काठमाडौं/प्रकाशमानसिंह राउत प्रधानन्यायाधीश नियुक्ति भएका छन् । संवैधानिक परिषद्को सिफारिसमा आइतबार विहान एक समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् । राउतले शीतल निवासमा पद तथा गोपनीयताको शपथ खाएका छन् । अघिल्ला प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ १८ असोजमा अवकास भएपछि राउत प्रधानन्यायाधीश बनेका हुन् । संवैधानिक परिषद्को बैठकले ३१ भदौमा राउतलाई प्रधानन्याया धीश नियुक्त गर्न सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले १६ असोजमा राउतको नाम अनुमोदन गरेको थियो ।