21.7 C
Makwānpur
Homeसमाजबहुआयामिक विपन्न महिला उपसमितिको साधारणसभा
spot_img

बहुआयामिक विपन्न महिला उपसमितिको साधारणसभा

spot_img

हेटौंडा/चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहद्वारा सञ्चालित बहुआयामिक विपन्न वर्ग उपसमूहको तेस्रो साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभामा समूहकी अध्यक्ष सरिता खड्काले संस्थागत् प्रतिवेदन र कोषाध्यक्ष सावित्री तिमल्सिनाले आर्थिक प्रतिवेदन पेश गरेका थिए । हेटौंडा-१७ का वडा अध्यक्ष उद्धब सत्यालको प्रमुख आतिथ्यता एवम् समूह अध्यक्ष सरिता खड्काको सभाध्यक्षतामा साधारणसभा भएको हो ।

साधारणसभामा मकवानपुरगढी-२ का वडा अध्यक्ष बखानसिं पाख्रिन, हेटौंडा-१७ का वडा सदस्य नवराज न्यौपाने, लेखकुमारी तिमल्सिना, चुच्चेखोला सामुदायिक वन अध्यक्ष लक्ष्मण कटुवाल, उपाध्यक्ष उमेश अधिकारी, लेखा संयोजक गोपालचन्द्र भट्टराई, कामधेनु सहकारी अध्यक्ष उदय बिडारी, अशोक सामुदायिक वन अध्यक्ष रमेशकुमार राई, चुच्चेखोला सामुदायिक वन उपभोक्ता सहकारी व्यवस्थापक रिता फुयाँल, सञ्चारकर्मी भीमसेन पौडेललगायतको आतिथ्यता थियो । ७ वटा समूहमा रहेको समितिमा ३ सय २७ जना सदस्यहरु आवद्ध रहेको व्यवस्थापक लक्ष्मी बाँस्तोलाले बताइन् ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि