Homeसमाजतामाकोसीको बाँधक्षेत्रमा सेनाका दुईसहित पाँच बेपत्ता

तामाकोसीको बाँधक्षेत्रमा सेनाका दुईसहित पाँच बेपत्ता

काठमाडौं/माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँधस्थल संरचनाका लागि रहेको हेडवक्र्स नियन्त्रणकक्ष रहेको भवनमा पहिरो खस्दा पाँच जना बेपत्ता भएका छन् । ४५६ मेगावाट्को माथिल्लो तामाकोसी जलविद्युत् परियोजनामा खटिएका नेपाली सेनाका दुई सैनिक जवान, आयोजनाका दुई कर्मचारी र एकजना सुरक्षा गार्ड पहिरोमा परेर बेपत्ता भएका हुन् । शनिबार दिउँसो माथिको भीरबाट पहिरो खस्दा उनीहरु नियन्त्रण कक्षमा थिए । दोलखा प्रहरीले आयोजनाको हेडवक्र्स क्षेत्रमा पहिरोले क्षति गरेको र दुई सैनिकसहित पाँच जना सम्पर्कविहीन भएको जनाएको छ ।

माथिल्लो तामाकोसी आयोजनाको प्रवद्र्धक कम्पनी तामाकोशी हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले आयोजनाका दुई कर्मचारी र ड्युटीमा खटिएका दुई सैनिक सम्पर्कविहीन भएको जानकारी दिए । उनले पहिरोले हेडवक्र्स क्षेत्रका संरचना क्षति गरेको र घटनास्थलसम्म सुरक्षाकर्मी पुग्नसमेत नसकेको बताए । पहिरोले बाँधस्थलनजिक नियन्त्रणकक्ष रहेको दुईतले घर पुरेको छ भने बालुवा थिग्रयाउने पोखरी (डिस्यान्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्‍याउने नहर (कल्भर्ट) मा पनि ठूलो क्षति पुर्‍याएको छ ।

पहिरोका कारण जलाशय क्षेत्रमा ठूलो परिमाणमा ढुंगा र लेदो थुप्रिएको छ । जलासयमा पानीको बहाव उच्च भएपछि माथिल्लो तामाकोसी आयोजनाको विद्युत् उत्पादनसमेत बन्द गरिएको छ । बाँधका सम्पूणर् ढोकाहरु खुला गरिएका
छन् । परियोजनाले नेपाली सेनालाई पत्राचार गर्दै उद्धारका लागि अनुरोध गरेको छ । हेलिकोप्टर वा अन्य उपायबाट उद्धारका लागि परियोजनाले अनुरोध गरेको हो । परियोजनाले जारी गरेको पत्रमा उद्धार कार्यमा प्रयोग हुने हेलिकोप्टरको सम्पूणर् खर्च परियोजनाले नै व्यहोर्ने पनि उल्लेख छ ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here