पर्सा/वीरगञ्ज भन्सार कार्यालयमा हुने राजस्व संकलनमा क्रमिक सुधार देखिएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा भन्सार कार्यालयले २२ करोडभन्दा बढी राजस्व संकलन गरेको छ ।
गत आर्थिक वर्षको असोजसम्म कार्यालयले ३८ अर्ब ८५ करोड ३१ लाख राजस्व संकलन गरेकामा चालु आवको सोही अवधिमा कार्यालयले ३९ अर्ब सात करोड ३९ लाख राजस्व संकलन गरेको हो ।
यद्यपि, कार्यालयले चालु आवको असोजसम्म ५२ अर्ब ९९ करोड ६३ लाख राजस्व संकलनको लक्ष्य लिएको थियो ।
हाल संकलन भएको राजस्व लक्ष्यभन्दा २६ प्रतिशत्ले कम रहेको कार्यालयका सूचना अधिकारी राघुलाल कणर्ले जानकारी दिए । गत आर्थिक वर्षको पहिलो तीन महिनामा कार्यालयले ५६ अर्ब ८४ करोड ६३ लाख राजस्व संकलन गर्न लक्ष्य लिएकोमा ३२ प्रतिशत् कम राजस्व संकलन गरेको थियो ।