काठमाडौं/नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार भोलिदेखि शुरु हुने भएको छ । हिन्दुहरुको दोस्रो महान् चाड तिहारलाई हामी पाँच दिनसम्म मनाउने गर्छौं । पाँच दिन मनाइने भएकाले यस यसलाई यमपञ्चक पनि भनिन्छ ।
आज धन त्रयोदशी र धनतेरस पनि भन्ने गरिन्छ । यस दिन धनका देवता कुबेरको जन्मोत्सव मनाउने पर्व हो । धनतेरसका दिन नेपालको तराई क्षेत्र र समस्त भारतमा नयाँनयाँ भाँडाकुँडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ । त्यस क्षेत्रमा समाजका उच्च, मध्यम वा निम्न सबै वर्गका व्यक्तिमा आफ्ना आवश्यकता र विलासिताका कतिपय महत्वपूणर् चिजबिजको किनमेलका लागि वर्षभरि यही विशिष्ट दिनको प्रतीक्षा गर्ने गर्दछन् ।
यस पर्वमा यसरी नै किनमेल गर्नुपर्छ भन्ने सन्दर्भ कहिले र कसरी आरम्भ भयो भन्ने विषयमा कुनै निश्चित प्रमाण त छैन तर धन्वन्तरिको प्रादुर्भाव समुद्रमन्थनबाट भएको र उत्पन्न हुँदा उनले हातमा अमृतले भरिएको कलश लिएर आएका हुनाले यस दिनलाई भाँडाकँुडा किनमेलका लागि शुभ मान्न थालिएको हो ।
धनतेरसमा गर्नुपर्ने कामहरु धन्तेरसको दिन साँझ दियो बालेर त्यसको नजिक एउटा कौडा राखिदिनुपर्छ । त्यस कौडालाई रातो कपडामा बेरेर सेफ वा पैसा राख्ने ठाउँमा राख्नुपर्छ । त्यसो गर्दा घरमा कहिल्यै पैसाको कमी हुँदैन भन्ने धार्मिक मान्यता छ । साँझ पूजा गर्दा १०८ पटक ॅओम यक्षाय कुवेराय वैश्रववाय, धन-धान्यधिपतये धन-धान्यसमृद्धिममदेहीदापय स्वाहा भन्दै कुवेरको मन्त्रको जप गर्नुपर्छ । यसो गर्दा धनको कमी हुँदैन भन्ने किम्वदन्ती छ । २१ वटा चामलको अक्षता लिएर अभिमन्त्रित गर्नुपर्छ । राति विउहरुबाट अभिमन्त्रित गरिएको २१ वटा चामलको अक्षतालाई रातो थैलीमा बाँधेर लक्ष्मी-कुवेरको पूजा गर्नुपर्छ । अभिमन्त्रित गरिएको अक्षतालाई धनसँग राख्नुपर्छ । यसो गर्नाले सबै आर्थिकरुपमा भएका सम्पूणर् समस्याहरु कम हुन्छ भन्ने धार्मिक मान्यता छ ।
धन्तेरसदेखि भाइटीकासम्म नित्य रात्रिमा ११ वटा कौडालाई रातो वस्त्रमा राखेर श्रीसूक्त पाठ गर्नुपर्छ । भाइटीकापछि त्यसलाई धनसँग राख्नुपर्छ । यसो गर्दा लाभ हुन्छ भन्ने विश्वास छ । धन्तेरसमा चाँदीको सिक्का र काँचो बेसारको टुक्रालाई पूजा गर्नाले जीवनमा उन्नति र प्रगति प्राप्त हुने मानिन्छ । यदि तपाईंसँग पैसा टिक्दैन र धनको कमी हुन्छ भने धनतेरसदेखि लक्ष्मीपूजाको दिनसम्म हरेक दिन माता लक्ष्मीलाई एक जोडी ल्वाङ चढाउनुपर्छ । यसोगर्दा पैसा टिक्न थाल्छ ।
ज्योतिष शास्त्रका अनुसार चमेरो बसेको रुखको हाँगा भाँचेर घरमा ल्याउनुपर्छ र यसलाई बैठक कोठामा राख्नुपर्छ । यसो गर्नाले तपाईंंको रोकिएको काम पूरा हुन्छ । धनतेरसको दिन कुनै तेस्रोलिंगीको हातबाट पैसा लिएर आफ्नो पर्समा राख्नुपर्छ । त्यसो गर्नाले तपाईंले जिन्दगीमा धेरै सफलता प्राप्त गर्नुहुन्छ । धनतेरस र लक्ष्मीपूजामा श्रीयन्त्रको पूजा गर्नाले जीवनमा कहिल्यै पैसाको खाँचो पर्दैन ।