Homeसमाजसकियो हेटौंडा जेसीजको सप्ताह

सकियो हेटौंडा जेसीजको सप्ताह

हेटौंडा/हेटौंडा जेसीजले विभिन्न कार्यक्रम आयोजना गरी जेसीज सप्ताह २०२४ मनाएको छ । कार्तिक ६ गतेदेखि ९ गतेसम्म ७ वटा कार्यक्रम आयोजना गरेर जेसीजले जेसीज सप्ताह मनाएको हो । शुक्रबार रिगल हेटौंडा रिसोर्टमा समापन तथा पुरस्कार वितरण समारोह आयोजना गरिएको थियो । सो अवसरमा प्रमुख अतिथि एवम् वागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेश सरकार सामाजिक संघसंस्थाहरुसँग हातेमालो गर्दै अगाडि बढ्न तयार रहेको प्रतिवद्धता जनाउँदै जेसीजले समाजमा पुर्‍याउँदै आएको योगदानको चर्चा गरे । उनले युवाहरु जेसीजमार्फत् एकताबद्ध भएर नेतृत्व तथा व्यक्तित्व विकाससमेत गर्दै सामाजिक सेवामा लागेकोमा खुशी व्यक्त गरे । जेसीजको कर्मबाट सिंगो समाजले प्रेरणा प्राप्त गर्न सक्ने भन्दै उनले अझै क्रियाशील भएर सामाजिक क्षेत्रमा लाग्न अनुरोध गरे ।

हेटौंडा जेसीज वर्ष सन् २०२४ का अध्यक्ष बिकेशलाल श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा जेसीजका छिमेकी शाखाका अध्यक्षहरु तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना दिँदै आपसमा हातेमालो गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । जेसीजले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत् पहिलो कार्यक्रमका रुपमा हेटौंडाको सिचाईं टोलदेखि मनकामना मन्दिरसम्म साइकल रेस गरेको थियो । दोस्रो कार्यक्रमका रुपमा जेसीजको सचिवालयमा वतृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । हेटौंडा-१५, चिप्लेटीस्थित सामुदायिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको थियो भने चौथो कार्यक्रमका रुपमा हुप्रचौरमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

सितलमहलचोकमा स्लो मोटरबाइकल प्रतियोगिता आयोजना गरिएको थियो । हेटौंडा-९, लामसुरेधापस्थित सिआन महिला पुनस्र्थापना केन्द्रमा स्थानीय टोलविकास संस्था तथा आमा समूहका प्रतिनिधिहरुलाई लागुऔषध दुव्र्यसन न्यूनीकरणका विषयमा अभिमुखीकरण गरिएको मुल कार्यक्रम संयोजक विवेकआनन्द न्यौपानेले बताए । समापन समारोहमा विभिन्न प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो भने अतिथि एवम् विभिन्न क्षेत्रबाट जेसीजलाई सहयोग पुर्‍याउने व्यक्ति तथा संस्थाहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । सञ्जयकुमार न्यौपानेले संयोजन गरेको कार्यक्रमलाई महासचिव पंकजदास बनियाँले सहजीकरण गरेका हुन् । सो अवसरमा जेसीजका विभिन्न जिम्मेवारीमा रहेकाहरुको उपस्थिति थियो ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here