हेटौंडा/मकवानपुरगढी-४, कालीखोलामा रहेको सिर्जनशील समाज बचत तथा ऋण सहकारी संस्थाको १८ औ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
वागमती प्रदेशसभा सदस्य भारती पाठकको प्रमुख आतिथ्यता एवम् सहकारी अध्यक्ष कृष्ण बिडारीको सभाध्यक्षतामा साधारणसभा भएको हो । सभालाई सम्बोधन गर्दै सदस्य पाठकले सहकारीका माध्यमबाट शेयर सदस्यहरुले आर्थिक उपार्जनका साथै सामाजिक क्षेत्रको समेत विकास भएको बताइन् । सदस्य पाठकले स्थानीय क्षेत्रमा रहेका सामुदायिक वन र सहकारी संस्थाको समन्वयमा समाजमा रचनात्मक काम भएको बताइन् । स्थानीय उत्पादनलाई प्राथमिकतामा राखी स्थानीय सरकारसँग समन्वय गरेर आर्थिक क्रान्तितर्फ काम गर्नुपर्नेमा उनको जोड थियो ।
साधारणसभामा संस्था अध्यक्ष बिडारीले संस्थागत् प्रतिवेदन, कोषाध्यक्ष चुडाबहादुर बञ्जाराले आर्थिक प्रतिवेदन र लेखा संयोजक अर्जुनप्रसाद सापकोटाले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए । साधारणसभामा अधिक बाल बचतकर्ता अजय ढुंगाना, अधिक मासिक बचतकर्ता गोकुल दाहाल, असल कारोबार गर्ने तिलककुमारी घलान, ज्येष्ठ शेयर सदस्य ठमनाथ चौलागार्इं र २०८० सालको एसईई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने समीक्षा फुयाँललाई पुरस्कृत गरिएको थियो ।
सभामा मकवानपुरगढी-३ का वडा अध्यक्ष भागवत् घिमिरे, ४ का वडा अध्यक्ष अर्जुनप्रसाद तिमल्सिना, जिल्ला बचत तथा ऋण सहकारी संघ सञ्चालक सदस्य यशोदा पराजुली, राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखाका विक्रम पौडेल, श्रमिक साना किसान कृषि सहकारी अध्यक्ष निर्मला देबकोटा, हिमाल महिला बहुउद्धेश्यीय सहकारी संस्था अध्यक्ष जानुका दाहाल, कालीदेवी दुग्ध उत्पादक सहकारी संस्था अध्यक्ष विक्रम योञ्जन, रानी सामुदायिक वन उपाध्यक्ष केशब धिताल, शहीद रुद्र पाख्रिन स्वास्थ्यचौकी प्रमुख लक्ष्मण दाहाल, सल्लाहकार खिलप्रसाद चौलागार्इं, राजकुमार चौलागार्इं, उपाध्यक्ष लक्ष्मण भट्टराई, सचिव सर्कलाल लोलगायतको आतिथ्यता थियो ।
८ सय ८९ जना शेयर सदस्य रहेको संस्थाको शेयर पुँजी ४७ लाख १३ हजार, निक्षेप ४ करोड २४ लाख र ऋण लगानी ४ करोड ६५ लाख रहेको व्यवस्थापक बिमला न्यौपानेले बताइन् ।