Homeसमाजरामपुरको घटनालाई लिएर हेटौंडामा लफडा

रामपुरको घटनालाई लिएर हेटौंडामा लफडा

हेटौंडा– कृषि तथा वनविज्ञान विश्वविद्यालय, वनविज्ञान संकाय हेटौंडामा सोमबार लफडा भयो । रामपुर कृषि क्याम्पस, चितवनमा नेपाल विद्यार्थी संघका विद्यार्थीमाथि भएको सांघातिक हमलाको विरोधमा क्याम्पसमा तालाबन्दी गर्न नेपाल विद्यार्थी संघ (नेवि संघ) मकवानपुरका विद्यार्थीहरु क्याम्पसपरिसरमा पुगे । सोही बेला एमालेनिकट अनेरास्ववियुको टिम पनि वनविज्ञान संकायको भवनमा पुग्यो ।

सोही क्याम्पसमा पढ्ने विद्यार्थी र अनेरास्ववियुका सदस्यहरु क्याम्पसको ढोकामा उभिए । नेवि संघका सदस्यहरुलाई ताला लगाउनबाट रोक्नका लागि उनीहरुले गेटमै बसेर नाराबाजी गरे । विद्यालयमा हुन लागेको परीक्षाको पूर्वसन्ध्यामा ताला लगाउँदा आफूहरुलाई मार पर्ने भन्दै उनीहरुले ताला लगाउन रोकेका हुन् ।

रामपुर कृषि क्याम्पस चितवनमा नेपाल विद्यार्थी संघका विद्यार्थीमाथि भएको सांघातिक हमलाको विरोधमा क्याम्पसमा तालाबन्दी गर्न गएका नेवि संघका विद्यार्थीलाई अन्य संगठनका विद्यार्थीहरुले रोकेका हुन् । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत संगठनका विद्यार्थीहरुले परीक्षा तालिका सार्वजनिक भइसकेको तथा केही कक्षाहरु सञ्चालन भइरहेको अवस्थामा तालाबन्दी गररे पठनपाठनमा अवरोध पुर्याउन नपाइने भन्दै विरोध गरेका हुन् ।

वनविज्ञान संकायका अन्तिम सेमेस्टरका विद्यार्थी अनिल सुबेदीले यसअघि पनि पटकपटक विभिन्न कारण पठनपाठन अवरुद्ध भइ चार वर्षे कोर्ष सकिएर पाँच वर्ष लागेको गुनासो गरे । कारण जे भए पनि अन्तिम परीक्षाको मुखैमा पुनः तालाबन्दी आफूहरुलाई स्वीकार्य नहुने उनले बताए ।

घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल खोजी गरी कारबाही गर्न र शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन दबाब दिन उद्धेश्यले देशरभरका वनविज्ञान संकायमा तालाबन्दी गर्न लागिएको नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य मिलन पुडासैनीले बताए । रातमा बसेर भए पनि ताला लगाएरै छाड्ने पुडासैनीले बताए । ‘यो जिल्लाले मात्र गरेको निर्णय होइन । केन्द्रको निर्देशन छ,’ पुडासैनीले भने–यो ज्यादति हामी सहँदैनौं, रातिसम्म बसेर भए पनि ताला लगाएरमात्रै फर्कने हो । चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयमा दुई विद्यार्थी संगठनबीच झडप हुँदा दीपेश बानियाँ, खेमराज उपाध्याय, सोनाम लामा र हिमाल आचार्य घाइते भएका थिए ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here