Homeमकवानपुर विशेषमनहरीपालिका अध्यक्षले तलबबाट एकल महिलालाई घर

पालिका अध्यक्षले तलबबाट एकल महिलालाई घर

हेटौंडा/मकवानपुरको मनहरी गाउ“पालिका अध्यक्ष रञ्जन कालाखेती २०७९ बैशाखको स्थानीय तह निर्वाचनमा होमि“दा उनको चुनावी एजेण्डा थियो-अध्यक्ष निर्वाचित भएपछि राज्यकोषको रकम आफूले नलिएर जनताको सेवामा खर्च गर्ने ।
सोही एजेण्डालाई मूर्तरुप दिएका अध्यक्ष कालाखेतीले आफ्नो तलब भत्ताबापत् रकमले मनहरी गाउ“पालिका-५, बसन्तपुरकी एकल महिला सोनी राईलाई एककोठे घर निर्माण गरेर हस्तान्तरण गरेका छन् । बसन्तपुरमा लामो समयदेखि आवास विहीन राईलाई पक्की घर बनाएर मंगलबार हस्तान्तरण गरिएको हो ।

पालिका अध्यक्ष कालाखेतीले आफ्नो तलब भत्ताबापत् रकम सामाजिक सेवामा खर्च गर्दै आएका छन् । तलब जम्मा गर्नका लागि उनले आफ्नो व्यक्तिगत् बैंक खाता प्रयोग नगरी अध्यक्ष सामाजिक सुरक्षा कोष खडा गरेका हुन् । सोही कोषबाट विभिन्न क्षेत्रमा सामाजिक सेवा गर्दै आएका पालिका अध्यक्षले आफ्नो तलब भत्ताबापत् रकमले मनहरीकै एकल महिला राईलाई घर बनाएर हस्तान्तरण गरेका हुन् ।

करिब ८ वर्षअघि सोनीका पति नरबहादुर राई रुख काट्न जा“दा लडेर मृत्यु भएपश्चात् उनी लामो समयदेखि बसन्तुरमा सानो छाप्रोमा जीवनयापन गर्दै आएकी थिइन् । घामपानीसमेत नछेक्ने छाप्रोमा बस्दै आएकी उनलाई अध्यक्ष कालाखेतीले घर निर्माण गरिदिएका हुन् । लामो समय छाप्रोमा बस्दै आएकी सोनी अध्यक्षको खर्चमा घर बनाइदिए पछि दंग छिन् ।

ॅज्याला/मजदुरी गरेर जसोतसो जीवन धान्दै आएकी थिए“,’ सोनीले आ“खामा टिलपिल आ“सु बनाउ“दै भनिन्-पति हु“दा काठको सानो घर बनाएर त्यहीं बस्दै आएका थियौं । उहा“को मृत्युपछि काठको घर पनि कुहिएर भत्कियो । यतै नजिक काठ र जस्ताले बारेको सानो छाप्रोमा बस्दै आएकी थिए“ । पानी चुहिन्थ्यो । हावाहुरीले समस्या पाथ्र्यो । तपाईंहरुको सहयोगले घर बन्यो, धेरै धेरै धन्यबाद । म एकदम खुशी छु,’ सोनीले भनिन् ।

सोनुलाई ओत लाग्ने घर नभएको र आफंै बनाउन सक्ने अवस्था नभएको भन्दै उनका छिमेकीहरुले अध्यक्ष कालाखेतीसमक्ष जानकारी गराएका थिए । उनीहरुको पहलबाट घर बनाएर राख्न सहज भएको स्थानीय शान्ता अधिकारी बताउ“छिन् । ॅसोनी दिदीको अवस्था हेर्नै नसकिने थियो । बस्नलाई निकै समस्या भोगिरहनुभएको थियो,’ अधिकारीले भनिन्-उहा“को अवस्था र दुःख देखेर हामी निकै चिन्तित थियौं । ज्यालादारीबाट जीवन चलाइ रहनु भएको छ । अध्यक्षज्युले हाम्रो अनुरोध सुनेर उहा“लाई पक्की घर बनाइदिनुभयो ।

पालिका अध्यक्ष कालाखेतीले एकल महिला बर्खामा चुहिने छाप्रोमै दिन काटिरहेको खबर पाएपछि तलबबापत् रकमले घर बनाइदिने निणर्य गरेको बताउ“छन् । २ लाख १५ हजार लागतमा निर्माण भएको घरको खर्च सबै आफ्नै तलब भत्ताबापत् रकम खर्चिएको कालाखेती बताउ“छन् ।

ॅमैले चुनावी मैदानमा होमिएकै बेला तलब भत्ताबापत् रकम तपाईंहरुकै सेवामा समर्पित गर्छु भन्ने बाचा गरेको थिए“ । त्यही बाचा पूरा गरिरहेको छु,’ उनले भने-यसअघि पनि मैले उपचार गराएर अस्पतालको रकम तिर्न नसक्दा डिस्चार्ज हुन नसकेको बिरामीको रकम तिरेर घर ल्याए“ । विभिन्न समस्यामा परेकाहरुलाई सहयोग गर्दै आएको छु । अध्यक्ष कालाखेतीले थपे-सोनी दिदीको अवस्थाबारे स्थानीयले जानकारी गराउनुभयो । म उहा“को घरमै गएर हेरें । स्थिति निकै दयनिय देखेपछि स्थानीयहरुले जानकारी गराउनुभयो । स्थिति निकै दयनिय देखेपछि मेरो तलब भत्ताबापत् जम्मा हुने कोषको रकमले उहा“लाई एककोठे पक्की घर बनाइदिने निणर्य गरेको थिए“ । त्यो पूरा गरेर सा“चो हस्तान्तरण गर्न पाए“ । मनमा शान्ति मिलेको आभाष भएको छ ।

२९ बैशाख २०७९ को स्थानीय तह निर्वाचनमा मनहरीको अध्यक्षमा होमिएका अध्यक्ष कालाखेतीले नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका थिए । निर्वाचित भएपछि सरकारी सवारीसमेत प्रयोग नगरेका उनले यसअघि तलबबापत् रकम विपन्न परिवारका लागि उपचारमा सहयोग, विभिन्न चाडपर्वमा रासन सामग्री हस्तान्तरण जस्ता कार्यहरुमा खर्च गरिएको बताइएको छ ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here