हेटौंडा/मकवानपुरगढी गाउँपालिका-२, शिखरकटेरीमा भएको निःशुल्क पाठेघरको मुखको क्यान्सर, एचपीभी र डीएनए स्क्रिनिङ शिविरमा १ सय ६२ जनाको परीक्षण गरिएको छ । शुक्रबार वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको आयोजना तथा नेपाल अर्वुद्ध रोग निवारण संस्था मकवानपुर शाखाको सहआयोजनामा शिविर भएको नेपाल अर्वुद्ध रोग निवारण संस्था मकवानपुर संस्थापक एवम् कार्यक्रम संयोजक कपिला जोशीले जानकारी दिइन् ।
यस अभियान पहिलो पटक सञ्चालनमा आएको र शिविरमा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका १४ जना चिकित्सकद्वारा परीक्षण गरिएको संयोजक जोशीले जानकारी दिइन् । कार्यक्रम सञ्चालनका लागि खर्च बढी लाग्ने भएकाले यस अभियान कम मात्रामा सञ्चालन गर्ने गरिएको उनले बताइन् । शविरमा परीक्षण गरिएको रिपोर्ट २-३ दिनमा प्रदान गरिने उनले जानकारी दिइन् । पाठेघरको मुखको क्यान्सरको समस्या महिलालाई हुने भएकाले समयसमयमा परीक्षण आवश्यक भएको उनले बताइन् ।