18.5 C
Makwānpur
Homeमकवानपुर विशेषक्रान्तिकारीद्वारा विद्यार्थीहरुलाई स्वागत
spot_img

क्रान्तिकारीद्वारा विद्यार्थीहरुलाई स्वागत

spot_img

हेटौंडा– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस समितिले विभिन्न जिल्लाहरु बाट कक्षा–११ मा मकवानपुर बहुमुखी क्याम्पसमा पढ्न आउने विद्यार्थीहरुलाई स्वागत गरेको छ ।

नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य प्रमिला पुलामीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यार्थीहरुलाई स्वागत गर्दै उनले विद्यार्थीहरु भविष्यका कर्णाधार भएकाले अध्ययनमा विशेष ध्यान दिन आग्रह गरिन् । समाजको सकारात्मक विकास गर्न विद्यार्थीको महत्वपूर्ण भूमिका हुने उनले बताइन् ।

- Advertisement - Ad Banner

स्वागत कार्यक्रमका विशेष अतिथि नेकपा माओवादी केन्द्र वागमती प्रदेश सचिवालय सदस्य सर्केश घलानले विद्यार्थीको उच्चशिक्षा अध्ययनका लागि यस्तो स्वागत कार्यक्रमले थप प्रेरणा मिल्ने बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्र मकवानपुर संयोजक भीम पाख्रिन, नेकपा माओवादी केन्द्र मकवानपुर सचिव वीरबहादुर घलान (ज्वाला), वागमती प्रदेश कमिटी सदस्य ललित घलान, विवेक राई, कमानसिं पाख्रिन, मकवानपुर क्याम्पस उपप्रमुख उत्तम अर्याल, प्राध्यापक संघ वागमती प्रदेश अध्यक्ष गौतम केसी, अखिल (क्रान्तिकारी) मकवानपुर जिल्ला कमिटी अध्यक्ष बुद्धराज अर्याल, उपाध्यक्ष दीपक वाइबा, सचिव छोइसाङ लामा, सहसचिब सुजन सिलवाल, अखिल क्रान्तिकारी जिल्ला सदस्य राहुल डिम्डुङ, प्रचण्ड बैजु, पुष्पा सुनार, मेघना लामापख्रिन, राजन लामालगायतको आतिथ्यता थियो ।

अखिल क्रान्तिकारी मकवानपुर बहुमुखी क्याम्पस अध्यक्ष अभ्युदय खनालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा अखिल क्रान्तिकारी मकवानपुर बहुमुखी क्याम्पस सचिव प्रकाश मिजारले कार्यक्रम सञ्चालन गरेका थिए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि