम, फेसबुक र टिकटक जस्ता सामाजिकसञ्जाललाई ठूलो घाटा हुनेछ ।

बालबालिकालाई सामाजिकसञ्जाल प्रयोग गर्ने कानुन लागु गराउन नसकेमा अस्ट्रेलियन डलर ५० मिलियनसम्म जरिवाना सामाजिकसञ्जाल कम्पनीलाई हुनेछ । प्रधानमन्त्री एन्थोनी अल्बानीजले विधेयकको समर्थन गरेका छन् । उक्त कानुन पारित भएलगत्तै अभिभावकले खुशीयालीमा जुलुससमेत गरेका छन् । प्रधानमन्त्री अल्बानीजले भनेका छन् कि अब अस्ट्रेलियाली बालबालिका आफ्ना फोन बन्द गरेर फुटबल र क्रिकेट मैदान, टेनिस र नेटबल कोर्टमा, स्विमिङ पुलमा पुग्नेछन् ।

गोपनीयतासम्बन्धि समर्थक र केही बालअधिकार समूहले विधेयकको विरोध गरे पनि ७७ प्रतिशत् जनताले १६ वर्षभन्दा कम उमेरकालाई सामाजिकसञ्जालमा प्रयोगमा प्रतिवन्ध लगाउने संसद्को निणर्यको स्वागत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here