21.7 C
Makwānpur
Homeसमाजदोस्रो चाड शुभदीपावली/छठपर्व
spot_img

दोस्रो चाड शुभदीपावली/छठपर्व

spot_img

शिखा सिञ्चुरी

हिन्दु नेपालीहरुका लागि महान् पर्व शुभदीपावली तथा छठपर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गदै सबैमा मेरो शुभकामना ।
हरेक नेपाली हिन्दुहरुलाई महान् चाडपर्व भनेकै तिहार हो । सबैको एउटा खुशीको पर्व भनेकै तिहार हो । दिदीबहिनी लागि दाजुभाइको दरिला खम्बा हुन् दाजुभाइ ।

- Advertisement - Ad Banner

हाम्रो परम्परा रीतिरिवाजदेखि चलिआएको महान् चाडपर्व भनेकै नेपालीहरुका लागि तिहार हो । खै किनकिन यस शब्द सुन्दा पनि एउटा छुट्टै आभाष मिलेजस्तो हुन्छ । जहाँ त्यही सयपत्री र मखमली फूलले ढाकेको हुन्छ । लक्ष्मीपूजादेखि सयपत्री फूलको प्रयोग गरिन्छ । टीका लगाउँदा वर्षभरिको दुःखकष्ट सबै हटेर जाओस् भन्दै ओखर फुटाइन्छ । जहाँ हेरे पनि झिलीमिली र सेलरोटी मिठा-मिठा परिकार बनाइएको हुन्छ ।

तिहारमा सबभन्दा विशेष सेलरोटी हुन्छ । खान त अरु बेलामा पनि खाइन्छ । तर, त्यस बेला विशेष लाग्छ, खै किन हो । जहाँ त्यही झिलीमिलीले गर्दा संसार नै उज्यालोले ढाकेजस्तो, मनमा एउटा छुट्टै आनन्द लाग्छ । सबैको घरघरमा देउसीभैलो खल्न जाँदा हुने रमाइलो अनि आफ्नो बचपनदेखिका साथीसंगी भेटेर आफ्ना खुशी एकर्कामा साटसाट गर्न पाउँदा भित्रभित्रै निकै मन रमाएको हुन्छ ।

परम्परादेखि चलिआएको यस पर्वमा पहिलो दिन कागलाई पूजा गरिन्छ । दोस्रो दिन कुकुर तिहार अनि त्यसपछि लक्ष्मी पूजा गरेपछि औंसीको रातबाट भैलोदेउसी खेल्न सुरु हुन्छ । देउसीभैलो खेल्दा धेरै रमाइलो हुन्छ । औंसीको कालो रातमा पनि सबैको घरघरमा झिलीमिली उज्यालोले संसार नै रंगिएको हुन्छ । परम्परादेखि देउसीभैलो हरिबोधिनी एकादशीसम्म खेल्ने गर्दछन् ।

भाइटीकाको दिन आफ्ना दाजुभाइलाई टीका लगाउन विहानदेखि मिठामिठा परिकारहरु बनाएर खाली पेट बसेर दाजुभाइलाई पुजेर टीका नलगाएसम्म पानी पनि खाँदैनन् । विहानदेखि खाली पेट बसेर आफ्ना भाइदाइको सधैं उन्नति र प्रगतिको प्रार्थना गरिरहेका हुन्छ । जब टीका लगाएर सकेपछिमात्र आफूले भोजन गरिन्छ । धनतेरस, नरक निवारण चतुर्दशी, दीपावली, काली पूजा, लक्ष्मी पूजा, गोवद्र्धन पूजा, भ्रातृद्वितीया, यमपञ्चकका रुपमा गाईतिहार, कुकुर तिहार, छठ महापर्व, कार्तिक एकादशी, कार्तिक पूणर्िमा, समा-चकेवा आदि ।

यस स्नान पर्वमा सूर्योदयअघि उठेर पवित्र नदीमा नुहाउने चलन छ । यो सम्भव छैन भने पानीमा गंगाजल मिसाएर स्नान गर्न सकिन्छ । यस महिनामा के खाने र के नखाने भन्ने पनि मान्यता छन् । खासगरि गाईको दूध, केरा, खजुर, नरिवल, अम्बा आदि खाँदा स्वास्थ्यलाई राम्रो हुने भनिन्छ ।

भाइटीकाको दिन टाढा-टाढाबाट आएका दिदीबहिनी आफ्ना दाजुभाइका लागि आएका हुन्छन् । त्यो भन्दा खुशी अरु के हुनसक्छ र । टाढा घर भएकाहरुलाई त माइती आउने समय भनेकै त्यही चाडपर्व त हुन्छ । कहिले तिहार आउला अनि मेरा दाइभाइ आएर मलाई लैजालान् भन्दै औंला भाँच्दै दिनहरु गन्दै बसिरहेकी हुन्छिन् । त्यसैले आमाबाबा पछिको एउटा दरिलो खम्बा नै दाजुभाइ हुन्छन् ।

माया गर्ने दाजुभाइका लागि त आमाबुबापछि दिदीबहिनीलाई माया इज्जत दिने हुन्छ । कोहीकसैको त कहाँ सोचेजस्तो हुन्छ र । कसैको परिवारमा त दाजुभाइ कोही हुँदैनन्, त्यस परिवारलाई तिहार आउँदा कति दुःख हुन्छ होला ।

हिन्दु नेपालीहरुका लागि दीपावली महत्वपूणर् भएजस्तै तराई, मधेशबासीका लागि सबभन्दा महत्व भनेको छठपर्व हो । हरेक वर्ष हेटौंडा-१०, राप्तीखोलामा भव्यसँग मनाइँदै आएको छ । उनीहरुका लागि यो सबभन्दा महान् पर्व हो । दीपावलीको जति महत्व हुन्छ, छठ पर्वको पनि उत्तिकै हुन्छ । उनीहरुले पनि परम्परादेखि नै मनाउँदै आएका छन् । राप्तीखोलामा छठमाईको ठूलो मेला लाग्दछ । त्यहाँ रातिदेखि विहानसम्म भव्यरुपमा ठूलो मेला हुनेछ । त्यस दिन व्रत राखेर आफ्नो घरदेखि मिठामिठा खानेकुराहरु बनाएर खाली खुट्टा हिँडेर छठमाईको पूजा गर्न आउँदछन् । शुभदीपावली तथा छठपर्वको सबैमा हार्दिक मंगलमय शुभकामना ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि