24 C
Makwānpur
Homeसमाजशुरु भयो वडादशैं

शुरु भयो वडादशैं

हेटौंडा/नेपालीहरुको मूल पर्व विजयादशमीको पहिलो दिन घटस्थापना आज घरघरमा जमरा राख्ने तथा घटको स्थापना गरेर मनाईंदैछ । सुख-समृद्धि र ऐश्वर्यको प्रतीक मानिने कलश स्थापना गर्ने दिन नवरात्रको पहिलो दिन अर्थात्घ टस्थापना हो । घटलाई सुख-समृद्धि र ऐश्वर्यदायक तथा मंगलकारी मान्ने गरिएको छ । यसरी स्थापना गर्ने घटको मुखमा भगवान् विष्णु, गलामा रुद्र एवम् महादेव, मूलमा व्रह्मा तथा मध्यमा देवी शक्तिको निवास मानेर सोहीअनुसार पूजा गर्ने गरिन्छ । नवरात्रिको समयमा व्रह्माण्डमा उपस्थित शक्तिहरुको घटमा आह्वान गरेर उनीहरुलाई कार्यरत् गर्ने गरिएको छ । यस घटको पूजा गर्नाले घरका सबै विपद्दायक तरंगहरु नष्ट भएर सुखशान्ति र समृद्धि आउने धार्मिक विश्वास छ ।

घटस्थापना गरिसकेपछि कलशको मध्यमा स्थापित नवदुर्गामध्येकी पहिली देवी शैलपुत्रीको पूजा गर्ने गरिन्छ । शैलपुत्री हिमालयकी पुत्री पार्वतीको अर्को नाम हो । वृषभवाहन भएका कारण नै यी देवीलाई वृषरुढा नामले समेत चिन्ने गरिएको छ । शैलपुत्री दुर्गाको पहिलो रुप भएकाले पनि नवरात्रमा उनको पहिलो दिन घटस्थापनलगत्तै पूजा गर्ने गरिन्छ ।
घटस्थापनाको पूजाविधि घटस्थापनाको दिन विहानीमै आत्मशुद्धिपश्चात् नदी, खोला, बगर वा आफूलाई पायक पर्ने ठाउँमा गइ चोखो बालुवा वा माटो ल्याइ पूजाकोठामा विधिपूर्वक जमरा राख्ने गरिन्छ । वैदिक विधिद्वारा हुने पूजामा जौलाई अनिवार्य अन्नका रुपमा मान्ने गरिएको छ । जमरा राखिएको पात्रमा गहुँ तथा जौको अंकुरणसँगै घरमा सुख, शान्ति, समृद्धि र स्वास्थ्यलाभ हुने शास्त्रीय मान्यता छ । आयुर्वेद शास्त्रअनुसार जौको जमरालाई महाऔषधि मानिएको छ ।

यसरी जमरा राखिएको स्थाननजिकै पूणर्जलयुक्त घडा (कलश) को वरिपरि नौवटा देवीको स्वरुप प्रतिमूर्ति स्थापना गर्ने गरिन्छ । जसमा नवरात्रभर नै पूजाआजा गर्ने गरिन्छ । त्यसपछि पूणर् जलयुक्त कलशमा पञ्चपल्लव चढाइ अनन्त शक्तिस्वरुपा महाकाली (संहार), महालक्ष्मी (सुरक्षा) र महासरस्वती (सृष्टि) को पञ्चोपचारले पूजाआजा गरिन्छ ।
धार्मिक मान्यताअनुसार कलशमै सम्पूणर् देवीदेवता, सागर, सप्तद्वीप, सम्पूणर् नदी एवम् तीर्थहरु निहित हुन्छन् । यसका अतिरिक्त कलशमा अष्टमंगलका शुभ चिह्नहरुद्वारा पूजित भएको पाइन्छ । घट कलश स्थापना गरी त्यसमा सम्पूणर् देवीदेवता, तीर्थ, नदीनाला, सप्तसागर, सप्तद्वीप आदि सबैलाई समाहित गरी दशैं पूजाको थालनी गरिएको हो ।
यसरी राखिएको जमरामा हरेक दिन विहान पहिले आफू शुद्ध भएर जमरामा पानी राख्ने गरिन्छ । कलश स्थापित गर्ने ठाउँमुनि विधिपूर्वक स्वस्तिक चिह्न बनाएर कलश स्थापना गरिन्छ ।

साथमा घटस्थापना गरेर कलशमा सुपारी फलफूल, दुबो आदि राख्ने गरिन्छ । कलशमा पञ्चरत्न र सिक्कासहित पाँच प्रकारका पत्ताहरु समेत राख्ने गरिन्छ । यसरी राखिएका पातहरु केही बाहिर निस्किएको आकारमा हुनुपर्दछ भने बाहिर निस्किएको पातले कलशलाई छोपेको हुनु पर्दछ । यसरी कलशमाथि अक्षताबाट अष्टदल बनाएर त्यसमुनि पानीले भरेको कलश राख्ने गरिन्छ । त्यसमा आँप, पिपलको पात राखेर दीप प्रज्ज्वलित गर्दै इष्टदेवको ध्यान गर्नुपर्दछ । त्यसपछि पहिलो दिन देवी शैलपुत्रीको मन्त्रद्वारा जप गर्ने गरिन्छ । यसरी कलशलाई छोपिएको पातको बिर्कोलाई अक्षता अर्थात् चामलले भरिदिने गरिन्छ । त्यसमा एउटा रातो कपडाले बेरिएको नरिवल राखिन्छ । यसरी राखिएको नरिवलको मुख अर्थात् भेट्नाको भाग पूजा गर्ने व्यक्तिको तर्फ भएमा शत्रु बढ्छ भन्ने मान्यता छ । त्यस मुख पूर्वतर्फ भयो भने धननष्ट हुन्छ भन्ने विश्वास छ । त्यसपछि एकपटक सम्पूणर् देवीदेवतालाई विशेष मन्त्रहरुद्वारा आह्वान गर्ने गरिन्छ ।

यसरी कलशको सामु गहुँ र जौको माटोको पात्रमा रोप्ने गरिन्छ । सोही अंकुरित जौलाई पनि नवदुर्गाको स्वरुप मानेर पूजा गर्ने गरिन्छ । हरेक दिन यसरी गरिने जौयुक्त पात्रलाई घामले नदेख्ने ठाउँमा राख्ने गरिन्छ । घाम नदेखिएको जमरा विजयादशमीको दिन रातो टीकासँग मिसाएर लगाउने गरिन्छ भने टीकाको पाँचौं दिन पूणर्िमाको दिन यसको विसर्जन गर्ने गरिन्छ । सरकारले आज सार्वजनिक बिदा दिएको छ । दशैंको पहिलो दिन अर्थात् घटस्थापना भएकाले सार्वजनिक बिदा दिइएको हो । सार्वजनिक बिदा भएका कारण सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, विद्यालय, बीमा, सेयर बजार बन्द हुनेछन् ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here