21.7 C
Makwānpur
Homeसमाजनारायणी सहकारीको साधारणसभा सम्पन्न
spot_img

नारायणी सहकारीको साधारणसभा सम्पन्न

spot_img

हेटौंडा/नारायणी सहकारीको वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीको २८ औं वार्षिक साधारणसभा शनिबार हेटौंडामा सम्पन्न भएको हो । सभामा वागमती प्रदेश सहकारी विकास बोर्ड कार्यकारी उपाध्यक्ष एवम् मकवानपुर जिल्ला सहकारी संघ अध्यक्ष नारायणप्रसाद देबकोटाको प्रमुख आतिथ्य तथा राष्ट्रिय सहकारी महासंघ सञ्चालक एवम्म कवानपुर जिल्ला सहकारी संघ निवर्तमान अध्यक्ष बद्रीप्रसाद लम्सालको विशेष आतिथ्यता थियो । कार्यक्रममा सहकारी अध्यक्ष जंगबहादुर गुरुङले आव २०८०/०८१ को वार्षिक प्रगति प्रतिवेदन र आव २०८१/०८२ को भावी नीति तथा कार्यक्रमसहितको प्रतिवेदन प्रस्तुत गरे । सहकारी व्यवस्थापक महेश्वर अधिकारीले आव २०८०/०८१ को आयव्यय विवरण र आव २०८१/०८२ को प्रस्तावित अनुमानित बजेट प्रस्तुत गरे ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, राष्ट्रिय सहकारी बैंक वागमती प्रदेश कार्यालय हेटौंडाका प्रवन्धक रामेश्वर अर्याल, हेटौंडा सिमेन्ट उद्योग लिमिटेड अध्यक्ष नरेन्द्र भण्डारी, वागमती प्रदेश बचत तथा ऋण सहकारी संघ निवर्तमान उपाध्यक्ष एवम् मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ निवर्तमान अध्यक्ष राधा सिन्तान, वागमती प्रदेश सहकारी संघ सदस्य एवम् मकवानपुर जिल्ला बहुउद्धेश्यीय सहकारी संघ अध्यक्ष रामहरी न्यौपाने, नारायणी सहकारी सल्लाहकार कुमार पौडेल, नमस्ते मकवानपुर बचत तथा ऋण सहकारी संस्था हेटौंडा अध्यक्ष नवराज खनाल, मकवानपुर बेरोजगार युवा संगठन अध्यक्ष सुरेश बेरोजगार, नारायणी बहुउद्धेश्यीय सहकारी उपाध्यक्ष रामचन्द्र दाहाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

- Advertisement - Ad Banner

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका-९ अध्यक्ष सुकराम केसी, केन्द्रीय बहुउद्धेश्यीय सहकारी संघ लेखा संयोजक भोलाप्रसाद शर्मा, अडान केन्द्रीय सदस्य प्रकाश ढकाल, उपभोक्ता हित संरक्षण मञ्च नेपाल उपाध्यक्ष वासु खतिवडा, टोलविकास संस्था नगर समन्वय समिति हेटौंडा उपाध्यक्ष सति खड्का न्यौपाने, सामुदायिक सेवाकेन्द्र मकवानपुर अध्यक्ष राम बिष्टलगायतको आतिथ्यता थियो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि