Homeमकवानपुर विशेषथाहाखाजाका लागि जनजागरणको सहयोग

खाजाका लागि जनजागरणको सहयोग

– राजकुमार के.सी
हेटौंडा : वर्षे बिदामा समेत विद्यालय नियमितरुपमा सञ्चालन गरेको थाहा नगरपालिका वडा–२ स्थित घाटदेवी आधारभुत विद्यालयका विद्यार्थीलाई दिवा खाजा व्यवस्थापन गर्न जनजागरण समाज, थाहा–२ को तर्फबाट ३४ हजार ८ सय साठ्ठी रुपियाँ नगद हस्तान्तरण गरिएको छ । थाहा नगरपालिकाले पालिकाका सामुदायिक विद्यालयमा साउन १३ गतेदेखि भदौ ३ गतेसम्म वर्षे बिदा निर्धारण गरेको थियो ।
२०७९ मा स्थापना भएको जनजागरण समाजले समाजका सदस्यबाट संकलन गरेको रकम विद्यालयमा अध्ययनरते विद्यार्थीलाई दिवा खाजा व्यवस्थापनका लागि सहयोग गरिएको समाज सहसंयोजक माधब कार्कीले बताए । शुक्रबार विद्यालयमा आयोजना गरिएको कार्यक्रममा उक्त रकम समाजका तर्फबाट विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तर बढाउन नियमानुसार नगरपालिकाले निर्धारण गरेको बिदाको समयमा पनि विद्यालय सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक दीपक कार्कीले बताए । उनले विद्यालयका विद्यार्थीका लागि दिवा खाजा व्यवस्थापनका लागि जनजागरण समाजको आर्थिक सहयोग महत्वपूर्ण भएको बताए ।
सरकारले कक्षा–५ सम्म अध्ययन गर्ने विद्यार्थीका लागि प्रतिविद्यार्थी १५ रुपियाँका दरले प्रत्येक वर्ष १ सय ८० दिनबराबर रकम विद्यालयलाई उपलब्ध गराउने बताउँदै विद्यालय व्यवस्थापन समिति अध्यक्ष वीरबहादुर तामाङले उक्त रकम पर्याप्त नहँुदा समाजले गरेको आर्थिक सहयोगले खाजा व्यवस्थापनमा सहज हुने बताए । वार्षिक २ सय २० भन्दा बढी दिन विद्यालय खुल्ने र उक्त दिन नियमितरुपमा विद्यार्थीलाई खाजा खुवाउने अध्यक्ष तामाङले बताए ।
रकम हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि थाहा नगरपालिका–२ का अध्यक्ष बमबहादुर सिन्तानले सामुदायिक शिक्षाको गुणस्तर बृद्धिका लागि विद्यालयको मेहनत महत्वपूर्ण भएको बताए । उनले विद्यालयलाई जनजागरण समाजले गरेको सहयोगले शैक्षिक विकासमा सहयोगी हुने बताए । समाजको सकारात्मक विकासका लागि शैक्षिक जनशक्तिको महत्वपूर्ण भूमिका रहने अध्यक्ष सिन्तानले बताए ।
कार्यक्रममा जागरण समाज सहसंयोजक कार्की, सचिव बिकेशबाबु बस्नेत, पालुङगढी संरक्षण समिति अध्यक्ष अजय कार्की, पालुङ जेसीज वर्ष–२०२४ का उपाध्यक्ष नारायण कार्कीलगायत विद्यालयका शिक्षक, विद्यार्थीको उपस्थिति थियो । विद्यालयमा बालविकास केन्द्रसहित कक्षा–८ सम्म १ सय २८ विद्यार्थी अध्ययनरत् छन् ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here